कुशवाह बर्खासी मठाधीशलाई रिझाउन नसकेर भएको हो। भ्रष्टाचार त देखाउने दाँतमात्रै हो।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को तर्फबाट शिक्षा मन्त्री बनाइएका रामचन्द्र कुशवाहलाई उनकै पार्टीले सरकारबाट हटायो। उनीमाथि राहत शिक्षक नियुक्तिमा भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ। यस्तै उनीमाथि जनशिक्षा सामाग्री केन्द्रको छाप्ने कागज खरिदमा पनि आर्थिक हिनामिना गरेको बात लागेको छ। पार्टीले औपचारिकरूपमा नभने पनि कुशवाहलाई हटाउनुको कारण भ्रष्टाचारै हो। कुशवाहको सट्टामा पार्टीले सर्वेन्द्रनाथ शुक्ललाई मन्त्रिपरिषद्मा पठाएको छ।
कुशवाह प्रकरण अहिले सेलाउन लागेको देखिन्छ। कुशवाहले भ्रष्टाचार गरे वा गरेनन्? गरेका भए कति गरे? कति संख्यामा राहत शिक्षक नियुक्त गरे? शिक्षकहरूबाट के कति असुले? यस्ता यावत् प्रश्नको उत्तर खोज्न आवश्यक छैन। कारण, उनलाई शिक्षा मन्त्रीबाट हटाउनुका पछाडि राहत शिक्षक कोटा वितरण र जनकशिक्षाको कागज खरिदमा सीमित छैन। यी प्रकरण देखाउने दाँत मात्र हुन्। यसको अर्थ कुशवाहले भ्रष्टाचार गरेका छैनन् भनेर प्रतिवाद गर्न खोजिएको होइन। उनले सार्वजनिक लेखा समितिमा 'सागरमा बस्ने माछाले पानी खाँदैन र? भन्ने जस्ता प्रश्न गरेर कमाइ गरेको संकेत आफैँले दिएका छन्।
कुशवाहले राहत शिक्षक नियुक्तिमा भ्रष्टाचार गरे, नगरेको राष्ट्रिय योजना आयोगका सदस्य तीर्थ खनियाको संयोजकत्वको समितिले पत्ता लगाउने अपेक्षा गरौँ। फागुन ११ मा गठित खनिया समिति 'कार्यरत' रहेको बताइएको छ।
कुशवाहलाई भ्रष्टाचारकै कारण सरकारबाट बर्खास्त गरिएको हुँदो हो त प्रधानमन्त्री माधवकुमार नेपाल धन्यवादका पात्र बन्नेथिए। तर, भ्रष्टाचारको आरोप त्यत्तिकै लगाउन पाइँदैन। त्यस्तै, भ्रष्टाचार गरेको आरोपमा मन्त्री पदबाट हटाएरमात्र हुँदैन, थप कारवाही हुनुपर्छ। हुन त, प्रधानमन्त्री नेपालले आफ्नो सरकारमा पालिएका भ्रष्टहरू निकाल्दै जाने हो भने कुनै पनि मन्त्री बाँकी नरहने डर छ।
कुशवाहको मन्त्री खोसिनुका कारण सतहमा देखिएको राहत शिक्षक कोटा नै हो भने पत्याउन सकिँदैन। उनले आफ्नो पार्टीका मठाघीशहरूको मन जित्न सकेनन्। दाता रिझाउन सकेनन्। अनि बर्खासीमा परे।
कुशवाहविरुद्ध दाताहरू लागेका थिए। शिक्षा मन्त्रालय आफैँमा गैरसरकारी संस्था जस्तो जोसुकैसँग पनि हात थाप्नुपर्ने अवस्थामा छ। शिक्षाका नाममा धेरै परियोजना सञ्चालित छन्। शिक्षाका परियोजनाका लागि दाताले पैसा दिएरमात्र पुग्दैन। दाताका सर्त मान्नुपर्ने हुन्छ। दाता सन्तुष्ट हुनुपर्छ। दाता रिझाउन नसके सत्ताबाट हात धुनुपर्छ भन्ने संकेत कुशवाह प्रकरणले दिएको छ। शिक्षाका परियोजनाका लागि एसियाली विकास बैंक, विश्व बैँक र नर्बे, स्विडेनलगायतका राष्ट्रको सहयोग छ। सरकारको विद्यालय क्षेत्र सुधार अर्न्तगतका विभिन्न परियोजनाका नाममा दाताहरूले यस वर्ष झण्डै १३ अर्ब दिनुपर्ने हुन्छ। उनीहरूले ५ वर्षका लागि ५३ अर्ब रुपैया दिने बचन दिएका छन्। कुशवाहबाट ठूला माछा मार्न नसकिने र मारेको अवस्थामा भाग नपाइने देखेर उनलाई हटाइएको त होइन? कमिसनको चक्रमा दाताहरू पनि सुकिला साबित हुन नसक्ने अवस्था छ।
दाताहरूले अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई ११ फागुनमा भेटेर कुशवाहलाई निकाल्न दबाव दिएका थिए। कुशवाह नहटे पैसा नदिने दाताहरूको धम्कीपछि कुशवाहको विकल्प खोज्न दलहरू वाध्य भएका हुन्। त्यसो त कुशवाहविरुद्ध उनको पार्टीभित्र हुर्किएको 'हृदयवाद' प्रमुख कारण मानिन्छ। नेपाली कांग्रेस छोडेर तमलोपाको अध्यक्ष बन्न पुगेका महन्थ ठाकुर सहअध्यक्ष हृदयेश त्रिपाठीको प्रभावमा पर्दै गएको देखिन्छ। तमलोपाका मठाधीश हृदयेशलाई रिझाउन नसक्नु कुशवाहको मूल कमजोरी ठहरियो। आशा गरौँ, पंचायतकालदेखि खाइखेलेका सर्वेन्द्रले हृदयेशहरूलाई आफ्नोविरुद्ध लाग्न दिने छैनन्।
हृदयेश प्रपञ्च रच्न कुशल खेलाडी मानिन्छन्। प्रजातन्त्रको आगमनदेखि लगातार लेखा समितिमा हालिमुहाली गर्न सफल हृदयदेशले कुशवाहलाई भ्रष्टाचारीको आरोप लगाउनसक्ने हैसियत राख्छन् वा राख्दैनन्? लेखा समितिले कुशवाह प्रकरणको छानबिन गर्ने जिम्मा चुरे भावर पार्टीका अध्यक्ष केशव मैनालीको संयोजक भएको समितिलाई दिइयो। मैनाली मधेश विद्रोहविरुद्धको पहाडी साम्प्रदायिकताका उपज हुन्।
कुशवाहले पार्टीले जर्बजस्ती निकालेको आरोप लगाएका छन्। तमलोपाले अलोकतान्त्रिक काम गरेको उनको दाबी छ। कुशवाहलाई राजीनामा गर्न लगाएको भए महन्थ ठाकुर अध्यक्ष रहेको पार्टीको सुझबुझपूर्ण राजनीतिक निर्णय भन्न सकिन्थ्यो। तर, लेखा समितिको हवाला दिँदै, विदेशीहरूको दबाबमा कुशवाहको मन्त्री पद खोसियो। कुशवाहले स्पष्टीकरण दिन नपाएको गुनासो गरेका छन्। कुरो लोकतान्त्रिक अभ्यासको हो। तमलोपा यस मामलामा चुक्न हुँदैनथ्यो। तराई , मधेशका नाममा विकसित राजनीतिक परिदृश्यमा तमलोपा संभावनायुक्त क्षेत्रीय राजनीतिक पार्टीका रूपमा उदाएको छ। मधेशीजनाधिकार फोरममा र सदभावना अस्तित्वको लडाईँ लडिरहेको समय तमलोपाका लागि विकास र विस्तारको उपयुक्त अवसर हो। तर तपलोपा त सत्ता राजनीतिको खेलाडी पो बन्न पुगेको छ।
आयोगको प्रशासन सक्षम, प्रभावकारी र जिम्मेवार तथा यसका सबै काम कारबाहीलाई पारदर्शी होस् भन्ने हाम्रो आग्रहलाई नेतृत्वले उपेक्षा गरेको छ।