ओली, प्रचण्ड र रविलाई दुर्लभ अवसर !
२० पौष २०७९
•
८ मिनेट पाठ
ओली, प्रचण्ड र रविलाई दुर्लभ अवसर !
पुस फासफुस भन्ने आहान नै छ तर गएको साता (पुस १० गते) को राजनीतिक तहल्काले सबका सब हेरेको हेर्‍यै भए। अचम्मै भयो त्यसैले जो जहाँ उभिएका थिए त्यहीँ उभिएको उभियै परिवर्तन नियाल्न थाले। त्यसैदिन रंगीचंगी क्रिसमस मनाउने माहोल बनाइरहेका क्रिस्चियन हुन् वा गैरक्रिस्चियनमा पनि सन्नाटा छायो। कसैको ध्यान आफूले गरिरहेको काममा जानै सकेन। राजनीतिका मैँ हुँ भन्ठान्नेहरू (सत्तापक्षका हुन् कि विपक्षका) सबका सबको बोली नै बन्द भयो। आँखिभुइँ खुम्च्याउनेदेखि तन्काउनेसम्म, औँलो टोक्नेदेखि हत्केला पड्काउनेहरूको संख्या अचानक हजाराैँमा पुग्यो। अडियो, भिजुअल सञ्चार माध्यमहरूबाट ताजा जानकारी पाउन भागदौड भयो। सामाजिक सञ्जालका हाइवे जाम बने। सत्ताको पासा गल्र्याम् गुर्लुम् पल्टियो ! के भयो, यस्तो ? पुसमा यो घटना भएकाले आलेखको सुरुमा त्यसको चर्चा गरिएको हो।  




कुनै पूर्वाग्रह नराखी भन्ने हो भने देशको शासनसत्तामा पाँच वर्षलाई गठबन्धनको हालिमुहाली हुन्छ भन्ने बुद्धिजीवी, कर्मचारी, पत्रकार, विश्लेषकलगायत बाह्रमासे राजनीतिज्ञको भविष्यवाणीको पासा पल्टिन पाँच घण्टा पनि लागेन। पाँच वर्षलाई अब बरालिए भनिएका वामपन्थीहरू पाँच घण्टाको बीचमा सत्ताधारी बन्न पुगे। पाँचवर्षसम्म राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रदेशका मुख्यमन्त्रीहरूमा एकछत्र दाबी गरिरहेका कांग्रेसीहरू नारायणहरि भए। हेर्दाहेर्दै देशका सबै कार्यकारी पदहरूबाट कांग्रेसले हात धुनुपर्‍यो। उनीहरूका सपना बालुवाको महलझैँ गल्र्यामगुर्लुम भयो। एकहप्तादेखि तारे होटलमा दाजुहरूसँग विदेशी स्कच ह्विस्कीमा चेयर्स गरिरहेका बिचौलिया र ठेकेदारहरू ट्वाँ भए। तैँ चूप मै चूप हुँदै बिलाए।  

वामपन्थी, दक्षिणपन्थी र मध्यपन्थी एकाकार हुने समीकरणका लागि यो अवसर अन्तिम मौका बनेर देखिएको छ। उनीहरूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरेर जनतासमक्ष प्रस्तुत हुन सके भने उनीहरूको भविष्य स्थापित हुनेछ होइन भने यी पनि पाँचवर्षभित्रै विगतको सरकारझैँ नारायणहरि हुनेछन्। अहिलेको राजनीतिक चमत्कारका मुख्य रचनाकार एमाले अध्यक्ष केपी ओली हुन्। ओली, प्रचण्ड, अथवा मधेसी दल वा राप्रपा वा राष्ट्रिय स्वतन्त्र पार्टीको सफलता न्यूनतम साझा कार्यक्रमलाई समयमै सम्पन्न गर्नुमा हुनेछ। उनीहरू सबैका लागि काम गरेर देखाउने चुनौती हो यो। यो अवसर उनीहरूका लागि अन्तिम मौका हो। गरेर देखाउन सके भने ठीकै छ होइन भने कसैलाई जनताले छाड्नेवाला छैनन्। गृहमन्त्री रवि लामिछाने मात्र होइन, जो कसैलाई पनि जनताले शरणहरि टन्डन डुकुलन्ठन बनाइदिने छन्। रविमाथि युवाहरूले प्रश्न तेस्र्याउन सुरु गरिसकेका छन्, मन्त्री भए पुग्नेमा किन मानका खातिर मानरूपी उपप्रधानमन्त्री दाबी गरेको ? किन र केका लागि पगरी निम्ति मरिहत्ते ?

सन्तनेता कृष्णप्रसाद भट्टराईले २०४७ को संविधान किन असफल भयो भन्ने पंक्तिकारको जिज्ञासामा भनेका थिए– बाबु, हामीले प्रजातन्त्र ल्यायौँ। समयमा प्रजातान्त्रिक संविधान पनि जारी गर्न सक्यौँ तर प्रजातान्त्रिक शासन स्थापना भएपछि व्यावसायिक पुलिसिंग गर्न सकेनौँ ! पुलिस प्रशासनलाई चुस्त राख्न र न्यायालय तटस्थ खम्बाको रूपमा ठड्याउन सकेनौँ। स्वच्छ र भरपर्दो संस्थाका रूपमा कायम राख्न सकेनौँ। बाबु बरूपञ्चायतमा पुलिस र अदालत बलियो थियो।  

पूर्वप्रधानमन्त्री भट्टराईले भनेकै कुरा गणतन्त्रकालमा पनि दोहोरियो। अदालत सिन्डिकेटमा चल्न थाल्यो। प्रधानन्यायाधीशहरू नै प्रयोग भए। सुशीला कार्कीदेखि गोपाल पराजुली, दीपकराज जोशी, चोलेन्द्रशमशेर राणासम्म नारायणहरि बने। डण्डा तेर्सिए। शक्तिको दुरूपयोग पराकाष्टामा पुग्यो। अदालती परमादेशमा सरकारसम्म बन्यो। न्यायालय र प्रहरी प्रशासन शुद्ध, व्यावसायिक, न्यायिक भएको भए, सबैको आस्था र विश्वासको थलो हुन्थ्यो भने न परमादेशको सरकार बन्थ्यो नत निर्मला पन्तका बलात्कारीहरू दण्डविहीन हुन्थे। तस्करी, भ्रष्टाचारी, माफियागिरी, दलाली, कालोबजारी, सिन्डिकेटको दबदबा हुँदैनथ्यो। ब्यावसायिकता हुन्थ्यो। त्यसैले चामत्कारिकरूपमा जसरी सरकार परिवर्तन भएको छ, केपी वली मात्र होइन, प्रचण्ड र रवि लामिछानेहरूका लागि काँचुली फेर्ने अन्तिम मौका हो यो। देशको अवस्था र व्यवस्था रूपान्तरणका लागि यो यस्तो अवसर हो, यसमा उनीहरू सफल भए भने फूलको माला र बेइमान ठहरिए भने जनता ढुंगा हान्न पछिपर्दैन। घण्टी बजाउनेहरूलाई उनीहरूकै घण्टी खोसेर, रालो थुतेर टाउकामा बर्साउने छन्। सावधान !

पार्टी स्थापना गरेको छ महिनामा स्वतन्त्र दललाई सत्तामा पुग्न मतदाताले जुन मत खन्याएका छन् त्यो कुनै संगठन वा पार्टीलाई प्रभावित भएर दिइएको होइन। त्यो त आक्रोश, विसंगति, बेथिति, कुशासन, अव्यवस्थाबाट दिक्क भएर त्यसलाई जवाफ दिन खसालेको मत हो। त्यसैले युवाहरूले ‘स्वार्थको टक्कर’को रूपमा जबर्जस्त सवाल उठाएको हुनुपर्छ। कुरो स्पष्ट छ, राम्रो गरे फूलको माला पहिराउने निश्चित छ तर नभए ? जगजाहेर छ, युवाहरूले के गर्नेछन्। निर्मला पन्तको कुरा उठाएर गृहमन्त्रीले जनताको मनमा गढेको पीडालाई उजागर गरेका छन्। भ्रष्टाचारी जाँचबुझ आयोग ? यस्ता आयोग त विगतमा कति बने बने। नेपाल प्रहरी काविल छ वा छैन ? अपराधी खोज्नु र त्यसलाई कानुनको कठघरामा ल्याउने काम पुलिसले गर्न सक्दैन भने पुलिस संगठन नै पुनर्संरचना गर्नुपर्छ। पुनर्गठन गर्ने आँट रविले गर्नुपर्छ। उनको सत्प्रयासलाई ओली र प्रचण्डले समर्थन गर्नुपर्छ।  

एमाले अध्यक्ष केपी ओलीले राजनीतिकरूपमा एउटै ढुंगाले अनेक सिकार गरेका छन्। उनको रणनीति, योजना र राजनीतिक कलाले उनलाई राजनेताका रूपमा पुनस्र्थापित गरेको छ। उनले मैमत्त कांग्रेसलाई सत्ताच्युत मात्र पारेनन् कि उसको वैशाखी बनेका प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा स्थापित गरिदिएका छन्। ओलीले माधव नेपालको पत्ता साफ गरे, मधेसी दलहरूको विश्वास जिते, राप्रपासँगको सामीप्यताले पुरानो शक्तिको प्रभाव कम पारे, अन्य साना पार्टीहरूलाई आफूतर्फ आकर्पित मात्र गराएनन् कि उनीसँगको सहवासमा माग पूरा हुनेकुरामा आश्वस्त र विश्वस्त बनाएर सरकारमा सहभागी गराए।  

समकालीन नेपालमा कसैलाई शंका छैन, ओली राजनेता हुन्। त्यसैले अब उनले राजनीतिक नेतामा मात्र आफूलाई सीमित राखिरहनु हुँदैन। राजनेता बन्न सर्वमान्य हुनुपर्छ। देश र जनताको समृद्धि निम्ति लागिरहनुपर्छ। लागेको छु भनेर मात्र पुग्दैन, जनता जनार्दन र मातृभूमिको हितमा सदासर्वदा लागिरहेको देखिनु पनि पर्छ। उनी अहिलेको समीकरणका प्रमुख हुन्। त्यसैले उनी सबैको अभिभावक बन्नुपर्छ। दूध र पानी छुट्याउने राजहाँस सावित हुनुपर्छ। अब उनले हिजोको राजनीतिक नेताले जस्तो होइन, आजको राजनेताको रूपमा जनताबीच स्थापित हुनुपर्छ। यसको लागि सबैभन्दा पहिले उनले कम बोल्न थाल्नुपर्छ। ओलीले कदापि नबिर्सिउन्, प्राकृतिकरूपमा पनि नेपाल हात्ती हुने देश हो। उनी झन् झापाकै बासिन्दा भए, हात्तीको पूर्वी मुहान हो त्यो जिल्ला। हात्तीको के हुन्छ ? आँखा साना, कान नांग्ला जत्रा ठूला, मुख देखिँदैन। चपाउने दाँत झन् देखिँदैन, नचपाउने दाह्रा मात्र देखिन्छ। केपी ओलीले पनि हात्तीको रूप र सारलाई विचार गरेर चल्नुपर्छ। कानलाई बढी सक्रिय बनाउनुपर्छ। मुखलाई कहिलेकाहीँ मात्र चलाउनुपर्छ।  

अब पार्टी सत्तामा पुगेको छ। बागडोर आफ्नो हातमा छ। पराजीत विपक्षीलाई गाली होइन, देश विकास गर्न यसमा सहयोग चाहियो भनेर साथ सहयोग माग्नुपर्छ। कटु आलोचना त गर्नै हुन्न। सरकारको आलोचना प्रतिपक्षले गर्ने हो। शक्ति नभएको जोगीलाई गाली गरेर के फाइदा ? रिसाउने हो भने पनि आफ्नै मुख कि कालो कि रातो। यसो गर्नु भन्दा खुला चित्तले आउनुहोस् देश यसरी बनाउँ भनेर विपक्षीको साथ सहयोग लिएर अगाडिबढ्ने हो। यति गरेपछि चुनावमा जनताले जे गर्नुपर्ने हो गरिहाल्छन्।

केपी ओली, सन्तुलित भएर अगाडि बढ। देश र जनताको हित चिताएर अगाडि बढिरह्यौ भने पनि तिम्रो साथमा अहिले जस्तै अरू पार्टीमा रहेका युवा हुन् वा अनुभवी व्यक्तिहरू तिमीले कोरेको गोरेटोमा समाहित हुनेछन्, सहकार्य निम्ति एकाकार हुन आइपुग्छन्। यिनलाई सत्मार्गमा डो¥याउन सक्यौ भने नेपालीहरू सुखी पनि हुनेछन् र नेपाल पनि समृद्ध हुनेछ। मात्र तिमीले समीकरणको वैठकमा दलका सहभागीहरूलाई दोहोर्‍याइरहनुपर्छ, देश ऋणमा चुर्लुम्म डुबेको छ, कसरी उतार्ने ? ब्यापार घाटा छ, बजेट घाटामा छ। विकास विदेशी ऋण ल्याएर मात्र गर्नुपर्ने बाध्यता छ। युवालाई रोजगारीको लागि विदेश पठाउनु परिरहेको छ। रेमिटेन्सबाट परिवार पालिनुपर्ने अवस्था छ। देशबाट निकासी शून्यप्रायः छ।  

चुनौती नै चुनौतीको चाङ छ। भ्र्रष्टाचार अनियन्त्रित छ। अपराधीहरू खुलेआम हिँडिरहेछन्। शान्ति सुरक्षा डग्मगाएको छ। दलाल, बिचौलिया, माफियाको जगजगी छ। वास्तविक किसान आफ्नो उत्पादनको मूल्य पाइरहेका छैनन्। धान, उखु किसान ठगबाट च्यापिएका छन्। भ्रष्टाचार संस्थागत छ। तलदेखि माथिसम्म सार्वजनिक सम्पत्ति हडप्नेहरू सांसदसम्म बनिरहेका छन्। नातावाद कृपावाद सर्वव्यापी छ।  

पद बहाली गरेको दिनदेखि नै गृहमन्त्री जनताको सरोकारको अड्डामा हुने ढिलासुस्ती, घुसखोरीविरूद्ध हुँकार गर्दै अगाडि बढेका छन्। गरिबी न्यूनीकरण, सुकुमबासी समस्या सखारै छन्। देश कृषिप्रधान छ, मल उद्योग मुलुकमा छैन। बियर, वाइन, ह्विस्कीका उद्योग खुलेका खुल्यैछन्। शीतलहरले तराईका जनता कठ्यांग्रिइरहेका छन्। महँगी बढेको बढ्यै छ। प्रधानमन्त्रीसमेत अरू मन्त्रीहरूकिन स्वागत सत्कार र भोजभत्तेर खाँदै अलमलिइरहेका होलान् ? तिनको पुच्छर निमोठ्न प¥यो विधि प्रक्रियाअनुसार। मन्त्री, सांसद अक्षम भएभने पूरै ब्यवस्था र पार्टी कमजोर हुन्छन्।  

देशको अर्थनीतिमा परिवर्तन नगरी मुलुकको अवस्था सुधार हुन सक्दैन। उपभोक्तामुखी अर्थनीति परिवर्तन गरेर उत्पादनमुखी अर्थनीतिलाई प्राथमिकतामा लैजान लागौँ। ओली, प्रचण्ड र रविलाई अहिले प्राप्त भएको दुर्लभ मौका फेरि कहिल्यै पाइन्न।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस