माओवादीले संविधान निर्माणको विषयलाई सतही नारा बनाएर भित्रभित्रै विद्रोहको तयारी गरिरहेको पुष्टि उसको विभिन्न तह र तप्काका प्रशिक्षण र नेताका संभाषणले नै पुष्टि गरेका छन्।
एनेकपा (माओवादी) सत्ता राजनीतिको बहुआयामिक चरित्रलाई सार्थक बनाउने ध्याउन्नमा लागेको देखिएको छ। यसोभन्दा माओवादी ठीकै काममा लागेको रहेछ भन्ने भान पर्न सक्छ। तर राजनीतिमा सत्ताका लागि जे गरेपनि हुन्छ भन्ने बुझाइ र तद्नुरूपको कर्मले समाज र सभ्यतालाई गलत बाटातिर डोर्याउछ भन्ने बिर्सनु हुदैन। विसं २०४६ को परिवर्तनपछि सबैभन्दा बढी समय सरकार चलाएको नेपाली कंाग्रेसभित्र विद्यमान एउटा प्रवृत्तिले सरकारमा पुग्न या टिक्न जे गरेपनि हुन्छ भन्ने अपसंस्कृतिको बीजारोपण गरेको हो। नेकपा (एमाले) कांग्रेसभन्दा पृथक रहेन। फलतः लाखौं कार्यकर्ता र समर्थक भएका दुवै पार्टीको सिंगो संगठनमा आघात पुग्न गयो र जनमानसमा नराम्ररी छवि बिग्रन पुग्यो। त्यसको मूल्य दुवै पार्टीले चुकाइसकेका छन्।
जतिसुकै विवादास्पद भएपनि संविधानसभा निर्वाचनमार्फत् जनअनुमोदित नेपालको सबैभन्दा ठूलो राजनीतिक दल माओवादी नै हो। तर, योे सत्य पचाउन अझसम्म पनि धेरैलाई गाह्रो भएको देखिएको छ। वास्तविकता भने यही नै हो। माओवादीको शान्तिपूर्ण लोकतान्त्रिक रुपान्तरण हुनेछ भन्ने आधारमा निर्वाचनमार्फत् जनताले विश्वास प्रकट गरेका हुन्। यही अपेक्षामा मुटुमाथि ढुंगा राखेर जनताले माओवादीलाई मत दिएका थिए, मन पराएर होइन। आफूले विश्वास गरेका राजनीतिक दलहरू कांग्रेस र एमालेको सत्ता राजनीतिमा प्रदर्शित अयोग्यतावाट आजित भएर, माओवादी हिंसाबाट आक्रान्त भएर तथा शान्तिपूर्ण नयाँ नेपाल निर्माणको सपना देखेर जनता निर्वाचनमा होमिएका हुन्। जनतालाई शान्त र समुन्नत लोकतान्त्रिक नेपाल चाहिएको थियो। सबै प्रकारका अतिवादविरुद्धमा, लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनअभिमत जाहेर भएको थियो। शान्ति, लोकतन्त्र र परिवर्तनको जनचाहनाले नै साना ठूला सबै दललाई संविधानसभामा पुर्याएको हो। तर यता आएर मूलतः माओवादीको चरम सत्तालोलुप प्रवृत्तिले नेपालको भविष्यै अन्योलमा पारिदिएको छ। यति बेला उसको प्राथमिकता के हुनुपर्ने हो? सत्ता वा नयाँ संविधान? प्रधानमन्त्री या मन्त्री पदको आकर्षण वा शान्ति प्रक्रियाको निष्कर्ष? भन्ने गम्भीर प्रश्न खडा भएको छ। संविधानसभा पछिको उसको सरकार उसकै अर्कमण्यताले ढलेको थियो। शान्ति प्रक्रियाको मूल मर्मविपरीत एक्लै हिँड्ने र तुरुन्तै सत्ता कब्जा गर्ने दुर्नियतका कारण माओवादी सत्ताच्यूत हुनु परेको थियो। यी सबै वस्तुतथ्य बिर्सेर माओवादी पुनः सत्ता प्राीपतको न्यासध्यानमा लागेको छ। माओवादीका प्रत्येक गतिविधि र व्यवहारले गम्भीर राजनीतिक दुर्घटनाको जोखिम बढाएको छ। खासगरी यसका अध्यक्ष पुष्पकमल दाहालका बोलीमा देखिएको असंगति र विरोधाभासले उनको पार्टीप्रति जनविश्वास घट्दै गएको छ। पुरानो शक्तिखोर प्रकरणको पुनरावृत्ति भएको छ र यसले माओवादीको जगलाई नै नराम्ररी हल्लाइदिएको छ। दुनियाका अगाडि शान्ति र संविधानको कुरा गरेपनि आफ्ना लडाकुका सामुन्ने पुगेपछि विद्रोहमात्र ओकल्ने दाहालका पछिल्ला अभिव्यक्तिलाई मात्र हेर्दा उनको पार्टी अहिले धागो चँुडिएको चंगा या दिशा हराएको जहाजजस्तो देखिएको छ। दाहाल स्वयं हतास चालकजस्ता देखिएका छन्। कहिले उनि संविधानसभाको समय थप्दा आकास नखस्दैन र धर्ती भासिँदैन भन्छन् त कहिले संसदवादी दलहरू संविधानसभाको म्याद बढाउन लागेको भनेर कांग्रेस एमालेलाई सत्तोसराप गर्छन्। उनको अभिव्यक्तिको केन्द्र सत्ता वा सरकार नै हुन्छ लोकतन्त्र, शान्ति र नयाँ संविधान कहिल्यै हुँदैन। नयाँ संविधान निर्माण गर्ने विषयमा प्रतिबद्ध पार्टीले दुनियामा कतैपनि विद्रोहको प्रसंग जोड्दैन तर दाहालको अभिव्यक्तिको अनिवार्य अंग विद्रोह नै भएको छ। माओवादीले संविधान निर्माणको विषयलाई सतही नारा बनाएर भित्रभित्रै विद्रोहको तयारी गरिरहेको पुष्टि उसको विभिन्न तह र तप्काका प्रशिक्षण र नेताका संभाषणले नै पुष्टि गरेका छन्।
अर्कातिर, कांग्रेस र एमालेभित्र भने माओवादीको रणनीतिक योजना र चातुर्य बु‰ने क्षमताको कमी या बुझे पनि बुझ पचाउने प्रवृत्ति देखिएको छ। सबैले बुझेकै हो, वर्तमान गठबन्धन शान्ति, संविधान र लोकतन्त्रका लागि जति हितकर छ, नयाँ गठबन्धन यसको ठ्याक्कै प्रतिकूल हुनेछ। तैपनि एमालेभित्रको एउटा हिस्सा र कंाग्रेसभित्रका पनि केही व्यक्तिको ध्यानै सत्तामा मात्र छ। नयाँ संविधान, शान्ति प्रक्रिया र लोकतन्त्रको तिनलाई कुनै पर्वाह छैन। त्यसैले यो समूह माओवादीसँंग लहसिएको छ। कारण यस्तो समूहलाई माओवादीले अग्रगामी भनिदिएको छ, प्रगतिशिलताको पगरी गुथाइदिएको छ। अरूले भिराइदिएको पगरीमा रमाएर केही नेताको डफ्फा यो गठबन्धन टुटाउन भरमग्दुर प्रयास गरिरहेको छ। सरकारमा को को गएका छन् भन्ने गौण हो। अहिलेको सरकार निर्माण गर्ने दलहरूको एकता प्रमख विषय हो। कुन पुष्ठभूमिमा यो गठबन्धन निर्माण भएको हो र यसको दायित्व के हो भन्ने सबैले हेक्का राख्नुपर्छ। त्यसैले पनि नरम, उदार र सहज प्रवृत्तिका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको विकल्प अहिलेलाई देखिँदैन।
माओवादी लोकतान्त्रिक संविधानमा विश्वासै गर्दैन। नत उसले लोकसम्मति, बहुलताजस्ता विषयमा निष्ठा राख्छ। उसले जानेको र विश्वास गरेको त विद्रोह र सत्ता कब्जामात्र हो। उसँग लोकतान्त्रिक दर्शनको चर्चा गर्नु भैँसीका अगाडि बीणा बजाउनुजस्तै हो। यस्तो काममा लाग्नुको कुनै अर्थ छैन। अरू दलले विगतका भूलबाट शिक्षा लिनुपर्छ। शान्ति प्रक्रियामार्फत सत्तामा आएको माओवादीलाई समयमै नबु‰नाले वर्तमान अवस्था निम्तिएको हो। नेपाली समाजमाथि उसले गरेको ज्यादती जनताले बिर्सेका छैनन्। यो हेक्का उसलाई पनि हुनुपर्छ। त्यसैले अरू दलले भनेजस्तो सबै हतियार बिसाएर सहजै नागरिक दलमा रूपान्तरण हुनुलाई माओवादी नेताले जोगी हुनुजस्तै ठानेका हुनुपर्छ। वर्तमान गठबन्धनको दबाब र जनताको घेराबन्दीले मात्र उसलाई रूपान्तरित हुन बाध्य गर्न सक्छ। अन्यथा उसले निर्दिष्ट गरेको गन्तव्य त सर्वहाराको अधिनायकत्वमा ‘जनगणतन्त्रै' हो।
समय र अवसरले कसैलाई पनि पर्खिँदैन। माओवादीलाई संविधानसभाले ऐतिहासिक अवसर दिएको हो। विस्तृत शान्ति सम्झौतामार्फत् शान्तिपूर्ण राजनीतिमा आएपछिका उसैका काम र व्यवहारले उसको परीक्षा लिइरहेका छन्। क्यान्टोनमेन्टमा हतियार थन्क्याएपछि र अझ निर्वाचनबाट ठूलो दल हुँदा पनि माओवादीबाट जनअपेक्षित व्यवहार प्रर्दशित हुन नसक्नु रसरकारमा जानुलाई मात्र प्राथमिकतामा राख्नुले माओवादीले आधार गुमाउँदै गएको छ। ठूलो दलको अगुवा चरित्र त्यागेर अरूलाई घुर्क्याइरहनु माओवादीको गैरजिम्मेवार चरित्रको उदाहरण हो।
यति बेला हामसँग विकल्प छैन। संविधान बनाउने समय अढाइ महिनामात्र बाँकी छ। संविधानसभाको म्याद थप्ने अधिकार कसैलाई पनि छैन। त्यस्तो जनादेश पनि छैन। तर आगामी जेठ १४, २०६७ मा नयाँ संविधान निर्माण हुने संभावना क्षीण हँुदैगएको छ। हाल ‘फ्रेमवर्क कन्स्टिच्युसन' तयार गर्ने र पछि त्यसलाई कानुनले व्यवस्थित गर्ने विषयमा बहस सुरु भएको छ। हुनत, यो पनि खराव विकल्प हो तर यतिमात्र भएपनि अनुहार जोगाउन सकिन्छ। दुर्भाग्य, यसमा समेत माओवादीको ध्यान गएको देखिँदैन। उसको प्राथमिकता केबल सरकार र त्यसमार्फत् सत्ता कब्जा हो। शक्तिखोर प्रकरणको पुनरावृत्तिपछि फेरि पुष्पकमल दाहालले सेना प्रहरी, कर्मचारीलाई उक्साउन खोज्नुले सत्ताकब्जाका लागि माओवादी कुनैपनि कसर नछाड्ने र सबै उपाय अवलम्बन गर्ने योजनामा देखिन्छ। माओवादीको यस्तो चौतर्फी हमलाको डरलाग्दो परिस्थतिमा पनि कांग्रेस र एमाले भने संवेदनहीन देखिएका छन्। मधेशवादी दलको निर्णायक हैसियत छैन। मन्त्रीहरू असफल हुँदै गएका छन्। नयाँ पुस्ताले राम्रो गर्नसक्छ भन्ने जनविश्वास र पार्टी पंक्तिको अपेक्षामा तुषारापात हुँदैछ र वर्तमान मन्त्रिपरिषद् जनताबाट टाढिएको प्राविधिक झुन्डमा परिणत हुँदैछ। कतिपय मन्त्रालयबाट भ्रष्टाचारको गन्ध आउन थालेको छ। तथापि पनि वर्तमान गठबन्धन पटक्कै गम्भीर बनेको देखिँदैन्। यति हुँदाहुँदै पनि सबै पार्टीले तमलोपालेजस्तै सरकारमा गएका भ्रष्ट मन्त्रीलाई कारवाही गर्ने, काम गर्न नसक्नेलाई बदल्ने निर्णय गरेर पनि गठबन्धन कायम राख्नुपर्छ र माओवादीको एकसूत्रीयरूपमा अघि बढेको सत्ता कब्जा अभियानलाई निष्फल बनाउनुपर्छ। आजको आवश्यकता यही हो।