सहुलियत दरमा उच्च गुणस्तरको चिकित्सा सेवा प्रदान गर्दै आएको शिक्षण अस्पतालमा नौ दिन बहिरंग र तीन दिन आकस्मिक सेवासमेत ठप्प पारियो । स्थानीय जनाको चर्को दबाबपछि आकस्मिक सेवा बिहीबारदेखि आंशिकरूपमा खुलेको छ। हडताल आह्वानकर्ता चिकित्साशास्त्रका विद्यार्थी र त्यसमा घोषित र अघोषितरूपमा सघाइरहेका वरिष्ठ चिकित्सकहरू आन्दोलन सफल हुँदै गएकोमा गर्व गर्दैछन्। तर, सबै प्रकारका गरी दैनिक दुई हजार जनाभन्दा बढीले सेवा पाउने अस्पताल सुनसान छ। वर्षौ लगाएर आर्जेको अस्पतालको साख समाप्त हुँदैछ।
सञ्चार माध्यममा बिरामीले दुःख पाएका समाचार आइरहेका छन्। घटनाक्रम हेर्दा लाग्छ, त्रिभुवन विश्वविद्यालयकाका पदेन कुलपति एवं प्रधानमन्त्री माधवकुमार नेपाल कुनै अनकन्टार जंगलमा बसेर तपस्या गरिरहेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थानका त्रिविअन्तर्गत पर्छ। अनि त्रिविका उपकुलपति सुन्न, देख्न र थाहा पाउन नसक्ने अवस्थामा छन्। अनि, अस्पतालका वरिष्ठ चिकित्सकको मुख बन्द भएको छ।
प्रधानमन्त्री नेपालले सुत्केरी बेथा लागेकी रुकुमकी एक महिलालाई हेलिकोप्टरमा राखेर काठमाडौै ल्याई उपचार गराउँदा सबैले उनको सरहना गरेका थिए। त्यति बेला नेपालले मानिसको न्दिगीभन्दा ठूलो केही हुँदैन भनेका थिए। तर, अहिले आफ्नो त्यो सन्देश उनले भुलिसकेको देखियो। शिक्षण अस्पताल बन्द हुँदा आफ्ना कुनै कार्यकर्ता वा तिनका आफन्तलाई मर्का नपरेकाले उनले वास्तै नगरेका हुन् कि? रुकुमकी महिलाको ज्यान बचाउने नेपालको प्रयास संवेदनशीलताभन्दा बढी सस्तो लोकप्रियताका लागि भएको प्रमाणित भएको छ। उनी साँच्चै जनताको स्वास्थ्यप्रति संवेदनशीलत हुन्थे भने त अहिले यति गैरजिम्मेवार नहुनु पर्ने हो।
बिरामीलाई दुःख दिएर आन्दोलनको नाटक मञ्चन गरिरहेका चिकित्सकहरू पनि उत्तिकै दोषी छन्। आन्दोलनको सुरु परीक्षासम्बन्धी विवादबाट भएको हो। तर, अस्पतालको सेवा बन्द गराइयो। आन्दोलनका केही प्रक्रिया हुन्छन्। तरिका हुन्छ। शिक्षणका डाक्टरहरूले त अल्टिमेटमसमेत नदिई र कसैको इसारामा सेवा राकिदिए। दलगत संलग्नता देखाएर पद हात पार्न षड्यन्त्र गर्नेहरूको स्वार्थ पूरा गर्ने अश्त्र चिकित्सा विज्ञान पढ्दै आएका विद्यार्थी बन्न पुगे। वीरमा पनि आवासीय चिकित्सकहरू यस्तै कामका मतियार बनेका थिए।्
चिकित्साशास्त्रको पढाइमा राम्रो पहिचान बनाएको यस संस्थामा विगत केही वर्षयता प्रवेश परीक्षा सधैंँ विवादमा पर्ने गरेको छ। त्यही निहुँमा संस्था बचाउने नाममा आन्दोलन हुने गरेको छ। तर, उनीहरूका लागि जीवनको कुनै मूल्य छैन। परीक्षा विवादरहित हुनुपर्छ। तर प्राज्ञिक संस्थाको नेतृत्व गरेर प्रज्ञिक मर्यादै काम राख्न नसक्ने पदाधिकारीको गैरजिम्मेवार क्रियाकलाप सच्याउन नागरिकको जीवनसँग खेलबाड गर्ने कार्य उचित मान्न सकिँदैन। पदाधिकारीले गलत गरेका भए छानबिन गरी कारबाही गर्नुपर्छ तर नियुक्ति र बर्खासी पनि प्रक्रियासंगतै हुनुपर्छ। आन्दोलन नियुक्ति र बर्खासीको आधार बन्न पुग्यो भने विधिको शासनको उपहास हुनेछ।
हुनत, यस पटक शिक्षण अस्पतालका चिकित्सकले आन्दोलनका कारण बदनाम भए पनि नेपालका चिकित्सकहरूले बन्द हड्तालमा नाम कमाएका छन्। नेपाल चिकित्सक संघले स्वयंले केही समयअघि बन्दको आह्वान गरेको थियो। अहिलेपनि पेसागत हितका नाम जहाँका चिकित्सकले हड्ताल गरेपनि संघले संरक्षण गर्छ। संघले सधैं व्यवस्थापन र सरकारलाई दोष दिन्छ। संघले चिकित्सकलाई कहिल्यै दोषी ठान्दैन। युद्धका बेला शत्रु सेनाका सैनिककोसमेत चिकित्सकले उपचार गर्दिन भन्न मिल्दैन। नेपालमा भने चिकित्सकहरू लाजै नमानी बिरामीलाई हामीले हड्ताल गरेका छौँ भनेर फिर्ता पठाउँछन्।
शिक्षण अस्पतालले पूरा गर्नुपर्ने आन्दोलनकारीका कुनै माग छैनन्। बन्दबाहेक आन्दोलनको अरू रूपै नदेख्ने चिकित्सकले ताकेको संस्थानको डिन, सहयक डिनको पद हो। उनीहरूको माग जायजै भए पनि बिरामीको उपचार नगरेर दबाब दिने यो शैलीको समर्थन गर्न सकिँदैन। यस्तो अनुचित र अमानवीय कार्य हुँदा पनि सरकार भने तमासे भएर बसेको छ। केही चिकित्सक आन्दोलनको विरोधमा छन्। आन्दोलनमा लाग्ने त झन् थोरै हुन्छन्। धेरै जना रमिते हुन्छन्। उनीहरूलाई हडतालका मागसम्बन्धमा केही मतलब छैन। कामै नगरी तलब पाकेकै छ। शिक्षण र केही समयअघि वीर अस्पतालमा भएको हड्तालको प्कृति समान छ। अस्पतालमा आकस्मिक सेवासमेत बन्द गर्ने प्रवृत्ति संस्कार बन्न लागेको देखिएको छ। यो संस्कार बन्न गयो भने सेवा पुर्याइरहेका चिकित्सक र समग्र चिकित्सा पेसा बदनाम हुनेछ। चिन्ताको मूल विषय यही हो।
dh.mydip@gmail.com