फूलको थुँगा बगेर गयो गंगाको पानीमा
कहिले भेट होला हे राजै यो जिन्दगानीमा
आइतबार बिहान कुनै एफएमले गिरिजाप्रसाद कोइरालाको शोकमा तारादेवीको स्वर सुनाइरहुँदा काठमाडौ"का सडकमा मानिसहरूको भीड थामिनसक्नु भइसकेको थियो। शीर्षस्थ नेताले पनि हत्तपत्त भेट नपाउने गिरिजाप्रसाद कोइरालाको शवमा फूल चढाउन मानिसहरु लामबद्ध थिए। त्यति धेरै मानिसबीचमा पनि हरेक मानिस एक्लै भएजस्तो सन्नाटा, बेचैनी र विषादका साथ हातमा फूल लिएर उभिनु कोइराला भूतपूर्व प्रधानमन्त्री वा नेपाली कांग्रेसको सभापति भएकाले मात्र होइन। न त उहा"को बृद्ध उमेरका कारण नै मानिसहरू अश्रुपूरित नयन लिएर सडकमा निस्किएका हुन्। यो त उहा"प्रतिको सम्मान र अपेक्षाको समिश्रण हो।
सानो देशमा धेरै नेता छन्। तर, बेलाबेलामा राजनेताको अभाव खड्किन्छ। कोइरालाबाट जनताले त्यसको अपेक्षा गरेका थिए। पछिल्लो दिनमा छोरी सुजातालाई काखी नच्यापेको भए सायद यतिबेला गिरिजाप्रसाद र सुजाता दुबैको लोकप्रियता निकै धेरै हुने थियो। तर, जस्तासुकै सन्तान भए पनि संसारका सबै बाबुआमालाई उत्तिकै प्रिय लागेझैँ उहाँमा पनि त्यो कमजोरी देखिएका कारण विवाद र आलोचनामा पर्नुभयो। स्वयम् कांग्रेसभित्र उहाँ निरन्तर कमजोर हुँदै जानु त्यसैको परिणाम थियो। तर, पाँच पटक प्रधानमन्त्री भइसकेका कारण पनि होला, उहाँमा एउटा गजबको आत्मविश्वास र आँट भने देख्न सकिन्थ्यो। बिच्किँदै गरेका माओवादीलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको छाता ओढाएर भए पनि ओतमा ल्याउने प्रयास गर्नुले उहा"प्रति आशा जागेको थियो। सम्भवतः त्यही आशा आइतारबार राजधानीका सडकमा प्रकट भएको हो।
गिरिजाप्रसाद कोइरालाको निधनबाट तत्कालका लागि शान्ति प्रक्रियालाई गम्भीर असर पर्नेछ। संविधान बनाउन दुई महिनाभन्दा अलिकतिमात्र बढी समय छ। माओवादीले त्यसअघि कुनै पनि हालतमा आफ्ना लडाकु समायोजन हुन नदिने कसम खाएको छ। लडाकु राखेर निर्वाचनमा जाँदा के भयो भन्ने पीडाका भुक्तभोगी कोइराला प्रधानमन्त्री माधवकुमार नेपालसँग यस विषयमा असन्तुष्ट हुनुहुन्थ्यो। आफूस"ग पुष्पकमल दाहालले तीन हजार लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्ने पहिल्यै सहमति गरिसकेकाले त्यहीअनुसार सरकारले प्रस्ताव अघि बढाओस् भन्ने उहाँको चाहना थियो। यो कुरा गोप्य छैन, उहाँले मुख खोलेरै भन्नुभएको थियो। आफ्नो कुनै पनि बचनमा अन्तिमसम्म नअड्ने माओवादीलाई अब त्यसबाट फुत्किन पनि सजिलो भएको छ। उहाँले माओवादीलाई छुट दिनुका पछाडि पनि एउटा मुख्य कारण थियो- आफ्नै अग्रसरतामा सुरु भएको शान्ति प्रक्रिया बीचमा नभड्कियोस्। तर, राजनीतिका चतुर खेलाडी कोइरालालाई पनि माओवादीले फकाइफकाई झुक्याएका कारण मुलुक राजनीतिक जटिलतामा फसेको छ। राष्ट्रपतिका स्वाभाविक दावेदार कोइरालाको व्यक्तित्वसँग तर्सेर माओवादीले थापेको पासामा आज ऊ मात्र होइन, सिंगो राष्ट्र फसिरहेको छ। कोइरालाले मुलुकलाई यस्तो घुम्तीमा छोडेर जानुभएको छ- जुन साह्रै साँघुरो छ, अघि नबढी हुँदैन तर अघिल्तिर अजंगका ढुंगाले बाटो रोकिएको छ।
आज सबै नेताले भन्छन्- गिरिजाप्रसाद कोइरालाले नमानेको भए संविधानसभाको निर्वाचन र राजतन्त्रको अन्त्य सम्भव थिएन। जनताको परिवर्तनको चाहनालाई उहाँले मात्रै कति रोक्न सक्नुहुन्थ्यो, यो बेग्लै कुरा हो। तर, एउटा कुरा सबैले स्वीकार गर्नैपर्छ - उहाँको स्वीकृति र सहभागिताबिना यी काम सहज भने पक्कै हुने थिएनन्। राजतन्त्रलाई कांग्रेसले सधैँ शिरमा बोक्दै आएको थियो। वीपी कोइरालाले त्यत्रो विषम परिस्थितिमा पनि राजतन्त्रको मान्यतालाई अस्वीकार नगरेको पारिवारिक र राजनीतिक पृष्ठभूमि कोइरालासँग थियो। तैपनि उहाँले परिवर्तनलाई आत्मसात गर्न बाँकी राख्नुभएन। शान्तिका सर्तमा उहाँ आफ्नो राजतन्त्रात्मक मान्यता परित्याग गर्न तयार हुनुभयो। धेरैले चर्का कुरा गर्छन् तर उहाँले नरम कुरा गरेरै व्यवहारबाट आफूलाई नेपालको सबभन्दा प्रभावकारी गणतन्त्रवादी नेताका रूपमा स्थापित गराएर दुनियाँका सामु उदाहरण देखाइदिनुभयो। उहा"को जीवनको सबभन्दा अविस्मरणीय 'यु टर्न' यही नै हो भन्दा अत्युक्ति नहोला। सायद उहाँलाई चिरकालपर्यन्त सम्झिरहने विन्दु पनि यही हुनेछ।
गिरिजाप्रसाद कोइरालाको रिक्तताको सबभन्दा ठूलो खाडल नेपाली कांग्रेसमा परेको छ। एकले अर्कालाई नमान्ने दोस्रो पुस्ताका भनिने नेताबीचमा अब टक्कर पर्नेछ। सम्भवतः अब गिरिजाप्रसाद कोइरालाका नाममा सुशील कोइराला, सुजाता कोइराला, रामचन्द्र पौडेलहरूको एउटा मोर्चा हुनेछ भने कोइरालापछि मै हुँ भन्ने शेरबहादुर देउवाको नेतृत्वमा अर्को मोर्चा हुनेछ। कोइरालाको अनुपस्थितिमा कांग्रेसभित्र देखा पर्ने टक्कर, मनमुटाव र बेमेलले त्यस पार्टीको भविष्यमाथि नै संकट आमन्त्रण गर्नेछ।
कोइराला हक्की हुनुहुन्थ्यो। उहाँको गाडीमा सम्भवतः 'ब्याक गियर' थिएन। 'म भन्छु' भनेपछि गरेर देखाउने स्वभावका कारण उहा"लाई मानिसहरु 'हठी' भन्थे। तर, बेलामा हिम्मत प्रदर्शन गरेन भने राजनेताको छवि बनाउन असम्भव हुन्छ भन्ने सायद उहाँलाई थाहा थियो। आफ्ना अनन्य मित्र भुपालमानसिंह कार्कीका छोरा लोकमानलाई सचिव स्वीकार नगर्दा बलदेव शर्मालाई मन्त्रीबाट बिदा दिन उहाँ तयार हुनुभयो, नयाँ सरकार बनाउने खेलमा लागेको थाहा पाएपछि खुमबहादुर खड्कालाई बर्खास्त गर्ने आँट गर्नुभयो, माओवादीले दुनै कब्जा गरेपछि गृहमन्त्री गोविन्दराज जोशीलाई राजीनामा गर्न लगाउनुभयो। यी केही यस्ता सूचक थिए, जसले गिरिजाप्रसाद कोइरालामा बलियो नेताका बिम्व बिजारोपण गरेका थिए।
बाचुञ्जेल सत्तोसराप गर्ने र मरेपछि गुणगान गाउने प्रवृत्ति नै हुन्छ। तर, कुनै पनि मानिस कमीकमजोरीबाट मुक्त हुन्छ भन्नु मानिसलाई सही रूपमा नबुझ्नु हो। कोइराला पनि अपवाद हुनुहुन्थेन। उहाँको शासनकालमा अनेक काण्ड भए, ती कति सही थिए, कति प्रचारबाजी थिए, अथवा त्यसमा उहाँको कति हात थियो, उहाँ नजिककाको कति हात थियो, त्यो बेग्लै हो। पक्कै पनि उहाँलाई लगातार २० वर्षसम्म हरेक समय सत्ताको केन्द्रमा बस्न सजिलो थिएन। त्यसका लागि सरकार गठन/विघटन एउटा नियमित प्रक्रियाजस्तै भइरह्यो। सत्तामा अरू नै भए पनि त्यसको केन्द्र गिरिजाप्रसाद कोइरालासँगै रह्यो। राजा महेन्द्रपछि लामो समयसम्म सत्तालाई आफ्नो वरिपरि घुमाउने कोइराला नै हुनुहुन्थ्यो। सरकारमा हु"दा पनि र नहुँदा पनि कोइरालाले के बोल्नुहुन्छ भन्ने कुराले सधैँ महत्व पाइरहनुको कारण पनि यही थियो।
बाहिरी रूपमा हेर्दा निकै कठोर देखिने कोइराला भित्रीरूपमा कति नरम र मायालु हुनुहुन्थ्यो भन्ने उहाँसँग नजिक रहेकालाई सम्झना छ। बालुवाटार र सिंहदरबारमा कार्यरत निम्न तहका दर्जनौ" कर्मचारी आज पनि उहाँलाई आफ्नै पितातुल्य सम्झिरन्छन्। लोकतन्त्र बहालीपछि भारतको औपचारिक भ्रमणमा उहाँको टोलीका सदस्यका रूपमा जाँदा बिहान आफ्नै कोठामा बोलाएर 'के कस्तो छ?' भनेर सोधेको सम्झिँदा मलाई पनि लागिरहेको छ- अनि किन नरोऊन् त उहा"को मृत्युमा यी मान्छे? आजको नेपालका अग्रणी नेता गिरिजाप्रसाद कोइरालालाई अब हाम्रो पुस्ताले सायद यही रूपमा सम्झिइनेछ।