चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपतिको कार्यकक्षमा लागेको ताला तीन महिनापछि एकै छिन खुलेर बन्द भयो। उपकुलपति सिपी मास्केले प्रतिष्ठानका कुलपति प्रधानमन्त्री माधवकुमार नेपाललाई राजीनामा दिनुअघि आफैँले ताला खोलेका थिए। वीर अस्पतालका आवासीय चिकित्सकले उनको राजीनामा मागेर तीन महिनाअघि लगाएको ताला उनी आफैँले खोलेका थिए। ताला खोलेको थाहा पाएका आवासीय चिकित्सकले विरोध गरेपछि पुनः बन्द भयो। मास्केले किन राजीनामा दिने निर्णय गरिसकेपछि किन ताला फोरे? शंका गर्ने ठाउँ धेरै छ।
आन्दोलनरत चिकित्सकले महत्वपूर्ण र विवादस्पद लिखत लुकाउन ताला फोरिएको आरोप लगाएका छन्। उनले भने नयाँ उपकुलपतिका लागि सरसफाइ गर्न खोलिएको सफाइ दिएका छन्।
मास्केले ताला जे कारणले फोरेका भए पनि उनको जागिर सकिएको छ। लामो समयदेखिको समस्या समाधान राजीनामा दिएर मास्के धन्यवादका पात्र बनेका छन्। तर उनको राजीनामा राजनीतिक कारणबाट आएको छ। काग्रेस, एमाले र माओवादीका स्वास्थ क्षेत्रका हर्ताकर्ताबीच पदको भागबण्डा मिलेपछि मास्के राजीनामा गर्न बाध्य भएका हुन्। प्रतिष्ठानको उपकलपति र डिन कांग्रेसलाई, रजिष्ट्रार र एक कार्यकारी सदस्य एमालेलाई र निर्देशक र रेक्टर माओवादीलाई दिने सहमतिपछि मास्के बाहिरिएका छन्। सरकारी संस्थानमा सरकार परिवर्तनपछि प्रमुख पनि बदलिन्थ्ो। संयुक्त सरकारका पालामा संस्थाहरूमा राजनीतिक भागबण्डा हुने गरेको थियो। सरकार परिवर्तनपछि त्यसरी नियुक्ति पाएका कतिले आफैँ छाड्थे। नभए नयाँ सरकारले आफ्नालाई नियुक्त गर्थ्यो। तर, माओवादी सत्ताबाट बाहिरिएपछि परम्परा तोडियो। उसले आफ्ना पालामा नियुक्त भएकाहरूलाई पद नछाड्न निर्देशन दियो। मास्के १५ महिनाअघि तत्कालीन उपकुलपति विश्वराज दलीलाई माओवादी भातृसंगठनको बलमा पदबाट राजीनामा गराएर उपकुलपति भएका थिए। मास्केको राजीनामापछि अब प्रतिष्ठान र अन्तर्गतको वीर अस्पतालमा कांग्रेस, एमाले र माओवादीका कोटाअनुसार पदाधिकारी नियुक्त हुनेछन्।
जुन दलका डाक्टरले जे पद पाए पनि जनताको चासोको विषय होइन। जनताले अस्पतालबाट पाउनुपर्ने सेवा पाए कि पाएनन् भन्नेतर्फ भने दलका जिम्मेवारहरूले चासो देखाएको पाइएन। वीर अस्पतालको सिटी स्क्यानिङ्ग मेसिन बिग्रिएको धेरै भइसक्यो। करोडौँ मूल्यका सामान किनिएका छन् तर प्रयोग गरिएका छैनन्। यस्ता समस्या समाधान हुँदैनन् भने पदाधिकारी फेर्नुको के अर्थ?
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अर्को आन्दोलनको मैदान बनेको छ। त्यहाँ बिरामीको उपचार र डाक्टरी पढाइ दुवै हुन्छ। शिक्षालाई शान्ति क्षेत्र बनाउने मागमा शिक्षण अस्पतालका डाक्टर र डाक्टरी पढिरहेका विद्यार्र्थीले तातो पानी खन्याइदिएका छन्। उपचारजस्तो संवेदनशील पेसाका डाक्टरहरू संस्थानका डिन लगायतका पदाधिकारीको राजीनामा मागेर सेवै बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। डाक्टरहरूको प्राथमिक काम बिरामीको उपचार हो। तीन दिनसम्म बन्द गरेपछि अस्पतालको आँगनमा बहिरंग सेवा सञ्चालन गरेर तमासा गर्दैछन्। शिक्षण अस्पतालमा दैनिक औसत १ हजार २ सय बढी बिरामी आउँछन्। स्नातकोत्तरतहको प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको आरोपबाट सुरु गरिएको आन्दोलनले बिरामीलाई सास्ती दिएको छ। संस्थानका डिन अरुण सायमीलगायतका पदाधिकारी माओवादी सरकारका पालामा नियुक्त भएका हुन्। अहिले अर्काथरी तम्सेका छन्। डाक्टरहरू पदका लागि चिकित्सक नभएर माओवादी, कांग्रेस, एमाले हुनु दुःखलाग्दो विषय हो। अरुण सायमी राम्रा चिकित्सक हुन्। उनलाई यसरी राजनीतिक मौसमअनुसार बदलिन सुहाउने थिएन। नियुक्ति हुँदा उनी माओवादीको शुभचिन्तक थिए पछि एमालेको साखुल्ले भए। माओवादीले नियुक्त गरेका सहायक डिन रतेन्द्र श्रेष्ठ र क्याम्पस प्रमुख रामप्रसाद उप्रेतीबीच चर्को विवाद छ। केमा कुरा मिलेन अहिले उप्रेती प्रश्नपत्र किनबेच हुने रहस्योद्घाटन गर्दै सडकमा ओर्लिएका छन्। सायमीको ठाउँमा अर्को कोही आउला, अरू पदमा पनि नयाँ अनुहार आउलान्। एमाले, काग्रेस, माओवादी, तमलोपा भागबन्डा होला। जेहोस्, यो पनि जनताको चासोको विषय होइन।
जनतालाई सबैभन्दा बढी चासो लाग्ने विषय डाक्टरहरूले सेवा बन्द गर्न पाउने हुन् कि होइन भन्ने हो। तर, यो त बहसको विषयै होइन। चिकित्सकले पनि आफ्नो सेवालाई माग पूरा गराउने अश्त्र बनाउनु सामाजिक दायित्व र नैतिक आधारमा मिल्दैन। सबै पेसाका आआफ्ना धर्म हुन्छन्। पेसाप्रति निष्ठावानलाईमात्र अरूले सम्मान गर्छन्। तर नेपालमा डाक्टरहरूले पेसाको मर्यादा, धर्म र संवेदनशीलतालाई पटक पटक कुल्चेका छन्। उनीहरूकै क्रियाकलापले डाक्टरहरूको समाजमा छवि बिग्रँदै गएको छ।