हिन्दु धर्म र राजनीति
०७ मंसिर २०७३
•
११ मिनेट पाठ
हिन्दु धर्म र राजनीति
केही दिनअघि काठमाडौँमा हिन्दु र आर्य समाजी दुवैले आ–आफ्नो सम्मेलन सम्पन्न गरे। हिन्दु धर्म सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए भने आर्य समाजीहरूको भेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले। हिन्दु सम्मेलन पशुपति, वनकाली परिसरमा भएको थियो र आर्य समाजी भेला टुँडिखेलमा। यसरी भएका ती दुवै सम्मेलनको अभिप्राय र उद्देश्य के थियो? दुवै सम्मेलनको उद्घाटन एकै दिनमा हुनु प्रायोजन थियो वा संयोगमात्र?

सिन्धु उपत्यकामा प्रवेश गर्नुअघि वर्तमान पामिर पठारमा बसोबास गर्ने एक जातिले सभ्यताको उच्चस्तर प्राप्त गरेपछि आपूmलाई उच्च जातिको अर्थमा ‘आर्य’ शब्द प्रयोग गरेको प्राग् ऐतिहासिक अध्ययनबाट थाहा हुन्छ । त्यसै जातिमध्येका केही समूह इरानी भूमितिर प्रवेश गरे भने एउटा ठूलो समूह अफगानिस्तान हुँदै सिन्धु उपत्यका (हाल यो पाकिस्तानी भूमिमा पर्छ) मा आएर बसोबास गर्न थाल्यो । सिन्धु उपत्यकाबाट भारतीय भूमितिर प्रवेश गर्नेहरूमध्येका कतिपय आर्यले आफूलाई हिन्दु भन्न थाले । यसरी आर्यजनहरू र हिन्दुहरूको पुख्र्यौली एउटै भए पनि यी दुईबीचका सांस्कृतिक गतिविधिहरू पृथक् रहँदै आएका छन् । त्यसमा पनि प्रसिद्ध भारतीय सन्त स्वामी दयानन्द सरस्वतीले भारतमा आर्य समाज स्थापना गरेर यसका गतिविधिहरूमा तीव्रता दिएपछि आर्य समाजीहरूले आफ्नो बेग्लै सम्प्रदायका रूपमा त्यसलाई विकसित गरेको पाइन्छ र त्यसको प्रभावमा परेर शुक्रराज शास्त्री (शहीद) आदिले राणाकालमै उक्त आर्य समाजी संस्थालाई गतिशीलता दिएको बुझिन्छ ।

वस्तुतः ‘हिन्दु’ शब्दको प्रयोगभन्दा ‘आर्य’ शब्दको प्रयोग पुरानो हो । सिन्धु सभ्यताको पतनपछि भारतीय भूमिमा प्रवेश गरेका आर्यहरूले पछि आएर हिन्दु शब्द प्रयोग गरी हिन्दुहरूको बसोबास भएको भूमिका नाममा यसलाई हिन्दुस्थान भन्ने गरेका हुन् । यसैले हिन्दु वा आर्यहरूद्वारा पूजित प्राचीन ऋषि–महर्षिहरू र तिनीहरूद्वारा रचित वेद, उपनिषद्, रामायण, महाभारत आदि ग्रन्थले ‘हिन्दु’ शब्दको खासै प्रयोग गरेको पाइँदैन । ‘आर्य’ शब्द पनि एक प्राचीन सभ्य जातिका अर्थमा त प्रयोग भयो तर त्यसको प्रयोग पछिल्ला संस्कृत साहित्यिक ग्रन्थहरूले आपूmभन्दा मान्य व्यक्तिहरूले प्रयोग गरिने शब्दका रूपमा सीमित राखे । भारतीय इतिहासको मध्यकालयता आएर ‘हिन्दु’ शब्दको प्रचलन बढी हुन थाल्यो र यस शब्दलाई धार्मिक रूप दिइयो । अनिआर्य शब्दको प्रयोग खुम्चिँदै गयो र हिन्दु शब्द बढी प्रचारित हुँदै पछि आएर यसलाई राजनीतिक रूप दिइयो । फलतः हिन्दु र मुस्लिमका बीचको कटुता बढ्दै गई क्राइस्ट धर्मका पक्षपातीहरूले हिन्दुस्थान र पाकिस्तान नामले दुई राज्य टुक्र्याउने रणनीतिमा सफलता प्राप्त गरिछाडे । त्यसको दीर्घकालीन प्रभाव एसियाका यी दुई मुलुक र तिनका प्रभाव क्षेत्रभित्रका नेपाल, बङ्गलादेश आदि देशमा पनि पर्न गयो । जुन अद्यापि कायमै छ ।

धर्म राजनीति हुन सक्दैन । धर्म जीवनशैली वा जीवनपद्धति हो तर राजनीति राज्यव्यवस्था सञ्चालन गर्ने मुख्य नीति वा पद्धति हो । तर विश्वमा धर्मलाई नै राजनीति मान्दा प्राचीनकालदेखि अहिलेसम्म ठूला–ठूला युद्ध हुँदै आएका छन् र अहिले पनि त्यो सङ्कट विश्वसामु छँदैछ । यदि राजनीतिलाई धर्मसँग छुट्याएर व्यवहार गर्ने हो भने संसारमा मानव जातिबीचको कटुता अधिकांशरूपमा साम्य हुन्छ । कुनै व्यक्ति धर्मलाई संस्कृति वा आफ्नो जीवनशैलीका रूपमा लिन्छ र त्यसलाई राज्यसत्ता हत्याउने साधनका रूपमा लिँदैन भने त्यस अवस्थामा क्राइस्ट, कृष्ण, बुद्ध, मुहमद एकै ठाउँमा आउँछन् र विश्वका मानिसको मनबाट भय, शङ्का, हिंसा, क्रोध आदि पीडा अन्त्य भएर जान्छन् ।

नेपालको राणाशासन एक हदसम्म धर्मभीरुतामा चलेको थियो । ब्रह्मज्ञान (जीवनको सबभन्दा उच्चतम ज्ञान) प्राप्त मानिसका अर्थमा नभएर एउटा जातविशेषलाई ब्राह्मणका अर्थमा बुझेका राणा शासकले ब्राह्मण जातिका टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई मृत्युदण्ड दिएनन् । तर भगवद्गीताको मर्म बुझेका र त्यसको प्रवचन दिने आर्य समाजी शुक्रराज शास्त्री मृत्युदण्डका भागी बने । ‘भगवद्गीता’ यस्तो रचना हो जसले जात–जातिका आधारमा कसैलाई उच्च र नीचका अर्थमा परिभाषित गर्दैनन् । यसले विद्यावान् र नम्रतायुक्त ब्राह्मण, गाई, हात्ती, कुकुर र कुकुरको मांसभोजी चाण्डाल सबैमा समदृष्टि राख्ने ज्ञान दिन्छ । गीताको ज्ञान राम्ररी बुझेका शुक्रराज शास्त्रीले धर्म वा आर्य समाजी ज्ञानलाई जनचेतना पैmलाउने माध्यमका रूपमा मात्र बुझे र नेपाल प्रज्ञा परिषद्लाई धार्मिकरूपमा भन्दा राणा शासनविरुद्ध प्रजाको शासन स्थापना गर्ने माध्यमका रूपमा लिए ।

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले यस मुलुकलाई ‘असली हिन्दुस्थाना’ नाम दिए । यही ‘हिन्दुस्थाना’ को शब्दशैयामा उनीपछिका शासक (शाह हुन् वा राणा) सबैले ढलीमली गरे । अहिले नेपालमा राजतन्त्र समाप्त भएपछिका दिनहरूमा आउँदा यहाँका कतिपय राजनीतिक पार्टी, तिनका समूह वा नेताहरूले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने विषयको नाराबाजी र भाषण ओकलिरहेका छन् । २०६३ सालको जनआन्दोलनको विषय नरहेको धर्म निरपेक्षतालाई बाह्य धार्मिक–राजनीतिक शक्तिको प्रभाव वा दबाबमा आएर नेपाललाई धर्म निरपेक्ष भनी संविधानमा उल्लेख गरिनुको पछाडि ठूलै षड्यन्त्र रहेको कुरा अहिले व्यापक चर्चाको विषय बनिरहेको छ । र, यसबाट असन्तुष्ट ठूलो जनसमूहलाई आकर्षण गर्न सत्तामुखी राजनीतिक पार्टी र तिनका नेता/उपनेता धर्मलाई राजनीतीकरण गर्ने चेष्टा गरिरहेका छन् र धर्मको वास्तविक मर्म नबुझेका अन्धविश्वासी धर्मभीरुहरूको मत बटुलेर निर्वाचनलाई आफ्नो अनुकूल बनाउने धन्दामा लागेका छन् । यसमा सानातिनादेखि ठूलासम्मका दक्षिणपन्थी अवसरवादी पार्टी र तिनका समूहदेखि नेता/कार्यकर्तासमेत राजनीतिका नाममा जनतालाई भ्रमित तुल्याउने छलनीतिमा लागेका छन्।

हिन्दु हुन् वा आर्य समाजी वा अन्य धार्मिक सम्प्रदाय हुन्, सबैको मुख्य ज्ञानस्रोत र प्रेरणास्रोत वेद–उपनिषद्हरूको सार रहेको भगवद्गीता नै हो । ‘भगवद्गीता’ भन्छ ः ‘मानिसभित्रै उसको अस्तित्वलाई नाश गर्ने नरकरूपी प्रवेशद्वार तीनवटा छन् ः काम (विषयभोग), क्रोध र लोभ । यसैले यी तीन कुरालाई छाड्नुपर्छ।’

स्वर्ग वा नरक बाह्य अदृश्य जगत् होइन। यो संसार मानिसभित्रै छ भन्ने ज्ञान गीताले दिन्छ । तर हिन्दु धर्मको नाममा राजनीति गर्नेहरू ती पूर्व राजा हुन् वा राजनीतिक पाटीका नेता÷कार्यकर्ता हुन्, सबैले राजनीतिको माध्यमबाट काम, क्रोध, लोभलाई प्रश्रय दिइरहेका छन् र आफै त्यसमा चुर्लुम्म डुबेका छन्। नेपालमा भएका हत्या, हिंसा, सामाजिक, अपराध, भ्रष्टाचार आदिमा प्रत्यक्ष–अप्रत्यक्षरूपमा संलग्न पार्टी र तिनका नेता–कार्यकर्ताकै कुत्सित मनोवृत्तिका कारण मुलुक अधोगतितिर झन्–झन् धकेलिँदैछ। यस स्थितिमा हिन्दु धर्म वा कुनै धार्मिक आवरण ओडेर राजनीति गर्नु मुलुकका लागि ठूलो धोका हुनेछ। वास्तविकरूपमा ‘हिन्दु’ धर्मद्वारा राजनीति गर्ने हो भने पार्टीको नेतृत्व र तिनका आसेपासेहरूले आफ्नो आचरणलाई वास्तविक हिन्दु पद्धतिकै अनुकूल सुधार गरून्। यसले मात्र देशलाई माथि उठाउनेछ।
अर्को समाचार
जाति, राजनीति र समाज
१२ भदौ २०७०
•
१५ मिनेट पाठ
जाति, राजनीति र समाज
जात विभाजनका समाजसापेक्ष आधार र प्रक्रिया छन्। जातिविहीन समाजको अस्तित्व अहिलेसम्म छैन। अमेरिकी समाजमा काला जाति र गोरा जाति, अफ्रिकी समाजमा माली र मौरितानियालगायत् दर्जनौ जाति र भारत, नेपाललगायत्का एसियाली समाजमा हिन्दु तथा मुस्लिम धर्म वर्णाश्रमअनुसारका जाति व्यवस्था अझै छन्।जाति व्यवस्थाका रूपमा अनेकता भए तापनि सारमा जाति व्यवस्था गठन र विघटनको प्रक्रियाद्वारा निरन्तर चलिरहने सामाजिक यथार्थ हो। तेह्रौं शताब्दीको 'मुर्मी' जाति हाल तामाङ हुनु यसैको प्रमाण हो। यस प्र्रक्रियालाई आन्तरिक वा बाह्य दुवै कारणले उत्प्रेरित वा बाध्य बनाउँछ र त्यसले जातीय, आर्थिक, राजनीतिक प्रणालीको परिवर्तन गराउँछ। र, त्यसले सामाजिक निरन्तरताको प्रक्रिया संस्कृतिको स्वरूप र चरित्रमा सूक्ष्मरूपले अन्तर थप्दै जान्छ। अथवा सामाजिक परिवर्तनसँगै यसको चरित्र र स्वरूप गतिशील भइरहन्छन्। त्यसले आदि अवस्थाको जातीय यथास्थितिलाई कठिन बनाउँछ। जुन चार्ल्स डार्बिनको 'सर्भाइबल अफ दि फिटेस्ट' को सिद्धान्तसापेक्ष छ। यी आन्तरिक वा बाह्य कारणले हुने सामाजिक घटनागत प्रक्रिया हुन् तापनि अपेक्षित प्रक्रिया होइनन्। तिनलाई समाजमा उपलब्ध साधन र स्रोतको अवस्था र मानिसले यससँग स्थापित गर्ने सम्बन्धको स्वरूप, चरित्रआदिले निर्धारण गरेको हुन्छ। सम्बन्धको स्वरूप, चरित्रआदिलाई भने समाजमा स्थापित आर्थिक, राजनीतिक र सांस्कृतिक प्रणाली तथा यसभित्रका मूल्य/मान्यतालगायत् अवयव आदिले निर्धारण गरेको हुन्छ।  
जाति विभाजन धर्म, वर्ण वा अन्य जेसुकैको आधारमा भएका भए तापनि यसको सार समान छ। अर्थात् यो शक्ति केन्द्रीकरणको स्वार्थद्वारा प्रेरित छ। शक्ति केन्द्रीकरण साधन र स्रोतमाथिको स्वामित्व, नियन्त्रण, पहुँच र उपयोगिताको अभिलाषाद्वारा निर्देशित छ। तथापि, साधन र स्रोतको स्वरूप, शक्ति केन्द्रीकरणको प्रक्रिया तथा सार भने सन्दर्भ र समाजसापेक्ष फरक छन्। गतिशील समाजका अभिन्न अवयव मानिस यथास्थित रहने कुरै भएन। कालखण्डको आयतन र दूरी लामो वा छोटो हुन सक्छ तर हरेक समाजमा खास लक्ष्य र उद्देश्य बोकेका समूह (जातिहरू) एकपछि अर्को सबल हुने र कमजोर हुने चक्रीय प्रक्रिया चलिरहन्छ। अर्थात् पात्र नदोहोरिए पनि चरित्र र सार दोहोरिइरहन्छ। उपलब्ध ऐतिहासिक सामाजिक घटनाक्रम विश्लेषण गर्दा नेपाली समाजको शासन व्यवस्था (राजनीतिक प्रणाली) खासखास अवस्थामा फरक जातिभित्रका कर्ताप्रधान राजनीतिक दर्शनअनुसार परिवर्तन र सञ्चालन हुँदै आएको साक्षी इतिहास छ। मल्लकाल वा किराँतकाललाई जातीय राजनीतिक दर्शन आधारित राज्य नमान्ने र एकीकरणपछिको शाहवंशीय वा राणा क्षत्री जातीय शासनकाललाई मात्र जातीय शासन व्यवस्था मान्ने हो भने यो सामाजिक प्रक्रियाको ऐतिहासिक विश्लेषण हुन सत्तै्कन।
सम्बोधनका रूपमा जेसुकै काल वा शासन होस्, यो खासखास राजनीतिक महत्त्वाकांक्षा बोक्ने व्यक्ति वा समूहको शासकीय अपेक्षाको मूर्त वा अमूर्त अभिव्यक्तिमात्र हो। आम समूह (जाति)को हँुदै होइन। त्यो खास जातिको आवरणभित्र शासन गर्ने समूहको रणनीतिक काइदामात्र हो। बाइसे/चौबीसे राज्यको विघटन नै नेपाल एकीकरणको उदय हो भन्ने विश्लेषण किन हुन सक्दैन? बाइसे/चौबीसे राज्यको विघटन आमआदिवासीको क्रिया वा प्रतिक्रियाको परिणाम थिएन। यो त तिनै आदिवासीभित्रका शासकहरूको बेइमानी, राज्य सञ्चालन कौशलको अभाव, गलत महत्त्वाकांक्षा र शासकीय दुर्बलताको परिणति हो भनेर स्वीकार किन गरिँदैन? तत्कालीन बाइसे/चौबीसे राज्यभित्र सबै आदिवासी शासक थिएनन्। उनीहरू दण्ड र पुरस्कारको नीतिद्वारा समर्थक बनाइएका थिए। तत्कालीन अवस्थामा समर्थन गर्नुको विकल्प पनि थिएन। नेपाल एकीकरणको महत्त्वाकांक्षा क्षत्री जातिको त थिएन। अर्थात् यो तत्कालीन गोर्खा राज्यका शासक पृथ्वीनारायण शाहको राष्ट्र—राज्य निर्माणको महत्त्वाकांक्षाको परिणाम थियो। शाह भनेर चिनिएकाहरू मात्र शासनका प्रत्यक्ष लाभकर्ता थिए। बाँकी क्षत्रीहरू पृथ्वीनारायण शाहलाई बडामहाराज बनाउन युद्ध गर्ने सेनामात्र थिए। अनि कसरी भन्ने सबै क्षत्री नेपाल एकीकरणका अभियन्ता थिए? आदिवासी वा जनजाति (जाति) हरू त आर्थिक, राजनीतिक एवं सांस्कृतिक प्रणाली र प्रक्रिया तथा अभ्यासमा कमजोर र पछि रहे नै तर क्षत्री तथा ब्राह्मणहरू समेत शासनको चेपुवामा परी आर्थिक, राजनीतिक एवं सांस्कृतिक प्रणालीको सोपानका विभिन्न तहमा तहकृत भए। शाह शासकको आफन्तभित्र मात्र बोलिने 'सवारी होइबक्सियोस्', क्षत्री भारदारको आफन्तभित्र मात्र बोलिने 'आइस्योस्' तथा ब्राह्मणबीच बोलिने 'आउनुहोस्' भन्ने भाषिक शब्दावलीको सोपानले यिनीहरू बीचमा भएको विभेद देखाउँछ। यसबाट के स्पष्ट हुन्छ भने शासक चाहे जुनसुकै जात वा सम्प्रदायको किन नहोस्, ऊ आफूबाहेक अन्यलाई तलै राख्न चाहन्छ। आर्थिक, राजनीतिक एवं सांस्कृतिक प्रणालीभित्र विभेद कायम राख्न सक्नु नै शासकीयताको सर्वोच्च सफलता हो।
जुनसुकै शासनकाल होस् वा राजनीतिक प्रणाली, नेपाली समाजको राजनीतिक दर्शन समूहको नाममा खास व्यक्तिप्रधान नै छ। खासखास जातिभित्रका शासकीय महत्त्वाकांक्षा बोक्नेहरूकै कारण (जातीय) राज्यको गठन र पतन भएको छ। अर्थात् आन्तरिक गलत महत्त्वाकांक्षा र अदूरदर्शी राजनीतिक दृष्टिकोणका कारण जातीय राजनीतिक दर्शन आधारित शासकीय व्यवस्था र राजनीतिक प्रणाली गठन वा विघटन भएका छन्। राजनीतिक दर्शनमा आलोचना गर्नेभन्दा पनि समर्थन गर्ने र त्यसमार्फत् सत्ता सञ्चालनको महत्त्वाकांक्षालाई सघाऊ पुग्नेखालका विचारले प्राथमिकता पाउने गर्छ। नेपाल एकीकरणको प्रक्रियामा क्षत्रीहरूले सुरक्षाको भूमिका पाउनु, त्यसलाई स्वीकार गर्नु, ब्राह्मणहरूले बौद्धिकतासँग जोडिनेगरी भूमिका पाउनु र त्यसलाई स्वीकार गर्नु, चार्ल्स डार्बिनको 'सर्भाइभल अफ दि फिटेष्ट' को सिद्धान्तभन्दा पर छैन र हुनै सक्दैन। यो समूह विशेषभन्दा पनि व्यक्ति स्वार्थप्रधान छ। अर्थात् तत्कालीन अवस्थामा भर्खरै राष्ट्र राज्य निर्माण भइसकेपश्चात्को अवस्थामा राज्य समर्पण गर्नेहरूको (समूह) जातिकालाई शासक निकटस्थ नराख्नु राजनीतिक दृष्टिकोणमा स्वाभाविक हो। शासक निकटस्थ जाति वा समूहले साधन र स्रोतमाथिको स्वामित्व, नियन्त्रण, पहुँच र उपयोगिताको तहमा बढी उपस्थिति देखाउनु पनि स्वाभाविक हो। यो लामो ऐतिहासिक प्रक्रिया र चरणको वर्तमान स्वरूप हो।
कुनै पनि समाज र त्यसभित्रका राजनीतिक, आर्थिक प्रणाली निरपेक्ष सञ्चालन हुन मुस्किलप्रायः छ। राजनीतिक, आर्थिक प्रणालीको पृष्ठभूमिमा संस्कृति निर्माण—विनिर्माण हुन्छ। र, त्यसैको पृष्ठमा फरकता बोक्ने समूहको निर्माण—विनिर्माण हुन्छ। त्यसो नहुँदो हो त किन एक दशकअघिका नेपाली समाजका कट्टर हिन्दु धर्मावलम्बी ब्राह्मणहरू धमाधम इसाई धर्म प्रचारक बनिरहेछन्? साथै १९९० दशकअघिसम्मका प्रकृति पूजक गुरुङ जातिका पुरोहित ध्यावृ पच्ह्युका सन्तान बुद्ध धर्म प्रचारक लामा बनिरहेका छन्? किनभने मानिस वा मानिसको खास समूह (जाति) को पहिचान समाजमा उपलब्ध साधनस्रोत, त्यससँग सम्बन्ध स्थापित गर्न हुने संघर्षको प्रक्रिया र संघर्षको प्रक्रियालाई निरन्तर गर्न अस्तित्वमा आउने राजनीतिक प्रणालीको गठन वा विघटनले निर्धारण गर्छ। एउटा राजनीतिक प्रणाली विघटन भएपछि अर्को राजनीतिक प्रणालीअनुसारको शासन स्थापित भई विकसित हुन्छ तब विघटित राजनीतिक प्रणालीभित्रका फेरिएका पात्रहरूले आफू आर्थिक, राजनीतिक प्रक्रिया र सांस्कृतिक अभ्यासमा किनारा लागेको अनुभव गर्न थाल्छन्। जसका लागि समान चरित्र र स्वभाव भएका समाजको सन्दर्भ जोड्न पुग्छ। यस परिस्थितिमा राज्य जहिले पनि विपक्षका रूपमा ग्रहण हुन पुग्छ। सन् १९९० पछि प्राज्ञिक विलासिताको गतिविधिमा मात्र घेरिएको समूह (जातीयता) को मुद्दा सन् २००७ को राजनीतिक परिवर्तनपछि अन्य तहमा पनि स्थापित हँुदै गएको छ। यो विघटित राजनीतिक प्रणालीभित्रका फेरिएका पात्रहरूको शासकीय पुनरावृत्तिको  महत्त्वाकांक्षी अभिव्यक्ति हो। सो अभिव्यक्तिभित्र बाह्य उत्प्रेरणा र आन्तरिक महत्त्वाकांक्षा बढी सबल छ।  
पहिचान आधारित राजनीतिक, आर्थिक प्रणालीभित्रको सहभागिता शासकत्व हासिल गर्ने नवरणनीति हो। पहिचान प्रमुख र जातीयता मुख्य लक्ष्य हो भने जातीय संघ र महासंघमा दलीय भागबन्डा किन त? यो पनि 'सर्भाइभल अफ दि फिटेष्ट' अर्थात् साधन—स्रोतहरूसँग सहज, उच्चतम र अधिकतम सम्बन्ध स्थापित गर्नका लागि व्यक्ति शासकमा परिणत हुने प्रक्रिया हो। साम्यवादी वा लोकतान्त्रिक सबैखाले सामाजिक स्वरूपको कल्पना गर्ने र सोहीअनुसारको सामाजिक संरचना निर्माणका खातिर कार्य गरिरहेकाहरू समेत पहिचानमा आधारित विभेद निरन्तर गर्न चाहन्छन्। समाजको बृहत् तहको संस्था मानिने राज्यको पुनःसंरचना पहिचानप्रधान हुनुपर्ने बहस यसको ज्वलन्त उदाहरण हो।
समाजको पुनः निर्माण (संरचना) गर्नु भनेको समाजका हरेक सदस्यबीच स्वामित्व, नियन्त्रण, उपभोग तथा वितरणमा  समानता स्थापित गर्नु हो। विभेदको निरन्तरता हुँदै होइन। विभेदको अन्त्य गर्नु, समतामूलक समावेशी समाजको निर्माण गर्नु भनेको अर्को समूह (जाति)लाई गाली गर्नु र वैमनस्य विभेदपूर्ण सामाजिक संरचनाभित्र थन्क्याउनुु होइन।
अध्यापक, समाजशास्त्र स्नातकोत्तर कार्यक्रम, त्रिचन्द्र कयाम्पस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस