कूटनीतिक सन्तुलनको आधार
३२ साउन २०७३
•
१३ मिनेट पाठ
कूटनीतिक सन्तुलनको आधार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक प्रधान मन्त्री भएपछि दुई मुलुकबीचको कूटनीतिक सन्तुलन कायम गर्नमा संवेदनशील देखिएका छन्। पहिलो पटक प्रधान मन्त्री हुँदा अनपेक्षित विजयको उन्माद, अनुभवको कमी र पर्दाभित्रका शक्तिहरुसँगको बढी संगतले गर्दा कूटनीतिक सन्तुलन कायम गर्न असफल भएर सिंहदबारबाट बिदा भएका दाहाल यसपटक त्यो गल्ती सच्याउन बढी सचेत छन् भन्ने कुरा मन्त्रिपरिषद्ले पूर्णता प्राप्त नगर्दै आफ्ना उनले आफ्ना दुई उपप्रधान मन्त्रीलाई उत्तर र दक्षिण पठाउने निर्णय गरेर देखाएका छन्। अघिल्लो पटक प्रधान मन्त्री हुनासाथ उत्तरी छिमेकी चीनको भ्रमण गरेर नयाँ 'कीर्तिमान' बनाएका दाहालका लागि त्यही भ्रमण नै तातो पिँडालु सावित भएको दुःखान्त नदोहोर्‍याउनका लागि यसपटक उनले पहिलो चरणमा दुवै देशमा उपप्रधान मन्त्रीहरुलाई पठाउने र दोस्रो चरणमा पहिलो विदेश भ्रमण भारतमै गर्ने योजना बनाएको देखिन्छ। दुई वर्षका लागि नेकपा (एमाले) सँग गरिएको सम्झौता बीचैमा भंग गरेर नयाँ समीकरण बनाउँदा दाहालमाथि स्वाभाविकरूपमा उठेका केही प्रश्न सामना गर्नका लागि पनि दाहालमाथि कूटनीतिक सन्तुलन कायम गर्नैपर्ने बाध्यता छ।




नेपालका सन्दर्भमा भारत र चीनबीचको सन्तुलन अति आवश्यक छ। तर, समस्या यहीँनेर छ, लामो समयदेखि जति कुरा गरे पनि यस्तो हुन सकिरहेको छैन। शान्त कूटनीतिमा विश्वास गर्ने उत्तरी छिमेकीका तर्फबाट खासै प्रतिक्रिया नआए पनि दक्षिणी छिमेकी चाहिँ बेला–बेलामा विवादमा पर्दै आएको छ। यस्तो हुनुमा नेपालका राजनीतिक दलहरुमा भारतप्रति रहेको अतिरिक्त आशा एउटा कारण छ भने नेपालका स–साना विषयमा पनि भारतले चासो दिँदै आएको विरासत अर्को कारण छ। दृश्य–अदृश्यरूपमा भारतीय पक्षसँग खुसामद गर्ने अनि आफूले भनेजस्तो भएन भने सार्वजनिकरूपमा भारतको सत्तोसराप गर्ने रोगबाट सबभन्दा बढी ग्रस्त पुष्पकमल दाहाल नै हुनुहुन्छ। १० वर्षे जनयुद्धमध्ये साँढे आठ वर्ष भारतमै सुविधापूर्ण जीवन बिताउनुभएका दाहालको भारतसँगको 'प्रेम र घृणा' को सम्बन्धको शिकार सिंगो मुलुक हुन पुगेको इतिहास पुरानो भएको छैन। प्रधान मन्त्री भएको बेला आन्तरिक मामिलालाई राम्ररी सञ्चालन गर्न नसकेर सेनापति प्रकरणमा फसेर राजीनामा दिनुपर्दा दाहालले प्रकट गरेको उत्ताउलो व्यवहार सच्याउन उहाँलाई सात वर्ष लागेको छ। सम्भवतः यही बाध्यताले थिचेका कारण उहाँ विगतमा आफैँले 'राष्ट्रवादी' भनेर फुर्क्याएको ओली सरकारमाथि 'दुई मुलुकबीच कूटनीतिक सन्तुलन कायम गर्न नसकेको' गम्भीर आरोप लगाउन बाध्य हुुनुभएको छ।

१२ बुँदे सहमतिको जगमा उभिएको नेपालको शान्ति प्रक्रियाका बाँकी काम र त्यसैको उपजका रूपमा रहेको संविधान निर्माणलाई स्वीकार्य बनाउन सक्नु पुष्पकमल दाहालका लागि मुख्य कार्यभार देखिएका छन्। केपी शर्मा ओलीको नेतृत्वलाई विस्थापित गर्नका लागि माओवादीले शान्ति प्रक्रियाले पूर्णता प्राप्त गर्न नसक्नु अर्थात् युद्धकालका मुद्दाहरु फर्स्यौट नहुनुलाई मुख्य कारणका रूपमा अघि सारेको छ। दाहाल प्रधान मन्त्री नहुँदै 'हिन्दुस्तान टाइम्स' दैनिकमा प्रकाशित एक विवरणमा यही कुरालाई सनसनीपूर्णरूपमा उल्लेख गरिएको छ। शान्ति प्रक्रियाकै कारण आफ्नो ज्यानमाथि खतरा रहेको महसुस गरिरहेका दाहालले यसै वर्षको जनवरी महिनामा भारतले आफूलाई सिध्याउनका लागि योजना तयार पारेको दस्तावेज फेला पारेको कुरा कुनै भारतीय अधिकारीलाई भनेको, उक्त दस्तावेज नै ती अधिकारीलाई हस्तान्तरण गरेको र उक्त दस्तावेज भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसम्म पुगेको विवरण उक्त समाचारमा उल्लेख छ। ठीक यही पृष्ठभूमिमा जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी महासभामा भारतले पहिलो पटक नेपालमा युद्धकालका अपराधीहरुमाथि कारवाही नभएको मुद्दा उठाउनु संयोगमात्र होइन भन्ने दाहालको बुझाइ देखिन्छ। साथै, गत असार पहिलो साता तय भइसकेको अस्ट्रेलिया भ्रमण रद्ध हुनुले पनि दाहालमा नराम्रो चोट परेको बुझ्न सकिन्छ। यस सन्दर्भमा उहाँका लागि युद्धकालीन मुद्दाहरुको व्यवस्थापन सबभन्दा ठूलो चिन्ताको विषय देखिन्छ।

नेपालमा संविधान बनेपछि लामो समयदेखिको संक्रमणकाल सकिन्छ र आफ्नो पनि बोझ कम हुन्छ भन्ने बुझाइ हुनुपर्नेमा भारतले आफूलाई नसोधी संविधान जारी गरेकोमा चित्त दुखाएको कुरा कसैबाट लुकेको छैन। प्रधान मन्त्री हुने बेलामा र भएपछि पनि दाहालले संविधानको स्वीकार्यता बढाउने उद्घोष गर्नुभएको छ। 'संविधान मान्दैनौँ' भनेर आन्दोलनमा उत्रिएका मधेसी दलहरु अहिलेका समस्या नै होइनन् र उनीहरुसँग वार्ता गर्नुको कुनै औचित्य नै छैन। सीमा बन्द भएपछि धर्नाको नाटक गर्ने र सीमा खुलिसकेपछि धर्ना कायम राख्छौँ भनेर आफ्नो औचित्य आफैँ खारेज गरेका यी दलसँग वार्ता गर्नुको कुनै अर्थ छैन। विगतमा दाहाल स्वयम्ले भनेजस्तो अब 'नोकरसँग होइन, मालिकसँग वार्ता गर्ने' नीति यहाँ प्रयोग गर्नु उचित हुन्छ। किनभने उनीहरुको रिमोट नेपालमा होइन, भारतसँग छ भन्ने छर्लंगै भइसकेको छ। सबैलाई थाहा छ, भारतलाई सीमांकनमा चित्त बुझेको छैन। आफूसँग सीमा जोडिएको समथर भूभाग जतिलाई सकभर एक र नभए दुई प्रदेशमा समेट्ने भारतको चाहना लुकेको छैन। साथै, भारतबाट नेपालमा आएर अंगीकृत नागरिकता प्राप्त आगन्तुकहरुका लागि राज्यका सबै पदहरुमा बेरोकटोक जान पाउने व्यवस्था पनि एउटा महत्वपूर्ण सरोकारका रूपमा रहेको छ। अहिले शक्ति सन्तुलन हेर्दा ती इच्छा पूरा हुने सम्भावना पटक्कै देखिँदैन। केपी ओली कसैलाई मन नपर्नुहोला, एमालेको नाम सुन्दा कसैलाई पचाउन गाह्रो होला तर अहिले यही कारणले जे/जस्तो राष्ट्रिय भावाना विकास भएको छ, यस पृष्ठभूमिमा कसैले चाहेर पनि सजिलै यी काम गर्न सक्ने सम्भावना छैन। यसर्थ, भारतलाई यो वास्तविकता बुझाएर संविधानको स्वीकार्यता बढाउनु नै दाहालको ठूलो राजनीतिक र कूटनीतिक सफलता हुनेछ।

चीनसँग पुष्पकमल दाहालको सम्बन्ध नराम्रो छैन। विगतमा पहिलो भ्रमण चीन गरेर नयाँ छाप पार्न सफल दाहाललाई चीनले पनि असहयोग गर्ने खास कारण देखिँदैन। उहाँको अस्थिर र विवादास्पद छविका कारण बेलाबेलामा प्रश्न उठे पनि लामो दूरीको ख्याल गरेर कदम चाल्ने भएका कारण चीनले त्यस्ता कुरामा खासै ध्यान अल्झाउने गर्दैन। अहिले धेरैतिरबाट दाहालमाथि भारतको गोटी बनेको र भारतको योजनाअनुसार वाम  गठबन्धन भत्काएर उसकै योजना कार्यान्वयन गरेको गम्भीर आरोप लागिरहेको छ। तर, चीनले यी कुनै पनि कुरा नसुनेझैँ गरेको छ। जसरी भारतको अनिच्छाका बाबवुद केपी शर्मा ओली प्रधान मन्त्री निर्वाचित हुँदा चिनियाँ राजदूत ऊ चुन्ताई फूलको गुच्छा बोकेर बधाई दिन सबभन्दा पहिला एमाले कार्यालय धुम्बाराही पुग्नुभएको थियो, अहिले भारतकै योजनाअनुसार प्रधान मन्त्री भएको भनेर आलोचित दाहाललाई त्यस्तै फूलको गुच्छा बोकेर बधाई दिन जाने कूटनीतिज्ञमा पनि उहाँ नै पहिलो हुनुभएको छ। उता बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा सरकार परिवर्तनले दुई देशको सम्बन्धमा कुनै फरक नपर्ने स्पष्ट पारिसकेका छन्। अनि चिनियाँ राष्ट्रपति सि जिङपिङको सम्भावित नेपाल भ्रमणमा पनि त्यसले असर नपार्ने भन्दै चिनियाँ उच्चस्तरीय प्रमण्डलले नेपाल आएर आश्वस्त पारिसकेको छ।  यस सहज अवस्थालाई उपयोग गर्न सक्नुभयो भने प्रधान मन्त्री दाहालका लागिमात्र होइन, मुलुकलाई नै फाइदा हुनेछ।

निर्वतमान प्रधान मन्त्री केपी शर्मा ओलीले भनेझैँ नेपालमा कोही पनि न भारत विरोधी हुन सक्छ, न चीन विरोधी। हामी दुवै देशका मित्र हौँ र दुवै देशबाट त्यही चाहन्छौँ। चीनविरुद्ध भारतीय र भारतविरुद्ध चिनियाँ कार्ड प्रयोग गर्ने आत्मघाती मानसिकता कसैले नपाले हुन्छ। न त हामीले प्रयोग गर्दैमा प्रयोग भइहाल्ने ती कार्डहरु नै छन् न त हामीलाई त्यसबाट केही फाइदा नै छ। दुवै छिमेकीका जायज सरोकारलाई सम्मान गर्दै हाम्रा सरोकार बुझाउन सक्नु नै अहिलेको अवस्थामा कूटनीतिक सन्तुलन हो। खासगरी, मुलुकको आर्थिक विकासका लागि दुवै देशलाई जति बढी विश्वासमा लिएर उपयोग गर्न सक्छौँ, हामीलाई फाइदा त्यसैबाट छ। विगतमा भारत र चीनले प्रतिबद्धता गरेका योजनाहरु नेपालमा कति सफल भए? कति कार्यान्वयन भए? छलफलको महत्वपूर्ण विषय यसलाई बनाउनुपर्छ। साथै, हाम्रो कूटनीतिको चुरो पनि त्यही हुनुपर्छ। अन्यथा, छिमेकसँगको सम्बन्ध भाषणमा मात्र सीमित हुन्छ तर व्यवहारमा कहिल्यै लागु हुँदैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस