दक्षिण एसियाको आर्थिक एकीकरण
२२ कार्तिक २०७३
•
१४ मिनेट पाठ
दक्षिण एसियाको आर्थिक एकीकरण
विश्वमा सबैभन्दा बढी गरिबहरूको बसोबास क्षेत्र दक्षिण एसियामा चार करोडभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छन् । उच्च जनसंख्या वृद्धि दरले गर्दा यस क्षेत्रमा हाल पौने दुई अर्ब जनसंख्या पुगिसकेको छ भने बर्सेनि झण्डै १.२ करोडभन्दा बढी युवा श्रम बजारमा थपिन्छन् । मानवीय संसाधनले भरपुर भइकन पनि दक्षिण एसिया क्षेत्रीयरूपले एकीकृत हुन भने सकिराखेको छैन । अझ प्रष्टरूपमा भन्ने हो भने यो विश्वकै सबैभन्दा कम एकीकृत क्षेत्र हो ।

विश्वकै २० प्रतिशतभन्दा बढी जनसंख्याको बसोबास रहेको यो क्षेत्रमा एक दशकसम्म वार्षिक सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि दर कायम रह्यो । तर दक्षिण एसिया एउटा एकीकृत बजारका रूपमा स्थापित हुन सकेमा आर्थिक वृद्धि दर अझ माथि उकासिने प्रशस्त सम्भावना छ । हाल दक्षिण एसियाली मुलुकहरूको क्षेत्रीय व्यापार कुल वैदेशिक व्यापारको केवल ५ प्रतिशतमात्र रहेको छ जुन अत्यन्त कम हो। आसियान मुलुकहरूका सन्दर्भमा यो २५ प्रतिशतको हाराहारीमा छ । सार्क राष्ट्रहरूका बीच अन्तरक्षेत्रीय लगानी भने झनै दयनीय छ । यो केवल एक प्रतिशतको हाराहारीमा छ । व्यापार र पारबहनको सीमित सञ्जाल, कडा सरकारी नियन्त्रण र झण्झटिलो प्रशासनिक प्रक्रियाले एकीकृत बजार निर्माणमा समस्या पु¥याइरहेका छन् । धेरै मुलुकका सन्दर्भमा त बाह्य मुलुकहरूसँग व्यापार गर्नुभन्दा दक्षिण एसियाली मुलुकहरूसँग गरिने व्यापार बढी खर्चिलो बन्न गएको छ । त्यस्तै उपलब्ध सामूहिक प्राकृतिक सम्पदाहरूको उपभोगमा दक्षिण एसियाली साझा प्रयास पनि नगण्य छ ।

दक्षिण एसियाको क्षेत्रीय आर्थिक एकीकरणलाई अगाडि बढाउने हो भने केही आधारभूत पक्षहरूमा सदस्य राष्ट्रहरुको साझा प्रयासको अत्यन्त जरूरत छ । पहिलो, सदस्य राष्ट्रका विभिन्न समुदायबीच छलफल र भेटघाटलाई तीव्रता दिनुपर्ने हुन्छ । उदाहरणका लागि युवा, निजी क्षेत्रका उद्यमी, बौद्धिक समूह, प्रभावशाली नीति निर्माता र क्षेत्रीयरूपले सक्रिय अभियानकर्ताबीच क्षेत्रीय सहयोगका सम्भावनाबारे घनिभूत छलफल र सहकार्य अघि बढाउनु क्षेत्रीय सहयोगको पहिलो सर्त हो ।  

सफलताका आधारमा खास परियोजनाहरूले क्षेत्रीय एकीकरणमा पु¥याइरहेका सहयोगका आयाम, बटुलिएका अनुभव र लाभबारे चेतना बढाउनुपर्छ । बौद्धिक समुदायले विभिन्न क्षेत्रीय परियोजनाहरूको तुलनात्मक लाभहानिबारे अनुसन्धानमूलक कार्यक्रमहरू अघि बढाइराख्नुपर्ने हुन्छ । यसले गर्दा पारस्परिक लाभका आधारमा क्षेत्रीय सहयोगका भावना अझ सशक्त भएर अगाडि आउँछन् ।

