जनताको सक्रियताले मात्र राजनीतिक नेताहरूको स्वेच्छाचारिता नियन्त्रण र राज्यको रूपान्तरणको आवश्यक पूर्वाधार निर्माण गर्न र संविधानसभालाई निस्त्रि्कय पार्ने षड्यन्त्र विफल पार्न सक्छ।
राजनीतिक प्रतिबद्धता हुँदाहुँदै पनि संविधानसभाबाट निर्धारित समयमा नयाँ संविधान जारी नहुने आशंकाले सबैलाई चिन्तित तुल्याएको छ। राजनीतिक शक्तिहरूले अन्तिम समयमा हचुवापूर्ण ढंगले जर्बजस्ती जनताका नाममा संविधान जारी गरे भने त्यसलाई आत्मसात गर्न कठीन हुनेछ र जनताको अपनत्व सुनिश्चित् गर्नुपर्ने सिद्धान्तको पनि उल्लंघन हुनेछ। संविधान निर्माणजस्तो महत्वपूर्ण प्रक्रिया राजनीतिक शक्तिको स्वार्थअनुरूप टुंग्याउन खोजिए नेपाली नागरिकको ६ दशक पुरानो चाहनामा पनि कुठाराघात हुनेछ। त्यस अवस्थामा आफ्नो संविधानका लागि नेपालीले अर्को संघर्ष गर्नुपर्ने हुन्छ।
राजनीतिक दलहरूबीच बढ्दो अविश्वास, सत्ता संघर्षको खेल र दलीय खिचातानीका कारण देशको राजनीति एवम् संविधान निर्माण प्रक्रियामा थप जटिलता सिर्जना भएका छन्। संविधानसभामा प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक दल तथा तीनका नेतामा समय छँदै राम्रो संविधान निर्माण गर्ने जिम्मेवारी पूरा गर्नेभन्दा अर्को राजनीतिक समूहमाथि आरोप लगाएर पानीमाथि ओभानो हुनखोज्ने होड चलिरहेको छ। समग्रमा कुनै पनि राजनीतिक दल संविधान निर्माणका सबालमा संवेदनशील र जिम्मेवारपूर्ण ढंगले प्रस्तुत भएको नदेखिएको छैन। फलतः संविधानसभाको अस्तित्वसमेत संकटमा पर्न थालेझैँ लाग्छ।
सरकारमा रहेका राजनीतिक दलहरू विशेषतः नेपाली कांग्रेस तथा नेकपा (एमाले) संविधान निर्माणका सबालमा विपक्षी एनेकपा (माओवादी)माथि दोष थोपरेर चोखिने प्रयास गरिरहेका छन् र सरकारमा टिक्ने जोडघटाउमा व्यस्त छन्। माओवादीका नेताहरूले संविधानसभाको अवधि बढाउँदा आकास नखस्ने तर्क गरेर जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन् र संविधान निर्माणका लागि आफ्नै दलको नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान राखेका छन्। सरकार टिकाउने तथा गिराउने खेलको चपेटामा परेको संविधान निर्माण प्रक्रिया वास्तवमा बेवारिस भएको छ।
संविधानसभाको संरचनाका आधारमा पनि नयाँ संविधान जारी गर्न प्रमुख शक्तिहरूबीच राजनीतिक सहमती अनिवार्य हुन्छ। बहुमत-अल्पमतको राजनीतिक दाउपेच र भावी चुनावी रणनीतिका रूपमा संविधान निर्माण प्रक्रियालाई उपयोग गरिएमा नयाँ संविधान जारी हुनै सक्तैन। त्यस अवस्थामा देशले राजनीतिक-संवैधानिक संकटको सामना गर्नुपर्नेछ।
अप्रत्यक्ष ह्विप र दलीय हठ तथा विभाजनको सिकार भएको संविधानसभालाई फलदायी बनाउन देशका सचेत नागरिकको भूमिका अपरिहार्य हुन्छ। संविधान निर्माणका क्रममा सार्वभौम नागरिकहरू राजनीतिक शक्तिहरूको प्राथमिकतामा नपर्नु दुर्भाग्य हो। राष्ट्रनिर्माण प्रक्रियामा सम्पूर्ण नागरिकको भूमिकाको सम्मान सुनिश्चित् गरिनुपर्छ भने नागरिक समाजका संगठित आवाजका माध्यमबाट सर्वसाधारणलाई राष्ट्रिय अभियानमा सहभागी गराउन तिनलाई परिचालन गर्नुपर्छ। विडम्बना संविधानसभा जनमत संकलनजस्तो कार्यमा सभासद्लाई खटाएर महत्वपूर्ण समय बर्बाद गरियो। यसैगरी नागरिक समाजका नाममा सीमित व्यक्तिसंग औपचारिकता पूरा गर्नमात्र परामर्श गरिएको छ। त्यसबाट देशको ठूलो जनसंख्या संविधान निर्माणको महत्व तथा प्रक्रिया बारेमा जानकारी पाउन वञ्चित भएको छ। अर्थात्, संविधान निर्माण प्रक्रिया काठमाडौं केन्द्रित सम्भ्रान्त वर्गको सेरोफेरोमा सीमित रहन पुगेको छ।
सबै अग्रगामी राजनीतिक परिवर्तनमा सराहनीय भूमिका रहेका नागरिक समाजका प्रतिनिधि विशेषतः गैरसरकारी संस्था, शिक्षकहरूलाई राज्यले औपचारिकरूपमा परिचालन गर्न सकेको भए संविधानसभालाई जनताको संविधान बनाउन मद्दत पुग्ने थियो।
राष्ट्र निर्माणमा नागरिकको सकारात्मक भूमिका आवश्यक पर्छ। विडम्बना, देशमा लोकतन्त्र संस्थागत गर्ने प्रक्रिया अगाडि बढिसकेको र गणतन्त्रका आधार तयार भइसकेको अवस्थामा पनि नागरिक र नागरिक समाजका संस्था राजनीतिक दलसरह दलीय चिन्तन र गुटउपगुटमा विभाजित छन्। नागरिकलाई संगठित गर्ने र तिनका आवाजलाई राज्यको माथिल्लो निकायमा पुर्याउने अगुवा नागरिक तथा तीनले नेतृत्व गर्ने संस्था आग्रहपूर्वाग्रहबाट संचालन हुन थालेपछि संविधाननिर्माण प्रक्रियामा जनताको अपनत्व सुनिश्चित नहुनु अस्वाभाविक होइन। फलस्वरूप संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् तथा राजनीतिक दलको गैरजिम्मेवारीपनका कारण हुन गएको ढिलासुस्ती, अक्षमता र अनिश्चितताका कारण मस्यौदा संविधानमाथि गरिने जनपरामर्शको अवधि १२ साताबाट घट्दै गएर तीनसातामा सीमित हुँदा पनि अगुवा नागरिक तथा तीनका संस्थाबाट कुनै प्रतिक्रिया नआउनु आश्चर्य हो।
नेपाल संविधान निर्माणको संख्यामा विश्वमा अग्रपंक्तिमा रहेपनि संविधानका कारण जहिलेपनि देशमा राजनीतिक अस्थिरता कायम रहिरह्यो। इतिहासमा बिरलैमात्र गठन हुने संविधानसभा आवधिकरूपमा निर्वाचित हुने व्यवस्थापिकामा रूपान्तरित भएर सत्तापक्ष-विपक्षको दलीय ध्रुवमा विभाजित हुँदा संविधान निर्माण प्रक्रियाबाट सामान्य नागरिक पन्छाइएका छन्। नागरिकहरू जागरुक नभए देशका नियम, कानुन तथा संविधान निर्माण प्रक्रिया शासक तथा राजनीतिक दलको नियन्त्रणमा स्वतः पर्नेछ। यस अवस्थामा नागरिकको भूमिका रचनात्मक हुन नसके देशमा राजनीतिक अस्थिरता, अन्योल र अनिश्चितता थपिने निश्चित् छ।
समयमा संविधान निर्माण नभएमा संवैधानिक र कानुनी संकट आउने तर्क कानुनविदले गरेका छन्। राजनीतिक शक्तिहरू संकट उत्पन्न हुनेमा विश्वस्त भएपनि स्वीकार गर्न तयार छैनन् भने संविधानसभाको समय बढाएर पनि निकास निकाल्न सकिने तर्क दिइरहेका छन्। द्वन्द्व विश्लेषकहरू संविधान निर्माण शान्ति प्रक्रियाको अभिन्न अंग भएकाले यसलाई उचित व्यवस्थापन गर्न नसके शान्ति प्रक्रियाविरोधी शक्ति सक्रिय हुनसक्ने खतरा औल्याउँछन्। त्यसपछि देशमा जातीय तथा साम्प्रदायिक हिंसा बढ्नसक्ने आशंका पनि उनीहरूले गरेका छन्। यस विषम परिस्थितिमा संविधानसभालाई जनमुखी बनाउन नागरिकको सक्रियता बढाउनुपर्छ।
नागरिकहरू संगठित या व्यक्तिगत कुनै पनि रूपमा संविधान निर्माणका सबालमा सार्वजनिक गतिविधि वा सभासद्हरूमार्फत् सक्रिय हुनुपर्छ। जनताको संविधान जारी गराउन नागरिकहरूबीच छलफल तथा बहस जरुरी छ। यसैगरी, संविधानसभाका सदस्य तथा राजनीतिक दलमाथि निरन्तर दबाब पनि आवश्यक छ। राष्ट्रियरूपमा जनदबाब सिर्जना नगरिएसम्म जनताको संविधान निर्माण हुन सक्तैन। साथमा नागरिकले संविधानसभाका उपसमितिबाट प्रस्तावित मस्यौदा र संवैधानिक समितिबाट तयार हुने मूल मस्यौदामा रचनात्मक सुझाव प्रदान गर्नुपर्छ। यसैगरी नागरिक समाजले पनि संविधानसभाका जिम्मेवार व्यक्तिसँंग नियमित परामर्श गर्नुपर्छ।
संविधाननिर्माण प्रक्रियाका माध्यमबाट जनताको सहभागिता र अपनत्व सुनिश्चित् गर्न सके लोकतन्त्रको संस्थागत विकास भई गणतान्त्रिक पद्धतिको स्थायित्व हुन्छ। जनताको सहभागिताबिना जारी हुने संविधान आत्मसात गर्न नागरिकलाई कठिन हुन्छ। जनताले स्वीकार नगरेको संविधानले देशका समस्या समाधान गर्नुको साटो जटिलता थप्छ। देश सबैको साझा हो। यसैले दायित्व पनि सबैको हुन्छ। यसैले नागरिक समाज पनि राजनीतिक दलमाथि आरोप लगाएर दोषमुक्त रहन सक्तैनन्। अतः आफ्नो भूमिका पूरा गर्न सबै पक्ष सजग हुनैपर्छ। जनताको सक्रियताले मात्र राजनीतिक नेताहरूको स्वेच्छाचारिता नियन्त्रण र राज्यको रूपान्तरणको आवश्यक पूर्वाधार निर्माण गर्न र संविधानसभालाई निस्त्रि्कय पार्ने षड्यन्त्र विफल पार्न सक्छ। साथै, जनसहभागिता भएको संविधान निर्माण प्रक्रियाले मात्र देशमा जारी शान्ति प्रयासलाई निष्कर्षमा पुर्याउन र दीगो शान्तिका आधारस्तम्भ निर्माण गर्न सहयोग पुर्याउँछ।
लेखक द्वन्द्व विश्लेषक हुन्।