'अब सहमत हौं।' नारायणकाजीजीले भन्नुभो-'अन्यथा दुर्घटना हुन्छ।'
'कसरी सहमत हुने?' केपीजीले सोध्नुभो-'सहमति हुने हो भने मेरो आपत्ति छैन।'
'सबै विकल्प खोल्ने।' झलनाथजीले भन्नुभो-'त्यसपछि सहमत हुन सकिन्छ।'
'त्यसो भए खोलौँ।' नारायणकाजीजीले सोध्नुभो-'पहिले कस्ले खोल्ने?'
'ठूलो दल भएका नाताले पहिले कामरेडले खोल्ने।' झलनाथजीले भन्नुभो-'त्यसपछि हामी खोलौँला।'
'हामी खोलेका खोलेकै छौँ।' नारायणकाजीजीले भन्नुभो-'कति खोल्नु?'
'संविधान बनाउने उपाय त निकाल्नै पर्छ।' अर्जुननरसिंहजी बोल्नुभो-'मुख्य विषय यो हो।'
'त्यसै हो।' नारायणकाजीजीले भन्नुभो-'यसका लागि प्याकेजमा डिल गर्नुपर्छ।'
'त्यसो गर्न सबै विकल्प खोल्नुपर्छ।' झलनाथजीले भन्नुभो-'प्रश्न केमात्र हो भने, कस्ले खोल्न सुरु गर्ने!'
'सरकारमा तपाईँ हुनुहुन्छ।' नारायणकाजीजीले भन्नुभो-'तपार्इँ सुरु गर्नोस्।'
'सरकारमा म होइन।' झलनाथजीले भन्नुभो-'मेरो पार्टीमात्र छ।'
'मेरो चाहिँ पार्टीसमेत सरकारमा छैन।' नारायणकाजीजीले भन्नुभो-' पहिले एक पटक थियो, ओली कामरेडहरूले देखिसक्नु भएन।'
'तपाइहरूको सरकार थियो नै त्यस्तै।' केपीजीले भन्नुभो-'त्यही भएर त्यसो गरेको।'
'तपाइहरूको चाहिँ नि!' नारायणकाजीजीले भन्नुभो-'त्यता हेर्यो कि वाक्वाकी लाग्छ।'
'अब यसो गरौँ।' झलनाथजीले भन्नुभो-'सबैलाई हेर्न हुने सरकार बनाउँ। '
'त्यसो गर्न के गर्ने?' अर्जुनजीले प्रस्ताव राख्नुभो-'छलफल त्यसमा केन्द्रित गराँै।'
'सबै दल सत्तामा जाने।' झलनाथजीले भन्नुभो-'मिलेर जाने, बाँडेर खाने।'
'यसले निकास निस्केला त?' अर्जुनजीले सोध्नुभो-'संविधान बन्ला?'
'त्यो चाहिँ भन्न सकिँदैन।' झलनाथजीले भन्नुभो-'नसक्ने कुरा कसरी भन्ने!'
'एक पटक सभापतिजीलाई सोधे के होला?' अर्जुनजीले प्रस्ताव राख्नुभो-'केही उपाय निस्केला कि?'
'पुराना कुरा बिर्सनोस्।' सभापतिजीले सल्लाह दिनुभो-'नयाँ कुरा सम्झनोस्।'
'मैले पुराना कुरा बिर्सिएँ।' केपीजीले भन्नुभो-'त्यही भएर संयन्त्रको बैठकमा आएको।'
'ठीक गर्नुभो।' सभापतिजीले सोध्नुभो-'माधवजी आउनु भएन?'
'म आएपछि माधवजीको के काम?' केपीजीले भन्नुभो -'त्यही भएर नआउनु भएको।'
'लौ छलफल गर्नोस्।' यसो भनेर सभापतिजी आराम गर्न जानुभो।
'पुराना कुरा के थिए?' केपीजीले छलफलमा सहभागी हुँदै सोध्नुभो-'पहिलो पटक आएकाले मलाइ थाहा भएन।'
'पुराना कुरामा विकल्प थिएनन्।' झलनाथजीले भन्नुभो-'नयाँ कुरामा विकल्प छन्।'
'त्यसो भए विकल्प खोलाँै।' नारायणकाजीजीले भन्नुभो-'नखोलुन्जेल समाधान छैन।'
'म पहिलेदेखि खोल्ने पक्षमा छु।' झलनाथजीले भन्नुभो-' लौ खोल्न थालाँै।'
'खोल्ने सबालमा हाम्रो पार्टी खुलस्त छ।' नारायणकाजीजीले भन्नुभो-'सबाल के हो भने पहिले कस्ले खोल्ने?'
'नयाँ कुरा सम्झने।' झलनाथजीले भन्नुभो-'पुराना कुरा बिर्सने भनेको, हामी पुरानै कुरामा फर्कियौँ।'
'नयाँ कुरामा पुग्न जोड र कोण मिलेको छैन।' नारायणकाजीजीले भन्नुभो-'पहिले त्यो मिलाउँ।'
'कस्को मिलेन जोड र कोण?' केपीजीले सोध्नुभो-'मैले कुरो बुझिन।'
'तपाइको जोड मिलेको छैन।' नारायणकाजीजीले भन्नुभो-'अर्जुनजीको कोण मिलेको छैन।'
'कसरी मिल्छ?' केपीजीले भन्नुभो-'अझै प्रष्ट भएन।'
'झलनाथजी बसेको हेर्नोस् त!' नारायणकाजीजीले भन्नुभो-'कस्तो जोड र कोण मिलाएर बस्नु भएको छ।'
'तपाईँ बसेको चाहिँ खोइ मिलेको? केपीजीले भन्नुभो-'सजिलो गरेर बस्नोस्।'
'म संकल्प प्रस्तावमा घुँडा टेकेर बस्तिन।' नारायणकाजीजीले भन्नुभो-'तपाइँहरू पनि कोण मिलाएर बस्नोस्। अन्यथा देश दुर्घटनामा जान्छ।'
'त्यसो हुन दिनु हुदैन।' अर्जुनजीले भन्नुभो-'देश दुर्घटनाम गयो भने हामी कता जाने?'
'सत्तामा कसरी जाने?' झलनाथजीले सोध्नुभो-'बाँडेर कसरी खाने?'
'त्यही भएर विकल्प खोलौँ।' नारायणकाजीजीले भन्नुभो-'खोल्न थाली हालौँ।'
'तपाइहरू पहिले खोल्नोस्।' केपीजीले भन्नुभो-'त्यसपछि म खोल्छु।'
'किन? नारायणकाजीजीले सोध्नुभो-'किन तपाईँ पछि खोल्ने?'
'पछि आएकाले किन अगाडि खोल्ने?' केपीजीले अडान राख्नुभो-'म संयन्त्रमा सबैभन्दा पछि आएको हुँ।'
'त्यसो भए अर्को बैठकमा खोल्ने।' नारायणकाजीजीले भन्नुभो-'दिनभर बसेर भए पनि खोलेरै छाड्ने।'
'खोल्नोस्।' केपीजीले भन्नुभो-'मेरो आपत्ति छैन।' थप्नुभो-'तपाइहरूले खोल्दा मलाई लाज हुने होइन।'