दक्षिण एसियाले एकीकृत बजारका लागि तीनवटा प्रमुख क्षेत्रमा प्रभावकारी रणनीति तय गरिनुपर्ने देखिन्छ। विश्व बैंक र एसियाली विकास बैंक दुवैको अनुभवका आधारमा तिनीहरू यातायात सञ्जाल र त्यसको आधारमा व्यापार सहजीकरण, ऊर्जा र प्राकृतिक सम्पदाहरूको सामूहिक व्यवस्थापन हुन् । यी रणनीतिसँगै दक्षिण एसियाले सामूहिकरूपमा सम्बोधन गर्नुपर्ने विषय भनेको गरिबी निवारण हो । यसका लागि विपन्न र जोखिममा रहेका जनसंख्याका लागि आर्थिक अवसरहरूको सिर्जना हो । सीमापार व्यापार र पारबहन सुविधाबाट हुन आउने आर्थिक लाभहरू श्रममूलक कार्यहरूमा बढी केन्द्रित कामदार र तिनीहरूमा पनि गरिब महिलाहरू प्रत्यक्ष लाभान्वित हुने क्रियाकलापमा बढी जानु जरुरी छ । यसले यस क्षेत्रको गरिबी निवारणलाई टेवा पु¥याउनेछ ।

दक्षिण एसियामा ऊर्जा व्यापारको प्रशस्त सम्भावना छ । सार्कका धेरै मुलुकमा लोडसेडिङको समस्या चर्को छ । अर्कोतिर यही क्षेत्र जलविद्युत्को प्रचुर सम्भावना बोकेको क्षेत्र पनि हो । समग्रमा हाल दक्षिण एसियाको कुल जलविद्युत् सम्भावनाको केबल २० प्रतिशतमात्र उत्पादन हुन सकेको छ । नेपाल र अफगानिस्तानको हकमा त झन् सम्भावनाको एक प्रतिशतभन्दा पनि कममात्र उत्पादन भएको छ जसले गर्दा यी मुलुकको औद्योगिकीकरणको गति अत्यन्त धीमा बन्न गएको छ । यसका लागि दक्षिण एसियाले ऊर्जा परियोजनाहरूमा व्यापक लगानी गर्नुपर्ने देखिन्छ । हालमा परियोजना छनोट वैज्ञानिक तरिकाबाट भन्दा पनि जलमाफियाहरूको घेराबन्दीभित्र रहेर गरिने गरेको देखिन्छ । आउँदा वर्षहरूमा सार्क मुलुकका ऊर्जा सचिवहरूको एक सञ्जाल बनाई क्षेत्रीय परियोजनाहरूलाई प्रमुख प्राथमिकतामा राखी लगानी प्रबर्धनको साझा प्रयास गर्नुपर्ने देखिन्छ ।

ऊर्जा उत्पादनमा देखिएको सुस्त प्रगतिलाई अल्पकालीन र दीर्घकालीन नीतिहरूद्वारा सम्बोधन गरिनुपर्छ । तत्कालका लागि छिमेकी मुलुकहरूबाट विद्युत् आयात गर्नु नै व्यावहारिक बाटो देखिन्छ । अफगानिस्तान र पाकिस्तानका लागि मध्य एसियाली मुलुकहरूबाट विद्युत् आयात सम्भव देखिन्छ । वर्षाको समयमा जलविद्युत् बचत हुने किर्गिज रिपब्लिक र ताजिकिस्तानबाट दुई दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानका लागि वार्षिक १३०० मेगावाट विद्युत् निर्यातको सम्भावना छ । नेपाल र भारतबीच हालकै अवस्थामा पनि उच्च भोल्टेजको वार्षिक १००० मेगावाट विद्युत् व्यापारको सम्भावना देखिन्छ । उच्च आर्थिक वृद्धि दर कायम गरिरहेको भारतीय अर्थतन्त्रका लागि यो खासै महत्वको विषय नभए पनि नेपालको औद्योगिक आवश्यकतामा यसले हालको अवस्थामा राम्रै महत्व राख्छ । तर नेपालको जलविद्युत् परियोजनाहरूमा हुने द्विपक्षीय र बहुपक्षीय चासो र लगानी सधैँ आन्तरिक र बाह्य विवादको घेरामा पर्ने गरेका छन् । गण्डक र कोशी सम्झौता, अरूण तेस्रो, महाकाली सन्धिलगायत जुनकुनैमा नेपालको पनि स्वार्थ प्रतिविम्बित हुनुपर्ने ठूला सिँचाइ र जलविद्युत परियोजनाहरूमा एकीकृत राष्ट्रिय नीति देखिँदैन । हालको नेपालको अर्थ कूटनीतिले पनि कुनै दूरगामी दृष्टिकोणले काम गर्न सकेको देखिँदैन । लामो संक्रमण, अनि सरकारी र कर्मचारीतन्त्रमा देखिएको जागिरे मानसिकताले कहिल्यै पनि आर्थिक र सामाजिक रूपान्तरणको बाटोमा मुलुकलाई डो¥याउन सकेन । देशमा उर्जा सङ्कट गहिरिँदै जानु यसैको प्रतिविम्ब हो ।

भारत र बङ्गलादेशबीच विद्युतीय व्यापारिक कोरिडोर विकासको प्रशस्त सम्भावना देखिन्छ । विश्व बैंक र एसियाली विकास बैंकले यसमा प्रशस्त लगानीको सम्भावना देखेका छन् । अर्कोतिर भारत र पाकिस्तानले आपसी समझदारी बनाउन सकेको खण्डमा दक्षिण एसियाली विद्युतीय ग्रिड स्थापना गर्न सकिने विज्ञ बताउँछन् । तर यी दुई मुलुकको राजनीतिक तनावले क्षेत्रीय आर्थिक मुद्दा ओझेलमा परेका छन् । एकअर्का मुलुकमा काम गर्ने कूटनीतिज्ञहरूले यी तनाव र सम्भावनाहरूका बीचबाट सामूहिक हितका परियोजनामा आआफना सरकारका तर्फबाट सहमति जुटाउनु र आर्थिक कूटनीति अगाडि बढाउनु अत्यन्त जरूरत भइसकेको छ ।

व्यापार र पारवहन सञ्जाल

दक्षिण एसियाले साझा बजार र एकीकृत अर्थतन्त्र निर्माणको दिशामा ठोस उपलब्धि हासिल गर्न व्यापार र पारबहन सञ्जाल बिस्तारमा तत्कालै सरोकारवालाले महसुस गर्ने गरी परिवर्तन ल्याउनु अत्यन्त जरूरत छ । यसले हालको सीमापार व्यापारमा रहेको उच्च पारबहन खर्च निसन्देह कम गर्छ । हालमा दक्षिण एसिया विश्वमै सबैभन्दा कम एकीकृत भएको बजार हो र यस क्षेत्रका मुलुकबीच क्षेत्रीय व्यापार गत वर्ष सन् २०१६ मा २८ अर्ब अमेरिकी डलर बराबरको थियो । तर हालसालै सम्पन्न अध्ययनले पारबहन सुविधालाई सहज र चुस्त पार्न सके यो सजिलै १०० अर्बको हाराहारीमा पुग्न सक्ने देखाउँछ । सार्क मुलुकहरूले पूर्वाधारहरूमा गर्ने लगानीमा व्यापक वृद्धि गरी आर्थिक प्रशासनलाई दक्ष बनाउन सकेको खण्डमा दक्षिण एसियाली मुलुकहरूलाई सजिलै मध्य एसियासँग जोड्न सकिन्छ । यो स्तरको प्रगति हासिल गर्न सकेको खण्डमा दक्षिण एसियाली साझा बजार व्यापार र लगानीका हिसाबले झण्डै आसियान मुलुकहरूको स्तरमा पुग्न सक्ने देखिन्छ ।

ऊर्जा, व्यापार र पारबहन सञ्जालमा हुने विस्तारले दक्षिण एसियामा आर्थिक कोरिडोरको निर्माण गरी सार्क राष्ट्रहरू साझा बजारमा बढी एकीकृत हुने वातावरण निर्माण गर्छ । यी पूर्वाधारमा हुने सार्वजनिक क्षेत्रको लगानीले निजी क्षेत्रलाई तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी गर्ने वातावरण सिर्जना गरी समष्टिगत आर्थिक विकासको आधारशीला तयार गर्नेछ । हाल नेपाल–भारत व्यापार र पारबहन परियोजनाअन्तर्गत काठमाडौं–कोलकाता कोरिडोर निर्माण शीघ्र सम्पन्न हुन सकेको खण्डमा नेपालले वैदेशिक व्यापारमा एक गुणात्मक फड्को मार्नेछ । त्यसैगरी मिजोरम दोस्रो सडक परियोजनाले उत्तर–पूर्वी भारत, बङ्गलादेश र म्यानमारलाई आपसी व्यापार विस्तारमा उल्लेखनीय सहयोग पु¥याउनेछ । हाल चर्चामा रहेका यी दुई परियोजनालाई यथासक्य चाँडो सम्पन्न गर्न सकेको खण्डमा यिनीहरूले दक्षिण एसियाको पूर्वी भागको कायापलटमात्र गर्दैनन्, देशभित्र वस्तु र सेवाको आप्रवाह सहज बनाउनुका साथै दक्षिण एसियालाई मध्य र पूर्वी एसियासम्म व्यापारिक प्रयोजनले जोड्न पनि कोसेढुङ्गा सावित हुनेछन्।
अर्को समाचार
आर्थिक सङ्घ स्थापनामा विशेष जोड
२२ वैशाख २०७४
•
६ मिनेट पाठ
आर्थिक सङ्घ स्थापनामा विशेष जोड
योकोहामा – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का अर्थमन्त्रीहरुको शुक्रबार सम्पन्न ११ औँ अनौपचारिक बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक सङ्घ स्थापनामा विशेष जोड दिएको छ । 

आठवटै सदस्य देशका अर्थमन्त्री र उच्च अधिकारी सम्मिलित उक्त बैठकमा दक्षिण एसियाका एक अर्ब ७० करोड जनताको जीवनस्तर उकास्न एसियाली विकास बैंकजस्ता बहुपक्षीय निकायको सहयोग पनि उत्तिकै अपरिहार्य हुनेमा सबैको मतैक्य रह्यो । 

दक्षिण एसियाको आर्थिक समृद्धिका लागि क्षेत्रीय सहयोग प्रवद्र्धनका दिशामा केही प्रगति भएको र आर्थिक तथा वित्तीय सहयोगमा वृद्धि भएकोमा अर्थमन्त्रीहरुले प्रशन्नता प्रकट गरे । 

लगानी संरक्षण तथा प्रवद्र्धन, अन्तर क्षेत्र लगानी विस्तार, सेवा व्यापारमा सहकार्य र साझेदारी, दोहोरो कर प्रणालीको अन्त्य, व्यापार सहजीकरण, जल, स्थल, वायुमार्गबाट सदस्य मुलुकलाई जोड्ने, ऊर्जा सहायता अभिवृद्धि तथा पूर्वाधार निर्माणका क्षेत्रमा पारस्परिक समन्वय एवम् सहकार्यमा पनि उनीहरुले जोड दिए । 

सार्कका अर्थमन्त्रीहरूको वर्तमान अध्यक्षका हैसियतमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैठकमा प्रारम्भिक मन्तव्य व्यक्त गर्दै बैठक सञ्चालन एवम् समापन गरे । 

उनले एक दशकअघि आजकै दिन जापानको क्योटोमा सार्क देशका अर्थमन्त्रीको दोस्रो बैठक भएको स्मरण गर्दै एसियाली विकास बैंक (एडिबी) को ५० औँ वार्षिक बैठकका क्रममा सार्कका अर्थमन्त्रीहरुको बैठक आयोजना गरेकोमा एडिबीप्रतिआभार व्यक्त गरे । 

गरिबी निवारण र आर्थिक विकास सार्क र एडिबीका लक्ष्य हुन् भन्दै उनले दक्षिण एसियामा सहयोग प्रवद्र्धन, आर्थिक एकीकरण र उपक्षेत्रीय तहमा सञ्चालन गरेका विकासका परियोजनाबाट सार्क मुलुक लाभान्वित भएका छन् अर्थमन्त्री महराले भने। 

गत वर्ष इस्लामावादमा भएको सार्कका अर्थमन्त्रीहरुको बैठकले अनुमोदन गरेका कार्यक्रमहरुमा इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले क्षेत्रीयस्तरमा आर्थिक सहयोग र विकास सुनिश्चित गर्न एडिबीले थप सहयोग गर्नुपर्ने बताए । 

एडिबीका उपाध्यक्ष वेनकाइ झाङले दक्षिण एसियको आर्थिक विकास र एकीकरणका परियोजनालाई बैंकले उच्च प्राथमिकता दिएको तथा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)मार्फत दक्षिण एसियाली देशलाई सघाइरहेको जानकारी दिए। 

सार्क राष्टलाई थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पारस्परिक साझेदारीबाट नै आर्थिक विकासका लक्ष्य हासिल हुने बताए । 

सार्कका महासचिव अमजद हुसेन बी सियालले काठमाडौँमा सम्पन्न सार्कको १८ औँ शिखर सम्मेलनमा सार्कका सदस्य देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले व्यक्त गरेका दक्षिण एसियाली आर्थिक सङ्घ, स्वतन्त्र व्यापार क्षेत्र स्थापना, साझा बजार, भन्सार सङ्घ, साझा आर्थिक तथा वित्तीय सङ्घका विषयलाई कार्यान्वयन गर्न अपरिहार्य भएको बताए। 

सार्क देशमा लगानी प्रवद्र्धन एवम् संरक्षणका निम्ति भारतले तयार पारेको बहुपक्षीय मस्यौदा सम्झौतालाई लगानीसम्बन्धी सार्क उपक्षेत्रीय समूहले आगामी महिना नयाँदिल्लीमा हुने समूहको बैठकले अन्तिम रुप दिनेपनि उनले जानकारी गराए। 

बैठकको समापन मन्तव्य व्यक्त गर्दै अध्यक्ष महराले नेपालको जलस्रोतको अझै उपयोग नभएको, ऊर्जा सहयोगसम्बन्धी ‘ड्राफ्ट फ्रेमवर्क’ कार्यान्वयनमा सामूहिक एवम् एकीकृत प्रयासको आवश्यकता रहेकोमा जोड दिए । 

उक्त फ्रेमवर्क कार्यान्वयन गर्न सबै सदस्य देशले नियमनसम्बन्धी संयन्त्र, मूल्य संयन्त्रलगायत संयन्त्रसम्बन्धी समस्या समाधान गर्न आग्रह गर्दै उनले दक्षिण एसियाको समृद्धिका लागि क्षेत्रीय ऊर्जा सहयोग प्रवद्र्धनलाई केन्द्रमा राखेर काम गर्न अपरिहार्य भएको छ भने । 

बैठकमा अर्थ सचिव शान्तराज सुवेदी, अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, टोकियोस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याललगायत सहभागी थिए । शरच्चन्द्र भण्डारी /  रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस