'धन्यवाद अन्सारीजी।' प्रधानमन्त्रीले भन्नुभो- 'तपाईँले आफ्नो जिम्मेवारी सम्झनु भो।'
'तपाईँले सम्झाउनु भएपछि सम्झनै पर्यो।' अन्सारीजीले जवाफ दिनुभो- ' मसँग कुनै उपाय थिएन।'
'त्यही भएर राजीनामा दिनुभो।' प्रधानमन्त्रीले भन्नुभो- 'तपाईँको त्यागको उच्च मूल्यांकन हुनेछ।'
'के होला र खोइ?' अन्सारीजीले भन्नुभो- 'एउटा भएको राज्यमन्त्री त गयो।'
'समयले साथ दिएमा फर्केर आउँछ।' प्रधानमन्त्री भन्नुभो- ' पद भनेको आउँछ, जान्छ।'
'समयले कहिले साथ देला!' अन्सारीजीले अनुहार बिगार्नुभो- 'आफ्नै पार्टीको नेतृत्वको सरकार हँुदा त साथ पाइएन।'
'अवश्य पाइन्छ।' प्रधानमन्त्रीले भन्नु भो- 'मलाई नै हेर्नोस्।'
'तपाईँलाई नै हेर्दैछु।' अन्सारीजीले सोध्नुभो- ' भन्नोस् अब के गरौँ?'
'चिन्तन गर्नोस्।' प्रधानमन्त्रीजीले सोध्नुभो- 'मनन गर्नोस्, अनि अघि बढ्नोस्।'
'त्यसो गर्दा के हुन्छ?' अन्सारीजीले सोध्नुभो- 'बढी चिन्तन गर्दा तपाईँले राजीनामा माग्नु भो।'
'राजीनामा माग्ने कारण अर्कै छ।' प्रधानमन्त्रीले भन्नुभो- 'तपाईँले त्यसको कारण बारे चिन्तन गर्नुपर्छ।'
'के हो राजीनामा माग्नु परेको कारण?' अन्सारीजीले भन्नुभो- 'मलाई तपाईँको कुरो प्रष्ट भएन।'
'मैले भनी सकेँ।' प्रधानमन्त्रीले भन्नुभो- ' मतिर हेर्नोस् अनि चिन्तन गर्नोस्।
'लौ तपाईँतिर फेरि हेरेँ।' अन्सारीजीले भन्नुभो- 'अब के गरौँ?'
'अब चिन्तन गर्नोस्।' प्रधानमन्त्रीले भन्नुभो- 'त्यसपछि मनन गर्नोस्।'
अन्सारीजीले त्यसै गर्नुभो। त्यसपछि सोध्नुभो- 'अब के गरौँ?'
'अब भन्नोस्।' प्रधानमन्त्रीले भन्नुभो- ' केही अनुभूति भयो?'
'तपाईँको अनुहार हेरेर के अनुभूति हुनु?' अन्सारीजीले भन्नुभो- 'मलाई केही भएन।'
'किन भएन थाहा छ?' प्रधानमन्त्रीले भन्नुभो- 'यसको पनि कारण छ।'
'यसको कारण तपाईँको अनुहार हो।' अन्सारीजीले भन्नुभो- 'भाव शून्य अनुहारमा चिन्तनको अनुभूति हँुदैन।'
'त्यसो होइन।' प्रधानमन्त्रीले भन्नुभो- 'मलाई त्यसो हँुदैन।'
'तपाईँलाई के हुन्छ?' अन्सारीजीले भन्नुभो- 'मैले कुरै बुझिन।'
'मलाई अद्भूत अनुभूति हुन्छ।' प्रधानमन्त्रीले भन्नुभो- 'जब म आफ्नो अनुहार हेर्छु।'
'कसरी हेर्नु हुन्छ?' अन्सारीजीले सोध्नुभो- 'ऐनामा?'
'हो, ऐनामा।' प्रधानमन्त्रीले भन्नुभो- 'ऐनामा आफ्नो अनुहार देखेपछि मलाई यस्तो अनुभूति हुन्छ।'
'मलाई चाहिँ केही भएन।' अन्सारीजीले सोध्नुभो- ' किन होला?'
'बोझले।' प्रधानमन्त्रीले भन्नुभो- 'बोझ बोकेपछि त्यस्तो हुन्छ।'
'मैले के बोझ बोकेँ?' अन्सारीजीले भन्नुभो- 'एउटा भएको राज्यमन्त्रीको बोझसमेत बिसाई सकेँ।'
'कसरी?' अन्सारीजीले भन्नुभो- 'मैले कुरै बुझिन।'
'म चुनावमा खडा भएँ।' प्रधानमन्त्रीले भन्नुभो- 'तपाईँ पनि खडा हुनुभो।'
' हो।' अन्सारीजीले भन्नुभो- ' तपाईँ दुई ठाउँबाट, म एक ठाउँबाट।'
'तपाईँलाई सम्झना रहेछ।' प्रधानमन्त्रीले भन्नुभो- 'त्यसपछिको कुरो थाहै छ।'
'किन नहुनु।' अन्सारीजीले भन्नुभो- 'तपाईँ दुुवै ठाउँबाट हार्नुभो।'
'तपाईँ चाहिँ एक ठाउँबाट जित्नुभो।' प्रधानमन्त्रीले भन्नुभो- ' हो कि होइन।'
'हो।' अन्सारीजीले भन्नुभो- ' हामीले नारा लगायौँ, यो जीत कस्को जनताको।'
'मैले चाहिँ हारेँ।' प्रधानमन्त्रीले भन्नुभो- 'त्यसपछि उनीहरूले नारा लगाए, यो हार कस्को मालेको, माधव नेपाल ढालेको।'
'बहुत दुःख लाग्यो।' अन्सारीजीले भन्नुभो- 'जब तिनले त्यसो भने।'
'अब भने दुःख छैन।' प्रधानमन्त्रीले भन्नुभो- 'किनभने जनताको बोझ छैन।'
'त्यसो भए कस्को बोझ छ?' अन्सारीजीले भन्नुभो।
'ममाथि सरकारको मात्र बोझ छ।' प्रधानमन्त्रीले भन्नुभो- 'जनताको बोझ छैन।
'तपाईँमाथि जनताको बोझ छ।' प्रधानमन्त्रीले भन्नुभो- ' बोझले दबेपछि अनुभूति हँुदैन।'
तपाईँमाथि जनताको बोझ छैन? अन्सारीजीले भन्नुभो- तपाईँ झन् प्रधानमन्त्री।
'ममाथि बोझ छैन।' प्रधानमन्त्री भन्नुभो- 'जनताले त्यसो गर्न दिनु भएन।'
'जनताको बोझ नभएर पनि जिम्मेवारी त होला।' अन्सारीजीले सोध्नुभो- 'कि त्यो पनि छैन?
'कसरी हुने?' प्रधानमन्त्रीले भन्नुभो- ' चुनावमा हराएर जनताले जिम्मेवारी र बोझ दुवै थोकबाट मुक्त गर्नु भएको छ।'
'तपाईँको जिम्मेवारी के मा छ?' अन्सारीजीले सोध्नुभो- 'जनताको जिम्मेवारी नभएको सरकार प्रमुख हुन्छ?'
एक जना मानिसले दुइटा जिम्मेवारी लिन मिल्दैन। प्रधानमन्त्रीले भन्नुभो- 'कि सरकारको जिम्मेवारी लिन पर्यो कि जनताको।'
'सरकारको जिम्मेवारी लिन के गर्नुपर्छ?' अन्सारीजीले सोध्नुभो- 'कुनै उपाय छैन?'
'चुनाव हार्नु पर्यो।' प्रधानमन्त्रीले भन्नुभो- ' जनताको जिम्मेवारीबाट मुक्त हुनु पर्यो। त्इसपछि सरकारको जिम्मेवारी लिन पर्यो।
'अब म पनि त्यसै गर्छु।' अन्सारीजीले भन्न्ुभो- 'पहिले चुनाव हार्छु, अनि सरकारको जिम्मेवारी लिन्छु।'
वर्तमान परिप्रेक्षमा यही उचित हो। प्रधानमन्त्रीले भन्नुभो- लाल सलाम।