सकारात्मक सुरुआत
१७ फागुन २०६६
•
७ मिनेट पाठ
सकारात्मक सुरुआत
'नेपाल भ्रमण वर्ष-२०११' मा प्रमुख दलहरूले बन्द, हडताल, चक्काजामजस्ता कार्यक्रम नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नु सकारात्मक सुरुआत हो। बन्द, हडताल र चक्काजामलाई दैनिक जीवनको अनिवार्य नियतिका रूपमा भोग्न बाध्य सामान्य नागरिकका लागि यो सुखद खबर हो। खासगरी, पटकपटक यस्ता कार्यक्रम गरिरहने प्रमुख विपक्षी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जनाएको लिखित प्रतिबद्धताबाट बढी आशा जागेको छ। यसबाट राजनीतिक दलहरूमा सुझबुझ पलाएजस्तो पनि देखिएको छ।
लोकतन्त्रमा विरोध वा समर्थन गर्ने अधिकार हुन्छ। अधिनायकवादी र निरङ्कुश व्यवस्थामा मात्र विरोध प्रदर्शन गर्ने अधिकार हुँदैन। लोकतन्त्रमा जनतालाई जागृत गराउने, आफ्नो पक्षमा ल्याउने र जनसमर्थनको बलमा आफ्ना माग पूरा गराउने छुट हुन्छ। तर, हाम्रो मुलुकमा लोकतन्त्रको यस सुन्दर पक्षको दुरुपयोग गरिएको छ। विरोध गर्नु भनेकै बन्द, हडताल र चक्काजाम गर्नु हो भन्ने मान्यता विकास गरिएको छ। आशा गरौँ- नेपाल पर्यटन वर्षका अवसरमा दलहरूले गरेको प्रतिबद्धता अरूका लागि पनि प्रेरणाप्रद हुनेछ।

हाम्रोजस्तो मुलुकमा बन्दको सफलता वा असफलताले मागको औचित्य र जनसमर्थनको मापन पनि गर्दैन। बन्द सफल हुुनु माग अनुमोदन भएको ठान्ने हो भने राजतन्त्र र हिन्दु राज्यको पुनःस्थापनाको माग राख्दै कमल थापाले गरेको बन्दको ‘सानदार सफलता' लाई के भन्ने? अघिल्लो दिन जनजातिले ‘सङ्घीयता नभई हुँदैन' भनेर बन्द गर्दा पनि सफल हुन्छ भने भोलिपल्ट राष्ट्रिय जनमोर्चाले ‘सङ्घीयता चाहिँदैन, देश टुक्र्याउन पाइँदैन' भनेर बन्द गर्दा पनि त्यत्तिकै सफल हुन्छ। अनि बन्दको सफलतालाई कसरी बुझ्ने? त्यसैले स्पष्ट छ, यो बन्द, हडताल र चक्काजाम सफल हुनु त्रास, आतङ्क र भयको परिणाम हो, मागको अनुमोदन होइन।

नागरिकमा हिंस्रक मानसिकता बढ्दै गएको छ। स्कुले विद्यार्थीसमेत बैंक डकैती, अपहरण, हत्याजस्ता जघन्य अपराधमा संलग्न हुने क्रम बढ्दै जानुले वर्तमानलाई मात्र होइन, हाम्रो भविष्य पनि प्रभावित हुने जोखिम बढ्दै गएको छ। गम्भीर प्रकृतिका अपराध र नृशंश अपराधीको सङ्ख्या बढिरहेको छ। धम्की र अपहरण क्रमशः पेसाकै रूपमा विकास हुँदैछ। सङ्गठित अपराधका घटना बढिरहेका छन्। अझ दाउद इब्राहिम र छोटा राजन जस्ता कुख्यात अपराधीका नेपाली ‘पार्टनर' राजधानीमै सक्रिय भइरहेका छन्।

मुख्य कुरा, अहिलेसम्म राजनीतिक दलहरूले आर्थिक पूर्वाधार विकासमा ध्यान नदिएका कारण यी समस्या आएका हुन्। देश अन्धकारमा छटपटाइरहेको छ। सबैलाई थाहा छ- आजको आजै विद्युत् उत्पादन हुँदैन। तर, मुलुकको सबभन्दा ठूलो दल ठूला जलविद्युत् आयोजना सञ्चालन हुनै नदिन कम्मर कसेर लागिरहेको छ। यसबाट उसले आफैँ नाराका रूपमा अघि ल्याएको ‘१० वर्षमा १० हजार मेघावाट' बिजुली कसरी उत्पादन होला? नीतिगत रूपमा त सत्तामा हुँदा र नहुँदा एउटै मापदण्ड हुनुपर्छ। खासगरी, कूटनीति, विदेशी लगानी, ठूला आयोजना निर्माण, जलविद्युत् विकासजस्ता महत्वपूर्ण विषयमा दलहरुले ‘राजनीति' गर्न छाड्ने हो भने मुलुक अहिलेको अवस्थाबाट धेरै माथि उठ्नेछ। सरकार परिवर्तन भइरहन्छ। तर, राज्यका मूलभूत नीतिमा निरन्तरता हुनैपर्छ। सरकारको अनुमतिमा वित्तीय संस्थाहरूले घरजग्गामा लगानी गरेका छन्। उनीहरूले दिएको ऋणबाट कम्पनीहरूले जग्गा किनेका छन्, निर्माण सामग्री खरिद गरिसकेका छन्। तर, अहिले घर निर्माण गर्ने बेलामा लगानी रोकिँदिँदा के हालत हुन्छ? अब ब्याजको त कुरै छोडौँ, साँबै कसरी फिर्ता आउँछ? त्यसैगरी, सरकारको अनुमतिमा ऋण लिएर क्रसर उद्योग खोलिएका छन्। तर, अहिले रोडागिट्टी निकासीमा प्रतिबन्ध लगाउँदा उनीहरूले त्यो ऋण कसरी तिर्छन्? हचुवा र भीडको मागका आधारमा निर्णय हुने गरेका कारण नेपालमा राज्यको नीतिमा निरन्तरता नभएको परिणामस्वरूप यस्ता असंगति उत्पन्न भइरहेका छन्।
एक वर्षमात्र होइन, अब दलहरूले सधैँका लागि बन्द, हडताल र चक्काजाम नगर्ने घोषणा गर्नुपर्छ। करिब ४० वर्षअघि हाम्रै अवस्थामा रहेका मुलुक आज विकासको उच्चतम अवस्थामा पुगिसक्दा पनि हामी जहाँको तहीँ छौँ। गरिबका नेता र गरिब देशका दल हुन अब हाम्रो राजनीतिक नेतृत्वले लाज मान्नुपर्छ र आफूलाई सम्पूर्ण रूपमा आर्थिक विकासमा लगाउनुपर्छ। तत्कालका लागि, माओवादीका लडाकुको व्यवस्थापन गरी तीन महिनाभित्र संविधान बनाएर आफ्नो सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित गर्नुपर्छ।
अर्को समाचार
न्युजिल्यान्डसँग खेल्दै नेपाल
१३ माघ २०७२
•
७ मिनेट पाठ
न्युजिल्यान्डसँग खेल्दै नेपाल
काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

आइसिसीको पूर्ण सदस्य राष्ट्र न्युजिल्यान्ड यु–१९ विश्वकपमा उपविजेता भइसकेको टोली हो। न्युजिल्यान्ड १९९८ को विश्वकप फाइनलमा इङ्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो। अनुभवी न्युजिल्यान्डविरुद्ध जित पाउन नेपाली टोलीलाई त्यति सहज छैन। तर, युवा टोली सकारात्मक नतिजा निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताउँछन् कप्तान राजु रिजाल।

सन् २००६ मा श्रीलंका सम्पन्न विश्वकप नेपालका लागि सम्झनयोग्य संस्करण हो। जहाँ नेपालले प्लेट च्याम्पियनसिप जित्दा न्युजिल्यान्डलाई नै १ विकेटले हराएको थियो।

नेपालले सातौं संस्करणका रूपमा यु–१९ विश्वकप खेल्दैछ। हरेक दुई वर्षमा हुने प्रतियोगिता नेपालले सन् २००० देखि खेल्न थालेको हो। तर, २०१० र २०१४ को संस्करणमा भने नेपाल छनोट हुन सकेन।

गत अक्टोबरमा मलेसियामा यु–१९ विश्वकप छनोटको उपाधि जित्दै नेपाली युवा टोलीपुनः विश्वकपमा पुनरागमन गरेको हो। छनोट प्रतियोगिता जित्दाका १२ खेलाडी अहिले टोलीमा छ।

पछिल्लो समय नेपाली क्रिकेटमा आशालाग्दा खेलाडीमा देखिएका छन् कप्तान रिजाल। टोलीमा पुराना खेलाडी हुनु कप्तान राजुका लागि फाइदाजनक हुनसक्छ। त्यसले टोलीको समन्वयमा धेरै सहयोग गर्ने उनको विश्वास छ। उनीभन्छन्, 'टोलीमा छनोट खेलाडी पुराना साथीहरू छन्। छनोटमाभन्दा अहिले प्रतिस्पर्धा धेरै फरक छ। यद्यपि हाम्रो लक्ष्य राम्रो नतिजा निकाल्ने हो।'

यु–१९ विश्वकप पहिलोपल्ट सन् २००० मा खेल्दा नेपाल आठौं स्थानमा रहँदै फर्किएको थियो। त्यसयता नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै उपलब्धि हासिल गरिसकेको छ।

यस प्रतियोगितामा नेपालकोपहिलो लक्ष्य तीनपटक यु–१९ विश्वकप उपाधि जितिसकेको भारतसम्मिलित समूहबाट दोस्रो चरण पुग्ने हुनेछ। समूह 'डी' नेपालले आयरल्यान्डसँग पनि खेल्नेछ। कप्तान राजु भन्छन्, 'हाम्रो लक्ष्य दोस्रो चरण पुग्ने हो। त्यसपछि हाम्रो कम्तीमा एउटा टेस्ट राष्ट्रलाई हराउने लक्ष्य छ। क्रिकेटमा जे पनि हुनसक्छ। हामी त्यस्तो नतिजा निकाल्ने कोसिस गर्छौं।'

प्रतियोगिताका लागि नेपालले भारतमा अन्तिम तयारी गरेको थियो। कीर्तिपुरमा सुपर लिग गरेर छानेका खेलाडीले भारतको नयाँ दिल्ली र हिमान्चल प्रदेशमा विशेष प्रशिक्षण गरेका थिए। भारत भ्रमणमा नेपालले अफगानिस्तानसँग अभ्यास खेल खेलेको थियो। तर, दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो।

प्रशिक्षक जगत टमाटा विश्वकपमा आफ्नो क्षमताअनुसार खेल्नेनेपालको मुख्य लक्ष्य भएको बताउँछन्। उनले भनेका छन्, 'हाम्रो पहिलो लक्ष्य विश्वका लागि छनोट हुने थियो। अहिले हामी उच्च स्तरको प्रतियोगिता खेलिरहेका छौं। हामी मैदानमा आफ्नो क्षमताअनुसार खेल्ने लक्ष्यमाहुन्छौं।'

विश्वकप सुरु हुनुअघि ढाकामा भएका दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो। नेपालले पाकिस्तानलाई १ सय १० र श्रीलंकालाई ६५ रनले नतिजा सुम्पेको थियो।

प्रतियोगिताअघिको हारले कमजोरी सुधार्न सहयोग गर्ने बताउँछन् प्रशिक्षक टमाटा। उनले भने,'तयारी राम्रो भएको छ। अभ्यास खेलमा हाम्रा बलरले राम्रो गरे। त्यसबाट हामी खुसी छौं। ब्याटिङमा केही समस्या देखियो। सुरुआती ब्याट्सम्यानले आत्मविश्वाससाथ खेल्न सकेका छैनन्। त्यो अनुभवले हो। विस्तारै उनीहरूले राम्रो गर्ने विश्वास छ।'

युएईमा २०१४ को यु–१९ विश्वकप खेल्दा न्युजिल्यान्ड १०औं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो। तर, यसपल्ट राम्रो प्रदर्शन गर्नेमा न्युजिल्यान्डका कप्तान जोस फिनिइ आत्मविश्वासी देखिन्छन्। प्रतियोगिताका लागि न्युजिल्यान्डले अस्टे्रलिया र पाकिस्तानसँग त्रिकोणात्मक खेल खेलेको थियो। त्यसमा न्युजिल्यान्डले दुई खेल जितेको थियो। कप्तान जोसले भने, 'दुबईको अनुभवले प्रतियोगितामा राम्रो गर्न सहयोग गर्नेछ। हामी साँच्चिकै प्रतिभाशाली खेलाडी भएको समूहमा खेल्न गइरहेका छौं। त्यसमा केही जोडी खेलाडीले उच्च स्तरको क्रिकेट खेलिसकेका छन्।'

विश्वमै न्युजिल्यान्ड क्रिकेट 'ब्ल्याक क्याप' ब्रान्डले परिचित छ। क्रिकेटमा ब्ल्याक क्यापको उदाहरण नै न्युजिल्यान्डका लागि सकारात्मक कुरा भएको कप्तान जोस बताउँछन्। उनले भने, 'मलाई लाग्छ, न्युजिल्यान्डमा सबै क्रिकेटरले विकास गरिरहेका छन्। यो हाम्रा लागि महत्वपूर्ण कुरा हो र प्रतियोगितामा त्यसले ठूलो महत्व राख्छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस