माननीय सदस्यहरू खबरदार !
२१ मंसिर २०७९
•
८ मिनेट पाठ
माननीय सदस्यहरू खबरदार !
मंसिर चार गते सम्पन्न संघीय संसद् र प्रदेश सभा निर्वाचनको पूरै परिणाम झण्डै तीन सातापछि सार्वजनिक भएको छ। मतदाताले आफ्नो अभिमत कांग्रेस र एमाले ब्लकतर्फ स्पष्टसँग बाँडिदिएका छन्। २०७९ को चुनावमार्फत मतदाताले एउटा पक्ष कांग्रेसले र अर्काे पक्षलाई एमालेले नेतृत्व गर्ने गरी दुई दलीय व्यवस्थाको पक्षमा जबर्जस्त मोहर लगाइदिएका छन्। त्यसका साथै मतदाताले साना पार्टीहरूलाई तिनका चुनौतीको रूपमा दुई दलको बीचमा उभ्याइदिएका छन्, जो उनीहरू सुध्रिनका लागि अवसर पनि हो। मतदाताको जबर्जस्त खबरदारी छ– ठूला पार्टी हो, तिमीहरू अब पनि सुध्रिएनौ भने आउँदो चुनावमा यी र यीजस्तै सशक्त उम्मेदवारहरूको पक्षमा हाम्रो मत जानेवाला छ। अहिलेदेखि नै सावधान होऊ ! हुँदैनौ र बासी कुरा बोकेर हिँड्छौ भने तिमीहरूको भविष्य पनि भारतीय राष्ट्रिय कांग्रेस र भारतीय कम्युनिस्ट पार्टी जस्तै प्रभावहीन, निम्छरो र बासी गुटमा रूपान्तरण हुनेछ !




मंगलबार बिहानै राजनीतिशास्त्रका प्राध्यापकसँग निर्वाचन प्रक्रिया, त्यस दौरान र सम्पन्न पश्चात कुन प्रवृत्तिमा मत खस्यो भनेर वाद, विवाद र संवादमा माथापच्ची गरियो। उनले मतदान भएको दिन नै भनेका थिए, ६० प्रतिशतको हाराहारीमा मत खस्यो भने धन्न ! उनीसँग उनको अध्ययनको आधारबारे पनि छलफल भयो। कुन दल र कुन स्वतन्त्र उम्मेदवारले कति मत ल्यायो भन्नेबारे पनि कुराकानी गहिरियो।

प्रतिनिधिसभाको प्रत्यक्ष १ सय ६५ र समानुपातिक ११० अर्थात २ सय ७५ स्थानको कुल मत परिणाम (कांग्रेस ८९, एमाले ७८, माओवादी ३२, स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, समाजवादी १०, जनमत (सिके राउत) ६, लोसपा ४, नाउपा (रेसम चौधरी) ३, जनमोर्चा १, नेमकिपा १ र अन्यले ५ स्थान) पाएको घोषणा भएको छ। यसको अर्थ के हो ? यो जनअभिमतबारे प्राध्यापक र उनका सहायकहरूसँग घनिभूत छलफलमा आधारित छ।  

१) निर्वाचनप्रति जनतामा उत्साह

निर्वाचनको सबैभन्दा महत्वपूर्ण सन्देश हो, निर्वाचनप्रति आमजनतामा उत्साह छ। जसले संख्यात्मक मात्र होइन गुणात्मक फड्को मारेको छ। निर्वाचनबाट छानिएका प्रतिनिधिमार्फत लोकतन्त्र संस्थागत, नागरिक अधिकार सुनिश्चित हुन्छ भन्नेमा मतदाताको विश्वास प्रकट भयो। संविधान प्रदत्त हक–अधिकारको ग्यारेन्टी, मुलुकमा विधिको शासन कायम रहन्छ। आवधिक निर्वाचनमार्फत सार्वभौमसत्ता प्रयोग गर्ने प्रतिनिधि छान्न सशक्त छौँ भन्ने अनुभूति निर्वाचनमा भएको जनसहभागिताले स्पष्ट पारेको छ। यद्यपि, संविधान जारीपछि २०७४ मा भएको निर्वाचनमा भन्दा ७ प्रतिशत मत कम खसेको छ।  

२) कांग्रेस र एमालेको पक्षमा जनमत

पंक्तिकारसँगका हरेक संवादमा प्राध्यापक भनिरहन्थे, जटिल राजनीतिको सहज निकासका लागि देश दुई दलीय ध्रुवमा प्रविष्ट हुँदैछ। त्यसपछि मात्र मुलुकको स्थिरता कायम हुन्छ र विकासले गति लिन सक्छ। अनि मात्र समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो सपना साकार हुन संभव छ। उनले हिजोको छलफलमा आफ्नो उही भनाइ दोहोर्‍याइरहे। यो महानिर्वाचनको अभिमत केही नैराश्यता सँगसँगै कांग्रेस तथा एमालेको पक्षमा आएको छ। त्यसैले यी दुई दलले मात्र लोकतान्त्रिक पद्धतिमार्फत जनताको अभिमतलाई संबोधन गर्न सक्छन् र गर्नुपर्छ भन्ने निष्कर्ष उनको छ।

यो मतपरिणामको ज्वलन्त उदाहरण हो समाजवादीले प्रत्यक्षमा दश सिटमा जितेर पनि राष्ट्रिय पार्टीको मान्यता पाउने जनमत नल्याउनु नै त्यसप्रतिको अस्वीकार र एमालेप्रतिको जनसमर्थन हो। अर्कोतर्फ गठबन्धन गर्दै सिट बाँडफाँट गरेर चुनावमा होमिएको गठबन्धनको मूल पार्टी नेपाली कांग्रेसको पक्षमा मत जाहेर र राजधानीलगायत सहरी क्षेत्रमा प्रतिनिधित्व भएको छ तर कुनै समय देशकै पहिलो पार्टी भएको माओवादीलाई मतदाताले थोरै सिटमा खुम्च्याइदिनु, राजधानीलगायतका सहरहरूबाट बढार्नु र दुर्गम तथा पिछडिएको क्षेत्रमा बाहुल्य देखिनु भनेको अन्ततः एमालेको विकल्प कांग्रेस र कांग्रेसको विकल्प एमालेलाई स्वीकार्नु हो। तसर्र्थ दुई ध्रुवीय राजनीतिको प्रष्ट सन्देश यो निर्वाचनले दिएको छ।

३) असन्तुष्टि, आक्रोश र झ्वाँक

विगत शासनसत्तामा रहनेहरूको कुशासन, भ्रष्टाचार, माफिया, बिचौलिया, दलाली, ठेकेदारी, डन, अपराधीहरूको राजनीतिमा हालीमुहाली, महँगी, बेरोजगारी, अव्यवस्था, राजनीतिका मठाधीशहरूको आधिपत्य र दलभित्रैका प्यादाहरूप्रतिको विमति, आक्रोश, घृणा र झ्वाँक मतदाताले घण्टी, हलो, माइक, ढकीमार्फत जाहेर गरे। कांग्रेसको महाधिवेशनमा हाकाहाकी राजेन्द्र लिङ्देनले जनताले नेता देख्ने बित्तिकै चोर आएछ भन्छन् र रवि लामिछानेले टिभी कार्यक्रम सञ्चालन गर्दादेखि नै जनतामा विकल्प दिन्छु भनेर हिँडेको ६ महिनामा आफूलाई चौथो र पाँचौँ पार्टीमा स्थापित गरे। पञ्चायतकालमा दलहरू चौथो, पाँचौँ र छैटौँ जस्ता विद्यार्थी संगठनहरूले पञ्चायतविरुद्धको जागरण जस्तैसन्देश प्रवाहित गरिरहेछन्। बहुदल र गणतन्त्रमा आइपुग्दा चौथो, पाँचौँ, छैटौँ बरालिए, स्खलित भए तर त्यो झिल्को अहिले स्वतन्त्र पार्टी र राप्रपाले जगाइदिए। यी अब चूप लागेर बस्ने देखिँदैनन्।

४) तराई–मधेसको विर्ता

तराई–मधेसको राजनीतिलाई विर्ता ठान्नेहरूलाई पूर्वी तथा मध्य पश्चिम तराईमा मतदाताले दोहोलो काढे। वैकल्पिक शक्तिका रूपमा सिके राउत, रेशम चौधरीलाई उभ्याइदिए। यो लरतरो सन्देश होइन। अब राजनीति कसैको ‘बिरादरी’ रहेन। विकल्प रोज्ने जनता जहिले पनि स्वतन्त्र, विवेकी हुन्छ। जनता जनार्दन हुन् भन्ने सन्देश यो निर्वाचनले पनि दिएको छ। यसको साथै विखण्डनकारी भनेर आरोपित तरार्ई मधेसका मतदाताले केपी ओलीले जारी गरेको चुच्चे नक्सामा अखण्ड नेपालको अभिमतमार्फत त्यसैमा मोहोर लगाइदिए। र, एमाले कांग्रेसको उपस्थिति तराई मधेसमा मजबुत बनाइदिए। मूलधारका दुई राष्ट्रिय पार्टी नै तराई मधेसको पनि विकल्प हुन् भन्ने पुनर्पुष्टि मतदाताले गरिदिएका छन्।

५) अजेन्डा र घोषणापत्रबिनाको निर्वाचन

यो निर्वाचनमा दलका घोषणापत्र कर्मकाण्डी मात्रै देखिए। न ती समयमा जारी भए नत मतदाताकहाँ नै पुगे। घोषणापत्रभित्रका अवयवहरूबारे निर्वाचनमा चर्चा÷परिचर्चा नै भएन। निर्वाचन त केवल उम्मेदवारको अनुहारमा केन्द्रित भयो जबकि लोकतन्त्रमा निर्वाचित दललाई मिडिया, बुद्धिजीवी, जनताले प्रश्न गर्ने र कसीमा राख्ने उसको घोषणापत्र र अजेन्डाकै आधारमा हो। पाँचवर्षको रोडम्याप, ब्लुप्रिन्ट भनेकै दलहरूको घोषणापत्रमा हुनुपर्ने हो तर त्यो नभैकन मतदाताले पात्र, प्रवृत्ति र सम्बन्धलाई हेरेर मात्र मत जाहेर गरे। जसका कारण पार्टीका मै हुँ भन्ने हस्तीहरू नपत्याउँदा भनिएकाबाट बल्ड्याङ खाए।

६) महामण्डलेहरूको कन्तबिजोग

नीतिबिनाको राजनीति दिगो हुँदैन। प्राध्यापकले छलफल अवधिभर जोडदिएर दोहो¥याइरहे, बुझ्नुभयो यो निर्वाचनमा महामण्डलेहरूलाई जनताले धुलो चटाइदिएर तिनको कन्तबिजोग नै पारिदिए। उनले आक्रोशित बन्दै भने, चुनावी तालमेलको नाउँमा पञ्चायतकालका महामण्डलेहरूलाई सूर्यचिह्न दिएर सघाइदिएको जनतालाई फिटिक्कै मनपरेको थिएन। एमालेको जनप्रियतामा भएको क्षयीकरणको प्रमुख कारण महामण्डलेहरूसँगको तालमेल हो। यसले के कुरा पनि सिद्ध गर्छ भने राजनीति भनेको निर्वाचनमा केही सिट बढाउने रणनीति मात्र होइन। यो निष्ठा, बिचार, आदर्श, सिद्धान्त र अडानको परीक्षा हो। तिकडमले मात्र नयाँ पुस्तालाई आकर्षित गर्दैन। यसका लागि राजनीतिक इमानदारिता, पारदर्शिता, सुशासन, समृद्धि र जनताको समुन्नति सोच्ने हुन्। कसले आफ्नो प्रतिबद्धता निश्चित समयमा पूरा ग¥यो कि गरेन ? युवा पुस्ताले त्यो हेरिरहेको हुन्छ। दायाँबायाँ, किन्तुपरन्तु गर्‍यो कि चैट। नारायणहरि !

७) राजधानी र सहरीक्षेत्रमा हावा–हुण्डरी

प्राध्यापकको विश्लेषण छ, यसपालिको निर्वाचनमा सहरी क्षेत्रका मतदाताले विशेष गरेर युवा र विदेशमा बसेका नेपालीले सहरी क्षेत्रमा हावा हुण्डरी र निर्वाचनमा विकल्पको तरंग ल्याइदिए। सात दशक बढीको राजनीतिक विकल्प हामी दिन सक्छौँ भन्ने वाम–कांग्रेसको विकल्प हामी दिनसक्छौँ भनेर स्थानीय निर्वाचनमा बालेन साह र हर्क साम्पाङले सुरु गरेको स्वतन्त्र अभियानलाई सांकेतिकरूपमा लालमोहर लगाइदिए।

८) किनबेचको व्यापार कायम

यसपालिको चुनावमा सहरीक्षेत्र र शिक्षित बहुल ठाउँमा किनबेच, दलबदलु हुन पाएन। तर दुर्गम, पिछडिएको, अशिक्षित, गरिबी, असहाय, निमुखा र झुपडपट्टीमा भने एकमतको दश हजार रूपैयाँ तिरेर पनि ठेकेदार, बिचौलिया, माफिया, डन, अपराधी, तस्कर, व्यापारी र तिनका संरक्षकले विजय हात पारे। सांसदको लोगो किन्न सफल भए। धाँधलीका अवशेष पनि कायमै रह्यो। तर प्राध्यापकले प्रतिप्रश्न गरिरहे– करोडौँ लगानी गरेर जनताको मत किनेर संसद्को लोगो भिर्नेहरूले कस्तो सुशासन दिन्छन् होला ? आफैँ कल्पना गर्नुहोस् !

९) सुशासन, समृद्धि र जनजीविकाको सहजता

निर्वाचनमा जनताको प्राथमिकतामा नयाँ अनुहारमार्र्र्र्र्फत विशेष गरी युवा र विकल्पका रूपमा प्रस्तुत भएका उम्मेदवारहरू केन्द्रित देखियो। सुशासन, समृृृृद्धि र जनताको दैनन्दिनीमा शासक होइन, सेवकको रूपमा काम गर्नेछौँ भन्ने अठोटसाथ उभिएका उम्मेदवारको पक्षमा भारी मत परेको छ। कतिपय विजयी पनि भएका छन्। यो जनमतको रूप र सार दुवै अबको राजनीति शासक बन्ने होइन, जनसेवामा समर्पित जनप्रतिनिधिका रूपमा काम गर्ने पात्रहरूको छनोटमा केन्द्रित हुनुपर्छ भन्ने कुराको प्रष्ट दिशानिर्देश गरेको छ। निर्वाचनको सन्देशको चर्चा गर्दा भुल्नै नहुने कुरा हो यो, प्राध्यापकले भनिरहे। उनले आफ्नो विश्लेषण बिट मार्दै निष्कर्ष निकाले–जनताले मतदान गरेर चुनिसकेपछि अब जनमतप्रति सम्मान गर्ने पालो निर्वाचित सांसदहरूको हो– पार्टीहरू, सांसदहरू हो जनताको मत र संसद्को लोगोप्रति सम्मान गर ! जनमतको सम्मान गर ! तिमीहरूको दिनगन्ती सुरु भैसकेको छ। माला–खादाले पुरिँदै, भोजभतेरमा लुटपुटिइरह्यौ, खरिद बिक्री, किनबेच मोलमोलाहिजा, सुरासुन्दरीमा लहसियौ भने छिटै नारायणहरि हुनेछौ !
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस