समानान्तर सत्ताको बाटामा....
माओवादीले सेनापति प्रकरणमा अन्तरिम संविधान मिचेर गरेको गल्ती जति विवादित छ, राष्ट्रपतिद्वारा संविधानै मिचेर सेनापति रुक्मांगद कटवाललाई पुनर्बहाली गरिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले नैतिकता प्रदर्शन गर्दै दिएको राजीनामा उत्तिकै प्रशंसित छ । राष्ट्रपतिको कदमबाट मुलुकमा 'द्वैध शासन' को अभ्यास हुन थाल्यो भन्ने माओवादीको आरोपसमेत तर्कपूर्ण छ । माओवादीले भने झैं राष्ट्रपतिको कदम 'कू' नभए पनि गम्भीर राजनीतिक गल्ती हो । माओवादीले सत्ता छाड्दैन भन्ने आशंका पनि उसले लोकतान्त्रिक ढंगमा सत्ता हस्तान्तरण गरेपछि थोरबहुत मेटिएको छ । सत्ता छाड्दा नैतिक र लोकतान्त्रिक देखिएको माओवादीबाट विपक्षमा आएपछि पुनः अराजक र अधिनायकवादी व्यवहार देखिन थालेका छन् । संविधानसभा चुनावमा जनताको विश्वास जितेर सबभन्दा ठूलो पार्टी भएको माओवादीबाट संगठित तबरमा लोकतान्त्रिक मूल्यमान्यतालाई लत्याउादै अराजक क्रियाकलाप हुनु मुलुकका लागिमात्र होइन स्वयं माओवादीका लागि दुर्भाग्यपूर्ण साबित हुनेछ ।
दुई/दुई ठाउाबाट चुनाव हारेर मनोनीत कोटामा सभासद् भएका एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि लोकतन्त्रकै खिल्ली उडेको छ । लोकतान्त्रिक मूल्यमान्यता र जनादेशको उपहास गराउन कांग्रेस र एमाले उत्तिकै जिम्मेवार छन् । मनोनीत व्यक्ति प्रधानमन्त्री हुने र बनाउने दुवैले लोकतन्त्रलाई मजाक बनाए । त्यति हुादाहुादै पनि बहुमत सभासद्को समर्थनबाट नेपाल प्रधानमन्त्री भएका हुन् । मनोनीत व्यक्ति भए पनि उनी वैधानिक ढंगबाट प्रधानमन्त्री भएका हुन् । त्यो यथार्थलाई सबैले स्वीकार्नै पर्छ । शान्ति प्रक्रियामार्फत् लोकतान्त्रिक मूलधारमा आएको माओवादीले भने त्यो यथार्थ स्वीकार गर्न सकेको छैन । माओवादी नेताले सरकारलाई मान्यता दिन्न भनेर जुन अभिव्यक्ति दिन थालेका छन्, त्यो अस्वभाविक छ । संसदीय लोकतन्त्रमा बहुमत जसले जुटाउाछ, त्यसैले सरकार गठन गर्छ । बहुमत गुमाउनेले त्यसलाई सहज ढंगले स्वीकार गर्नुपर्छ । यद्यपि, त्यो अभिव्यक्ति माओवादीको सत्ता छाड्नुपर्दाको पीडा हो कि रणनीति हो, त्यो भने हेर्न बााकी नै छ ।
यसै सन्दर्भमा राष्ट्रपति कार्यालयमा भएको प्रधानमन्त्री नेपालको शपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अनुपस्थिति अर्थपूर्णमात्र छैन, उनले सत्ता परिवर्तनलाई सहजरूपमा लिन नसकेको सन्देश पनि दिएको छ । त्यसबाट पनि माओवादी नयाा सरकारलाई मान्यता नदिने अभियानमै लागेको हो कि भन्ने शंका उत्पन्न भएको छ । सबभन्दा ठूलो पार्टीले सरकारलाई मान्यता नै नदिने हो भने संसद्का कामकारबाहीमात्र होइन नयाँ संविधान निर्माण र शान्ति प्रक्रियासमेत अवरुद्ध हुनेछन् । माओवादी विद्रोह र जनआन्दोलन-२०६२/६३ को उपलब्धिस्वरूप संविधानसभाको चुनाव भएको हो । संविधानसभा माओवादीको एजेन्डा हो, कांग्रेस, एमाले या फोरमको होइन । माओवादीको एजेन्डा भएकाले संविधानसभाबाट समयमै गरिबभन्दा गरिब जनताका पक्षमा लोकतान्त्रिक संविधान निर्माण भयो भने त्यसको सबभन्दा बढी जस उसैलाई जान्छ । कांग्रेस, एमाले र फोरमले त संविधानसभाबाट हुने उपलब्धिको थोरैमात्र जस पाउनेछन् । त्यसैले नयाा संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु मुलुकका लागिमात्र होइन माओवादीको समेत हितमा छ । यही राजनीतिक यथार्थका कारण माओवादीले सरकारलाई मान्यता नदिने नाममा संविधानसभा र संसद्मा अवरोध पुर्याउने गल्ती गर्यो भने त्यो उसैका लागि आत्मघाती हुनेछ ।
माओवादीले एमाले-कांग्रेस नेतृत्वको सरकारलाई 'विदेशी प्रभुको कठपुतली' को संज्ञा दिइरहेका बेला त्यसका जिम्मेवार नेता र भातृ संगठनबाट बाहिर आएका कुराले उसले जनयुद्धकालको सन्त्रास र धङधङी फर्काउन लागेको महसुस भइरहेको छ । माओवादीका नेता बाबुराम भट्टराईले तत्काल स्थानीय निकाय गठन नगरिए आफ्नो पार्टीले 'जनभेला' बाट स्थानीय सत्ता गठन गरी विकास निर्माण गर्ने चेतावनी दिएका छन् । माओवादी इमानदार हुने हो भने दलहरूको सहमतिमा स्थानीय निकाय गठन गर्न सकिन्छ । पक्कै पनि भट्टराईको अभिव्यक्ति व्यक्तिगत नभई पार्टीको हो । त्यसबाट माओवादी जनयुद्धकालको जस्तो स्थानीय निकाय कब्जामा लिई समानान्तर सत्ता ब्युाताउन लागेको हो कि भन्ने शंकामा बल पुगेको छ । भट्टराई जनयुद्धकालमा समानान्तर सत्ताका रूपमा रहेको केन्द्रीय क्रान्तिकारी जनपरिषद्का अध्यक्षसमेत थिए । कांग्रेस, एमालेसहित सबै दलले तीव्र दबाब दिए पनि माओवादीले शान्तिपूर्ण राजनीतिमा आएको दुई वर्षसम्म सशस्त्र द्वन्द्वका क्रममा आफूले कब्जा गरेको राजनीतिक नेता-कार्यकर्ता र सर्वसाधारणको घरजग्गा फिर्ता गरेको छैन । द्वन्द्वका क्रममा माओवादीको आक्रमण र धम्कीपछि विस्थापित भएका अझै घर र्फकन सकेका छैनन् ।
बाह्रबुादे समझदारीदेखि पटकपटक सम्पत्ति फिर्ता गर्ने र वाईसीएलको अर्धसैनिक संरचना विघटन गर्नेलगायतका सहमति गरे पनि उसले कुनै पनि प्रतिबद्धता पूरा गरेन । अझ दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएको दिनदेखि माओवादीले अभियानकै रूपमा विभिन्न जिल्लामा कांग्रेस, एमालेलगायतका दलका कार्यकर्तालाई गाउा र जिल्ला छाड्न उर्दी जारी गर्न थालेको छ । माओवादीले रामेछाप, कैलाली र दोलखामा त्यस्तो उर्दीमात्र जारी गरेको छैन, जुम्लामा कांग्रेस नेताको हत्या र रामेछापमा एमालेका महासचिव ईश्वर पोखरेललगायतका नेतामाथि सांघातिक आक्रमणमा माओवादी कार्यकर्ता संलग्न रहे । यस्ता अराजक क्रियाकलाप जारी रहेकै बेला माओवादीको भ्रातृ संगठन अखिल नेपाल किसान संघ -२००७) ले देशभर जुनसुकै व्यक्तिको बाँझो छाडिएको जग्गा कब्जा गरी सामूहिक खेती गर्ने घोषणा गरेको छ । लोकतान्त्रिक पद्धतिको अभ्यासमा रहेको माओवादीले कानुनविपरीत कुनै पनि व्यक्तिको जग्गा जबर्जस्ती कब्जा गर्न मिल्दैन भन्ने बुझेकै हुनुपर्छ । तर, त्यसमा ऊ इमानदार देखिएन । त्यतिमात्र होइन उसले 'श्रमिक किसानलाई ठग्नेलाई दण्ड दिने' भन्दै घुमाउरो शब्दमा 'जनकारबाही' र 'जनअदालत' ब्युाताउने उद्घोषसमेत गरेको छ ।
माओवादी सरकारमा हुादा भूमिसुधार कार्यक्रम लागू गर्न र सुकुम्बासीलाई जग्गा बाँड्न दुइटा आयोग गठन भएका छन् । सााच्चै भूमिहीनलाई भूमि उपलब्ध गराउन खोजेको हो भने ती दुई आयोग क्रियाशील गराई र त्यसका सिफारिसलाई कार्यान्वयन गराउन इमानदार हुनुपथ्र्यो । माओवादीको जबर्जस्ती जग्गा कब्जा र कारबाहीको धम्की अधिनायकवादी प्रवृत्तिको परिचायक हो । यस्तै शैली अख्तियार गरिरहने हो भने जनताले उसलाई माफ गर्ने छैनन् ।