नेपाल एकीकरणको मनोविज्ञान
१३ पौष २०७३
•
१५ मिनेट पाठ
नेपाल एकीकरणको मनोविज्ञान
सामाजिक मनोविज्ञानअनुसार कुशल नेतृत्व गर्ने राजकीय र राजनीतिक नेताहरू नै राजनेता बन्न सक्छन्। यस्तै मनोविज्ञानका आधारमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको प्रमुख नेतृत्व कुशलतापूर्वक सम्हालेको देखिन्छ। पृथ्वीनारायणको लालनपालन राजा नरभूपाल शाहको प्रत्यक्ष निर्देशनमा जेठी आमा चन्द्रप्रभावतीबाट भएको हो। पाँच वर्षको उमेरमा अक्षरारम्भ गराइएका पृथ्वीनारायणले आठ–नौ वर्षको उमेरमा घोडचढी अभ्यास गरेका थिए। उनले ब्रतबन्ध गरेपछि वेद, सप्तशती, शुक्रनीति, कामन्दकीय नीति, रामायण, महाभारत, सामान्य व्यावहारिक गणित पढे।  शस्त्रविद्यामा सानैदेखि रूचि रहेका उनले दरौँदी नदीमा पौडी खेल्ने अभ्यास पनि गरेका थिए। गोरखा दरवारमा बिहान बेलुका नियमित रूपमा सप्ताह पुराण र चौमासा पुराण पनि लगाइन्थे। यिनमा रामायण, महाभारत, श्रीमद्भागवत आदि अठार पुराण पनि पाठ गरिन्थे । व्याकरण, ज्योतिष, वेद, रुद्री, गीता, चाणक्यनीति, पञ्चतन्त्र, हितोपदेश र सप्तशती आदि पढ्ने काम राजाप्रजा र भाइभारदार सबैले गर्थे । नीतिशास्त्रमा उल्लेख गरिएका राजा वा शासकले नगरी नहुने ५ कर्तव्य वा ५ यज्ञलाई पृथ्वीनारायणले पालना गरेको उनको व्यवहारबाट थाहा पाइन्छ ।

पृथ्वीनारायणको मानसिक विकासमा  सनातन÷हिन्दू धार्मिक, सांस्कृतिक  औपचारिक वा अनौपचारिक शिक्षाको थप प्रभाव परेको देखिन्छ । कौटिल्यको अर्थशास्त्र,मनुस्मृति, याज्ञवल्क्य स्मृति, राजधर्मजस्ता कृतिको प्रभाव परेको पनि पाइन्छ । यसैको प्रभावका कारण उनमा आवश्यक धार्मिक, सांस्कृतिक, भाषिक लचिलोपन देखिन्छ । यही उदार, सहिष्णु सांस्कृतिक प्रभाव स्वरूप नेपालका सबै जातजाति, धर्म र सम्प्रदायका परम्परा रित, भाषा–भेषहरूलाई यथायोग्य स्थान, मानसम्मान पृथ्वीनारायणले व्यवहारमा नै देखाएका हुन् । यसरी नै व्याहारिक जीवनमा आइपरेका अपमान र उपेक्षाभावबाट इख्खिएर पनि उनको व्यक्तित्व विकासमा टेवा पुगेको देखिन्छ । यस्तै कुराको प्रभावमा उनले भारतको काशी पुगेर त्यहाँको राजनीतिक वस्तुस्थितिको अध्ययनका साथै शस्त्रसंग्रहसमेत गरेको देखिन्छ ।

दक्षितिरबाट तीर्थाटन गर्न आउने सनातनी विद्वान् सन्त, महन्त र अनुभवी व्यक्तिहरू गोरखा राज्यको नेतृत्वमा हिमाली सनातनी हिन्दू अधिराज्य संगठित तथा विस्तारित हुने आसा र भरोसा  राख्थे । विद्वान्हरूका यस्ता उत्साहप्रद विचारबाट समेत पृथ्वीनारायण प्रोत्साहित हुन्थे । राजमाताले प्राचीन लिच्छवी, मल्ल र शाह राजाहरूका आफूले जानेसम्मका पुरुषार्थका र यशकीर्तिका कुरा नवराजालाई सुनाउँथिन् । पुर्खाका महŒवपूर्ण योगदानको प्रेरणा सुने, देखे र बुझेपछि बाह्रहजारको थिति बाँधी जाउँला  भन्ने  अभिलाषा रहेको कुरा उनले दिव्योपदेशमा अभिव्यक्त गरेका हुन् । माताकै प्रेरणाले पृथ्वीनारायण उपत्यकाको वास्तविक राजनीतिक गम्भीर ज्ञान लिन मितबाबाको राज्य भक्तपुर गएका थिए । उनकै प्रेरणा र प्रोत्साहनमा पृथ्वीनारायणमा महान् शक्तिशाली राष्ट्रनिर्माण गर्ने भावना जागृत भएको प्रसिद्ध इतिहासविद् प्रा. दिनेशराज पन्तलगायतले उल्लेख गरेका छन् ।  हरेस नखाने, धैर्यशील, लक्ष्यमा अडिग रहनेजस्ता क्षमताको विकासमा पनि राजमाता चन्द्रप्रभाले महŒवपूर्ण सरसल्लाह दिएको देखिन्छ । सफल, आदर्श र कूटनीतिक क्षमतायुक्त राजाका विशेषताका बारेमा पनि माताले अर्तीबुद्धि दिन्थिन् । माइतीघर पाल्पामा रहँदैदेखि तत्कालीन भारतीय राजनीतिक घनचक्कर सुनेबुझेकी राजमाताको कूटनीतिक, दूरदर्शी चेतको व्यक्तित्व रहेको बुझिन्छ । राजमाताको  एकता नै बल हो भन्ने विचारबाट पृथ्वीनारायण प्रभावित थिए । अन्तर्देशीय परिस्थितिका बारेमा जानकार भएपछि छोराको नेतृत्वमा दक्षिण छिमेकीको आक्रमण र अतिक्रमणबाट यो हिमाली भूखण्डलाई बचाउन सकिएला भन्ने कुरामा राजमाता आशावादी थिइन् र उनका पनि प्रभावले पनि पृथ्वीनारायणले नेपालको एकीकरण गर्ने आवश्यक सैद्धान्तिक जुक्तिबुद्धि पाएको इतिहासविद्हरूको भनाइ छ । माताको मूल आशय पुर्खाहरूको अधुरो इच्छा साकार पार्न पृथ्वीनारायणलाई सबैभन्दा पहिले त भावनात्मक रूपमा तयार पार्नुमा रहेको देखिन्छ । उनको राजकीय व्यक्तित्व निर्माणमा पाल्पाली मामा उद्योत सिंहको महŒवपूर्ण भूमिका रहेको पाइन्छ । मामामार्फत् पृथ्वीनारायणले युद्धमा कसको सहयोग लिनुपर्छ ? युद्ध गर्दा कस्तो रणनीति अख्तियार गर्नुपर्छ भन्ने कुरा सिकेका थिए । राजमाताले गोरखालीलाई आत्मसम्मान भर्ने, मुलकका निम्ति ज्यान दिने, अनावश्यक कुरामा अरूसँग नझुक्ने, मित्रप्रति उदारभाव राख्ने, विद्वान् गुणी, साधु, सज्जनहरूको मान, इज्जत गर्ने, मातापिताको मान्यजनको सेवा गर्ने आदि शिक्षा र संस्कार छोरालाई युवाअवस्थामा नै दिएकी थिइन् ।

बाइसेचौबीसे राज्य रजौटाका बीचमा बारबार झैझगडा हुँदा जनताको दैनिक जीवन अत्यन्त कष्टपूर्ण भइरहेको थियो । यो आमहिमाली भूखण्डका जनसमुदायले भोगेको साझा समस्या थियो र यही साझा मनोविज्ञान बन्यो । अनेक टुक्रामा विभाजित राज्यमा केही सीमित शासक र तिनका वरपरका व्यक्तिहरू खुसहालमा रहे पनि आमजनता अत्यन्त कष्ट र कहरका स्थितिमा थिए । त्यसबेला एकअर्का राज्यमा आउजाउ, भेटघाट, बरव्यवहार, बन्दव्यापारजस्ता विषयमा साह्रै संकट भोगिरहेको स्थिति देखिन्छ । एकअर्का राज्यका जनता, व्यापारी कुटिने, पिटिने, लुटिने र मारिन पनि सक्थे ।  यस्तो लडाईं–झगडा राजा रजौटा दाजुभाइका बीचमा जीवन समाप्त पार्ने तहसम्मको हुन्थ्यो । चेपे नदीमा गरिएको शान्ति र सहमतिको सम्झौता उल्लंघनले त्यसबेलाको भयावह स्थितिलाई स्पष्ट पार्छ । यस्तो विकराल स्थितिबाट आमजनता परस्परमा शान्ति, समुन्नति, एकता तथा एकीकृत राज्यको पक्षमा थिए । जनताको यो साझा मनोविज्ञानले पनि पृथ्वीनारायणलाई नेपाल एकीकरण गर्न टेवा प्रदान गरेको देखिन्छ । यसरी साझा मनोविज्ञानले साझा काम सम्पन्न गर्ने बल प्रदान ग¥यो ।  

गोर्खा राज्यका आफ्ना पुर्खाले वरपरका राज्य–रजौटालाई एकीकृत गर्ने अधूरो कार्य पूरा गर्नुपर्ने कर्तव्य र दयित्व पृथ्वीनारायणलाई राजमाता चन्द्रप्रभावतीमार्फत् अवगत भएको विषय हो । आर्थिक–भौतिक दृष्टिले अन्य राज्य रजौटाका तुलनामा गोर्खा राज्य कमजोर रहेको देखिन्छ । यही कारण विवाहका समयमा जेठान दिग्बन्ध सेनले गरेको हेपाहा व्यवहारबाट पृथ्वीनारायण इख्खिएको देखिन्छ । आफूप्रतिको यस्तो हेपाहा प्रवृत्ति काठमाडौँमा बस्दा त्यहाँका राज्य र रजौटाबाट पनि उनले सहनुपरेको देखिन्छ । यिनै परिस्थतिका कारण उनमा उच्च नेतृत्वको आकांक्षा उत्पन्न भएको हो । विसं १७९१ मा मकवानपुरबाट फर्किंदा चन्द्रगिरि डाँडाबाट उपत्यकालाई हेरेर त्यहाँको पनि राजा हुन पाए हुन्थ्यो भन्ने भावना जागृत भएको देखिन्छ । सुरुमा विशाल राज्यको राजा हुने इच्छा भए पनि पछि इस्टइन्डिया कम्पनी सरकार भारतको अतिक्रमणबाट जोगाउन विशाल नेपालको निर्माण गर्न चाहेको देखिन्छ । राजमाताको शिक्षा र संस्कार तथा आफैले भोगेका उचनिच व्यवहारका कारण पृथ्वीनारायणमा विशालताको भावना क्रमशः घनीभूत भएको देखिन्छ । यो एकीकृत हिमाली राज्यलाई भाइअंश गर्ने कुराको पनि पृथ्वीनारायण कट्टर विरोधी थिए । उनी  व्यक्तिगत, पारिवारिक तथा वंशस्वार्थमा कहिल्यै सीमित भएनन् ।   

एकीकरणका समयमा सयभन्दा बढी स्थानमा लडाइँ भएको पाइन्छ, तर अन्त कतै नभएको निर्मम सामूहिक अंगभंग कीर्तिपुर एकीकरणमा भएको अतिवादी व्याख्या गरिएको इतिहासविद्को भनाइ रहेको छ। विशेषगरेर अंग्रेज लेखक पादरी जोसेप्पीले लन्डनबाट प्रकाशित कृतिमा कीर्तिपुरमा एकीकरणका क्रममा बाँसुरी बजाउनेबाहेक सबै जनताको नाक काटेको उल्लेख गरिदिएका थिए । उनले त कीर्तिपुरलाई पृथ्वीनारायणले नकटापुर बनाइदिएको समेत भनेका छन् । कप्तान कर्कपेट्रिकले लडाइँमा समातिएका पुरुषजति सबैको नाक काटिदिएको उल्लेख गरेका छन् । कुनै एक व्यक्तिले अंग्रेज रेजिमेन्ट हड्सनलाई लेखेको पत्रमा  कीर्तिपुरका पराधीन जनताको बाह्र धार्नीभन्दा बढी नाक काटेको रिपोर्ट दिएको देखिन्छ।

शत्रु भए पनि वीरको कदर गर्ने स्वभावका पृथ्वीनारायणले चौकोटका वीर महेन्द्र रायका परिवारलाई भत्ता दिएको थिए । तर, एकीकरण महाअभियानका कट्टर विरोधीलाई उनले निर्ममतापूर्वक दमन गरेको पाइन्छ। ललिताबल्लभको लेखअनुसार कीर्तिपुरे लडाकुले आत्मसमर्पण गरेपछि पनि गोर्खाली सेनालाई झुक्याएर मारेको हुँदा ती कातरलाई मार्नु उचित नठानी तिनका प्रमुखहरूलाई निरुत्साहित पार्न पोइल जाने नारीका नाकका टुप्पाका नथुनी काटेर कुरुप गराए जस्तै १०–१२ जनाको मात्र नाकमा चोट वा घात दिएको  इतिहासविद् ज्ञानमणि नेपाल बताउँछन् । नेपाली इतिहास, संस्कृतिका विषयमा द्वन्द्ववादी सिकाइमा सुरुदेखि नै केही गम्भीर समस्या रहेकाले यस क्षेत्रमा अतिवाद र उग्रवाद हाबी रहेकै छ । पृथ्वीनारायणको महान् भूमिका र एकीकरण महाअभियानको चुरो नबुझी केही शाह राजाका गलत कृत्यलाई आधार मानेर समग्र गौरवशाली इतिहासलाई उपेक्षा गर्नेसम्मका नीति, नियत र काम नभएका होइनन् । तर, पुष्पलालले यो अभियान र अभियन्तालाई सकारात्मक कोणबाट मूल्यांकन गरेका छन् । साहित्यकार हृदयचन्द्र सिंह प्रधानले पृथ्वीनारायणलाई महान् सपूत भनेका छन्।

पृथ्वीनारायणको योगदान र भूमिकालाई कुनै एक वंश, अंश र समुदाय तथा संस्कृतिविशेष व्यक्ति र तन्त्रसित मात्र जोड्ने गल्ती गर्नु हुँदैन । तमाम नेपालीको साझा मनोभावनालाई साकार पर्ने एकीकरणजस्तो महानतम कार्यका लागि गरिएको  त्याग, समर्पण र बलिदानभित्र पृथ्वीनारायणको महानता मियोझैँ अचल र अविरल रहेकै छ । पृथ्वीनारायण शाहको योगदानलाई सम्झँदै ‘एकीकरण दिवस’का रूपमा मनाउँदा मुलुक रूपान्तरणको महाअभियानमा सबैखाले योगदान गर्ने र जीवन उत्सर्ग गर्ने वीर–विरांगनाको सामूहिक भूमिका, योगदान र बलिदान उजागर हुन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस