नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शव यात्रामा 'गिरिजाको अभियान : शान्ति र संविधान' भन्ने नारा लागेको थियो। नारा लगाउनेमा अधिंकाश युवा थिए। काग्रेसमा युवाको उपस्थिति कमजोर छ भन्ने धारणालाई तारे झन्डा बोकेर शव यात्रामा सामेल युवा जमातले मिथ्या साबित गरेको छ। अहिले कोइराला छैनन्। उनको शान्ति र संविधानको अभियान अरूका लागि चुनौती भएको छ। कारण, कोइरालाको निधनपछि अब नेपालको राजनीति कता लाग्ने? कांग्रेसको भूमिका के हुने? यस्ता प्रश्नको उत्तर सबैले खोजिरहेका छन्।
करिब ७ दशक लामो राजनीतिक जीवनको उत्तरार्धमा कोइरालाले दुईवटा महत्वपूर्ण काम गरेका छन्। पहिलो, कोइरालाले बन्दुक बोकेर वन पसेको माओवादीलाई मूलधारको राजनीतिमा ल्याउने काम गरे। दोश्रो, नेपालबाट राजतन्त्र समाप्त गर्ने आन्दोलनको अगुवाइ गरे। कोइरालाको नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन गरायो। यिनै कामका आधारमा उनको मूल्याङ्कन भैरहेको छ। कोइरालाको निधनबाट नेपालको राजनीतिमा एउटा रिक्तता सिर्जना गरेको छ। उनको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको छैन । गणतन्त्रको संस्थागत गर्ने संविधान निर्माण पनि चुनौतीपूर्ण भएको छ। सहमतिभन्दा दलहरूबीच विमति बढ्दो छ।
कोइराला बितेका दुई दशक नेपालको राजनीतिको केन्द्रमा रहे। उनको ठाउँ लिने अर्को व्यक्तित्व देखिएको छैन। अर्थात्, नयाँ केन्द्र बनिसकेको छैन। कोइरालाले पछिल्ला दिनमा सहमति, सहकार्य र एकताको राजनीति सुझाउँदै आएका थिए। शान्ति र संविधानका निर्माणका दृष्टिले उनको यो राजनीतिक सूत्रको विकल्प देखिदैन। माओवादी एक्लैले लोकतान्त्रिक समाधान दिन सक्तैन। माओवादीलाई पन्छाएर पनि राजनीतिक स्थायित्व प्राप्त गर्न सकिँदैन। कोइरालाले राजनीतिको यो पेचिलो पक्षलाई राम्ररी बुझेका थिए। राजनीतिक निकास पहिल्याउन कोइरालाले आफ्नै नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरेका थिए। सहकार्यको राजनीति प्रमुख कार्यसूची भएको यो संयन्त्र नेतृत्वविहीन भएको छ। शान्ति प्रक्रियाको मुख्य पात्र माओवादीबाटै शान्ति प्रक्रिया बिथोल्ने काम भरहेका पृष्ठभूमिमा कोइरालाको अगुवाइमा संयन्त्रमार्फत् संवाद र छलफल हुनसक्ने वातावरण बनेको थियो।
गिरिजाप्रसाद कोइरालाको निधनपछि सञ्चार माध्यममा उनका योगदानको चर्चा भइरहेको छ। कोइरालाको सक्रिय राजनीतिक जीवनमा कटु आलोचक प्रशंसक भएका छन्। छापामा आएका लेख, विचार र समवेदनाका शब्दमा माओवादीहरू अपेक्षाकृत बढी उदार देखिन्छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोइरालालाई 'अभिभावक' को संज्ञा दिएका छन्। उनको यो अभिव्यक्ति औपचारिक हो यथार्थ भन्ने निधो त आउने दिनमा उनीहरूको व्यवहारबाटै हुनेछ। कोइरालाको आफ्नो जीवनको अन्तिम घडीमा दाहाललाई शान्ति प्रक्रियाको अगुवाइ गर्न भनेका थिए। दाहालले त्यसको अर्थ सरकारको नेतृत्व गर्न भनेको बुझेछन्। शान्ति प्रक्रिया र सरकार सञ्चालन फरक विषय हुन्।
लामो समयसम्म कोइराला नेतृत्वमा रहेको काग्रेस चौबाटोमा छ। नेपालका सबै राजनीतिक परिवर्तनको नेतृत्व गर्ने कांग्रेस खुम्चिएर दोश्रो स्थानमा छ। मुलुकको राजनीतिमा कम्युनिस्ट प्भाव बढ्दो छ। फुटेर जुटेको कांग्रेस महाधिवेशनबाट एक भइसकेको छैन।
जनआन्दोलन पछिका २०४८, २०५१, र २०५६ का संसदीय निर्वाचन तथा २०६४ को संविधानसभाको निर्वाचनमा कांग्रेसले पाऐको मतमा उतार चढाव देखिन्छ। कांग्रेस कसरी अगाडि बढ्ला भन्ने प्रश्नको उत्तर सतहमा भेटिन्न। स्वभाविकरूपमा सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको काँधमा जिम्मेवारी थपिएका छन्। गिरिजाप्रसाद कोइराला एकल नेतृत्वमा चलेको कांग्रेसमा सामूहिक नेतृत्वको चर्चा भइरहेका छन्। कोइरालाको अभाव पूरा गर्न 'ट्रोइका'को अवधारणा आएको छ। सामूहिक नेतृत्वमा पार्टी चलाउने अवधारणा प्रतिस्पर्धामा पराजित भए पनि नेता भैरहन चाहने मानसिकता हो। शेरबहादुर, रामचन्द्र र सुशीलको प्रमुख दायित्व महाधिवेशन गराएर त्यसपछि स्थापित नेतृत्वलाई सघाउनु हो। सामूहिक नेतृत्वको परिपाटी खतरनाक हुन्छ भन्ने त गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसादको सम्बन्धबाटै काग्रेसहरूले चेत्नुपर्ने हो। काग्रेस सिद्धान्तमा जति लोकतान्त्रिक छ, व्यवहारमा देखिदैन। पार्टीमा लोकतान्त्रिक पद्धति बसाल्ने काम नेताहरूकै जिम्मेवारी हो।