जिन थेरापी र ‘डिजाइनर' शिशु
११ फागुन २०६६
•
१२ मिनेट पाठ
जिन थेरापी र ‘डिजाइनर' शिशु
आधुनिक आनुवंशिक विज्ञानमा भएको प्रगतिबाट भविष्यमा आमाबाबुले इच्छाअनुसारको बुद्धि र रूप भएका सन्तान अर्थात् 'डिजाइनर शिशु' जन्माउने सम्भावना बढेको छ।




करिब १० प्रतिशत मानिसलाई जीवनको कुनै न कुनै समयमा जन्मजात वंशाणुगत रोग लागेको हुन्छ। अहिलेसम्म चिकित्सा शास्त्रले करिब २५ सय वंशाणुगत रोग पहिचान गरिसकेको छ। आउँदा दिनमा थप वंशाणुगत रोगको पहिचान हुने चिकित्सकहरूले बताएकाछन्। हृदय रोग, उच्च रक्तचाप, आर्थराइटिस, मधुमेहलगायत साइजोफ्रेनिया, अल्झाइमर, पार्किन्सन, सिस्टिक फाइब्रोसिस, क्यान्सर, हिमोफिलियाजस्ता वंशाणुगत रोग यसका केही परिचित उदाहरण हुन्। यी रोगका उपचारमा अहिले उपलब्ध चिकित्सीय कतिपय उपचार पद्धति आंशिकरूपमा मात्र प्रभावकारी देखिएकाछन्। त्यसैले वैज्ञानिकहरू केही समयदेखि यी रोग निको पार्न वढी प्रभावकारी वैकल्पिक उपचार पद्धतिको आवश्यकता महसुस गर्दैछन्।

कुनै पनि जीवको वंशाणुगत गुण तिनका वंशसूत्र (जिन अर्थात् डीएनए) मा निर्भर गर्दछ। डीएनए मानिसको कोषभित्रको न्युक्लियस अर्थात् केन्›क नामक गोलाकार अंगमा पाइने धागो आकारको संरचना गुणसूत्र (क्रोमोजोम) मा बसेको हुन्छ। यिनै डीएनएमा केही विकार वा खराबी उत्पन्न भए मानिसलाई विभिन्न प्रकारका वंशाणुगत रोग लाग्ने गर्छ।

मानिसको जैविक प्रक्रिया सामान्य र सन्तुलितरूपमा सञ्चालन हुन कोषभित्र विभिन्न प्रकारका प्रोटिनको नियमित उत्पादन हुन आवश्यक हुन्छ। प्रोटिनको उत्पादनमा डीएनएले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। हरेक प्रकारका प्रोटिनको निर्माणमा छुट्टै प्रकारका डीएनए जिम्मेवार हुन्छन्। कुनै कारणवश डीएनएमा विकार वा खराबी उत्पन्न भए मानिसलाई स्वस्थ्य रहन अत्यावश्यक प्रोटिनको नियमित उत्पादन हुन पाउँदैन र शरीरमा विभिन्न वंशाणुगत रोगको वास हुन थाल्छ। वैज्ञानिकहरू वंशाणुगत रोगको जुन नितान्त नौलो र बढी प्रभावकारी उपचार पद्धतिको खोज र परीक्षणमा प्रयासरत छन् त्यसलाई ‘जिन थेरापी' भनिन्छ। यो विकारग्रस्त डीएनएलाई स्वस्थ्य डीएनएद्वारा प्रतिस्थापन गरेर रोग निको पार्ने उपचार पद्धति हो।

जिन थेरापीमा विकारग्रस्त डीएनएलाई स्वस्थ्य डीएनएद्वारा प्रतिस्थापन गर्ने क्रममा स्वस्थ डीएनएलाई रोग लागेको अंगको कोषमा सफलतापूर्वक प्रवेश गराइन्छ। यस कार्य लागि एक प्रवेशक (भेक्टर) को आवश्यकता पर्छ। प्रवेशकका रूपमा धेरै जसो एक प्रकारको अति सूक्ष्म विषाणु अर्थात् भाइरसको प्रयोग गरिन्छ। मानिसको स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यस्ता भाइरसलाई डीएनए प्रवेशकका रूपमा प्रयोग गर्नुअघि विशेष विधिद्वारा हानिरहित बनाइछ। हानिरहित बनाइएका भाइरसभित्र मानिसको स्वस्थ डीएनएलाई प्रवेश गराइन्छ। स्वस्थ डीएनए बोकेको भाइरसलाई जतनकासाथ रोग लागेको अंगको कोषभित्र प्रवेश गराइन्छ। स्वस्थ डीएनएद्वारा विकारग्रस्त डीएनएलाई सफलतापूर्वक प्रतिस्थापन गरेपछि कोषभित्र स्वस्थ्य र आवश्यक प्रोटिन पुनः उत्पादन हुन थाल्छ।

कोषभित्र जैविक प्रक्रिया पुनः सन्तुलितरूपमा सञ्चालन हुन थाल्छ र रोग निको हुन्छ। पछिल्लो समय डीएनए प्रवेशकका रूपमा एक प्रकारको कृत्रिम तरिकाले तयार गरिएका लाइपोजोम नामक चिल्लो पदार्थका अति सूक्ष्म थोपा लिपिड ड्रपलेट्सको पनि प्रयोग गर्न थालिएको छ। केही समयअघि लाइपोजोमको मद्दतले मानव डीएनएलाई गिदीको कोषमा प्रवेश गराउन वैज्ञानिकहरू सफल भएका छन्।

जिन थेरापीको सफल प्रयोग संयुक्त राज्य अमेरिकामा पहिलोपल्ट सन् १९९० मा भएको थियो। उक्त प्रयोग आसान्ति डेसिल्भा नाउँकी एक चार वर्षीया बालिकाको प्रतिरोध प्रणालीको कमजोरीको उपचारका लागि गरिएको थियो। त्यसपछि पनि थुपै्र प्रयास भएका छन्। यस दिशामा अहिलेसम्मको उपलब्धि उत्साहजनक रहेको वैज्ञानिकहरू बताउँछन्। जिन थेरापीको अहिलेसम्मको सबैभन्दा सफल प्रयोग सन् २००२ मा बेलायतमा एक १८ महिनाको बालकको उपचारमा भएको थियो। मानिसमा रोगविरुद्ध प्रतिरोध क्षमताको विकास हुन 'गामा सि' नामको प्रोटिन आवश्यक हुन्छ। उक्त प्रोटिन अस्थिमज्जा अर्थात् बोन म्यारोको कोषमा उत्पादन हुने गर्छ। उक्त प्रोटिन निर्माण गर्न जिम्मेवार डीएनएमा खराबी उत्पन्न भएकाले सो प्रोटिन उत्पादन हुन नसक्दा त्यस बालकको प्रतिरोध क्षमता पूरा गुमेको थियो। प्रतिरोध क्षमता नभएका कारण उक्त बालकको हानिकारक कीटाणुबाट संक्रमित हुँदा मुत्यु हुने जोखिम थियो। यस्तो खतराबाट टाढा राख्न बालकलाई एक प्रकारको कीटाणुमुक्त बेलुनभित्र सुरक्षित राखिएको थियो। बालकमा देखिएको उक्त दुर्लभ प्रकारको वंशाणुगत रोगलाई बबल ब्वाइ सिन्ड्रम नाम दिइएको थियो।

बालकको उपचार गर्न सर्वप्रथम स्वथ मानिसको हाडभित्रको कोषबाट 'गामा सि' प्रोटिन निर्माणका लागि जिम्मेवार डीएनए संकलन गरियो। यसरी संकलन गरिएको स्वस्थ डीएनएलाई हानिरहित बनाइएका भाइरसको मद्दतले बालकको अस्थिमज्जावाट संकलन गरिएका कोषमा प्रवेश गराइयो। स्वस्थ डीएनए युक्त उक्त मज्जाको कोषलाई प्रयोगशालामा केही समयका लागि उपयुक्त रसायनको मिश्रणमा परीक्षण नली (टेस्टट्युब)मा उमारियो। प्रयोगशालामा ती कोषले 'गामा सी' प्रोटिन उत्पादन गर्न थालेपछि मज्जालाई पुनः बालकमा प्रत्यारोपण गरियो। यसरी प्रत्यारोपण गरिएको मज्जाको मद्दतले बालकको शरीरमा आवश्यक मात्रामा 'गामा सी' प्रोटिन निर्माण हुन थाले र बालकमा पूर्णरूपमा प्रतिरोध क्षमताको विकास भयो। ऊ पूर्ण स्वस्थ भएर अरू बालकजस्तै सामान्य जीवनयापन गर्न सक्षम भयो।

वंशाणुगत रोगको उपचारमा जिन थेरापी पद्धतिको प्रयोग अहिले पनि परीक्षण तहमै सीमित छ। चिकित्सा क्षेत्रमा यसको व्यापक र प्रभावकारी प्रयोग गर्नुअघि अनुसन्धातालेे अझै धेरैै वैज्ञानिक एवं प्राविधिक अवरोधहरू छिचोल्नु पर्नेछ। जिन थेरापीका क्षेत्रमा विश्वका चिकित्सक एवं अनुसन्धाताका थुप्रै समूह परिश्रमपूर्वक प्रयत्नशील छन्। उनीहरू निकट भविष्यमा जिन थेरापी उपचार पनि हाल प्रयोग हुँदै आएको रसायनद्वारा उपचार गरिने आधुनिक चिकित्सा पद्धति किमोथेरापीजत्तिकै सामान्य र सर्वसुलभ हुने विश्वास गर्छन्। त्यतिमात्र होइन, कुनै दिन प्रयोगशालामा कृत्रिम तरिकाले निर्माण गरिएका स्वस्थ डीएनएलाई शिशुको भ्रुण अवस्थामै प्रत्यारोपण गरेर वंशाणुगत रोग लाग्नै नदिनसमेत जिन थेरापी पद्धतिको प्रयोग हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ।

भविष्यमा वंशाणुगत रोगको उपचारका लागिमात्र नभएर इच्छानुसार नवजात शिशुको आकृतिप्रकृति परिवर्तन गर्नसमेत जिन थेरापी पद्धतिको प्रयोग हुनसक्ने वैज्ञानिकले बताएकाछन्। केही समयअघि वैज्ञानिकहरू शिशुमा बुद्धि विकासका लागि जिम्मेवार डीएनए ‘स्मार्ट जिन' पत्ता लगाउन सफल भएकाछन्। यसैगरी वैज्ञानिकहरू भविष्यमा शिशुको सौन्दर्य, व्यक्तित्व आदिजस्ता अन्य महत्वपूर्ण गुण निर्धारण गर्ने डीएनए पत्ता लाग्नेमा विश्वस्त छन्। यस प्रकारका विभिन्न डीएनएलाई प्रयोगशालामा उत्पादन गरी जिन थेरापी पद्धतिबाट भ्रुणमा प्रत्यारोपण गरेर आमाबाबुको इच्छानुसार तीक्ष्ण बुद्धि, आकर्षक व्यक्तित्व एवं अन्य इच्छित गुणले सम्पन्न बच्चा जन्माउन सकिनेछ। नोबेल पुरस्कार विजेता एवं डीएनएको संरचना पत्ता लगाएका वैज्ञानिकमध्येका वैज्ञानिक जेम्स वाट्सनअनुसार आउँदा दिनमा कुनै पनि आमाबाबुले बुद्धिमान र सुन्दर बच्चा जन्माउने आफ्नो इच्छा त्याग्नु पर्ने अवस्था आउने छैन। यसरी आधुनिक आनुवंशिक विज्ञानमा हुने सम्भावित प्रगतिका कारण निकट भविष्यमा आमाबाबुको चाहनाअनुसार ‘डिजाइनर' शिशुको जन्मपनि असम्भव देखिंदैन।

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस