मैले २०५४ देखि २०६२ सम्म नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का उपकुलपति भएर आफ्नो कार्यभार सम्हाल्दा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीका हैसियतले पटक-पटक नास्टका कुलपति बनेका थिए। यस लेखरचनामा त्यतिबेला गिरिजाप्रसाद कोइरालासँगका केही संस्मरण पाठकवृन्दसँग बाँड्न चाहन्छु।
मैले उपकुलपतिको कार्यभार सम्हाल्दा प्रज्ञाप्रतिष्ठानको एक सय बीस रोपनी जमिनमा नौ रोपनीमात्र नास्टका लागि छुट्याएर एकसय एघार रोपनी जमिन सरकारले नेपाल राष्ट्र बैंकलार्ई दिएको थियो। म उपकुलपति हुनेबित्तिकै विज्ञानमन्त्री ओमकार श्रेष्ठसँग बाँकी एक सय एघार रोपनी जमिन फिर्ता पाउँ्क भनेर आग्रह गरेँ। क्याबिनेटको निर्णयबाट उक्त जमिन नेपाल राष्ट्र बैंकलार्ई दिइएको हुनाले आफूले फिर्ता गर्न असमर्थ भएको भन्दै श्रेष्ठले मन्त्रिपरिषदमै आफ्ना भनाइ राख्न मलाई सुझाव दिए र त्यसको व्यवस्था पनि मिलाए।
मन्त्रीपरिषद्को आधिकारिक बैठक सुरु हुनुअघि मलाई आफ्नो भनाइ राख्ने मौका दिइएको थियो। मैले नास्टको उक्त जमिनसम्बन्धी समस्या राख्दै एक सय एघार रोपनी फिर्ता मागेँ। त्यतिबेला नास्टको छवि खासै राम्रो थिएन। त्यसैले अधिकांश मन्त्रीहरू मेरो आग्रहप्रति सकारात्मक थिएनन्। विशेषगरी तत्कालीन अर्थमन्त्रीले तीव्र विरोध गरे। अन्त्यमा नास्टलाई ८० रोपनी जमिन फिर्ता गर्ने निर्णय भयो। यसरी पुरै नभएपनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदा नास्टले गुमाइसकेको आफ्नो दुई तिहाई जग्गा फिर्ता पाएको थियो।
खुमलटारको उक्त जमिन त्यत्तिकै राख्दा कुनै दिन यसमा फेरि कसैको आँखा लाग्न सक्ने ठानेर मैले त्यसमा तुरन्तै भवन बनाउने सोच राखें। भवन निर्माणका लागि प्लान र डिजाइन पहिलेनै तयार भइसकेको थियो। भवननिर्माणका लागि पाँच करोड १७ लाखको बजेट तयार भएको थियो। तर रकमका लागि स्रोत जुटेको थिएन। मैले मन्त्री श्रेष्ठलार्ई भनेँ, 'सरकारले भवननिर्माणका लागि तीन करोड दिएमा बाँकी रकम म व्यवस्था गर्नेछु।'
श्रेष्ठले सक्दो सहयोग गर्ने आश्वासन दिए। केही दिनपछि विधिपूर्वक शिलान्यासका लागि दिन तय गरियो। मन्त्री श्रेष्ठ आइपुगे पनि प्रधानमन्त्री आइपुग्नु भएको थिएन। श्रेष्ठले दुईतीन पटक फोन गर्दा पनि गिरिजाबाबुको अत्तोपत्तो भएन। शिलान्यास गरेपछि तीन करोड रूपियाँ सरकारले निकासा गर्नैपर्ने भएकाले गिरिजाबाबु नास्टको भवन शिलान्यास गर्न नआउने हो कि भन्नेे चिसो पस्यो। तर गिरिजाबाबु आइपुग्नुभयो। गिरिजाबाबुले कार्यक्रममा बोल्ने क्रममा भन्नुभयो, 'मैले धेरै भवन, पुलहरूको शिलान्यास गरेको छु, तर उद्घाटन गर्न पाएको छैन। यस्ता योजनाहरू सुरु हुन्छन् तर बीचमै तुहिन्छन्। नास्टको भवनले त्यस्तो नियति भोग्न नपरोस्।
शिलान्यासपछि फर्कनुअघि गिरिजाबाबुले पुनः आफ्नो आशङ्का व्यक्त गर्दै भन्नुभयो, 'भीसी साहेब, शिलान्यास त गरियो, भवन बन्ने हो कि नबन्ने हो?' मैले भने, 'प्रधानमन्त्रीज्यू, मलार्ई तीन करोड उपलब्ध गराइदिनुस्, म दुई वर्षमा भवनको उद्घाटन गराउने जिम्मेवारी लिन्छु।' मेरो यो भनाइलार्ई गिरिजाबाबुले सकारात्मक रूपमा लिनुभयो र भवन निर्माणका लागि तीन करोड उपलब्ध गराई दिने वचन दिनु भयो।
भवननिर्माणको कार्य सुरु भइसकेको थियो। बीचमा मध्यावधि चुनावको घोषणा भएर नयाँ सरकार प्रमुखका रूपमा कृष्णप्रसाद भट्टराई आउने पक्का भइसकेको थियो। गिरिजाबाबुले नास्टको भवनका लागि तीन करोड दिने तय भए पनि कृष्णप्रसाद भट्टराईको प्रतिक्रिया कस्तो हुने हो? मलाई चिन्ता लागिरहेको थियो। नयाँ सरकारले रकम उपलब्ध नगरे भवन निर्माण कार्य तुहिने निश्चित् थियो। मैले नास्टकै आन्तरिक स्रोतबाट भवन निर्माणका लागि दुई करोडको व्यवस्था गरिसकेको थिएँ। बाँकी तीन करोड निकासा हुने बेलामा सरकार परिवर्तन भइदियो।
गिरिजाबाबुको प्रधानमन्त्रीत्वको अन्तिम दिन म उहाँलार्ई भेट्न सिंहदरबार गएँ।
प्रधानमन्त्रीको कार्यालयभित्र प्रधानमन्त्रीको विश्रामका लागि र गोप्य कुराका लागि पलङसमेत भएको अर्को कोठा पनि रहेछ। मलार्ई त्यही कोठामा बोलाइयो। महेश आचार्य र गोविन्दराज जोशी पनि थिए। गिरिजाबाबुले आचार्य र जोशीलार्ई भन्नुभयो, 'उहाँलार्ई मैले तीन करोड दिन्छु भनेर वचन दिएको छु। नोट गर्नुस्। आउँदो बजेटको व्यवस्था गर्दा तीन करोड उपलब्ध गराइदिनु होला।' गिरिजाबाबुको भनाइले रकम प्राप्त हुनेमा आशावादी त भएँ, तर पूरै विश्वस्त हुन सकेको थिइन।
त्यसपछि म बजेट भाषणको व्यग्रतालेे प्रतीक्षा गर्न थालेँ। द्रूत गतिमा अगाडि बढिरहेको भवननिर्माणको कार्य तीन करोड निकासा नभएको खण्डमा ठप्प हुने थियो। मानसिक तनावले मेरो छट्पटी बढिरहेको थियो। त्यो दिनपनि आपुग्यो। बजेट भाषण सुनिरहेको थिएँ, नास्टको भवनिर्माणका लागि बजेटमा तीन करोड रकम छुट्याइएको घोषणा भयो। अनि सरकारबाट तीन करोड रकम निकासा पनि भयो। गिरिजाबाबुले आफ्नो वचन राख्नुभयो। मैले पनि दुई वर्षभित्रै निर्माण कार्य सम्पन्न गराएर गिरिजाबाबुकै उपस्थितिमा भवनको उदघाटन गराएको थिएँ। भवन बनेकोमा गिरिजाबाबुले खुसी व्यक्त गर्नुभयो र मलाई बधाईसमेत दिनुभयो।
सन् १९९९ मा नास्टले तेस्रो राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आयोजना गरेको थियो। उक्त सम्मेलनमा सन् १९८५ का नोबेल पुरस्कार विजेता भौतिकशास्त्री क्लाउस फोन क्लित्चिङलार्ई विशेष व्याख्यानका लागि निम्त्याएको थिएँ। क्लित्चिङलाई बालुवाटारमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट्ने कार्यक्रम मिलाएको थिएँ। त्यतिबेला चुनाव हुन केही सातामात्र बाँकी थियो। क्लित्चिङले चुनावको सम्भावित नतिजाबारे जिज्ञासा राखे। गिरिजाबाबुले चुनावमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। चुनावको नतिजाबारे कसरी यति ढुक्क हुन सकेको भन्ने क्लित्चिङको अर्को प्रश्नको जवाफ दिंदै गिरिजाबाबुले भन्नुभयो, 'चुनावको प्रचार प्रसार गर्ने क्रममा म देशको कुना काप्चा पुगेको छु। म नेपाली जनताको मन बुझ्न सक्छु। मेरो पार्टीले निश्चयनै बहुमत ल्याउँछ। फरकै पर्दैन।' गिरिजाबाबुको आत्मविश्वास देखेर नोबेल पुरस्कार विजेता वैज्ञानिक छक्क परे। अन्ततः गिरिजाबाबुले भनेजस्तै चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो।
एकपटक प्रधानमन्त्रीको समयअनुकूल पारेर मैले पुरस्कार वितरणको दिन तय गरेको थिएँ। समारोहमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समयमा आइपुग्नु भयो। गाडीबाट ओर्लनासाथ उहाँले रिसाएर मलार्ई भन्नुभयो, 'भीसी साहेब, तपाईंले के गर्नु भएको? मन्त्रीजस्तो मान्छेलार्ई आजको कार्यक्रमका लागि तपाईंले आजै खबर गर्ने हो? उहाँले मेरो आज काम छ, आउन सक्दिनँ भनेर मलाई फोन गर्नुभयो। मन्त्रीलार्ई तपाईंले एक दुई दिन अगाडि खबर गर्नुपर्दैन? तपाईले हेप्न खोजेको उहाँको गुनासो छ।', तत्कालीन विज्ञानमन्त्रीको गुनासो सुनाउँदै प्रधानमन्त्रीले भन्नुभयो। मैले भनेँ, 'प्रधानमन्त्रीज्यू तपाईलार्ई उहाँले गलत जानकारी दिनु भएछ। तपाईंबाट समय पाउनासाथ उहाँलार्ई सातआठ दिन अगाडि नै म आफैँ गएर कार्यक्रमबारे जानकारी दिएको हुँ। गिरिजाबाबुले भन्नुभयो, 'हो? त्यसो हो भने तपाईं दुवै जनालार्ई सँगै राखेर म कुरा गर्छु।' वास्तवमा पुरस्कृत व्यक्तिहरूमा आफ्नो समुदायको कुनै पनि व्यक्ति नपरेकामा विज्ञानमन्त्री असन्तुष्ट भएका रहेछन्। पछि गिरिजाबाबुलार्ई विज्ञानमन्त्रीको अर्घेल्याइँ थाहा भएछ।
ती मन्त्रीको मप्रतिको असन्तुष्टिपूर्ण प्रसङ्गहरू अनेक थिए। प्राज्ञसभाको बैठकको कुरा हो। गिरिजाबाबु कुलपतिका रूपमा बैठकमा उपस्थित हुनुहुन्थ्यो। ती विज्ञानमन्त्रीले बैठकमा आफ्ना व्यक्तिगत असन्तुष्टिहरू पोख्न थाले। भीसीले उहाँलार्ई टेरेन, वास्ता गरेन, भनेका मानेन आदिआदि। प्राज्ञसभामा मन्त्रीले मेरो आलोचना गर्नुबाहेक अरू केही गरेनन्। प्राज्ञसभा जस्तो गरिमामय सभामा उनको त्यस्तो व्यवहारले गिरिजाबाबुलार्ई अप्ठेरो अनुभव भएछ। उहाँले भन्नुभयो, 'तपाईं आफैले समन्वय गरेर संस्थालार्ई अगाडि बढाउनु पर्नेमा प्राज्ञसभामा यस्ता कुरा गर्ने? यो भएन, त्यो भएन भनेर सभा बिथोल्न हुन्छ? ती सबै कुरा छाड्नुस्, अरू कुरा गर्नुस्। होइन भने बस्नुस्'। त्यसपछि मन्त्री 'मेरो अरू भन्नु केही छैन' भन्दै आफ्नो कुर्सीमा थचक्क बसे। सभा स्तब्ध भयो।
एक शनिवार रातको आठ बजे गिरिजाबाबुको निजी सचिवको फोन आयो। 'भोलि बिहान आठ बजे गिरिजाबाबु तपाईंको घरमा ब्रेकफास्टका लागि आउँदै हुनुहुन्छ, तपाईंकतै नजानुहोला।' यति भनेर उनले फोन राखे। गिरिजाबाबुले एकपटक 'कुनै एकदिन तपाईंकहाँ चिया खान आउँछु' भन्नुभएको थियो। तर अचानक यसरी आउनु होला भन्ने लागेको थिएन। कतिजना मान्छे आउने हुन् भन्ने पीरले मेरी पत्नी कोकिलालार्ई के गरूँ कसो गरूँ भयो। ब्रेकफास्टका लागि हामी दुवै राति नै किनमेल गर्न निस्कियौँ।
गिरिजाबाबु औपचारिक पोसाकमा सिक्योरिटी गार्ड र साइरनसहित मेरो घरमा आइपुग्नु भयो। टोलका मानिसहरू झ्याल झ्यालबाट आश्चर्य मानेर हेर्न थाले। कोकिलाले केही खानेकुरा गिरिजाबाबुको अगाडि राखिदिइन्। गिरिजाबाबुले चियाबाहेक केही खानु भएन बरु एक दुईओटा चुरोट फुक्नुभयो। उहाँले मतिर हेर्दै कोकिलालाई भन्नुभयो, 'उहाँ धेरै दुब्लो हुनुहुन्छ, बरु उहाँलाई राम्ररी ख्वाउनुस्'।
गिरिजाबाबुले छोरा सहज र छोरी सर्दूसँग पढाइको बारेमा सोध्नुभयो। सहज र सर्दूले गिरिजाबाबुसँग फोटो खिच्ने इच्छा व्यक्त गरे। उहाँले सहर्ष म र मेरो परिवारसँग बसेर फोटो खिच्नु भयो। सायद विज्ञानमन्त्री र मेरोबीचको नराम्रो सम्बन्ध जानेर होला, गिरिजाबाबुले मलाई ढुक्क भएर काम गर्न र मन्त्रीको व्यवहारलाई महत्व नदिन भन्नुभयो। करिब ४५ मिनेट बसेर उहाँ फर्किनु भयो। एकपटक रोयल स्वेडिस एकेडेमी अफ साइन्सेजका प्रेसिडेन्ट जान कार्लसन र जनरल सेक्रेटरी एर्लिन नोर्बी नास्टको निमन्त्रणामा नेपाल आएका
थिए। उक्त प्रतिष्ठानले हरेक वर्ष विज्ञानका क्षेत्रमा नोबेल पुरस्कार प्रदान गर्ने गर्छ। नास्टले उक्त प्रज्ञाप्रतिष्ठानसँग वैज्ञानिक सहकार्यका लागि सम्झौता पनि गरेको थियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटघाटका लागि मैले चारबजेको समय मिलाएको थिएँ। भेटघाटको तयारीका लागि मलार्ई साढे तीन बजे नै बालुवाटार पुग्नुपर्ने निर्देशन थियो। म उनीहरूलार्ई लिएर साढे तीन बजे बालुवाटार पुगेँ। बालुवाटार पुगेपछि स्वकीय सचिव गोकर्ण पौडेलले भने, 'उहाँ त बिहानै विराटनगर उड्नु भयो। कहिले फर्किने हो थाहा छैन।' मलाई गिरिजाबाबु यति गैरजिम्मेवारी त नहुनु पर्ने भन्ने लाग्यो। भेटघाट हुन नसके कमसेकम जानकारी दिनुपर्ने हो। मैले यस विषयमा छलफल गर्दागर्दै प्रधानमन्त्रीको फोन आयो। प्रधानमन्त्री हेलिकोप्टरबाट काठमाडौं फर्किदै हुनुहुँदो रहेछ। 'पाहुनालार्र्ई बैठकमा राख्दै गर्नु, म आउँदैछु', प्रधानमन्त्रीले भन्नुभयो। गिरिजाबाबुले समय दिएको बिर्सनु भएको रहेनछ। प्रधानमन्त्री चारबजे टुप्लुक्क आइपुग्नु भयो। हामी उहाँको कक्षमा पस्यौँ। उहाँमा यात्राको थकान र तनाव पटक्कै थिएन।
गिरिजाबाबुसँग मेरो अन्तिम भेट मङ्सिर २०, २०६४ मा नास्टको २५सौं वार्षिकोत्सवमा भएको थियो। त्यतिबेला उहाँले राष्ट्राध्यक्ष र प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएको थियो। उक्त अवसरमा उहाँले मैले लेखेको र नास्टले प्रकाशन गरेको 'नास्टका पच्चीस वर्ष' शीर्षकको पुस्तक विमोचन गर्नु भएको थियो। उक्त पुस्तकका लागि उहाँले भूमिकासमेत लेख्नु भएको थियो। उहाँप्रति मेरो हार्दिक श्रद्धान्जली।
विज्ञानमन्त्री र मेराबीच सम्बन्ध बिग्रेको थाहा पाएर हो कि मेरो घरबाट फर्कने बेलामा गिरिजाबाबुले मलाई ढुक्क भएर काम गर्न र मन्त्रीको व्यवहारलाई महत्व नदिन भन्नुभयो।