खुद शून्य कार्बन उत्सर्जनको प्रतिबद्धता लगातार बढ्दो क्रममा छ। विश्वका सम्बद्ध देशहरू, कम्पनी तथा अन्य सरोकारवालाहरूले सन् २०३० सम्म अथवा निश्चित मितिसम्म हरितगृह ग्यास उत्सर्जन हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्। तर यो खुद शून्य उत्सर्जनका लागि व्यक्त गरिएको प्रतिबद्धताले मात्र पेरिस सम्झौताले चाहेजस्तो विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न सकिने अवस्था देखिएको छैन। यो केबल खुद शून्य उत्सर्जनको लक्ष्यप्रतिको बाटो मात्र रहने देखिएको छ।
यसमा सम्बद्ध विज्ञहरूको बुझाइ एक छ। सन् २०२१ मा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०५० सम्मको अवधिलाई ५–५ बर्षमा बाँडेर खुद शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न र तापमान वृद्धिलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्नका लागि विस्तृत खाका तयार पारेको थियो। यो समीक्षाले सन् २०३० सम्ममा खनिज इन्धनबाट हुने ८ अर्ब टन कार्बन डाइअक्साइडको उत्सर्जन घटाउनुपर्ने देखाएको थियो। यसरी हाल भैरहेको ३४ गिगाटन कार्बन डाइअक्साईड उत्सर्जनलाई घटाएर सन् २०३० सम्ममा यसलाई २६ गिगाटनमा झार्नुपर्ने आवश्यकता उक्त प्रतिवेदनले औल्याएको छ।
यो लक्ष्य हासिल गर्न प्रतिवर्ष हुने उत्सर्जनलाई ५.८ प्रतिशतले घटाउनुपर्ने हुन्छ। यदि विश्वको अर्थतन्त्र बर्सेनि २ प्रतिशतले बढ्ने हो भने विश्वको अर्थतन्त्रमा रहेको कार्बन सघनता (कार्बन इन्टेनसिटी) लाई प्रतिवर्ष ७.८ प्रतिशतले घटाउनुपर्ने हुन्छ। पछिल्ला ४० वर्षमा अर्थतन्त्रमा रहेको कार्बन इन्टेनसिटी लगातार घटे पनि अपेक्षा गरेको दरमा यो छैन। उदाहरणका लागि सन् १९८० देखि सन् २०२१ सम्म हरेक वर्ष सरदरमा यो १.३ प्रतिशतले मात्र घटेको देखिएको छ।
कार्बन डाइअक्साइड उत्सर्जन घटाउन मात्र होइन, स्थिर राख्नसमेत यो दर असफल देखिन्छ। वास्तवमा कार्बनको सघनताको घट्ने दर भन्दा विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को वृद्धि दर यो अवधिमा दुई प्रतिशत पोइन्टले बढी रहेको देखिन्छ। यसले उत्सर्जन यो अवधिमा झण्डै दुई गुणाले बढेको देखिएको छ। यो अवधिमा कार्बन सघनता घटाउन पर्याप्त प्रयास नभएका कारण यसो भएको हो। उदयोन्मुख अर्थतन्त्रका राष्ट्रहरू झन धनी भएका कारण यो उत्सर्जनमा कमी आएको हो। विकसित देशको अर्थतन्त्रमा कार्बन सघनता कम रहने गर्दछ।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको विषयमा नीति निर्माताहरूको ध्यान बढेको छ तर कार्बन उत्सर्जन कटौतीको दरमा यो उत्साह देखिएको छैन। सन् २०१० यता कार्बन उत्सर्जन कटौतीको दर १.९ छ। हाल विश्व अर्थतन्त्रमा आपूर्ति शृंखलामा आएको समस्याका कारण आगामी केही वर्षको सरदर आर्थिक वृद्धि २ प्रतिशतमा सीमित रहने देखिएको छ। यसले कार्बन सघनतालाई घटाउन पनि मध्यम हिसाबको प्रभाव पार्ने देखिन्छ। यो अवधिमा विश्वले गर्ने कार्बन डाइअक्साइड उत्सर्जन सबै भन्दा उच्चतम स्तरमा पुग्ने आकलन गरिएको छ। विश्व अर्थतन्त्रको वृद्धि दर झन उच्च रहन डिजिटल प्रविधिको विस्तारको अत्यधिक भूमिका रहेको अवस्थामा कार्बन सघनता घटाउने प्रयासलाई सघाउ पुग्नेछ।
यो अवधिमा हुने कार्बन उत्सर्जनको उच्चतम विन्दु महत्वपूर्ण कोसे ढुंगा हुनेछ। तर यो विन्दु पार गरेपछि यो दरमा तीव्र गिरावट नआएमा हामीले त्यतिबेला पनि पृथ्वीको वायुमण्डलमा ३५ गेगाटन कार्बनडाइअक्साइड थपिरहेका हुनेछौँ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको रिपोर्टले सन् २०३० र सन् २०५० सम्मका लक्ष्य हामीले हासिल गर्न नसकेको अवस्थामा के हुनेछ भन्ने विषयमा प्रष्ट पारेको छैन तर यो परिदृश्यमा विश्वका तापक्रम वृद्धिलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न लगभग असम्भव हुने देखिन्छ।
त्यसो त, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका लक्ष्य हासिल गर्न हामीसँग संयन्त्र छन्। प्रतिवेदनले भनेझैँ यो दशकमा थप कुनै प्रविधिगत नवीनता आवश्यक पर्ने छैन। यसैगरी यसका लागि लाग्ने खर्च पनि त्यतिविघ्न धेरै हुने छैन। किनभने पछिल्ला वर्षमा सौर्य तथा वायु ऊर्जाको लागत मूल्यमा उल्लेखनीय ह्रास आएको छ। तर यो प्रविधिको उपलब्धता र पहुँच विश्वका कुनै पनि कुनामा सहजै पुर्याउनुपर्ने आवश्यकता उत्तिकै टड्कारो देखिएको छ। एजेन्सीको प्रतिवेदनमा दिइएको समयसारिणीअनुसार यो दिशामा प्रगति हुन नसकेको अवस्थामा विश्वको ध्यान यता जान आवश्यक छ।
यसरी सन् २०३० सम्म कार्बन डाइअक्साइड उत्सर्जनलाई २६ गिगाटनमा सीमित राख्ने लक्ष्य हासिल गर्न सम्भव देखिँदैन। यो अवधिका विश्वको अर्थतन्त्रमा जुन दरले कार्बन सघनता घट्नुपर्ने हो, त्यसको एक चौथाइले मात्र यो घट्ने देखिन्छ। कतिपय २६ गिगाटनको लक्ष्यलाई उपयोगी तथा सकारात्मक मान्छन् तर व्यावहारिकरूपमा यो हासिल गर्न संभव देखिँदैन।
त्यसो त, हासिल गर्न नसकिने लक्ष्यमा टिकिरहनु नै मानिस र पृथ्वीका लागि सही बाटो हो भनेर मान्न सकिएला तर यस्ता लक्ष्यलाई परिमार्जन गरेर व्यावहारिक बनाउनु पनि उत्तिकै आवश्यक छ। हासिल गर्न नसकिने लक्ष्य तोकिँदा यो प्रयासको विश्वसनीयतामा प्रश्नचिह्न लाग्न सक्छ र सर्वसाधारणहरू यो लक्ष्य हासिल गर्न उत्प्रेरित नहुन सक्छन्। तर महत्वाकांक्षी लक्ष्यलाई परित्याग गर्दा जलवायु संकटका हिसाबले फर्कनै नसक्ने विन्दुमा पुग्न सकिने संभावनलाई पनि उत्तिकै ख्याल गर्नुपर्ने देखिन्छ।
विश्वले जुनसुकै बाटो रोजे पनि, चुनौती एउटै छ, त्यो हो– कार्बन उत्र्सजनलाई नाटकीय र तीव्र गतिमा घटाउनुपर्ने आवश्यकता। भन्नलाई त यो सजिलो छ तर यसको कार्यान्वयन उत्तिकै जटिल छ। विश्वको अर्थतन्त्र भनेको फरक संस्कृति र राजनीतिक व्यवस्था भएका १९५ देशका समुच्च अर्थतन्त्र हो र यी देशहरू विकासका फरक चरणमा छन्। विश्वमा असीमित प्रकारका व्यापार तथा व्यवसाय सञ्चालनमा छन् र विश्वको हालको जनसंख्या ८ अर्ब छ।
यो विषयमा रहेको थप जटिलता अर्काे छ। त्यो हो ऊर्जा रूपान्तरण र जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रयासहरू असमान छन्। अन्तर्राष्ट्रिय जलवायु वार्तामा यो प्रखररूपमा देखिने गरेको छ।
तर, चुनौतीलाई सरलीकृत गर्ने उपायहरू पनि छन्। विश्वमा हुने कुल हरितगृह ग्यास उत्सर्जनको आधा हिस्साा चीन, अमेरिका, युरोपियन युनियन, जापान, भारत क्यानडा, अस्ट्र्ेलिया र रुससहितका ७ बटा देशले लिएका छन्। अर्काेतर्फ जि–२० समूहको कार्बन उत्सर्जनको हिस्सा ७० प्रतिशत छ। त्यसैले यी देशले सघन र समन्वात्मक हिसाबले उत्सर्जन कटौतीका लागि प्रयास गर्ने हो भने यसले ठूलो असर पार्न सक्छ। यसले उत्र्सजन कटौतीको विश्वव्यापी लक्ष्य हासिल हुन सक्छ। यो दिशामा गरिने प्रविधिगत तथा व्यवस्थापकीय लगानीले खुद शून्य कार्बन उत्सर्जनको लक्षित उद्देश्य हासिल गर्न सहज हुनेछ।
(स्पेन्स अर्थशास्त्रका नोबेल पुरस्कार विजेता हुन। उनी स्टानफोर्ड विश्वविद्यालयअन्तर्गतको ग्राडुएट स्कुल अफ बिजनेसका पूर्वडिन पनि हुन।)