फागुन २५ मा बसेको संविधानसभा बैठकले संविधासभा कार्यतालिकाको दसाँै संशोधन गर्यो। पछिल्लो बैठकले विभिन्न क्रियाकलापका लागि तिथिमिति तोक्ने प्रक्रिया अन्त्य गरी १४ जेठ, २०६७ भित्र संविधान जारी गर्ने म्याद तोकेको छ।। निर्णयको तात्पर्य जेठ १४ भित्र संविधान जारी गर्ने बाटो खोल्नु हो। वाधा अड्काउ फुकाएसरह संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले व्यवहारिक नीति कार्यान्वयन गर्न खोजेका छन्। तर १४ जेठमा कस्तो संविधान जारी गर्ने? पूर्ण कि संक्षिप्त संविधान? नेताहरू अझै पनि जेठ १४ मा संविधान जारी गर्न ओठे 'प्रतिबद्धता' व्यक्त गरिरहेका छन्। तर उनीहरूकै भनाइमा त्यो संभव नभएको ध्वनित हुन्छ। फागुन २५ मै बसेको संवैधानिक समितिको बैठकमा नेताहरूले व्यक्त गरेका भनाइ र समितिका सभापति नीलाम्बर आचार्यले अघि सारेका सर्तले पनि जेठ १४ मा पूर्ण संविधान जारी हुन नसक्ने स्पष्ट गरेको छ।
संवैधानिक समितिको बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेका छन् ' हामीबीच थोरै असहमति बाँकी छन्। राज्य पुनर्संरचना र शासकीय स्वरूपबारे अलि बढी छलफल आवश्यक छ, ती विषयमा सहमति भयो भने संविधान जारी गर्न सकिन्छ।' दाहालको जारी गर्न सकिन्छ भन्ने भनाइलाई संवैधानिक समितिका सभापति आचार्यको कथनसँग तुलना गरौँ। संविधानसभाका २५ वटै दलका नेतालाई बोलाएर आचार्यले भने 'संविधान जेठ १४ मै जारी गर्ने भए केही प्रश्नको जबाफ तत्काल आउनुपर्छ।' उनका प्रश्न सामान्य छैनन्। संविधानसभाका विषयगत समितिले पठाएका विवादास्पद प्रतिवेदनहरूको पृष्ठभूमिमा आचार्यले जवाफ खोजेका हुन्। उनले विवादका पोका पठाएर संविधानको मस्यौदा बनाउन नसकिने जानकारी दिँदै भने 'विवाद मिलाएर आए मस्यौदा लेख्न एक महिना चाहिन्छ।' आचार्यको प्रश्न्न लोकतन्त्रका मूलभूत मान्यतासँग जोडिएका छन्। दलहरू सामु उनले संविधानवाद मान्नेकी नमान्ने, बहुदलवादप्रतिको मान्यता, संघीयतामा कति प्रदेश हुने र तीनको विभाजन कसरी गर्नेजस्ता गभीर प्रश्न गरेका छन्।
सभापति आचार्यका प्रश्नको उत्तर खोज्न दलहरूबीच संवाद र सहमति आवश्यक छ। संविधानसभाका ११ वटा विषयगत समितिले विवाद मिलाएर प्रतिवेदन दिएको भए संवैधानिक समितिलाई मस्यौदा लेख्न समस्या हुँदैनथ्यो। उसले फागुन २१ बाट मस्यौदा लेखनको काम थाल्ने कार्य तालिका थियो। तर, राज्यको पुनःसंरचना, शासकीय स्वरूपलगायतका मुद्दामा माओवादी, एमाले र काग्रेसलगायतका दलका फरकफरक धारणा छन्। शासन प्रणाली, संघीयता, शक्तिपृथकीकरणका सिद्धान्तजस्ता मूलमूत विषयमा माओवादी, काग्रेस र एमालेबीच संैद्धान्तिक भिन्नता विद्यमान छन्। सैद्धान्तिक भिन्नता मुख्य समस्या होइन। सहमतिको राजनीतिको आवरणमा सत्तापरिवर्तनका खेल खेलिँदैछ। माओवादी माधवकुमार नेपालको सरकारविरुद्ध उत्रिएको छ। माओवादीलाई पन्छाएर संविधान जारी हुन सक्तैन। यो मुलुकको धरातलीय यथार्थ हो।
अन्तरिम संविधानमा मस्यौदा समितिले तयार पारेको सविधानको खाकामाथि जनस्तरमा छलफल चलाउने, जनताको राय, सुझाव लिनुपर्ने प्रावधान छ। तर, विषयगत समितिमा सहमति हुन नसकेका प्रतिवेदनका ठेलीबाट न संंवैधानिक समितिले मस्यौदा लेख्न सक्छ न विवादास्पद प्रतिवेदन जनस्तरको छलफलमा लैजानै सक्छ।
सत्ता बाहिरको माओवादीले जातीय संघीयताका आधारमा मुलुकलाई चिरा पारिसकेको छ। संविधान निर्माणपछिमात्र लडाकु समायोजन गर्ने जिद्दी गर्न थालेको छ। अर्थात्, माओवादीले संविधान निर्माणमा एकपछि अर्को व्यवधान खडा गर्दैछ।
पछिल्लो समयमा प्रमुख दलहरू राज्य पुनःसंरचना आयोग बनाउन सहमत भएका छन्। काग्रेसले अघि सार्दै आएको आयोग निर्माणमा एमाले, माओवादी सहमत भए पनि आयोगको कार्यक्षेत्र बारे विमति कायमै छ। पुनःसंरचना आयोग बन्यो भने जेठ १४ मा पूर्ण संविधान जारी हुन सक्तैन। यस अर्थमा संविधानसभाका अध्यक्ष सुभाष नेम्बाङले अघि सारेको संंक्षिप्त संविधान जारी गर्न संभव होला। संघीयताको मामला विज्ञहरूको आयोगले टुंगो लगाउनुुपर्ने विषय हो। त्यसैले सघीयताको मुद्दालाई थाती राखेर संविधान जारी गर्न सकिन्छ। तर, संविधान निर्माणका लागि अध्ययन पुगेको छैन र जनता सहभागी भैसकेका छैनन्।
संक्षिप्त संविधान भनेको किस्ताबन्दीमा संविधान जारी गरेजस्तै हो। संक्षिप्त संविधानमा के के राख्ने, के के थाती राख्ने? धेरै अपेक्षा राखिएको उच्चस्तरिय संयन्त्र सुस्त र निकम्मा साबित हुँदै गएको छ। दलहरूबाट धेरै आशा गर्न सकिन्न। माओवादीले संक्षिप्त संविधानमा सहमति जनाउन तत्काल छापामार समायोजन नगर्ने सर्त तेर्स्याउन सक्छ। मुलुकको राजनीतिको महत्वपूर्ण पक्ष माओवादी शान्ति प्रक्रियाप्रति इमान्दार हुनु हो। माओवादी शान्ति प्रक्रियाप्रति प्रतिबद्ध नबनेसम्म संविधान निर्माणमा तगारा रहिरहने छन्। किस्ताबन्दीमा संविधान जारी गर्दाका खतरा पनि छन्। हिन्दूराष्ट्र हुनुपर्छ भन्न्ोहरूको चलखेल बढ्ेको छ। पूर्वराजा ज्ञानेन्द्रदेखि कांग्रेसका कृष्णप्रसाद भट्टराई र खुमबहादुर खड्काहरूसम्म हिन्दू राज्यका लागि एकै ठाउँमा उभिन पुगेका छन्।