नयाँ शक्ति र अर्थतन्त्र
०६ असार २०७३
•
१४ मिनेट पाठ
नयाँ शक्ति र अर्थतन्त्र
देशमा पूर्वप्रधान मन्त्रीको नेतृत्वमा नयाँ राजनीतिक पार्टी खुलेको छ। नेपालमा राजनीतिक पार्टीको त कुनै कमी थिएन तर पनि यो पार्टी गठनले एक प्रकारको तरंग ल्याएको कुरामा भने दुई मत छैन। अहिले सत्तामा र प्रतिपक्षमा रहेका सबैजसो पार्टीका नेता/कार्यकर्ता, हिजो सत्ता सञ्चालन गरिसकेका र कहिल्यै पदको मुख नदेखेका नेताहरु, स्थायी सरकार वा कर्मचारीतन्त्रका सानोदेखि ठूलो पदमा रहेका, कलाकार, उद्यमीदेखि सबैखाले र नेपाली समाजमा नाम चलेका, दाम भएका सबैखाले व्यक्तिको जमघटले पनि यो पार्टीकौ गठन समाचार ठूलै बन्यो।

नवगठित पार्टीले कहिले चुनाव जित्ला वा कहिलेदेखि जनताका लागि काम गर्ला, त्यो अलग कुरा हो तर पार्टीका संयोजकको विगत र पार्टीको मुख्य नारा हेर्दा कताकता तालमेल नभएको जस्तो लाग्छ। हिजोका दिनमा माओवादीले पहिलो पटक आफ्नो नेतृत्वको सरकार चलाउँदाका अर्थ मन्त्री र अलिपछिका प्रधान मन्त्री संयोजक रहेका यो पार्टीको नारा पनि आर्थिक नै छ। नारा बनाउन नेपालका कम्युनिस्ट खप्पिस छन्। नाराले मात्र देश विकास हुने भए विगत पच्चीस वर्षमा नेपालीले जति मीठा नारा संसारका कुनै देशका नागरिकले सुनेका छैनन् होला। आर्थिक विकासको नाराका साथ गठन भएको पार्टीको आर्थिक नीति भने पार्टी गठनकौ भेला र बन्द सत्रले पारित गर्न सकेन। यसलाई दुर्भाग्य नै मान्नुपर्छ। एकछिनलाई भर्खर गठन भएको पार्टीलाई स्वागत गर्न सकिए पनि यो पार्टीको तलका केही बुँदामा उसका स्पष्ट राय नआएसम्म उसलाई कुनै हालतमा विश्वास गर्न सकिन्न।

आर्थिक विकासको पहिलो जग भनेको नयाँ शक्तिको मूल राजनीतिक दर्शन र अर्थशास्त्रका मूलभूत खम्बाप्रति उसकौ दृष्टिकोण नै हो। नयाँ शक्ति च्याउसरी उमि्रएका कम्युनिस्ट पार्टीहरुको झुण्डमा अर्को एक थप कम्युनिस्ट पार्टी हो कि नेपाली कांग्रेसबाहेक अरु कुनै आउन नसकेको र देशले चाहेको प्रजातान्त्रिक पार्टी हो? देशमा एउटा प्रजातान्त्रिक पार्टीको विकल्प चाहिएको छ। जति भाषण फलाके पनि एमालेले कहिल्यै प्रजातन्त्रमा विश्वास गरेन। उसका लागि प्रजातन्त्र भनेको चुनावमा भाग लिनु र भागबन्डाको राजनीतिमा मात्र सीमित हुन पुग्यो। अझ हालका प्रधान मन्त्री पार्टी अध्यक्ष भइसकेपछि त पार्टी प्रजातान्त्रिक पद्धति पालनामा एक कदम अगाडि र दुई कदम पछाडिको स्थितिमा छ। माओवादी र मधेसी दलहरुबाट प्रजातान्त्रिक पद्धतिको विकासको आशा त कसले गरेका होलान् र? यस्तो परिस्थितिमा नेपालमा एउटा दरो प्रजातान्त्रिक पार्टीको कताकता अभाव महसुुस नभएको भने हैन। अर्को कम्युनिस्ट पार्टी त देशलाई चाहिएकौ हुँदै हैन र यदि नयाँ शक्तिले आफूलाई कम्युनिस्ट पार्टी भन्छ भने आजै उसको पतनका दिन सुरु भएको दिनगन्ति सुरु गरिदिए हुन्छ। यदि ऊ कम्युनिस्ट पार्टी बन्ने हो भने आर्थिक विकासकौ कुरा नगरे हुन्छ। किन गठन भएको दिनदेखि जनता झुक्याउने काम गर्ने? नेपालमा कम्युनिस्ट सिद्धान्त असफल भइसकेको र देश विकासको बाधक भनेकै कम्युनिस्ट हुन् भन्ने तथ्य अब कसैबाट लुकेको छेन। हुन नसक्ने कुरा गर्ने, अरुको आलोचना गर्ने र आफू सिन्को नभाँच्ने उनीहरुको मुख्य काम हो। अझ कतिपय कम्युनिस्टको झण्डा बोकेर गोष्ठी र भाषणमा आफूलाई सीमित राख्दै देश दोहनमा लागेका देखिन्छन्।

अब कुरा गरौं अर्थशास्त्रका आधारभूत तत्व र आर्थिक विकासबारे। आर्थिक विकासका लागि व्यापार अनि उद्यौग फस्टाउनुपर्‍यो, रोजगारीका अवसर सिर्जना हुनुपर्‍यो। यी मूलभूत र सामान्यभन्दा सामान्य नियम हुन् जसलै पनि बुझ्ने। उद्योग र व्यापार फस्टाउन पुँजीको सहजता, चुस्त संगठन, समयसापेक्ष नियम/कानुन, भ्रष्टाचारमा पार्टी र सरकारको असंलग्नता र निर्वाध काम गर्ने वातावरण अत्यन्त आवश्यक तत्व हुन्। माथिको अत्यावश्यक तत्वमा नयाँ शक्तिको धारणा के हो त?

पुँजी र पुँजी बजार :   आर्थिक विकासका लागि सबैभन्दा पहिला पुँजी चाहियो। कताबाट आउँछ पुँजी? सरकारले लगानी गरेर फेरि कलकारखाना खोल्ने र कर्मचारी तथा मजदुरको नाममा भोटर जम्मा गर्ने? आफू अर्थ मन्त्री हुँदा पुँजी बजारलाई जुवाको खाल भन्ने पार्टी संयोजकको पुँजी बजारबारेको धारणा अझै त्यही हो कि समयले परिवर्तन गरायो? यदि त्यही नै धारणा हो भने जतिजति नयाँ शक्ति राजनीतिकरूपमा अगाडि आउँछ त्यति नै देशको अर्थतन्त्र धराशायी हुन्छ। यसमा कसैले कुनै प्रकारको शंका नगरे हुन्छ। उनको नेतृत्वसँग अर्थतन्त्रकौ पहिलो खम्बा पुँजी बजार सधैँं त्रसित हुन्छ। स्वदेशी लगानीकर्ताहरु पलायन हुन्छन्, विदेशीहरु आउने कुरा त परै जाओस्।

संगठन र निर्वाध उद्योगधन्दा चल्ने वातावरण :  नयाँ शक्ति पार्टीका संयोजकले नेतृत्व गरेको पार्टीलै गरेको हिंसात्मक आन्दोलनले देशको अर्थतन्त्र २५ वर्ष पछाडि धकेेलेको छ। उनकै पुरानो पार्टीको नीति र हस्तक्षेपका कारण हजारौंको संख्यामा उद्योगधन्दा बन्द भएका छन्, लाखौंको संख्याका मजदुरको रोजीरोटी खोसिएको छ। कतिले आत्महत्या गरेका छन्। मजदुर युनियनहरुको ज्यादतीका कारण सयौं व्यापारी पलायन भएका छन् र नेपालमै बसेकाले पनि दीर्घकालीन उद्योगधन्दामा लगानी गर्न अझै सकेका छैनन्। यी सबैको जिम्मेवारी उनले लिने कि नलिने? देशमा द्वन्द्वपीडितहरुलाई त सरकारले बिस्तारै राहत दिन थाल्यो तर माथिका उद्योगीलाई राहत दिने कुरामा यो पार्टीको धारणा के हो?

अझ एकछिनलाई यो विगत बिर्सनै खोजे पनि अबका दिनमा हड्ताल र मजदुर युनियनप्रतिको पार्टीको धारणा के हो? नयाँ शक्ति पार्टीले भन्न सक्छ– हामी कुनै पनि उद्योग वा व्यापारिक प्रतिष्ठानमा कर्मचारी वा मजदुर युनियन खोल्दैनौँ र हाम्रा कार्यकर्ता यस्ता गतिविधिमा संलग्न हुने छैनन् भनेर? यदि हैन अब पार्टीको केन्द्रीय कमिटी बनेको भोलिपल्टैदेखि (यदि बनेमा) रुग्ण हुँदै चलेका उद्योगमा फेरि युनियनको नाममा अर्को झण्डा गाडियो भने त्योभन्दा दुर्भाग्य यो देशको अरु कुनै हुनै सक्दैन। सरकारी कर्मचारी र शिक्षकहरुलाई नयाँ शक्तिले राजनीतिमा लगाउने कि नलगाउने?

आफ्ना कार्यकर्तलाई सार्वजनिकरूपमै सपथ ख्वाउने नयाँ शक्ति पार्टीले आफ्नो आचारसंहितामा लिखितरूपमै यो देशका कुनै पनि उद्योगमा हड्ताल गर्दिन, नेपाल बन्द जस्ता कार्यक्रम कहिल्यै गर्दिन र अरुले गरेको खण्डमा त्यसको विरोध गर्दै आफ्ना कार्यकर्तालाई प्रतिरोधमा उत्रन निर्देशन दिन्छु भन्न सक्छ? हिजो आफू प्रधान मन्त्री हुँदा बन्द हड्ताल गर्न नपाइनै नियम ल्याउन अरु पार्टीलाई दबाब दिने नयाँ शक्ति पार्टीका संयोजक नै अहिले आफू त्यो कुरा आफ्नो पार्टीबाट सुरु गर्न तयार छन्? छैनन् भने उनले अब बुझ्नुपर्ने कुरा के हो भने नाराले मात्रै देश हिजो पनि बनेन, आज पनि बन्दै छैन र भोलि पनि बन्ने छैन।

भ्रष्टाचारले हाम्रो समाजलाई आक्रान्त पारेको छ। हरेक क्षेत्रमा यसको जरा बलियो भएको छ र कम हुने कुनै छाँटकाँट देखिन्न। २०४७ सालपछिका वर्षहरु हेर्ने हो भने हरेक सरकार कुनै न कुनै आर्थिक काण्डमा मुछिए। छानबिन गर्ने निकायदेखि धेरैजसो निकाय राजनीतिको छायाँमा परेको हाम्रो समाजमा भ्रष्टाचारीमाथि खासै कारबाही भएन र त्यो क्रम अझै जारी छ। अझ सरकार र सरकारका मन्त्री सबैभन्दा धेरै भ्रष्टाचारी भएको भनिएको समय पनि नयाँ शक्ति पार्टीकै संयोजक प्रधान मन्त्री भएको बेलाको हो। ठूलो सरकार अनि एकपछि अर्को काण्ड र प्रधान मन्त्रीको मौनता। त्यतिमात्रै हैन, उनका आफ्नै नातेदारहरुको नाम विभिन्न भ्रष्टाचारसँग मुछिएर आएका खबर पनि पुराना भएका छैनन्। यस्तो सरकारको नेतृत्व गरेका संयोजकलाई अब आर्थिक अनुशासनयुक्त समाज निर्माणको ठेकेदार कसरी मान्ने? के रंगशालमा भएको खर्चको विवरण सार्वजनिक गर्दैमा पुराना सबै गल्ती माफ हुन्छन्? पुराना कुरामा सार्वजनिकरूपमा उनले स्पष्टीकरण दिनुपर्दैन? अरुको आलोचनामा सयौं लेख खर्च गर्ने संयोजकले अब पार्टी नै गठन गरिसकेपछि सबै प्रश्नको जवाफ दिनुपर्दैन? कि सधैँ जनता झुक्याउन उचित समयमा मात्रै जवाफ दिन्छु भनेर यथार्थबाट भाग्न मिल्छ?

जनता र देशका लागि काम गर्न सरकारमै जानुपर्छ भन्ने छैन। अहिले पनि सयौं यस्ता काम छन् जुन सरकारबाट बाहिर बसेर गर्न सकिन्छ। के नयाँ शक्ति त्यसका लागि तयार छ? के भूकम्पपीडितका लागि राहत दिन र सरकारबाहिरै बसेर देश विकासको खाका कोर्न त्यो पार्टी तयार छ? चुनावमा भाग लिनुभन्दा अगाडि उसले गर्ने व्यवहार नै उसको परीक्षा हुनेछ। शिक्षित पार्टीले यदि समयमै पहिला गरेका गल्तीमा क्षमा माग्दै अब कुनै हालतमा त्यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता दोहोर्‍याएमा पार्टी अगाडि आउन भने सक्छ।

तर माथिका तथ्य लुकाउन कहिले पाँचतारे होटेलमा छिर्दिन भन्नै अनि कहिले म मेरा लागि घर बनाउँदिन भनेर गरिबको मनोभावनामा खेलबाड गर्दै देशलाई अर्कौ २५ वर्ष पछाडि लैजानै काम गर्नुभन्दा कमसेकम एउटा दुईटा मात्रै राम्रो काम गरिदिए हुन्थ्यो। नत्र गफमात्रै गर्न र सिन्को नभाँच्न अहिल्ोकै प्रधान मन्त्री काफी छन् नेपालमा, किन अर्को नेता र पार्टी चाहियो र?
अर्को समाचार
कूटनीतिक गाडीमा कमजोर ड्राइभर
०३ कार्तिक २०७३
•
१४ मिनेट पाठ
कूटनीतिक गाडीमा कमजोर ड्राइभर
काठमाडौं- दुई ठूला छिमेकी चीन र भारतले दक्षिण, पश्चिम तथा पूर्वी एसियामा आफ्नो प्रभाव फैलाइरहँदा कमजोर कूटनीतिका कारण नेपाल त्यसबाट फाइदा लिन वञ्चित छ ।

अस्थिर राजनीतिले नेपालको कूटनीति कमजोर बनाउँदा शक्ति र अर्थतन्त्र दुवै दृष्टिले २१औं शताब्दीको उदयीमान राष्ट्र चीन र भारतले हासिल गरेको प्रगतिको लाभ नेपालले लिन नसकेको बुझाइ परराष्ट्र मामिला जानकार औंल्याउँछन् । 

‘भारतले पहिल्यैदेखि दक्षिण एसियामा आफ्नो विशेष प्रभाव देखाउँदै आएको थियो । पछिल्ला दिन चीनले पनि यो क्षेत्रमा सक्रियता बढाउन चाहेको देखिन्छ तर कमजोर कूटनीतिका कारण यसको फाइदा हामीले लिन सकेका छैनौं,’ पूर्वराजदूत नीलाम्बर आचार्यले भने, ‘हाम्रो कूटनीति कमजोर भयो भन्ने सन्देश बाहिर जानुले राम्रो संकेत गर्दैन ।’

केही सातायता भारत र चीनको दक्षिण तथा दक्षिणपूर्वी एसियामा बढ्दो प्रतिस्पर्धा छताछुल्ल देखियो । नोभेम्बरमा पाकिस्तानमा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलनमा भारतले सहभागी हुन नसक्ने जनाएपछि अन्य सार्क सदस्य भुटान, बंगलादेश, श्रीलंकाले विज्ञप्ति निकालेरै तत्कालको अवस्थामा सम्मेलनमा सहभागी हुन नसक्ने भन्दै भारतलाई साथ दिए ।

सार्क अध्यक्षसमेत रहेको नेपालले भिन्दाभिन्दै भावका तीनवटा विज्ञप्ति जारी ग¥यो । पाकिस्तानलाई एक्ल्याउने भारतको भित्री उद्देश्य पूरा गर्न नेपालले पनि साथ दियो । भारतले सार्कमा आफ्नो पकड रहेको पुनः देखायो ।

‘सबै राष्ट्रसँग नेपालले मित्रता कायम गर्नुपर्छ । मित्रताको प्रभावले होला, नेपालले भारततर्फ बढी झुकाव राखेको देखियो । सार्क अध्यक्ष हैसियतले गर्नुपर्ने जिम्मेवारी नेपालले निभाउन सकेन,’ नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका सदस्यसमेत रहेका नीलाम्बरले भने ।

आइतबार भारतको गोवामा सम्पन्न ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहको शिखर सम्मेलनमा भारतले सार्क सदस्यराष्ट्रलाई निम्तो नगरी आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्यलाई निम्तो दिएको थियो । सार्क सदस्यराष्ट्रमध्ये पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स मात्र बिमस्टेकमा सदस्य छैनन् । बिमस्टेकका हाल भारत, नेपाल, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्यान्ड सदस्य छन् ।

ब्रिक्स सम्मेलनबाट भारतले स्पष्ट दुई सन्देश दियो– पहिलो, भारतको स्वार्थ दक्षिण एसियाबाट पूर्वी एसियामा सरेको छ । दोस्रो, पाकिस्तानको उपस्थिति उसलाई मन पर्दैन । ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट शब्दमा पाकिस्तानलाई ‘आतंकवादको जननी’ बताए । आफ्नो राष्ट्रपति ब्रिक्स सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि चीनले भारतलाई जवाफ दियो, ‘पाकिस्तान चीनको असल मित्र हो ।’

‘भारत र चीनबीच केही कुरामा प्रतिस्पर्धा त केहीमा एकता छ । ब्रिक्समा एकता कायम गर्न खोजेका छन् भने दक्षिण तथा पूर्वी एसियामा कसले बढी प्रभाव छाड्ने भन्ने प्रतिस्पर्धा । यो प्रतिस्पर्धालाई हामीले बुझ्नुपर्छ,’ नीलाम्बर भन्छन्, ‘पछिल्लो समय चीन पाकिस्तानलाई एक्ल्याउने पक्षमा छैन ।’

केही सातायता भारत र चीनको दक्षिण तथा दक्षिणपूर्वी एसियामा बढ्दो प्रतिस्पर्धा छताछुल्ल देखियो । नोभेम्बरमा पाकिस्तानमा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलनमा भारतले सहभागी हुन नसक्ने जनाएपछि अन्य सार्क सदस्य भुटान, बंगलादेश, श्रीलंकाले विज्ञप्ति निकालेरै तत्कालको अवस्थामा सम्मेलनमा सहभागी हुन नसक्ने भन्दै भारतलाई साथ दिए ।

पाकिस्तानसँग चीनको विशेष सम्बन्ध छ । चीन आफ्नो पुरानो व्यापारिक मार्ग सिल्करोडलाई ब्युँताउने प्रयासमा छ । सिल्करोडको एउटा मार्ग पाकिस्तानसँग पनि जोडिन्छ । खाडी (अरब) राष्ट्रलाई जोड्ने यो मार्ग पुनः सञ्चालनमा ल्याउन चीनले पाकिस्तानको बलोचिस्तानमा अत्याधुनिक बन्दरगाह निर्माण गर्न ४० अर्ब अमेरिकी डलर खर्च गर्दैछ । भारत र पश्चिममा मुलुक चीनको यो प्रयास सफल नहोस् भन्ने पक्षमा छन् । सफल भयो भने चीनको खाडी राष्ट्रमा प्रभाव बढ्ने आँकलन उनीहरुको छ । यसैकारण भारतीय प्रधानमन्त्री मोदीले पछिल्ला केही महिनायता पाकिस्तानले स्वतन्त्र बलोचिस्तान माग गर्ने आन्दोलनकारीमाथि पाकिस्तानले दमन गरिरहेको आरोप लगाइरहेका छन् । यो कुरालाई मोदीले हालै मात्र संयुक्त राष्ट्रसंघको महासभामा समेत उठाए ।

चीनको पुरानो व्यापारिक मार्ग सिल्करोडको नाता नेपालसँग पनि छ । तीनवटा सिल्करोड नेपाल हुँदै सञ्चालन हुन्थे । पहिलो, मुस्ताङ भएर कालीगण्डकी गडतिरै गडतिर भारत जोड्ने, दोस्रो काठमाडौं उपत्यकालाई सिगात्से हुँदै ल्हासा जोड्ने र तेस्रो पश्चिम तिब्बतबाट हुम्ला, जुम्लाबाट दक्षिण जाने सिल्क रोडलाई ब्युँताउने योजनामा चीन र नेपाल सहमत भइसकेका छन् भने भारतलाई मनाउने प्रयास भइरहेको छ । यसैका लागि चीन र नेपालले त्रिदेशीय साझेदारी (नेपाल, चीन र भारत) को अवधारणा अघि सारेका थिए जसलाई भारतले रुचाएको छैन । ब्रिक्स सम्मेलनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल, चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच  त्रिपक्षीय अनौपचारिक भेटवार्तामा यो विषयले प्रवेश पाएको थियो तर स्रोतअनुसार मोदीले यसमा रुचि देखाएनन् ।

‘सिल्करोड ब्युँत्याई नेपालबाट भारत, बंगलादेश हुँदै म्यानमारसम्म जाने सोच चीनको छ,’ पूर्वराजदूत जयराज आचार्यले भने, ‘नेपालको राजनीतिक अस्थिरताका कारण चीनले योजना फेरबदल गर्न सक्छ । चीनसँग म्यानमारबाट प्रवेश गरी बंगलादेश हुँदै भारत प्रवेश गर्ने विकल्प छ ।’

चीनले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र पश्चिम एसियाको ठूलो बजारमा पकड जमाउन र आफ्नो अर्थतन्त्र मजबुत बनाउन पुरानो सिल्करोड ब्युँताउन खोजिरहेको छ । रणनीतिक रुपमा पनि सिल्करोड चीनलाई फाइदाजनक हुनेछ ।

प्रमुख समुद्री व्यापारिक मार्ग साउथ चाइना सी विवादमा तानिएपछि चीनले रणनीतिक दृष्टिकोणले पनि सिल्करोड अगाडि बढाएको हो । 

चिनियाँ राष्ट्रपति सी जिनपिङ बंगलादेश हुँदै ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतको गोवा पुगेका थिए । सीको भ्रमणका बेला चीन र बंगलादेशबीच २३ अर्ब अमेरिकी डलरबराबरको पूर्वाधार विकाससम्बन्धी २७ वटा सम्झौता तथा सहमतिपत्रमा हस्ताक्षर भयो । ब्रिक्स सम्मलेनमा सहभागी हुन आउँदा चिनियाँ राष्ट्रपतिले बंगलादेश र नेपालको भ्रमण गर्ने लगभग तय भएको थियो तर केपी शर्मा ओली सरकार परिवर्तनमा भारतीय हात रहेको र ओलीको पालामा चीनसँग भएको पारवहन लगायत महत्वपूर्ण सम्झौता कार्यान्वयनमा दाहाल सरकारले ढिलाइ गरेको भन्ने बुझाइ चिनियाँ पक्षमा परेपछि उनको नेपाल भ्रमण स्थगित भएको थियो ।

त्यसपछि उनी बंगलादेशहुँदै ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुगेका थिए ।   

‘चीनपछि विश्वबजारमा ठूलो परिमाणमा तयारी पोसाक निर्यात गर्ने राष्ट्र बंगलादेश हो । उसले वार्षिक २८ अर्बको तयारी पोसाक निर्यात गर्छ । तैपनि चीनले बंगलादेशमा त्यति ठूलो लगानी गर्दैछ । हामीकहाँ किन हुन सकिरहेको छैन, सोच्नुपर्ने बेला भएको छ,’ जयराज भन्छन् ।

राजनीतिक दलका नेता सत्ताकेन्द्रित मात्र भइदिँदा दुई ठूला छिमेकीले हासिल गरेको प्रगतिको लाभ नेपालले लिन नसकेको बुझाइ परराष्ट्र मामिला जानकारको छ । राजनीतिक खिचातानीका कारण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसकेको ठम्याइ उनीहरुको छ ।

‘नेपालसँग चीनको गाढा मित्रता छ, तर राष्ट्रपति आउनुभएन । हाम्रा राजनीतिक दलका नेताले अब गम्भीर भएर यसको कारण बुझ्न र आउँदा दिनमा त्यसो हुन नदिन जरुरी छ,’ नीलाम्बरले भने ।

एउटासँग सम्बन्ध राख्दा अर्कोको मुख हेर्ने नेताहरुको बानीले कूटनीति कमजोर बन्दै गएको उनी बताउँछन् । उनले थप स्पष्ट पारे, ‘मुख्य राजनीतिक दलबीच गम्भीरता भएन । गृहकार्य र पूर्वतयारी केही छैन । सबैभन्दा पहिला परराष्ट्र नीतिमा प्रमुख दलबीच एकता कायम हुनुपर्छ, अनिमात्र ठूला राष्ट्रसँग डिल गर्न सहज हुन्छ ।’ कमजोर कूटनीतिका कारण विश्व समुदायमा नेपालप्रतिको विश्वास घट्दो क्रममा रहेको उनी बताउँछन् ।

‘ठूला देशले प्रभाव बढाउन खोज्नु स्वाभाविक हो तर हामीले त्यसको सामना गर्नसक्ने कूटनीतिक क्षमता बनाउन सक्नुपथ्र्यो । त्यसमा हामी चुक्यौं । वर्तमान अवस्थामा चीन र भारतको प्रभावबाट मुक्त हुने क्षमता र सामथ्र्य हामीसँग छैन,’ जयराज भन्छन् ।

राजनीतिले कूटनीतिलाई गाइड गर्ने धारणा उनको छ ।  उनकै शब्दमा कूटनीति ‘गाडी’ हो भने राजनीति ‘ड्राइभर’ । राजनीतिज्ञले जता हाँक्यो, कुटनीति उतै जान्छ । उनी भन्छन्, ‘हाम्रा ड्राइभरलाई सत्ताको मात्र चिन्ता भयो ।’ यस्तो अवस्थामा नेपालसँग एउटै मात्र विकल्प रहेको बुझाइ जयराजको छ । ‘हामी उनीहरुको प्रभावबाट अलग रहेर विकसित हुन सक्दैनौं । त्यसैले हाम्रो पनि हित हुनेगरी उनीहरुको प्रयासमा साझेदार हुने बाटो नै सबैभन्दा उत्तम हो,’ उनले सुनाए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस