गिरिजाप्रसाद रहनु भएन। धेरैलाई यो सत्य पत्याउन विश्वास भैरहेको छैन। मजस्ता धेरैले गिरिजाप्रसादलाई मृत्युले छुनसक्छ भन्नेमा विश्वास गनै सकिरहेका छैनन्। प्रजातान्त्रिक आन्दोलनका क्रममा कोइरालासँग मृत्यु धेरै पटक हारेको थियो। सबै प्रतिरोध पन्छाएर उनी नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक भएका थिए। तर, विश्वास नगर्दैमा सत्य बदलिँदो रहेनछ।
थुप्रैले गिरिजाप्रसाद कोइरालाको नयाँ वासस्थान देखेका रहेनछन्। तर पनि रिङरोडमा पैदल हिँड्दै गरेका भिडलाई सोध्दै मण्डिकाटार जानेको ताँती अद्भुत थियो। म साँंझ करिब ५ बजे नरहरि आचार्यको घरबाट उहाँका केही तस्बिर लिएर शारदा शर्मासंँगै स्कुटरमा मण्डिकारतर्फ लागेँ। बिहान उहाँको स्वास्थ बिग्रेको थाहा पाएर उहाँको निवासमा पुग्दा खासै भिड थिएन। तर अहिले सम्पूर्ण रिङरोडमा मानिस खचाखच थिए। हामी फोटो लिएर मण्डिकाटार कसरी पुग्ने चिन्तामा थियौँ ।
कोइरालाको अन्त्यष्टिका लागि आवश्यक केही फोटा भए लिइआउनु भन्ने आदेशबमोजिम हामी त्यहाँ पुग्न खोजेका थियौँ। कृष्ण खनाल र विनय खुर्सेदलाई नरहरिजीको घरमा छाडी हामी तुरुन्त फोटो पुर्याएर फर्किने भनेर हिँडेका थियौँ। स्कुटरको यात्रा हाम्रो रिङरोडमै सकियो। सुरक्षाको कारण रिङरोडवाट हाम्रो स्कुटरभित्र छिर्न सकेन। शारदा शर्मा र मैले हामीलाई केही सामान पुर्याउनु छ भन्दा पनि सुरक्षा निकायले हामीलाई सहयोग गर्नसक्ने स्थिति थिएन। वास्तवमा सुरक्षा निकायलाई भिडको व्यस्थापन गर्नैे हम्मे परिरहेको थियो। उनीहरूले हाम्रो काममा ध्यान दिन पाउने सम्भावनै थिएन। हामी दुवैस्कुटर त्यहीँ राखेर त्यहाँबाटै आवश्यक फोटो बोकी मण्डिकाटारतर्फ लाग्यौँ। बाटोमा थुप्रै साथी भेटिए। सबैको अनुहार मलिन र अविभावक गुमाएजस्तो थियो। अझ कवि भएर हो कि शारदाजी बाटाभर अत्यन्त भावुक हुनुभयो। अन्ततः हामी कोइरालाको नयाँ वासस्थान मण्डिकाटा नजिकै पुग्यौँ। तर, त्यहाँबाट अगाडि बढ्न सम्भव थिएन। के गर्ने? कसरीभित्र जाने भनेर हामी अलमलमा पर्यौँ। मैले नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यलाई फोन गरेँ। दिनभर सम्पर्क गर्दा हुननसकेको मोबाइलमा सम्पर्क भयो। मैले आउने प्रयोजन बताएँ। उहाँले त्यही बस्नु भनी व्यवस्था गर्ने आश्वासन दिनुभयो। तर अचानक रिपोर्टर्स क्लबका ऋषि धमलाले हामीलाई देखे। त्यसपछि हामी सहजतापूर्वक आँगनमै पुग्यौँ।
मण्डिकाटारको ठूलो आँगनको उत्तरतर्फ कोइरालालाई श्रद्धाञ्जली दिनेको लामो ताँती थियो । हामीले पहिले श्रद्धाञ्जली अर्पण गर्ने सल्लाह गर्यौँ। अनि लाइन मिच्दै उहाँको पाउमा फूल चढायौँ। मैले टाउको उठाएर उहाँको मृत शरीर माथिदेखि तलसम्म हेरेँ। शारदा शर्माले दिएको फूल चढाएँ, अनि दब्रेबाट घुम्दै टाउको माथि पुगे। उहाँका आँखा खुला थिए। कतै मलाई केही आदेश दिनु पो हुन्छ कि जस्तो लाग्यो। उहाँको मृत्यु स्वीकार गर्न मलाई कटिन भइरहेको थियो। तर उहाँको शवको शिरतिर सुशील कोइराला, चक्र बाँस्तोला, विमलेन्द्र निधि र बालकृष्ण दाहाललाई देखेँ। त्यति बेलै ३५ वर्षअगाडि गिरिजाप्रसाद कोइरालासँग प्रथम पटक राजनीतिक वार्ता भएको सम्झना भयो।
तिनताका कोइराला निर्वासनमा हुनुहुन्थ्यो। हामी उत्साही विद्यार्थी विपी कोइरालाको विराटनगर भ्रमण सफल पार्न उहाँको निर्देशन लिन भारतीय सीमामा रहेको सहर जोगवनी पुगेका थियौँ। उहाँले विराटनगर विमानस्थलमा सान्दाजुको भव्य स्वागत हुनुपर्छ र त्यसको राजनीतिक सन्देश देशभर जानुपर्छ भन्ने निर्देशन दिनुभयो। राती लुकिछिपी केही विद्यार्थीले सान्दाजुको भ्रमण सफल पार्न विराटनगरमा भित्ते लेखन र पर्चा वितरण गर्थ्य र बढो गर्वका साथ उहाँलाई सुनाउन जोगवनी जान्थ्यौँ। बीपी विराटनगर विमानस्थलमा ओर्लने दिन पञ्चहरू र हाम्राबीच मुठभेड भयो। विमानस्थलमा विमान ओर्लनै पाएन। हामी झोँक्किएर जोगवनी पुग्यौँ र 'यसरी क्रान्ति सम्भव छैन बम, बारुद दिनुस्' भन्यौ। उहाँले सम्झाएपछि हामी फर्केका थियौँ। अहिले तिनै गिरिजाप्रसाद कोइरालाको मृत शरीरमा फूलका गुच्छा चढाएर फकर्किँदा म बाटाभर उहाँसँग संघर्षकालमा विबाएका क्षण स्मरण गरेँ। त्यस्तै उहाँसंग २०४६ पछि केहीकाल राजकाजमा बस्दाको सम्झना आए।
गिरिजाप्रसाद कोइरालाको ६३ वर्षको राजनीतिक इतिहासको साक्षी मुलुक छ। यसको इतिहासकारहरूले अध्ययन र अनुसन्धान गर्दैरहलान्। तर नेपाली जनताले लोकतन्त्रका योद्धा, कांग्रेसले आफ्ना नेता र अविभावक अनि अन्तर्राष्ट्रिय समुदायले दक्षिण एसियाको महान नेता गुमाएका छन्। इतिहासमा कोइरालाको कर्मयोगी जीवनप्रति सच्चा श्रद्धाञ्जली देशको संविधान र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु हुनेछ।
लेखक कोइरालाका पूर्व निजी सचिव हुन्।