गरिब देश कारमा सरर...
३० भदौ २०७३
•
१४ मिनेट पाठ
गरिब देश कारमा सरर...
अर्थ मन्त्रालय, भन्सार विभाग तथा राजश्व उठाउने कर्मचारी अक्सर आफैँ गाडी किनेर चढ्दैनन् तर अघिल्लो हप्ता भृकुटीमण्डपमा जारी कार मेलाबाट सबैभन्दा बढी लाभान्वित उनीहरु नै भए। कसरी? कार मेलाले उनीहरुको ठूलो काम गरिदिएको छ किनकि सरकारले गत आर्थिक वर्ष २०७२/७३ मा मोटरसाइकल, कार तथा यातायातको साधन तथा मोटर पार्टपुर्जा आयातबाट मात्र ६० अर्ब ४६ करोड कमाई गरेको छ यो कुल सरकारको कमाई अर्थात् राजश्वको करिब १३ प्रतिशत हुन आउँछ। ती कर्मचारीको काम सघाइदिन्छन् यी मेलाले किनकि सरकारको आय बढाइदिन्छ, उनीहरुले मेहनत गर्नै नपर्ने। गाडी मेला वर्षमा २–४ पटक हुने हो भने ती निकायका कर्मचारीलाई ठूलै हाइसन्चो हुन्थ्यो होला। गाडीको राजश्व एकातिर राखिदिने भन्ने हो भने ती कर्मचारी छट्पटिन थाल्छन्।

भर्खरै सकिएको कार मेलामा करिब १२ सय कार बुकिङ भएछ। कसरी मुलुकमा गरिबी छ भन्ने? त्यत्तिकै राजस्व उठ्ने भएपछि अर्थ मन्त्रालय पनि ढुक्क। थोरै मानिसमात्र मोटाउने यो व्यवसाय पनि गजबकै रहेछ।

ती गाडीबाट फाइदा हुने अर्का वर्ग भनेका गाडी आयातकर्ता हुन्। सडकमा गाडी गुड्ने ठाउँ नै नभए पनि गाडी बेचिरहने उनीहरुको प्रतिस्पर्धा छ। गाडीको मूल्य सस्तो भए अझ कति भित्रन्थे होला? आयातकर्ता हरेक अर्थ मन्त्रीसँग गाडी आयातमा लाग्ने कर घटाउन सधँै खुसामद् गर्छन्। आयातकर्तालाई सोझै हुने आम्दानीबाहेक गाडी आयातले मुलुक धनी हुँदैन, सर्वसाधारणसम्म यसको आर्थिक प्रभाव लगभग शून्यप्रायः छ। आर्थिक क्रियाकलाप बढेको छैन, रोजगारी पनि दिँदैन। किनकि नेपालमा गाडीहरु एसेम्बलसमेत हँुदैन। इन्धनको खानी पनि छैन हामीसँग।

अर्को नमिल्दो कुरा भनेको तिनै निजी क्षेत्र (निर्माण व्यवसायी) हुन् जो बाटो बनाउने सरकारी ठेक्का लिन्छन्, एकाधलाई छाड्ने हो बने अधिकांशले कमसल बाटो बनाउँछन् अनि त्यही बाटोमा गाडी आयातकर्ताले आयात गरेको गाडी गुड्छन्। कमसल बाटोमा तेल बढी खपत हुन्छ। इन्धन प्रयोग दक्षता अझै कमजोर। निजी क्षेत्र वा व्यापारी वर्तमानमा मात्रै बाच्छन्, आज राम्रो बाटो बनाए भोलि विकास हुन्छ आफू पनि लाभान्वित होइन्छ भन्ने भविष्य देख्न सक्दैनन्।

गाडी मेलाबाट आम्दानी हुने अर्को वर्ग भनेको सञ्चारमाध्यम हुन्। गाडी मेलाका अवसरमा लगभग सबैले ज्याकेट (विज्ञापन) ओढ्न पाए। ओढ्न नपाउने मुर्मुराए। विज्ञापन नपाउने एक दैनिक पत्रिकाको मुख्य पृष्ठमा एक कम्पनीको गाडीको फोटोसहित 'खबरदार, फस्नुहोला नि!' भन्नेसम्मका समाचार पनि छापियो। त्यसकै भोलिपल्ट त्यही कारको फुल पेज विज्ञापन पाइहाल्यो त्यो पत्रिकाले। योभन्दा नांगो नाच के हुन सक्ला? यसले थाहा हुन्छ गाडीको विज्ञापनको महत्व। जे होस् चौथो अंगको भरपर्दो चाड बन्यो यो कार मेला। सबैजसो पत्रिकाले गाडी महिमाका विशेषांक छापे। गाडी किन्न उत्साहित गरे। यसबाट पनि सोझै लाभ तल्लो वर्गमा लगभग पुगेन।

कार मेला विज्ञापन व्यवसायीका लागि लगभग दशैं बन्यो। यसमा ठूला यिनेगिनेका विज्ञापन व्यवसायीले राम्रै कमाए। विज्ञापन एजेन्सीमा काम गर्ने कर्मचारीले केही ओभरटाइमको ज्याला पाए होलान्। त्यसबाहेक छापाखानाले काम पाए तर एजेन्सीमा काम गर्ने तथा छापाखानाका मजदुरले पनि खासै लाभ पाएनन्, तिनको तलब सुविधा बढेको छैन।

लाभ पाउने एउटा सानो समूह भने रहेछ है। त्यो हो भृकुटीमण्डपमा साजसज्जामा काम गर्ने मजदुरदेखि सुन्दरी (मोडेल) सम्मले काम पाए करिब एक हप्ता। अरुबेला खासै यस्तोखालको काम नपाउने मोडेलहरु ३ सय बढीले एकहप्ता काम पाए। त्यत्तिकै संख्यामा तल्लो वर्गका भरियाले काम पाएको अनुमान छ। ग्रिलवाला, बत्ती जडान गर्नेवाला, झाडुवाला, पेन्टर, फ्ल्ोक्स छाप्ने सेवाप्रदायकले काम पाए। कार मेलाको परिसरमा रेस्टुरेन्ट चलाउनेेले काम पायो। मेलाको अन्तिम दिन आयोजकले मेलाबाट मात्रै ३ अर्ब ५० करोडको २,३०० गाडी बुकिङ भएको जानकारी दिए। यसअघि नै वाग्मतीमा मात्र १ लाख ७० हजार गाडी थुप्रिसकेको छ, बाइकको संख्या ७ लाख ७५ हजार त छँदैछ। यो वार्षिक मेेलामा मात्र गाडी किनबेचको २० प्रतिशत कारोबार हुन्छ तर अर्थतन्त्रलाई चलायमान बनाउने एउटा त्यान्द्रो भनेको यही होला सायद।

मुलुकले गत वर्षमात्र ६६ अर्ब रुपियाँ गाडी तथा गाडीका पाटपुर्जामा खर्च गर्‍यो। आयातीत वस्तु खरिद गर्न विदेशी मुद्रा चाहिन्छ। खाडी मुलुकमा पसिना बगाउने दाजुभाइलेे विदेशी मुद्रा कमाइदिएकै छन्। गाडी आयातकर्तालाई त्यो मुद्रा दिँदा राष्ट्र बैंकका गभर्नरको मन कहिल्यै दुख्दैन। मुलुकको आवश्यकता पहिचान गरी सवारी साधन चलाउने, सार्वजनिक यातायात व्यवस्थित गर्ने, सिन्डिकेट तोड्ने हो भने अहिले भएको गाडीको एक तिहाईले पर्याप्त हुने कुरा जानकार बताउँछन्।

मध्यम र सम्भ्रान्त वर्गले प्रयोग गर्ने कारको कारोबार हुँदा यति न्यून समूह लाभान्वित हुने मुलुक सायदै नेपाल मात्रै होला। बैंकले पनि गाडी कर्जा प्यारो ठान्छ खेतका लागि दिइने ऋणभन्दा। किसान तथा गरिब वर्गको बैंकसम्म पहुँच छैन, खेती गर्नका लागि ऋण लिन गए बैंकले ठाडै नकार्छन् या झन्झटिलो प्रक्रिया देखाएर तर्साउँछन्। किसानले आयात प्रतिस्थापन गर्न सक्छन्। अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले बुझ्दै बुझेन। मुलुकको अर्थतन्त्रलाई जरैदेखि बलियो बनाउन सक्छन् तर कृषिमा औसत व्याजदर १२ प्रतिशत छ। कार किन्नेलाई ऋण दिन बैंकहरुले तँछाड मछाड गर्दै ओर्लिए। ब्याजदर ६ देखि ८ प्रतिशतमै राखे।

यो जति कुरीकुरी के हुन सक्छ मुलुकका लागि? अर्थ मन्त्रालय र राष्ट्र बैंक यस्तो कुरामा आँखा चिम्लेर बसेका छन्। गाडी किन्नेले अरुबेलाभन्दा करिब एकदेखि डेढ लाख रुपियाँसम्म सस्तो कार पनि पाए। कार किन्ने धनीमानीलाई सायद थाहा छैन होला उनीहरुले चढेको कार आयात गर्दा भन्सारमा कम मूल्य तोकेर राज्यलाई कति ठगिएको छ भन्ने कुरा। कार खरिद गर्दा कारको भन्सार मूल्य कति हो भनेर साध्ने गर्ने कि? प्रमाण माग्नूस्। तपाईँको प्रयासले कार चढ्नेहरु पनि धनी मुलुकका मानिस बन्नुहुनेछ होइन भने तपार्इँको ट्याग कार चढ्ने गरिब मुलुकबासीमै सीमित रहनेछ।

कृषि उत्पादन बढाएर अन्नपात, माछामासु फलफूल आयात प्रतिस्थापन गर्ने घोषणा दुई दशकदेखिका हरेक वार्षिक बजेट वक्तव्यमा छ। कृषिजन्य वस्तु आयात प्रतिस्थापन भएपछि मुलुकभित्रै कृषिजन्य उत्पादनको कच्चा पदार्थ प्रयोग गर्ने उद्योग फस्टाउँछन् अनि तिनले तिर्ने कर बढ्ने प्रक्षेपण सरकारको वार्षिक आम्दानी हिसाबमा कहीँ कतै देखिदैन। आयातबाटै सरकारको आम्दानी आउँछ अनि हाइसन्चो अर्थ मन्त्रालयलाई। आयातले मुलुक परनिर्भर हुनुको प्रमुख कारणमा यो मनस्थिति जिम्मेवार छ। सहरी क्षेत्रबाट घर बहाल कर न्यून मात्र उठेको छ। गाडी आयात भइरहे उनीहरुलाई हाइसन्चो, धनी वर्गले आयकर, सम्पत्ति कर छल्छन् अर्थ मन्त्रालय कानमा तेल हालेर बसेको छ । कर चुस्त ढंगले उठाउन सकेमात्र मुलुकको राजश्व रु. ४८२ अर्बबाट ७०० अर्ब बढी अहिलेकै अवस्थामा पुग्न सक्छ। यसले मुलुकको अर्थतन्त्र दिगो बनाउने तथा विकासमा स्रोत व्यवस्थापन धेरै सहज हुनेछ।  नेपालीको प्रतिव्यक्ति आय पनि बढ्छ।

कार मेलामा भएको कार बिक्रीलाई व्यंग्य गर्दै मधुकर उपाध्यायले टि्वट गरे– 'कार मेलामा हजारदेखि बाह्र सयसम्म गाडी बुकिङ भएछ। अर्थतन्त्र कमजोर कसरी भन्ने?' कार बिक्री र मुलुकको अवस्था पटक्कै मिल्दो लाग्दैन। अझ भनौँ, गरिबी खासै नघटे पनि कारको मूल्य घट्दै गइरहेको छ। नेपालमा समाजवाद छ भन्नेहरुलाई कुरीकुरी लाग्नुपर्ने हो। तल्लो वर्गको जनजीविकाका लागि आवश्यक न्यूनतम आधारभूत वस्तुहरु जस्तै दाल चामल, खाने तेल, लत्ताकपडा सबै चीजमा मूल्य आकासिँदो छ वर्षैपिच्छे। तर कारको मूल्य सस्तिँदैछ। मुलुकभरि सर्वसाधारण कोचिएर चढ्नुपर्ने सार्वजनिक बस, अनि भाडादरमा तथा दशैताका चिनी, खाने तेलमा मूल्य बढाउने नाफाखोरी सिन्डिकेटवाला यो कार किनबेचमा छैनन् होला कि? हुन्थे पनि कसरी यसमा चाहिँ बढेन? किनकि कार धनीले मात्र प्रयोग गर्ने वस्तु हो। धनीहरुले ती बसमा कोचिएर हिँड्नुपर्दैन। ती बसमा कोचिएर हिँड्नुपर्नेहरु प्रधान मन्त्री, मन्त्री तथा सचिवको वरिपरि घुम्न पुग्दैनन्, सक्दैनन्। कार चढ्नेहरु प्रधान मन्त्री तथा नेताको आडमा गरिबको अत्यावश्यक वस्तु तथा सेवामा सिन्डिकेट लगाउँछन्। त्यसैले होला ती कार चढ्नेका आयु सार्वजनिक बस चढ्ने सर्वसाधारणको भन्दा बढी भएको!

लक्ष्मी ग्रुपले हुन्डाइका कार, चौधरी ग्रुपले सुजुकी, ज्योति ग्रुपले होन्डाका बाइक, सिप्रदी ट्रेडिङ्ले टाटाका गाडी अनि वैद्य अर्गनाइजेसनले टोयोटा कार ल्याएर बेच्छन् मात्र। ती गाडीको मुलुकभित्रै एसेम्बल गर्न सके हजारांै नेपालीले रोजगारी पाउने थिए, अर्थतन्त्रमा राम्रो टेेवा पुग्ने थियो। एसेम्बलको कुरा त चुइँक्क सुनिँदैन, केही गर्नुपर्ने कुरा गर्‍यो भने सरकारले यसो गरेन, त्यसो गरेन भन्ने थेगो नै भएको छ तिनको। चाहने हो भने मोटरसाइकल एसेम्बल तत्कालै सम्भव छ भन्छन् जानकारहरु तर यी साहूहरु केही गर्दैनन्। किनकि आम्दानीको ठूलो हिस्सा आयातबाट हुने गरेको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस