गणतन्त्र नेपालको दोस्रा प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकाल सुरु भएको छ । उनी नेकपा -एमाले)को तर्फबाट दोश्रो र तेश्रो कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा देशको सर्वोच्च कार्यकारी भएका छन् । यसअघि एनेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) प्रधानमन्त्री थिए ।
नेपाल प्रधानमन्त्री भएकै दिनदेखि पानी वषिर्रहेको छ । पानीलाई शुभ साइत मानिन्छ । नेपाललाई संविधानसभाका दुईबाहेक सबै अर्थात् बाईस दलको समर्थन छ । अवैधानिक, अप्राकृतिक, जस्केलाबाट बनेको, विदेशीको कठपुतली भन्दै माओवादीले जति अलापे पनि सरकारको आधार वैध र बलियो छ । सहयात्री दलहरूलाई समेटेर र प्रतिपक्षलाई सहमत गराएर सरकारमा सहभागी र संविधान निर्माणमा सहयोगी बनाउन सके नेपालको यात्रा सहज हुनेछ ।
नेपाल प्रधानमन्त्री हुनेबित्तिकै जनताले एमालेको नौ महिने सरकारलाई सम्झेका छन् । मनमोहन अधिकारी प्रधानमन्त्री र नेपाल प्रभावशाली उपप्रधानमन्त्री रहेको त्यस सरकारले 'आफ्नो गाउा आफैं बनाऔं', बृद्ध भत्ता, नौ 'स' अभियान लगायतका जनपक्षीय काम गरेको थियो । एमालेको त्यो सरकार नेपालको इतिहासमा सबैभन्दा लोकपि्रय थियो । एमाले नेतृत्वमा दोस्रो सरकार गठन भएको छ । सरकारले उक्त कार्यक्रमलाई नयाँ मोडेलमा ल्याउन जरुरी छ । अहिले काम गर्ने वातावरण सहज नहोला तर अनेकौं सास्ती भोगिरहेका उद्योगी व्यापारी, शिक्षक विद्यार्थी, किसान, मजदुर उत्साहित भएका छन् । त्यसैले देश निर्माण र जनहितका लागि नयाा संकल्प गर्नैपर्छ । सरकारसाग दीर्घकालीन 'भिजन' त हुनुपर्छ । साथसाथै तत्काल जनतालाई सुबिस्ता हुने काम पनि थालिहाल्नुपर्छ ।
आगामी आर्थिक वर्षको बजेट बन्दैछ । बजेट जनतामुखी, विकासमुखी, शान्तिमुखी हुनु जरुरी छ । धेरैभन्दा धेरै राजस्व संकलन र स्वदेशी, विदेशी र प्रवासी नेपालीको स्रोत कसरी परिचालन गर्न सरकारले ध्यान पुर्याउनै पर्छ । सरकारको मुख्य प्राथमिकता स्वाभाविकरूपमा माओवादी लडाकुको समायोजन र हतियार व्यवस्थापन गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु र राज्यको लोकतान्त्रिक पुनः संरचनासहित नयाँ संविधान निर्माण गर्नु नै हो । सागसागै यतिबेला जनता अशान्ति असुरक्षाबाट प्रताडित छन् । त्यसबाट जनतालाई मुक्त गर्नु सरकारको तात्कालिक 'मिसन' हुनुपर्छ ।
संविधानसभामा माधवकुमार नेपाल प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणाको ताली बज्दै गर्दा ललितपुरको एउटा चर्चमा बम विष्फोटबाट दुई जनाको ज्यान गएको थियो । त्यसै दिन काठमाडौंको धापासीमा प्रहरीसागको भिडन्तमा अपहरण काण्डका दुई जना मारिए । जुम्लामा एक जना राजनीतिक कार्यकर्ताको हत्या भएको छ । सडक र यात्रा असुरक्षित छन् । यस स्थितिबाट राष्ट्रलाई पार लगाउन सके सरकार सफल भएको ठानिने छ ।
संविधानसभाको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी स्थान जित्न सफल कम्युनिस्टहरू दुई धु्रवमा विभाजित छन् । माओवादी सत्ताबाट बाहिरीएको छ र एमालेलाई प्रधानमन्त्री पद प्राप्त भएकोछ । वामपन्थीबीचको एकता टुट्नु र देशमा दक्षिणपन्थीको प्रभुत्व हुनु चिन्ताको विषय हो तर यसको कारक माओवादी नै हो । माओवादीको दम्भ, अलोकतान्त्रिक रबैया, सत्ता कब्जाको अभ्यास नै माओवादी सत्ताबाट सडक पुग्नुपर्ने कारण बन्न पुगे । सत्ताको साझेदार एमालेमाथि नै चर्को पेलाइ, एमाले कार्यकर्ताको हत्या र जनतामाथिको दमनले माओवादी एक्लिादै गयो र अहिलेको अवस्था सिर्जना भयो ।
के कारणले एमाले-माओवादीको वाम एकता भङ्ग भई वाम-दक्षिण समीकरण बन्न पुग्यो ? यसको तत्कालीन र दीर्घकालीन असर के होला ? के विदेशी शक्तिको चाहना पूरा भएकै हो त ? त्यसो हो भने स्वदेशी र विदेशी लोकतान्त्रिक शक्तिबीच माओवादी अझै पनि विश्वसनीय हुन नसकेको निष्कर्षमा पुग्न सकिन्छ ? माधव नेपालको सत्तारोहण सहजरूपमा सुरु भएको छ तर त्यसको अवतरण कति सुरक्षित होला ?
यस जटिल परिस्थितिमा प्रधानमन्त्रीको कुर्चीमा बस्नु भुङ्ग्रोमा बस्नुजस्तै हो । प्रधानमन्त्री नेपाल चुनौतीका घेरामा छन् । नेपालसाग न एमालेजस्तो सजिलो सत्ता साझेदार छ, न नेपाली कांगे्रसजस्तो अल्छी प्रतिपक्ष । अराजक र विध्वंशकारी प्रतिपक्ष तथा कांग्रेस र मदेसवादी दलजस्ता अप्ठेरा साझेदारका व्यवधानलाई चिर्दै सरकार चलाउनु कम जोखिमपूर्ण छैन ।
माओवादीले सरकारका विरुद्धमा उत्रिने र असफल बनाउने धम्की दिइरहेको छ । उसले सरकारको वैधतासमेत स्वीकार नगरी सडक र सदनको संघर्ष चर्काउने घोषणा गरेको छ । यद्यपि, तत्कालका लागि सत्ता बाहिर गएपनि बिस्तारै सरकारमा सहभागी भएर राष्ट्रिय कार्यभार पूरा गर्न सहकार्य गर्नु माओवादी र देशको हितमा हुनेछ । त्यति नभए जिम्मेवार प्रतिपक्षका रूपमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन र नयाँ संविधान निर्माणमा रचनात्मक भूमिका खेल्नुपर्छ । तर माओवादीले न सदन चल्न दिनेछ न सडक । उसले सबैतिर संघर्षको नीति लिनेछ र गाउामा सत्तापक्षीय राजनीतिक दलका कार्यकर्तालाई 'विदेशीका दलाल' भन्दै जनताका नाममा हिंसा, विस्थापन र आतंकको सिलसिला चलाउने छ । यो चुनौतीलाई सामना गर्न सरकार सजग हुन जरुरी छ ।
गिरीजाप्रसाद कोईरालाले सरकारमाथि सरकार सञ्चालन सम्बन्धी संयन्त्र रहने बताइसकेका छन् । माधव नेपाल 'निमित्त' पात्रमात्र हुन् भनेर उनले संकेत गरेेका छन् । यसबाट सरकारलाई कठपुतली बनाउने र वास्तविक शासन आफैाले गर्ने उनको मनसुवा झल्किन्छ । मदेसवादी दलको 'एक मदेस एक प्रदेश' को मुद्दा यथावत् छ र एमाले त्यसको पक्षमा छैन । यसरी सत्ता साझेदार दलकै आआˆना स्वार्थ रहेको अवस्थामा प्रधानमन्त्रीका लागि संयुक्त सरकार चलाउन सजिलो हुादैन । प्रधानमन्त्री नेपालको शिरमाथि एकैसाथ दुईवटा तरबार झुण्ड्याइएका छन्, एउटा सत्ता साझेदार कोइरालाको र अर्को प्रतिपक्षी प्रचण्डको । प्रधानमन्त्री यी दुवैबाट सुरक्षित रहन सक्नुपर्छ ।
एमालेलाई सधै पछुवा हुने आरोप लाग्दैआएको थियो । अहिले पार्टीले अगुवाइ गर्ने चुनौती स्वीकारेको छ । यसबाट राष्ट्रिय राजनीतिमा एमालेको अपरिहार्यता पुष्टि भएकोछ । माधव नेपाललाई निर्णयहीन र अडान नभएको नेता भनेर आलोचना गर्ने पनि छन् । तर सहज, समन्वयकारी, सन्तुलनकारी व्यक्तित्व, स्वच्छ छवि उनका सकारात्मक पक्ष हुन् । अहिलेको चुनौती व्यवस्थापन गर्न यस्तै क्षमता आवश्यक छ । यसैले प्रधानमन्त्री नेपाल सफल हुने विश्वास धेरैले गरेका छन् ।
नेपाल शान्ति प्रक्रिया र जनआन्दोलनका अभियन्ता थिए । प्रधानमन्त्रीका लागि नेपालको योग्यता उनको भूमिकाले नै साबित गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएका व्यक्तित्व हुन् माधवकुमार नेपाल । काम र समयको उचित व्यवस्थापन, सल्लाहकार र सचिवालयको व्यवस्थित तालमेल, उद्घाटन सिलन्याशजस्ता औपचारिकतामा कम समय, आफ्नो र सहयात्री पार्टीहरूसागको समन्वय, सही ढङ्गको समूह छनौट । परिचालन, कर्मचारी प्रशासनको ठीक सञ्चालन नै प्रधानमन्त्रीको सफलताका आधार हुनेछन् ।
राष्ट्रलाई अग्रगति दिनसके नेपाललाई युग पुरुष हुने मौका छ नत्र सिंहदरबारमा पूर्व प्रधानमन्त्रीको पंक्तिमा तस्बिर झुण्ड्याउने काम मात्र हुनेछ । यसैले प्रधानमन्त्री माधवकुमार नेपाल अग्नपरीक्षामा छन् । नयाँ प्रधानमन्त्रीको सफलताको कामना छ ।
(लेखक नेकपा (एमाले)का पोलिटब्युरो सदस्य हुन्।)