एकाध अपवादबाहेक गिरिजाप्रसाद कोइराला विराटनगर आउने खबर सञ्चारकर्मीलाई दुई दिनअघि दिइसकिन्थ्यो। कोइराला आउनु २/३ घन्टाअगावै सञ्चारकर्मी विराटनगर विमानस्थल पुगिसकेका हुन्थे। गिरिजाबाबु जहाजको भर्याङबाट हात हल्लाउँदै झर्थे र भन्थे - 'अघि नै आइसकेछन्।'
केही बोल्न आवश्यक लागे तत्कालै प्रतिक्रिया दिन्थे। नभए सञ्चारकर्मीलाई निवासमै भोलिपल्टको निम्तो दिन्थे। तर, पत्रकारहरू त्यतिमै उनलाई छाड्दैनथे। उनलाई पिछा गर्दै निवाससम्म पुग्थे र अबेर साँझसम्म निवासमा जम्मा हुन्थे। सायद, त्यसैले उनले विराटनगरका पत्रकार र आफ्नो सम्बन्धबारे सार्वजनिकरूपमै भन्ने गर्थे, 'विराटनगरका पत्रकारलाई मैले केही न केही बोल्दिनैपर्छ।'
पत्रकार र गिरिजाबाबुको सम्बन्ध कस्तो थियो भने कुनै बेला उनी 'बोल्दै बोल्दिन' भनेर जिद्दी गर्थे। हामी सञ्चारकर्मी भने निवासमै धर्ना दिन्थ्यौंँ। अर्काे दिन मिडियासमक्ष बोल्ने प्रतिबद्धता गराएरमात्रै सञ्चारकर्मी फर्कन्थे। कदाचित् उनलाई मनाउन सकिएन भने पत्रकारहरू नोना कोइरालालाई करकर गर्थे। भाउजु नोना कोइरालाले पत्रकारमामु बोलिदिन गरेको आग्रहलाई भने उनी टार्न सक्दैनथे। कहिले तत्कालै बोलिदिन्थे भने कहिले अर्काे दिन बिहान बोल्ने वाचा गर्थे।
बिहानै अस्पताल चोकसामुन्नेे निवासमा पत्रकारको घुँइचो लाग्थ्यो। उनीसँग केही कुरा गरे समाचार बनिहाल्छ भनेर सञ्चारकर्मी कोइरालाको बोलावट पर्खिरहन्थे। पत्रकारको बाक्लो भिड लागेपछि भाउजू नोनाले 'बाहिर पत्रकार तपार्इँलाई पर्खिरहेका छन्, बोलिदिनुपर्यो' भनेपछि कोइराला मुस्कुराउँदै सञ्चारकर्मीसामु उपस्थित हुन्थे।
हामी गिरिजाबाबुको नजिकै पुग्थ्यौँ। न त्यहाँ हामीलाई रोक्ने सुरक्षाकर्मी हुन्थे, न परिवारका सदस्य। विराटनगरका पत्रकारले जति नजिक बसेर उनीसँग कुरा गर्ने अवसर काठमाडौँ र अन्यत्रका पत्रकारले सायदै पाउँथे। सञ्चारमाध्यममा आएका दृश्यका आधारमा पनि विराटनगरबाहेक अन्य ठाउँका पत्रकारले हामीले जति नजिक भएर र हासीमजाक गर्दै अन्तर्वार्ता लिएको पाइँदैन।
अर्न्तवार्ताको क्रममा उनी नियमित चुरोट पिउँथे। उनले चुरोट सल्काएपछि क्यामेरापर्सनले फोटो लिन छाड्थे। कोइराला र विराटनगरका पत्रकारबीच यो अघोषित समझदारी थियो।
मुलुक गणतन्त्रमय भएका बेला आएको बेबी किङको धारणाले राजनीतिलाई तरंगित बनाएको थियो। त्यो जनताका लागि चासोको विषय थियो। त्यसले सञ्चारकर्मीबीच तरंग फैलाएको थियो। 'बेबी किङबारे के धारणा छ, गिरीजाबाबु?' कोइराला विराटनगर आउनेवित्तिकै पत्रकारले सोधिहाले। 'आज म केही बोल्दिन,' उनले जवाफ दिए, 'उहाँहरूलाई (सञ्चारकर्मी) लाई चिया र जेरी ख्वाउनुस्।'
सञ्चारकर्मी भएका नाताले हामीलाई गिरिजाबाबुले दिने हरेक अभिव्यक्ति महत्वपूर्ण हुन्थ्यो। यसकारण पनि गिरिजाबाबुको अभिव्यक्ति राजधानीबाट प्रकाशित हुने पत्रिकाको पहिलो पृष्ठको मुख्य समाचार हुन्थ्यो। बिरलै पहिलो पृष्ठमा बाइलाइन छापिने मोफसलका पत्रकार उनले केही बोल्दिन भन्दा निराश हुनु स्वाभाविकै थियो।
उनले जे बोले पनि मुलुकको समग्र राजनीतिमा त्यसले तरंग फैलाउँथ्यो। हाम्रा लागि कोइराला एकदमै भरपर्दो समाचार स्रोत थिए। उनले बोल्दिन भने पनि त्यो हाम्रा लागि समाचार हुन्थ्यो।
कोइरालाको कुरा बिहानको भेटमा मात्र सकिन्नथ्यो। 'बूढा बोलिरहन्छन्,' पत्रकार साथीबीच कुराकानी हुन्थ्यो, 'दिनभरि निवासमा धर्ना दिनुपर्छ।' वास्तवमा गिरिजाबाबुको सम्पूर्ण समाचार 'कभर' गर्न हामी दिनभरि निवासमा हुन्थ्यौँ।
पत्रकारले एउटा प्रश्न गरे पुग्थ्यो उनलाई। कसैले 'क्रस' प्रश्न गर्दैन थे। उनी आफैँ बोल्थे। 'अब यति भए पुग्छ तपाईँहरूलाई,' केही समय नियमित बोलेपछि उनी भन्थे, 'अब समाचार बनिहाल्यो नि तपाईँहरूको।' 'काठमाडौँका पत्रकारले मेरो भनाइ बंग्याइदिन्छन्', उनी गुनासो पनि गर्थेे, 'तपाईँहरू बंग्याउनुहुन्न मलाई थाहा छ।'
औपचारिक पत्रकार सम्मेलन त हुँदैन थियो तर बिहान हुने पत्रकार सम्मेलनलाई हामीले औपचारिक भन्ने गरेका थियौँ। औपचारिक पत्रकार सम्मेलन सकिएपछि उनी यिनीहरुलाई खाना ख्वाएर पठाउनु भन्थे आफ्ना सहयोगीलाई। दिनभरि निवास कुरेरै बस्नुपर्ने भएकाले हामी अधिकांश पत्रकार गिरिजाबाबु आएका बेला कोइराला निवासमै खाना खान्थ्यौँ।
गिरिजा बाबुलाई भेट्न धनकुटादेखि जनकपुरसम्मका कार्यकर्ता आउँथे। उनी अधिकांश आफ्ना कार्यकर्तालाई नामै काढेर बोलाउँथे। गिरिजाबाबुले नाम काढेर बोलाउँदा पनि मख्ख पर्ने कार्यकर्ता धेरै हुन्थे। गिरिजाबाबुको नजिक पुगेका कार्यकर्तालाई के अप्ठ्यारो परेको छ भनेर बिस्तारमा बताइरहनु पर्दैनथ्यो। उनी खै कसरी आफैँ थाहा पाउँथे। उनले आफ्ना सहयोगीलाई आँखाले इसारा गर्थे। सहयोगी काठको बाकसबाट केही रुपैयाँ झिकेर ती समस्या परेका कार्यकर्तालाई दिन्थे।
विराटनगर पुगेका बेला आफ्ना दौँतरीलाई उनी जसरी पनि भेट्थे। 'तपाईँहरूसँग मात्र कुरा गरेर भएन,' उनी भन्थे, 'मेरा धेरै साथीभाइलाई भेट्नु छ।'