सेनाको मर्यादा
०१ चैत्र २०६६
•
८ मिनेट पाठ
सेनाको मर्यादा
नेपाली सेना बेलाबखत विवादमा पर्छ। विवाद भएपछि सञ्चार माध्यम र समाजमा पनि टिप्पणी हुनु स्वाभाविकै हो। सेनालाई आलोचना मन पर्दैन। अनि गुनासो र यदाकदा चर्को प्रतिवाद पनि हुन्छ। सायद, सैनिकमा प्रतिरक्षात्मक मानसिकता निर्माण गर्ने क्रममा यस्तो प्रवृत्तिको विकासै पो गरिएको हुन्छ कि? यसको उत्तर कुनै सैन्य मनोवेत्ताले दिनसक्लान्। तर, अधिकांश आलोचना सेनाको रुखो र अपारदर्शी कार्यशैली र व्यवहारले निम्त्याएको देखिएको छ। हालैका केही उदाहरण हेरौँ।




काठमाडौंको भद्रकालीबाट माइतीघर जानेआउने बाटो संकटकालको मौका छोपेर सेनाले बन्द गरेको थियो। उति बेला केही डर र केही सेनाप्रतिको समर्थनले गर्दा पनि यस विषयमा खासै कसैले मुख खोलेन। सेनाको डर दोस्रो जनआन्दोलनसम्म कायमै रह्यो। तर, स्थिति सामान्य भएपछि पनि त्यो बाटो खोल्न सेना मानेन। जनसाधारण र सञ्चार माध्यमले यस विषयलाई उठाए। पछिल्लो पटक नागरिक दैनिकले यस सडकका बारेमा सोध्दा सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले रुखोे र असंगत उत्तर दिए। उनको उत्तरले त्यो बाटो रोक्नुको औचित्य पटक्कै पुष्टि गर्दैन। बरु, सेनाप्रति कटुता उत्पन्न गर्छ। क्षेत्रीको भनाइ थियो - 'जताततै हाम्रो क्याम्प रहेको स्थानमा त्यो बाटो परेकाले सार्वजनिक भए पनि, जे भए पनि हामी खोल्दैनौ।' उनको भनाइमा शक्तिको दम्भ ध्वनित हुन्छ। सार्वजनिक सडक खोल्ने वा बन्द गर्नेे निर्णय सेनाको अधिकार क्षेत्रभित्र पर्दैन। सडक विभाग वा महानगरपालिकामध्ये कसैको कार्यक्षेत्रमा पर्ने विषयमा सेनाले त्यस्तो हठ र दम्भ प्रदर्शन गर्नु उचित होइन। खोल्न नमिल्ने तर्क दिन हुन्थ्यो वा सेनाको सडक बन्द होस् भन्ने चाहना च भनेर आफ्नो अडान राखेको भए पनि हुन्थ्यो। दम्भ नदेखाई स्पष्ट उत्तर दिएको भए सेनाको थप आलोचना हुने थिएन। यही प्रसंगमा अन्तर्राष्ट्रिय विमानस्थल भएका ठाउँका पुराना बाटा अब खुल्छन् भन्ने उनको प्रतिप्रश्न त झन् ओँठे जबाफमात्रै भयो। विमानस्थलमा बाटो भए जहाज उडाउन-ओराल्नै मिल्दैन। भद्रकालीको बाटो जनता हिँड्दा सेनाको के कति खती हुन्छ? कुनै कामै रोकिन्छ भने त्यही जानकारी दिए हुन्थ्यो। सैनिक दम्भ ध्वनित हुने यस उत्तरमा नेपाली सेनाले निया कानुन मान्दैन र अरू कसैलाई टेर्दैन भन्ने देखिएन र?
बर्दिया राष्ट्रिय निकुञ्जभित्र गत बुधबार तीन महिला मारिए। उनीहरूको मृत्यु सेनाले चलाएको गोली लागेर भयो। यतिसम्म सेनाले पनि स्वीकार गरेको छ। तर, सेनाले दिएको अरू विवरण पटक्कै पत्यारलाग्दो छैन। सैनिक जनसम्पर्क दिर्नेशनालयले जारी गरेको विज्ञप्तिमा चोरसिकारीहरूलाई चेतावनी दिँदा उनीहरूले फायर गरेकाले आत्मरक्षाका लागि प्रतिकारात्मक कारबाही गर्दा तीन जनाको मृत्यु भएको भनिएको छ। मर्नेहरू सबै महिला छन्। स्थानीय तुलाराज भारतीले भनेजस्तै तिनीहरू बन्दुक बोकेर चोरीसिकारका लागि बन पसेका होलान् भनेर पत्याउने आधार छैन। गाउँलेहरू काउलाको बोक्रा लिन बन पसेका थिए रे। उनीहरूलाई पत्रे्कर सेनाले हत्या गरेको भन्ने आरोप पनि सही नहुन सक्छ। बलात्कारको आरोप पनि सही नहुन सक्छ। शव परीक्षणको प्रतिवेदन सार्वजनिक गरे सबै यथार्थ थाहा हुनेछ। काउलाको बोक्रा लिनै पनि बिनाअनुमति निकुञ्जभित्र पस्नु गैरकानुनी हुन्छ। सेनाको गस्तीले भेटेपछि उनीहरू भाग्न खोजेकाा र भाग्न खोज्दा प्रहार गरिएको गोली लागेर उनीहरू मरेको हुनसक्छ। गस्तीमा सैनिकलाई जोगाउन बुनिएको जालले घटनालाई बढी रहस्यमय बनाइ दियो। त्यसको परिणामा सेनाप्रतिको स्नेह र सम्मान घट्नेबाहेक अरू हुँदैन।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव बी लिन पास्कोसँगको भेटमा प्रधान सेनापति छत्रमान सिंह गुरुङले माओवादी लडाकुलाई समूहगतरूपमा सेनामा लिन सकिन्दैन भनेछन्। लडाकुहरू राजनीतिकरूपमा दीक्षित भएकाले तिनको सामूहिक प्रवेशले सेनाको अनुशासन, चरित्र र सांगठनिक एकतामा प्रतिकूल प्रभाव पर्ने प्रधान सेनापति गुरुङका तर्कसँग माओवादीबाहेक अरू असहमत पनि नहोलान्। तर त्यो विचार सरकारलाई सुझावमात्र हुन सक्छ। समायोजनको विधि राजनीतिक निर्णयको विषय हो। कसैलाई मन परे, पनि नपरे पनि त्यस्तो निर्णय मान्नैपर्छ। राजनीतिक विषयमा सेनाले बोल्न थाले विवाद बढ्छ।
नेपाली सेना विवादबाट जोगिन सकेमात्र राष्ट्रिय गौरव बन्न सक्छ। यसैले सेनाले अनावश्यक दम्भ देखाउने, मनोबल कायम राख्ने नाउँमा दण्डहीनतालाई प्रश्रय दिने र राजनीतिक विषयमा टिप्पणी गरेर विवादमा फस्ने काम बन्द गर्नुपर्छ। अनिमात्र सबै क्षेत्रमा सम्मान हुनेछ। भनिन्छ, ‘धर्मो रक्षति रक्षितः'। अर्थात्, धर्मले रक्षा गर्र्नेको रक्षा गर्छ। नेपाली सेनाले राजनीतिमा नमुछिने धर्म पालन गर्न सकेमात्र ऊ पनि रक्षित हुनेछ। भारत र पाकिस्तानकै सेनाको उदाहरण हेरौँ न। पाकिस्तानको सेना राजनीतिमा डुबेको छ। यसले विवादास्पद छ। भारतको सेना राजनीतिमा छैन। त्यसैले विवादबाट पनि जोगिएको छ।
अर्को समाचार
न्यायपालिकामा विचारको प्रचार
०१ भदौ २०७२
•
१४ मिनेट पाठ
न्यायपालिकामा विचारको प्रचार
पञ्चायतकालीन एकजना प्रधान न्यायाधीशलाई नेपाल टेलिभिजनमा अन्तर्वार्ताको लागि गरिएको अनुरोध पूरा हुन सकेन। त्यति बेला राजदरबार, अदालत तथा शाही नेपाल सेनाको मर्यादा कायम राख्न सार्वजनिक हुनुहुँदैन भन्ने मान्यता राखिन्थ्यो।न्यायपालिका स्वतन्त्र राख्न राज्यका अन्य कुनै पनि अंग, राजनीतिक व्यक्ति तथा सञ्चार जगतसित निश्चित दूरी राखिनुपर्छ भन्ने गरिन्थ्यो। पदीय हैसियतमा उपस्थित हुनुपर्ने अवस्थामा लेखिएको मन्तव्य पढ्ने गरिन्थ्यो। त्यस्तो मन्तव्य विषयवस्तु र भाषाको राम्रो ज्ञान भएका कुनै न्यायाधीश वा कर्मचारीलाई लेख्न लगाइन्थ्यो। स्मरण रहोस्, शुद्धाशुद्धि र स्तरीय बनाउन प्रायः संक्षिप्तरूपमा लेखिए तापनि उक्त मन्तव्य दुई तीन चरणमा हेरिन्थ्यो र हेर्न लगाइन्थ्यो। कतै भाषण गर्न तथा अन्तर्वार्तानिमित्त तोकिएको समयभन्दा धेरै अघिदेखि नै मनमस्तिष्कमा दबाब पर्ने तथ्य यसबाट पुष्ट हुन्छ। त्यस्तो दबाबपूर्ण मानसिक स्थितिमा अन्य कार्यमा विवेकसम्मत रूपमा खटिन सम्भव हुँदैन।




आज परिस्थितिले कोल्टो फेरिसकेको छ। न्यायाधीशको भाषण र अन्तर्वार्ता सामान्यजस्तै भइसकेको छ। लेखिएको भाषण र मन्तव्य पढ्ने चलन करिबकरिब समाप्त भइसकेको छ। कतिपय अवस्थामा त कुनै राजनीतिक नेताले भाषण गरेजस्तो अनुभूति हुनेगर्छ। न्यायपालिकाका अहिलेका पदाधिकारी साबिकको तुलनामा धेरै सक्षम भएको अर्थमा यसप्रकारका परिवर्तनलाई सबैले क्रमशः आत्मसात गरेको हुनुपर्छ। अर्कोतर्फ कतिपय संस्था वा व्यक्तिले भाषण र अन्तर्वार्ताका लागि उक्साएको पाइन्छ। प्रशंसाको पोको खोल्दै बधाई र शुभकामना दिने निहुँमा यदाकदा खुलेर राजनीति गर्न आह्वान गरेका हुन्छन्। विद्यमान कानुनी प्रावधान र राज्यको नीतिगत मान्यताविपरीतका क्रियाकलापबाट वर्तमान २०६३ सालको अन्तरिम संविधान मृतप्रायः भइसकेको अवस्था पनि न्यायाधीश नियुक्ति गर्न उक्साएर विवादलाई जलमल गर्न खोजेको स्पष्ट हुन्छ।

तत्काल बडामहारानीको नेतृत्वमा रहेको समाज कल्याण परिषद्ले प्रारम्भ गरेको 'समाज सेवा दिवस' मा प्रमुख अतिथि बन्नुपर्ने दरबारी अनुरोधले गर्दा २०३७ सालदेखि प्रधान न्यायाधीशलाई भाषण गर्न सार्वजनिक गराएको पाइन्छ। तत्कालीन प्रधान न्यायाधीश नयनबहादुर खत्रीबाट यस्तो चलनको थालनी भएको हो। यसै चलनलाई अनुसरण गरेर मोफसलमा पनि न्यायाधीशलाई प्रमुख अतिथि बनाएर सार्वजनिक कार्यक्रममा मन्तव्य दिन लगाइएको पाइन्छ। मोफसलमा खुलेर भाषण गर्न न्यायाधीशलाई मौका दिएको स्पष्ट हुन्थ्यो। यसरी विचार सम्प्रेषण गर्ने चलनको प्रतिफल एकजना जिल्ला न्यायाधीशले मन्तव्य दिने क्रममा सेनाको मानमर्दन गरेको अर्थमा निजलाई कारवाहीस्वरूप पदमुक्त गरिएको थियो। खुलेर मन्तव्य दिने चलनमा यदाकदा शालीनता कायम हुन नसक्ने जोखिम धेरै रहन्छ।

खुलेर मन्तव्य दिने र सार्वजनिक हुन चाहने चलन झनै बढ्दो छ। यसको दृष्टान्तमा हालैका अनुभवलाई प्रस्तुत गर्न सकिन्छ। हालै प्रधान न्यायाधीशमा नियुक्त भएका कल्याण श्रेष्ठले पद बहाली गरेका एक महिनाभित्र बीबीसी नेपाली सेवा, हिमाल खबर पत्रिका तथा कान्तिपुर दैनिकमा अन्तर्वाता दिएका छन्। धन्न, अरू सञ्चार संस्था अन्तर्वार्ताको लागि अनुरोध गर्न पुगेको खबर थाहा भएको छैन। यस्तोमा फलानालाई चाहिँ अन्तर्वाता दिन्न भन्न मिल्दैन थियो होला। त्यसरी नै ललितपुर बार, नेपाल बार एसोसिएसनजस्ता निकायमा भाषण गरेका छन्। बधाई तथा शुभकामना दिन जाने टोलीहरूसित प्रस्तुत फुटकर अभिव्यक्ति पनि थुप्रै छन्। साथै अदालतकै अग्रसरतामा ललितपुर पाटनस्थित होटल समिटमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेर आफ्नैबारेमा जानकारी दिनुको अतिरिक्त अदालतले अवलम्बन गर्ने भावी कार्यक्रम पनि सावर्जनिक गरिएको पाइन्छ। यी सब कार्यशैली न्यायपालिकाका सन्दर्भमा आवश्यक र उचित छ वा छैन भनेर मूल्याङ्कन गर्नुपर्ने हुन्छ।

यसरी धारणा, मान्यता तथा भावी कार्यक्रमबारे जानकारी गराउने क्रममा विदेशमा समेत धेरैपटक प्रवचन दिइएको जानकारी खुलेको छ। योग्य व्यक्तिले त्यसरी प्रवचन दिनु स्वाभाविक भए तापनि आफ्नो बारेमा आफैँले त्यसो भन्नु चाहिँ कतिे उचित हुन्छ भनेर सोच्नुपर्छ। आफ्नो बारेमा अरूले जानकारी लिने आवश्यकता महसुस भएमा निश्चय पनि खोजी हुन्छ। नत्र यस्तोमा अहंको उदघोष हुने डर रहन्छ। न्यायाधीश आफैँ यसरी पत्रकारसामु उपस्थित भएर अरू देशमा यस्ता घटना भएको भए फोटो पेस गर्न दिइएको चुनौती कति स्वीकार्य हुन्छ? संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी)सितको सहकार्यमा 'आउटरिच' कार्यक्रमले प्राप्त गरेको सफलताको कुरा पनि उठेको पाइन्छ। स्वतन्त्र न्यायपालिकाले नेपाल सरकारको अनुमति र संलग्नताविना विदेशी निकायसित सहकार्य गर्नु कति उचित हुन्छ भनेर गम्भीर हुनु आवश्यक छ। अरू देशमा यस्तो कार्य हुन्छ वा हुँदैन र हुन्छ भने स्वतन्त्र न्यायपालिकाको परिचय अनुकूल मानिन्छ कि मानिँदैन भनेर अध्ययन गर्नुपर्ने हुन्छ। यस्तो कार्यक्रम चलाउने जिम्मा राज्यको हो, सरकारको हो, विदेशी निकायको होइन। फेरि विदेशीले गर्ने यस्तो सहयोग नीतिगत विषय नभएको र त्यस्तो निकायको स्वार्थसिद्ध हुन नसकेमा लगानी निरन्तर हुन नसक्ने धेरै उदाहरण प्रस्तुत गर्न सकिन्छ। त्यस्तो अवस्थामा न्यायपालिकाको बागडोर सम्हाल्ने भावी नेतृत्वलाई पर्ने समस्याबारे अहिले नै सोच्नुपर्ने हुन्छ। साथै 'आउटरिच' कार्यक्रमको नाममा न्यायाधीशहरू स्थलगत भ्रमणमा जाने र मन्तव्य दिने गरिएका तस्बिर फेसबुकजस्ता सामाजिक सञ्जालमा देखिँदा कत्तिको खुसी हुनुपर्ने हो?

अन्तर्वार्ता दिने क्रममा सरकारी तथा गैरसरकारी संस्थामा उपस्थित हुने गरिएको सन्दर्भ पनि उजागर भएको पाइन्छ। निश्चय पनि ज्ञान र अनुभव बाँड्न सक्ने हैसियत भएकैले त्यस्ता संस्थाले गरेको कार्यक्रममा उपस्थित भएको अपेक्षित जवाफ प्राप्त भएको छ। स्वतन्त्र न्यायपालिकामा यस्ता गैरसरकारी निकायको स्वार्थप्रेरित उपस्थिति मान्य संस्कार होइन। यसरी जवाफ दिँदा नेपालजस्तो तेस्रो मुलुकको समस्या भनेको गैरसरकारी संस्थाको बग्रेल्ती उपस्थिति र हस्तक्षेप रहेको भनेर चर्चापरिचर्चा भइरहेको पृष्ठभूमिमा त्यस्ता संस्थाले औपचारिक आधिकारिता प्राप्त गरेको अर्थ लाग्नसक्छ। आफूहरूले सञ्चालन गरेको कार्यक्रममा ठूलाबडालाई प्रमुख अतिथि र सभापति बनाएको उपलब्धिलाई 'ब्यानर' बनाएर संस्थाको निरन्तरतानिमित्त 'क्यास' गर्ने र स्रोत वृद्धिमा मान्य साधन बनाइने गरिएको तीतो सत्यलाई उपेक्षा गर्न मिल्दैन। ठूलाबडाले आफूहरु यस्तोमा 'साधन' बनेको अन्तर्वस्तु बु‰नु त्यतिकै आवश्यक हुन्छ।

कानुनी शिक्षा न्यायलक्षित नभएको भनाइ चाहिँ सर्वस्वीकृत विषय हो। यस्तो कुरा हिजो पनि भन्न सकिन्थ्यो। आज पदको हैसियतको कारणले यस्तो भनाइको तौल बलियो भएको हुनसक्छ। साथै नेपालीमूलको विधिशास्त्रको प्रशंसा गर्नु धेरै खुसीको कुरा हो। तर एउटा स्वतन्त्र निकायका प्रमुखले अरू देशको न्यायप्रणाली र पद्धतिको आलोचना गर्न भने सुहाउँदैन। यसले निश्चित र गम्भीर अर्थ राख्नसक्छ। सार्वजनिक भएको समाचारमा बेलायती काइदाप्रति वाक्क भएको तथा जर्मनी र फ्रान्सको कार्यप्रणालीप्रति सदाशयी रहेको भन्ने बुझिन्छ। यस्ता कुरा गरेर देखाउनुपर्ने विषय हुन्। भनेर मनको तीतो पोख्ने होइन। कसैले सोध्नासाथ कडा र तीतो जवाफ दिनुपर्छ भन्ने पनि छैन। कुनै पनि निकाय तथा पदको आफ्नै भिन्न र मौलिक चिनारी तथा आचरण हुन्छन्। थोरै बोल्ने र धेरै सुन्ने निकाय र पदको हैसियतमा चिनिने न्यायपालिका र प्रधान न्यायाधीशको चिनारी र आचरण भनेको शालीनता हो, विवेकसम्मत प्रस्तुति हो। अनि आलोचना पचाउन सक्ने मानवीय हैसियत हो। त्यसैले न्यायाधीशलाई कतिपय अवस्थामा 'न्यायमूर्ति' भन्ने गरिन्छ।

स्वतन्त्र न्यायपालिकाको मुखपत्र भाषण र अन्तर्वार्ता नभएर न्यायाधीशबाट हुने फैसलाहरू हुन्। यिनकै माध्यमबाट संविधान तथा कानुनको व्याख्या गरिन्छ। यिनैमार्फत विधिशास्त्रको उद्घोष र विवेचना गरिन्छ। कालजयी फैसला र सिद्धान्तपरक नजिर यिनै फैसलामा अपेक्षा गरिन्छ। यसैलाई सिरान हालेर देशमा शान्तिसुरक्षाको अनुभूति गरिन्छ। विधिको शासनको प्रत्याभूति पनि यसैलाई मापदण्ड मानेर मापन गरिन्छ। तसर्थ, आफ्नो मुखपत्रलाई सहज र विश्वासिलो बनाउँदै लानु अहिलेको आवश्यकता हो। यसनिमित्त न्यायाधीश, न्याय प्रशासन तथा मुद्दा व्यवस्थापनजस्ता धेरै विषय छन्। यस्तोमा नीतिगत तथा दूरदर्शी निर्णय गरेर भावी पुस्ताले न्यायपालिकाप्रति गौरव गर्नसक्ने वातावरण तयार गर्न सक्नुपर्छ। त्यसैले आफ्नो कार्यकाल इतिहासका पानामा कैद हुनुपूर्व इतिहास पढ्ने विषयमात्र नभएर आफूले बनाउने कालखण्ड पनि हो भनेर प्रमाणित गर्न सक्नुपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस