नेपालका कम्युनिष्ट नामका दलहरूमा राष्ट्रियता र क्रान्तिका कार्यनीति र रणनीतिका विषयमा निकै बहस हुने गर्छ। तर नेपाली राष्ट्रियताका मूल आधार स्तम्भ समाप्त गर्न विगतदेखि नै तिनको क्रान्तिकारी आवरणमा छद्म भूमिका थियो र अहिले पनि छ। यसलाई नेपाली राजनीतिमा बीपी कोइरालाले राम्ररी पहिचान गर्नु भएको थियो।
माओले मसँग मात्र होइन बीपीसँगको भेटमा पनि ‘विदेश निर्देशित नीति गलत हुन्छ' भएको भन्नु भएको थियो। ‘मलाई माओले भन्नुभयो जुन बेलासम्म हामीहरू रुसबाट निर्देशित थियौ, मलाई लाग्यो रुसलाई ठीक हुने काम हामी गर्दा रैछौँ। त्यसपछि हामीलाई लाग्यो यो त गर्नु भएन। त्यसपछि हामीले स्वतन्त्र लाइन लियौँ र ५-६ वर्षपछि सत्तामा आयौँ।' (राजा, राष्ट्रियता, राजनिति पेज - ८४)"। यही विचार माओले राजा महेन्द्रसँग पनि व्यक्त गरेका थिए - आफ्नै धरातलअनुरूप अघि बढ्नुपर्छ।
आफूलाई माओ विचारधारा समर्थक र राजतन्त्रका कट्टर विरोधी ठान्नेहरू गर्न त भारतको चर्को आलोचना गर्छन् तर त्यहीँकै खुफिया एजेन्सीको निर्देशनमा चल्छन्। उनीहरूले नेपालमा माओको नाम लिएर महेन्द्र र राजतन्त्रमाथि प्रहार गरिरहेका छन्। अति क्रान्तिकारी देखिने यो तत्व यति बेला आर्थिक क्रान्तिको अर्को छद्मभेषी आवरणमा आफूलाई बचाऊ गर्न खोजिरहेको छ। यो स्वयं दक्षिण छिमेकीको हितमा पनि हुने छैन। महेन्द्रमाथि आक्रमण गर्दा कालापानीको विषयमा ठूलो भ्रम पार्ने गरिएको छ। महेन्द्रले कालापानी भारतलाई दिए भन्नु गोयबल्स शैलीको झुटो प्रचार हो। सन् १९२१ मा लेनिनले जर्मनसँग बेस्त्रीको सन्धि भूभाग सुम्पने गरी गरेका थिए जसलाई उनले सेभियत समाजवाद रक्षाको लागि भनेका थिए। तर, कालापानीका विषयमा भने कुनै सन्धि वा सम्झौता गरिएको छैन। २०५३ सालमा राष्ट्रिय वहसका रूपमा उठेको यो मुद्दालाई तत्कालीन सांसद प्रेमसिंह धामीलगायतले जोडदार रूपमा उठाए। उनले यसलाई इमान्दारीपूर्वक उठाएका थिए। यसलाई महेन्द्रसँग जोड्नु उनीहरूले जसलाई विस्तारवादी भन्छन् त्यहीँकै खुफिया एजेन्सीद्वारा प्रायोजित प्रोपोगण्डा हो। आफूलाई क्रान्तिकारी देखाउन महेन्द्रलाई कालापानीसँग जोड्नेहरू अत्यन्त छद्मभेषमा उदाउन खोज्नेहरू नै हुन्। बडो क्रान्तिकारी, राष्ट्रवादी र लोकतन्त्रवादी बनेर महेन्द्रको आलोचना गर्नेहरूको धरातल हेरौँ त कहाँ छ? संघीयताको विरोध गर्नेले हिन्दी भाषाको समर्थन गर्छ जुन नेपालमा भाषा ०.५ प्रतिशतमात्रले बोल्छन्। संघीयताको समर्थन गर्नेहरू जाति राज्यको माग गर्छन्। यी फरकफरक भूमिकामा देखिएका मात्र हुन् यिनको आत्मा विदेशी जालोसँग जेलिएको छ।
हुन त गणतन्त्र आउनुमा राजाको हार भएको ठान्नेहरू छन् तर अहिले राजाले मात्रै होइन देशैले हारेको छ। अराजकतावादको स्थापनामा मद्दत गर्ने छिमेकीले पनि हारिरहेका छन् र अराजकतावाद आफ्नै मुलुकमा भित्र्याइरहेका छन्। यो उत्तर र दक्षिण दुवै छिमेकीको हितमा छैन। राजाले हारेको ठान्नेले पनि हारिरहेका छन् र आज राष्ट्रियताको विषयमा बोल्न बाध्य भएका छन्। दरवार हत्यादेखि यहाँसम्म षड्यन्त्र गर्दै आएका षड्यन्त्रकारीहरू राष्ट्रियताको नारा दिन वाध्य छन्। २०६२-६३ को आन्दोलनपछि पृथ्वीनारायण शाहजस्ता मुलुक एकीकरणका नायकको सालिक फोरियो। छिमेकी देशले बु्झ्नुपर्ने हो, आफ्नै राष्ट्रको माया नगर्नेहरू कसैको पनि हितमा हुन सक्तैनन्। त्यसमा उसको स्वार्थमात्र प्रतिविम्बित हुन्छ। यी स्वयं उनीहरूकै लागी सबैभन्दा घातक सिद्ध हुँदै गइरहेको छ। यसलाई समयमै नसच्याएमा भयानक दुर्घटना हुनसक्छ। पृथ्वीनारायण शाह र बहादुर शाहको अभियान सन् १८१६ को सुगौली सन्धिपछि रोकियो। राणहरूको बृटिस साम्राज्यको दलालीको जगलाई राजा महेन्द्रले धक्का दिएकोले उग्रक्रान्तिकारी आवरणमा महेन्द्रमाथि मात्र होइन पछिल्लो समयमा पृथ्वीनारायण शाहमाथि पनि वैचारिक आक्रमण गरिएको हो।
जर्मन एकीकरण गर्ने बिस्मार्कको राष्ट्र निर्माणलाई कार्ल मार्क्सले स्वीकार गर्नुभएको छ। हिटलरले रुसमाथि आक्रमण गर्दा स्टालिनले राजा जारका संरक्षित सालिक देखाएर मुलुक रक्षा गर्न आह्वान गरे। कम्युनिष्टहरूको रक्षा गर भन्न सकेनन्।
आज देशमा कम्युनिष्ट आवरणमा भित्रिएको वैदेशिक हस्तक्षेपका कारण राष्ट्रको रक्षाको सबाल वैदेशिक हस्तक्षेप भित्र्याउने गोरखपुरपंथीले नै गर्दैछन्। पृथ्वीनारायण शाहका सालिक फोर्ने ठूला क्रान्तिकारीजस्तो देखिने विदेशी एजेण्टहरू हुन् या दरवार घेरेर राजाको जयजयकार गर्ने र राजालाई नै समाप्त गर्नेगरी राजालाई राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा बदनाम गराउने अतिदक्षिणपंथीहरू विदेशी स्वार्थका गोटी हुन् भन्ने त राजाले गद्दी छोडेको डेढ वर्ष नपुग्दै स्पस्ट भएको छ। आज पृथ्वी नारायण शाहको नाम लिएर राजतन्त्रलाई जनमत संग्रहमा लैजाने माग गर्नेहरू २०३६ कै नयाँ संस्करण हुन्। २०३६ मा राजा विरेन्द्रको बहुदलले जितोस् भन्ने चाहना थियो तर विदेशी दलाल मण्डले समूहको जासुसी घेराको कारण सिधा दिन सक्ने वातावरण नभएकाले जनमत संग्रहको घोषणा गरियो। त्यसलाई गोरखपुरपन्थीले बहिस्कार गरेर वाम आवरणमा विदेशी गोटीका रूपमा मण्डलेहरूसँंग अघोषित कार्यगत एकताका गरी निर्दलले जित्ने वातावरण बनाए। यो विदेशी चाहना थियो। यति बेला राजतन्त्रको जनमत संग्रहको नारा दिनेहरू त्यसैका नया रूप हुन्। राजतन्त्र क्रान्तिले फालेको होइन। यसकारण राजतन्त्रका सम्बन्धमा जनमत संग्रह गर्ने होइन, बरु २०६३ वैशाख ११ मा राजा र ७ दलबीच भएको संझौताको पालना हुनुपर्छ। त्यहीमात्र समस्याको समाधान हुन सक्छ।
ध्वंश निर्माणका निम्ति हुनुपर्छ। नयाँ निर्माण हुन नसकेे ध्वंश अराजकतामा परिणत हुन्छ। इराकमा प्रजातान्त्रिक व्यवस्थाका लागि भनेर र अफगानिस्तानमा कम्युनिस्ट शासन कायम गर्न गरिएको विध्वंश अहिले पीडादायी बनिरहेको छ। यसलाई कसरी लिने? दल या नेतृत्वबाट गल्ती हुनसक्छ। तर, आफ्ना कमजोरी स्वीकारेर मुलुकलाई दिशा दिने नै इतिहासमा महान मानिन्छ। चोग्याललाई विस्थापन गर्नेहरूले सिक्किम बचाउन सकेनन्, शाहलाई हटाउनेहरूले अफगानिस्तानलाई शान्ति समृद्धिको बाटोमा लैजान सकेनन्। कास्मिर पुर्खाहरूको गद्दारीले ध्वंश भयो। त्यतिमात्र हैन समाज परिवर्तन हुन सत्तै्कन भन्ने मान्यता दक्षिण एसियामा स्थापित भयो। अहिले सिक्किम समृद्ध देख्नेले कास्मिरको प्रश्न किन उठाउँदैनन्? फ्रान्सको राज्यक्रान्तिको कुरा गर्नेले अफगानिस्तानको सबाल किन उठाउँदैनन्? पुरानोलाई विस्थापित गर्नेहरू पनि ध्वंश गर्ने र दिशा नदिनेभन्दा भिन्न हुन सक्दैनन्। कम्बोडियामा त्यहाँका सेनापति लोननोलले राजा नरोदम सिंहानुकलाई विस्थापन गर्दा कस्लाई सहयोग पुग्यो? सननकथान र लोननोल गठबन्धनको परिणाम पोलपोटको उदय होइन र?
रुसमा अक्टोवर क्रान्तिले स्थापित गरेको राजनीतिक मान्यता बचाउन नसक्नुको अर्थ लेनिननै गलत थिए भन्ने होइन। त्यो त स्थापित मान्यता संरक्षण गर्न नसक्नेहरूको विफलता पो हो। हरेक क्रान्ति या संघर्षको वैचारिक धरातल हुन्छ। अहिलेको नेपालका राजनीतिक दलहरूले भन्दै आएको क्रान्ति या संघर्षको धरातल के हो?
सन् १९१७ को अक्टोवर क्रान्तिले स्थापित मान्यता भत्कँदा सन् १९९० मा लेनिनको सालिक उखेल्नेहरु को थिए? जारका सालिक त्यहाँ संरक्षितै थिए। यसैले अब भन्नैपर्ने हुन्छ, त्यतिबेला लेनिनका सालिक फोर्नेहरू हुन् वा पृथ्वीनारायण शाहका सालिक फोर्ने आफूलाई क्रान्तिकारी भन्ने गोरखपुरपन्थीहरू अन्ततः कम्युनिस्टहरूले भन्दै आएजस्तोे विश्व साम्राज्यवाद र उसको दक्षिण एसियाली प्रतिनिधि वा एजेन्ट नै हुन्।
लेनिनको जगमा स्थापित सोभियत सेनाले लेनिनको सालिक उखेल्नु र नेपाल एकीकरणको जगमा निर्मित सेना लोननोलका नयाँ संस्करणहरूका कारण मौन रहनुमा तात्विक भिन्नता छैन। अब राजनीतिक रूपमा प्रजातान्त्रिक आवरणको लेन्डुप प्रवृत्ति, वामपंथी आवरणको माओको हत्याको प्रयास गर्ने लिनप्याओ प्रवृत्ति र सेना प्रहरीभित्रको लोननोल प्रवृत्तिबाट देशभक्तहरूको संयुक्त लडाइले मात्र मुलूकको रक्षा गर्नेछ र छिमेकीलाई पनि आस्वस्त पार्न सक्नेछ। लोननोलले कम्बोडियामा राजा नरोत्तम सिंहानुकलाई हत्या गर्न नसकेपछि विस्थापित गरेका थिए
तर परिस्थिति भिन्न छ। कम्बोडियामा लोननोललाई साथ दिने सननकथान प्रवृत्तिका नेपाली अवतारहरू आज पुर्खाहरूको सकारात्मक प्रशंसा गर्ने र त्यसलाई वैचारिकरूपमा कैद गरेर नकारात्मक परिणाम निकाल्न चाहन्छन्। दरवार हत्याकाण्डदेखि राजतन्त्रको विस्थापन गर्दासम्म देशभक्तलाई घेराबन्दी गरेर यही दक्षिणपंथी घेराले विदेशी आडमा भूमिका खेले। नेपालका अतिदक्षिणपंथीहरू राजतन्त्रका विषयमा जनमत संग्रहको माग गर्छन् तर वैशाख ११, २०६३ को राजा र ७ दलबीचको संझौताको कुरै उठाउँदैनन्। यी राजावादी आवरणमा विदेशी एजेन्ट हुन्।
राष्ट्रिय राजनीतिमा असलहरूद्वारा खराब प्रवृत्तिविरुद्ध वैचारिक संघर्ष अहिलेको आवश्यकता हो। त्यसले मात्र मुलुकलाई सही निकास दिन सक्नेछ। अन्यथा दाहिने संघर्षमा देब्रे अर्थात् दक्षिणपंथी संघर्षमा गोरखपुरपंथीसँगको सामिप्यले राजनीतिक निकास दिन सत्तै्कन। त्यसैले अबको निकास २०६३ वैशाख ११ को राजा र दलहरूबीचको संझौता कार्यन्वयनबाट निस्कन्छ।