ठूला अर्थतन्त्रमा आर्थिक पुनरुत्थानका कार्यक्रमले सरकारी खर्च बढाएर मुद्रा प्रदायमा विस्तार भयो भने सन् २०१० मा सुनको माग र मूल्य अझ बढ्न सक्छ।
प्राकृतिकरूपले सुन सामान्यतया सल्फाइड भएको चट्टानको भित्रीतहमा पाइने गर्छ। यसमा अक्सिजन र पानीको मात्रा बढी हुन्छ र खास किसिमका ब्याक्टेरियाको संक्रमण भएको खण्डमा सुन अम्लीय पानीमा रूपान्तर हुन पुग्छ।
विगत ६ हजार वर्षदेखि सुन र चाँदीले कुनै न कुनै रूपमा पैसाको काम गर्दै आएका छन्। सुनको व्यावसायिक उत्पादनमा लाग्ने लागत र मौद्रिक कारणले मूलतः यसकोे मूल्य निर्धारण हुन्छ। लागत खर्चको कारणले हुनजाने मूल्य वृद्धिमा भूगर्भविद, इन्जिनियर, उत्खननकर्ताजस्ता प्राविधिक जनशक्तिमा हुने खर्च र खानीको निस्कासनमा आवश्यक मेसिनहरू र संभाव्यता अध्ययनजस्ता अन्य प्राविधिक पक्षमा हुने खर्च आदि पर्छन्। सुनको तौल मापनमा पनि साधारण तराजुको प्रयोग हुँदैन। सुनको तौल नापमा अन्य वस्तुमा प्रयोग हुने औंसको भन्दा झन्डै दश प्रतिशत तौल बढी हुन्छ। यसलाई 'ट्रोइ औंस' भन्ने गरिन्छ।
विश्व सुन परिषदको तथ्याङ्कको आधारमा संसारमा प्रतिवर्ष उत्पादन हुने करिब २ हजार ५ सय टन सुनमध्ये २ हजार टन जति गहना, आद्योगिक उत्पादन र दाँत बनाउने काममा प्रयोग हुन्छ भने पाँच सय टन जति खुद्रा लगानी र विनिमयमा जाने गर्छ। आर्थिक हिसाबले मात्र हर्दा सुनको उपयोग मूलतः दुई प्रकारले भएको देखिन्छ। लगानीका दृष्टिले सुन सबैभन्दा बढी खरिद विक्री हुने मूल्यवान धातु हो। सुन गहनाका रूपमा दक्षिण एसिया र मध्य पूर्वमा सबैभन्दा बढी प्रयोग हुन्छ। त्यसमा पनि भारत विश्वकै सबैभन्दा ठूलो गहना बजार मानिन्छ। परम्परागतरूपमा हिन्दू र मुस्लिम महिलाले सुनलाई गहनाका साथै निजी स्थिर पुँजीका रूपमा पनि राख्छन्। साथै, ठूला लडाइँ, आर्थिक संक्रमण, मुद्राको द्रूत र अप्रत्याशित अवमूल्यन, सामाजिक विशृंखलता, मौद्रिक र वित्तीय संकटका समयमा मानिसहरू आफ्नो पुँजीलाई बहुमूल्य धातुका रूपमा राख्न चाहन्छन्। यस्ता अवस्थामा उपभोक्ताको कागजी मुद्रामाथि विश्वास कम हुँदै जाने हुनाले सुन खरिद गरेर आफ्नो पुँजीको मूल्य कायमै राख्ने चाहना हुन्छ। दोस्रो, केन्द्रीय बंैकले मुद्रा निस्कासनका लागि सुन अथवा पूर्ण परिवर्त्य विदेशी मुद्रा (खासगरी अमेरिकी डलर)लाई आधार मूल्यका रूपमा राख्ने गर्छ। सुनका अन्य उपयोग गैरआर्थिक हुन्।
सुनको व्यापार र लगानी
उन्नाइसौं शताब्दीसम्म युरोपमा पूर्णरूपले सुनमा आधारित मुद्रामान प्रचलनमा थियो। पहिलो विश्वयुद्धसँंगैको वित्तीय संकटसम्म यही कायम थियो। दोस्रो विश्व युद्ध पश्चात् स्थापित ब्रेटन उड्स संस्थाहरू, खासगरी अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्षेत्रका कारण सुनमा आधारित मुद्रामान जोगाइराख्नु परेन। फलस्वरूप बजारमा माग र पूर्तिको आधारमा सुनको मूल्य तय हुनसक्ने अनुमान गरियो। तर विश्वका केही मुलुकले सुनको आपूर्तिमा ठूलो भूमिका खेल्नसक्ने स्थिति देखियो। यसलाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ को सेप्टेम्बरमा अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, र अन्तराष्टिय मुद्रा कोषले समग्रमा वार्षिक चार सय टनसम्म सुन विक्री गर्नसक्ने प्रावधान राखियो। यसलाई वासिङ्गटन सुन सम्झौता भनिन्छ। यो सम्झौतापूर्व बैंक अफ इंगलैन्ड र स्वीस नेसनल बैंकजस्ता केही युरोपेली केन्द्रीय बैंकहरू सुन बिक्री गर्ने प्रमुख संस्था थिए।
अन्तरक्षेत्रीय स्तरमा सुनको व्यापार एसिया र युरोपबीचमा बढी छ। मौद्रिक सबलताको दृष्टिमा अमेरिकी डलरको आधारमा भन्दा सुनका आधारमा निस्कासित मुद्रा बढी दह्रो हुन्छ। बृटिश पौन्डको शदिऔँसम्म सबल विनिमय दर कायम रहनुको प्रमुख कारण यही देखिन्छ। यसका दाँजोमा अमेरिकी डलरमा बढी उतारचढाब आउने गर्छ।
विश्व आर्थिक इतिहास हेर्दा आर्थिक मन्दीका समयमा मानिसहरूले स्टक, बोन्ड र डलरमा रहेको आफ्नो तरल पुँजी सुन र चाँदीजस्ता बहुमूल्य धातुमा रूपान्तर गरेको देखिन्छ। धातुजन्य वस्तुमा लगानी गरेरमात्र पुँजी सुरक्षित भएको महसुस गर्ने परम्परागत सोच आधुनिक लगानीकर्तामा हुनु नपर्ने हो तर कागजी पैसा विश्वासका भरमामात्र चलेको र कुनैपनि बेला संकटमा पर्नसक्ने जोखिम भएकोले सुन र चाँदीको आकर्षण कायमै रहेको छ।
मुद्रास्पितिको दर ऊच्च रहिरहेको अवस्थामा सुनमा लगानी गर्दा लगानीकर्ताको पुँजीको मूल्य सुरक्षा गर्न सहयोग पुग्छ। विगत एक शताब्दीको रेकर्ड हेर्ने हो भने सुनको वास्तविक मूल्यमा लामो समयसम्म गिरावट आएको देखिँदैन। अझ सन् २००० को दशकमा त नौ वर्षसम्मसुनको मूल्य लगातार बढेको छ। त्यसै कारणले मानिसहरूले आफ्नो सम्पत्तिको मूल्य सुनमा आधारित गराउन सके बढी सुरक्षित महसुस गरेका हुन्।
सुनको मूल्यस्तर
सन् १९८२ देखि सन् २००४ सम्म सुनको मूल्यमा खासै ठूलो उतारचढाव भएन। यस पछि सन् २००५ मा एक औंसमा झन्डै ८१ अमेरीकी डलरले भएको सुन मूल्यवृद्धि उल्लेखनीय थियो। उक्त समयमा प्रति औँस सुनको मूल्य तीन सयदेखि चार सय ५० अमेरिकी डलरबीचमा रह्यो। तर सन् २००७ पछि सुनको मूल्य अप्रत्याशित रूपमा बढेको देखिन्छ। त्यसमा पनि सन् २००९ मा सुनको मूल्य अत्यन्त चाँडो बढ्न पुग्यो। तर यो वृद्धि अपबाद चाहिँ होइन। सन् २००९ कोजस्तै अन्य आर्थिक मन्दीको समयमा पनि सुनको मूल्य अत्यन्त धेरै बढेको प्रशस्त उदाहरण छन्।
पछिल्लो आर्थिक मन्दीका बेला सुनको अप्रत्याशित मूल्य वृद्धि हुनुका केही खास कारण छन्। गत वर्षको फेब्रुवरीमा अमेरिकी बजारमा सुनको मूल्य प्रति औंस एक हजार डलर नाघेको थियो। गहिरिंँदो आर्थिक मन्दीलाई सम्बोधन गर्ने उद्देश्यले राष्ट्रपति बाराक ओबामाले सात सय ८७ अर्ब अमेरिकी डलरको आर्थिक प्याकेज कार्यक्रमको घोषणा गर्ने समयमा केही ठूला वाँणिज्य बैंकहरू राष्ट्रियकरण हुने भयले त्रसित थिए। धेरै अमेरिकीले आफ्नो तरल पुँजीको संरक्षणका लागि सुन खरिदमा लागेका थिए। यसले संसारभर सुनको मूल्यमा भारी वृद्धि गरायो। त्यसैगरी गत वर्षको अप्रिलमा चीनले आफ्नो सुनको रिजर्भ ६ सय टनबाट एक हजार ५४ टन बनायो। यसका अतिरिक्त चीनले आफ्नो १ हजार ९५ अर्ब अमेरिकी डलर बराबरको विदेशी रिजर्भलाई धेरै मात्रामा सुनमा परिबर्तन गर्यो। यसबाट बजारमा सुनको आपूर्ति घट्नुका साथै भविष्यका लागि यही नै सुरक्षित लगानी पनि भएको सन्देश पुँजी बजारमा गयो। फलस्वरूप मूल्य अझमाथि धकेलियो। यस्तै, सन् २००९ को उत्तरार्धमा सुनको मूल्यमा इतिहासमै सबैभन्दा बढी मूल्य वृद्धि हुन पगेको थियो। गत अक्टोबरमा सुनको मूल्य प्रति औंस १ हजार ६० अमेरिकी डलर पुग्यो भने डिसेम्बरमा १ हजार २२६ डलर पुग्यो। यही समयमा अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतलाई चार सय टन सुन बेचेको थियो। भारतका साथै फिलिपिन्स, कजाखस्तान, श्री लंका र मेक्सिकोलगायत देशका केन्द्रीय बैंकहरूले विगत २१ वर्षमा पहिलो पटक ठूलो मात्रामा सुन खरिद गरेका थिए।
सन् २०१० मा सुनको मूल्य कुन दिशातिर लक्षित होला भन्ने प्रश्न लगानीकर्ताबीचमा उठिरहेको छ। यस परिप्रेक्षमा अमेरिका र अन्य ठूला अर्थतन्त्रमा खर्चको प्रवृत्ति कुन रूपबाट अगाडि जाला भन्नेे चासो महत्वपूर्ण बन्न आउँछ। बृहत् आर्थिक सुधारका कार्यक्रमहरू ठूलो सरकारी खर्चका साथ आउने भएमा त्यसले निःसन्देह मुद्रा प्रदायमा विस्तार ल्याएर सुनको माग बढाउँछ र सुनको मूल्यलाई माथितिर धकेल्छ। तर आर्थिक पुनरुत्थानका कार्यक्रम ठूलो सरकारी खर्चका साथ नआई करका दर बढाउने र खर्च कम गर्नेजस्ता वैकल्पिक रूपबाट आएमा सुनको मूल्यमा खासै वृद्धि हुँदैन। अर्कोतिर आर्थिक मन्दी पछिको पुनरूत्थानको दरले पनि सुनको मूल्यलाई प्रभावित पार्छ। विश्व अर्थतन्त्र मन्दीको चरणबाट बाहिर आउन जति बढी समय लाग्छ उति नै सुनको मूल्यमा उच्च चाप पर्न जान्छ।
अहिले सबैभन्दा बढी सुनको आधार रहेको मुद्रा युरो हो। यसले निस्कासित मुद्राको सात प्रतिशत आधार सुनमा राखेको छ। अमेरिकी डलरको सन्दर्भमा सन् १९७१ मा राष्ट्रपति रिचार्ड निक्सनका समयमा अमेरिकाले सुनमा आधारित मुद्रामान छोडेपछि विदेशीले अमेरिकी डलरको सुनमा सटही गर्न नपाउने भए। त्यपछि अमेरिकी डलर विश्वासमा चलेको छ। सुनसँग यसको सम्बन्ध हेर्ने हो भने सन् १९३० मा एक औंस सुन करिब २० डलरले सकिन्थ्यो भने अहिले एक औंस सुन किन्न एक हजार १०० डलर खर्चिनुपर्छ।
विकासशील राष्ट्रहरूको सन्दर्भ
हाल अन्तरराष्ट्रिय मुद्रा कोषले आफू र अन्य केन्द्रीय बंैकहरूसँग रहेको सुनको पुनर्मूल्याङ्कन गर्ने हो भने विकासशील राष्ट्रलाई सहयोग गर्न सकिने ठूलो स्रोेत उपलब्ध हुने सोच विकसित भैरहेको छ। अस्टे्रलियाको मेलबर्न विश्वविद्यालयका प्राध्यापक गारी साम्पसनले गरेको अध्ययनले मुद्रा कोषको अगुवाइमा गरिएका सुनको व्यवस्थापनले घरीघरी विश्व अर्थतन्त्रमा नै ठूला परिवर्तन ल्याउने गरेको देखाएको छ। सन् १९७८ मा सदस्य राष्ट्रहरूसँग रहेको सुनलाई मुद्रा कोषको अंकित मूल्यबाट केही स्वतन्त्र बनाई पुनर्मूल्यांकन गर्दा विश्वको तीन चौथाई जति सुनको रिजर्भ रहेका अमेरिका, जर्मनी, फ्रान्स, इटाली, स्वीट्जरल्यान्ड, नेदरल्यान्डस र बेल्जियमलाई समग्रमा तीन सय ५८ अर्ब अमेरिकी डलर फाइदा हुन पुगेको थियो। अर्थात्, यी राष्ट्रहरूमा प्रतिव्यक्ति आय औषतमा पाँच ५३ अमेरिकी डलर बढ्न पुगेको थियो। त्यसमा पनि स्विट्जरल्यान्डको प्रति व्यक्ति आय झन्डै छ डलर बढ्न पुगेको थियो। अर्कोतिर विश्वको १.२ प्रतिशतमात्र सुन रिजर्भ रहेको गरिब अफ्रिकी मुलुकलाई भने प्रति व्यक्ति तीन अमेरिकी डलरमात्र फाइदा भएको थियो।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सुनको पुनर्मूल्यांकनबाट आर्जित आय विकासशील राष्ट्रहरूको खास समस्या पनि सम्बोधन गर्ने उद्देश्यले कुनै ठोस कार्यक्रम तय गर्यो भने तेस्रो विश्वका लागि ठूलो सहयोग पुग्ने सोच विकसित भैरहेको छ। सन् २००९ मा २० प्रमुख आद्योगिक राष्ट्रको लन्डन बैठकले यस्तै सोच अगाडि सारेको छ। अहिले मुद्रा कोषले यो पुनर्मूल्यांकन कार्यक्रम अगाडि ल्याएमा ९० अर्ब अमेरिकी डलरको कोष सिर्जना भएर त्यसले विकासशील राष्ट्रहरूको हालको कार्बन उत्सर्जनको समस्या सम्बोधन गर्न पुग्ने आर्थिक स्रोतको सिर्जना गर्न सकिने र पर्यावरणीय सन्तुलन कायम गर्न ठूलो टेवा पुग्ने निष्कर्ष निस्केको छ।
(आचार्य अर्थशास्त्री हुन्।)