शून्य कोभिड नीतिबाट बहिगर्मन जटिल
१५ मंसिर २०७९
•
५ मिनेट पाठ
शून्य कोभिड नीतिबाट बहिगर्मन जटिल
एस एलेक्स याङ र एन्जेला हयु झाङ




कोभिड महामारी नियन्त्रण निम्ति गरिएको लकडाउनका कारण चीनको सिनज्याङ क्षेत्रमा एक आवासीय भवनमा भीषण आगलागी भएको आरोप लागेपछि महामारी नियन्त्रणमा गरिएका सख्त उपायको अन्त हुनुपर्ने मागसहित चीनका सडकमा विरोध प्रदर्शन भएका छन्। प्रदर्शनीअघि नै राष्ट्रपति सी चिन फिङ सरकारले कोभिड नीतिमा परिवर्तन गर्न चाहेको थियो तर त्यसको समयतालिका सार्वजनिक गरिएको थिएन। तर धेरैले आकलन गरेजस्तो यो प्रक्रिया त्यति सहज नहुने देखिएको छ। शून्य कोभिड नीतिबाट बहिगर्मन हुँदा जनस्वास्थ्यमा जोखिम रहने भएकाले यसलाई व्यवस्थापन गर्न जरुरी छ। विशेषगरी चीनमा कोभिड खोप लगाएका प्रौढ जनसंख्या कम भएकाले यो जोखिम देखिएको छ। यसैगरी यो प्रक्रियामा धेरैले हेक्का नराखेका अन्य व्यावहारिक चुनौती पनि छन्।

हङकङको कष्टकर अनुभवबाट चीनले सिकेको कुरा के हो भने जनघनत्व अत्यधिक भएका स्थानमा महामारीको लहर आउँदा मेडिकल सामग्रीको उच्च माग हुँदा सार्वजनिक स्वास्थ्य प्रणाली नै तहसनहस हुन सक्छ। समयमै यसको सम्बोधन हुन सकेन भने प्रौढ समूहमा मृत्यु दर ह्वात्तै बढ्न सक्छ।  

यस प्रकारको झट्का रोक्न विभिन्न देशले महामारी नियन्त्रणका उपायलाई क्रमशः खुकुलो पार्दै आएका छन्। केन्द्रीय सरकारको अत्यधिक नियन्त्रणमा रहेको चीनलाई अर्थतन्त्र र सामाजिक जीवनलाई क्रमशः खुला गर्दै जान झन् सजिलो छ। यो प्रक्रियालाई भूगोलका हिसाबले विभिन्न स्थान र चरणमा अगाडि बढाउन सकिन्छ।  

चीनको गत चार दशकको आर्थिक सुधार र खुलापनको नीति यो प्रसंगमा पनि सान्दर्भिक देखिन्छ। अर्थतन्त्रलाई एकैपटक बाह्यरूपमा खुला गर्नुको साटो चीनले देशका प्रमुख ४ सहरलाई आर्थिक क्षेत्र भनेर छुट्याएर यो अभियानलाई अगाडि बढाएको थियो। त्यसपछि समुन्द्र तटका अन्य १४ सहर खुला गरिएको थियो। यसरी प्रमाणित हुँदै गएको प्रक्रियालाई बिस्तारै देशव्यापी बनाउँदै लगिएको थियो।

परिचालनका दृष्टिले पनि क्रमशः गरिने यो कार्यका प्रष्ट लाभ छन्। यसले केन्द्र सरकारलाई बजार सुधारको जोखिमलाई सम्बोधन गर्न सजिलो पारेको थियो। यसबाहेक, यो अभ्यासलाई संस्थागत गर्दै अनुभव र तथ्यांकका आधारमा अगाडि बढाइएको थियो जसका कारण सर्वसाधारणको विश्वास जित्न र यो सुधारलाई व्यापक पार्न चीन सफल बनेको थियो। यसैगरी यो अभियानको पक्षमा देशभरका प्रतिभा पनि परिचालन गरिएको थियो।  

कोभिड महामारीबाट बाहिरिन पनि चीनले समान किसिमको नीति अख्तियार गरेको छ। जोखिममा रहेका तर संसाधनका हिसाबले धनी रहेको गुआन्झाओ जस्ता सहरलाई ‘स्पेसल हेल्थ जोन्स’ का रूपमा घोषणा गरेर यो अभियान अगाडि बढाइएको छ। ग्वानन्झाओमा हालै संक्रमणको स्तर ह्वात्तै बढेको थियो। यस प्रकारका क्षेत्रभित्र महामारी नियन्त्रण खुकुलो हुने तर अन्य सहर र क्षेत्रमा हुने आवागमन सीमित गरिने गरिएको छ।  

चीन सरकारले यी क्षेत्रमा महामारी नियन्त्रणका उपायहरूलाई खुकुलो पार्ने अभियानसँग सम्बद्ध तथ्यांकहरू संकलन गरेर यसप्रकारका निषेधात्मक व्यवस्थालाई व्यापक हिसाबले खुकुलो पार्न सक्छ। यस्ता क्षेत्रमा स्वास्थ्य संकट सिर्जना भएमा यसलाई नियन्त्रण गर्न सहज हुनेछ भने मेडिकल सामान तथा स्वास्थ्य जनशक्तिको आपूर्ति पनि सहज बन्नेछ। शून्य कोभिड नीति अख्तियार गरिरहेका क्षेत्रबाट यसप्रकारको संसाधानको आपूर्ति गर्न सकिन्छ।  

अन्य स्थानबाट जनशक्ति तथा अन्य संसाधनको आपूर्ति यो वर्षको सुरुमा सांघाइमा गरिएको थियो। सांघाइमा लकडाउन गरिँदा चीनका अन्य १५ प्रान्तबाट ३८ हजार मेडिकल जनशक्ति आपूर्ति भएको थियो। यो जनशक्तिले महामारी नियन्त्रणमा ठूलो सहयोग गरेका थिए। तर शून्य कोभिड नीति अगाडि बढाउँदा संसाधान परिचालन झन् ठूलो स्तरमा र सावधानीपूर्वक बनाइएको योजनामुताविक हुन आवश्यक देखिन्छ।  

सीमा जोडिएका क्षेत्रमा रहेका अत्यधिक जनशक्तिलाई अर्काे क्षेत्रमा व्यापक स्तरमा परिचालन गर्न सकिन्छ। यसो गर्दा छोटो दूरीको यात्राका लागि आवागमन खर्च कम पर्न जान्छ भने यात्राको अवधि पनि कम हुन जान्छ। यो प्रक्रियाका पनि केही सीमा छन्। छिमेकी प्रान्तसँग सुदृढ आर्थिक सम्बन्ध हुने हुँदा यस प्रकारका विशेष हेल्थ जोन्समा पनि महामारी नियन्त्रण खुकुलो हुन सक्छ र यसले त्यस क्षेत्रमा कोभिड संक्रमण बढ्न गएर मेडिकल सरसामानको आपूर्ति व्यवस्था प्रभावित हुन सक्छ। यस्ता क्षेत्रबाट पहिल्यै नै मेडिकल सामग्री अन्यत्र आपूर्ति भैसकेको अवस्थामा अत्यावश्यक मेडिकल सामग्री र जनशक्ति अभाव सिर्जना हुन सक्छ।  

यस्तो परिस्थितिमा क्षेत्रीय स्तरमा हुने संसाधन आदान–प्रदानलाई राष्ट्रिय स्तरको सहयोगले परिपुरकको भूमिका खेल्नुपर्छ। यसो गर्दा महामारीको हिसाबले खुकुलोपनाका विभिन्न चरणमा रहेका विभिन्न क्षेत्रमा आवश्यकताअनुसार संसाधनको परिचालन गर्न सहज हुन्छ।  

यसप्रकार ठूलो स्तरको सहयोग गर्दा केन्द्र सरकार र प्रान्तीय सरकारले आफ्ना पूर्वतयारी र समन्वयलाई मजबुत पार्नुपर्ने हुन्छ। प्रान्तीय तथा स्थानीय सरकारले अन्यत्र संसाधन परिचालन गर्दा आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा र सामग्रीको अभाव नहुने वातावरण सुनिश्चित गर्नुपर्छ। केन्द्र सरकारले पनि अन्य क्षेत्रमा गरिने सहयोगलाई निरन्तर र निर्वाध अगाडि बढाउन निश्चित परिचालन विधि अवलम्बन गर्न जरुरी देखिन्छ।  

यसबीच, केन्द्र सरकारले एक अथवा त्यो भन्दा बढी केन्द्रीय वितरण केन्द्र निर्माण गरेर विभिन्न क्षेत्रमा मेडिकल संसाधन आपूर्ति व्यवस्थालाई सुनिश्चित पार्न सक्छ। मागबमोजिम विशिष्टीकृत मेडिकल जनशक्तिलाई यी क्षेत्रमा परिचालन गर्न सकिन्छ। सौभाग्यवस, केन्द्रीय राजनीतिक व्यवस्था भएकाले यसप्रकारको अभियान अगाडि बढाउन चीनलाई सहज छ।  

कोभिड महामारी नियन्त्रणको विषयमा सर्वसाधारणको आक्रोश देखिए तापनि शून्य कोभिड नीतिबाट तत्काल बाहिरिन चीनलाई त्यति सजिलो छैन। बरु आर्थिक सुधार र खुलापनमा चीनले अवलम्बन गरेको नीतिझैँ यो प्रक्रियालाई पनि क्रमशः र नियन्त्रित हिसाबले अगाडि बढाउन जरुरी छ। तर यसो भनिरहँदा, चीनको नेतृत्वले चार दशकअघि अवलम्बन गरेको आर्थिक सुधार भन्दा महामारी नियन्त्रणको गति छिटो हुनुपर्छ भन्न्ने यथार्थ बिर्सन हुँदैन। सावधानीपूर्वक आगाडि बढाइएको रणनीतिले चीनलाई यो संकटबाट मुक्त हुन सहयोग गर्नेछ।  

(एस लन्डन बिजनेस स्कुलका सहप्राध्यापक हुन भने एन्जेला युनिभर्सिटी अफ हङकङकी सहप्राध्यापक हुन। प्रोजेक्ट सिन्डिकेटबाट।)
अर्को समाचार
चल्लाले मूल्य नपाउँदा चलेन उद्योग
१९ पौष २०८०
•
३ मिनेट पाठ
चल्लाले मूल्य नपाउँदा चलेन उद्योग
कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन्। लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन्।




नेपालमा दर्ता भएका तीन सय ७० वटा ह्याचरी उद्योगमध्ये हाल ५३ वटामात्रै सञ्चालनमा छन्। पोल्ट्री क्षेत्रका ज्ञाता डा तिलचन्द्र भट्टराईका अनुसार धेरै ह्याचरी चल्लाले मूल्य नपाएपछि सञ्चालन हुन नसकेका हुन्। सञ्चालनमा आएका ह्याचरीको पनि उत्पादन ५० प्रतिशत मात्रै छ।

ह्याचरी उद्योग कम सञ्चालन भएपछि विदेशबाट ल्याइने प्यारेन्टको सङ्ख्यामा निकै कमी आएको छ। भट्टराईका अनुसार सन् २०१९/२० मा ४६ हजार दुई सय लेयर्स प्यारेन्ट भित्रिएका थिए। सन् २०२०/२१ मा एक लाख ४८ हजार आठ सय ७०, सन् २०२१/२२ मा एक लाख १३ हजार चार सय ३३ र २०२२/२३ मा ६९ हजार ४० मात्रै लेयर्स प्यारेन्ट नेपाल भित्रिएका छन्।

यस्तै ब्रोइलर प्यारेन्ट सन् २०२०/२१ मा १८ लाख १२ हजार दुई सय ९२, सन् २०२१/२२ मा १७ लाख पाँच हजार एक सय ५४ र सन् २०२२/०२३ मा एक लाख दुई हजार १४ भित्रिएका छन्।भट्टराईले ब्रोइलरमा ४० प्रतिशत र लेयर्समा ४४ प्रतिशत गिरावट आएको बताउनुभयो। प्यारेन्ट कम भित्रिएसँगै चल्लाको उत्पादनमा पनि निकै कमी आएको उनको भनाइ छ।

यसले प्रत्यक्षरुपमा पोल्ट्री क्षेत्रमा प्रभाव हुने देखिएको छ। पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले प्यारेन्ट आयातमा निकै कमी आएको भन्दै चल्ला उत्पादन कम हुँदासमेत मूल्य नपाएको बताए।

समग्रमा आर्थिक मन्दीसँगै यो क्षेत्र प्रभावित भएको उनको भनाइ छ। कोभिडपछि एकोहोरो चल्लाको मूल्य घटेको पोखरेल बताउनुहुन्छ। नेपाल ह्याचरी उद्योग सङ्घका पूर्वअध्यक्ष समेत रहेका पोखरेलका अनुसार भारतबाट आउने अवैध चल्लाका कारण पनि बजार प्रभावित छ। सरकारले क्वारेन्टाइन ऐन संशोधन गरेर चोरी नियन्त्रण गरेमा उद्योग पूर्ववत् अवस्थामा फर्कन सहयोग पुग्ने उनले बताए।

यस्तै बैंकको व्याजदरलाई एकल अङ्कमा झार्नुपर्ने उनले बताए।उनले भने, ‘समयमै सरकारले पोल्ट्री क्षेत्रलाई हेर्न सकेन भने आत्मनिर्भर यो व्यवसाय समाप्त हुने अवस्थामा पुग्छ।’पोल्ट्री क्षेत्रमा रु एक खर्ब ६० अर्बभन्दा बढी लगानी भएको भन्दै उनले ह्याचरी उद्योगमा मात्रै  ६० देखि ७० अर्ब लगानी भएको बताए।

कोभिडपछिको अवस्थामा २० देखि २५ अर्ब ह्याचरी उद्योगमा नोक्सान भएको पोखरेल बताउँछन। उनले थपे, ‘पोल्ट्री क्षेत्र रहेन भने  एक खर्ब ६० अर्बभन्दा बढी व्यापार नोक्सान व्यहोर्नुपर्छ।’

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष ऋषिराम पौडेल चार वर्षदेखि लागतभन्दा कम मूल्यमा चल्ला बिक्री गर्न बाध्य भएको बताउँछन।आर्थिक मन्दीसँगसँगै युवा जनशक्ति पलायन हुँदा कुखुरा पाल्ने र खपत गर्ने दुवैमा कमी आएको उनको भनाइ छ।

कम व्याजदरमा लिएको ऋण बढेको, दानाको कच्चा पदार्थ, औषधि लगायतको मूल्य बढेको, भारतीय सीमाबाट चोरी गरी चल्ला आएका लगायत कारण यहाँको ह्याचरी उद्योग धरासायी बन्ने अवस्थामा पुगेको उनी बताउँछन। उनले भने, ‘निजी क्षेत्रले मात्रै उद्योग धान्नसक्ने अवस्थामा अब उद्योग छैन।’

साना व्यवसाय गर्न चाहने किसानसँग आर्थिक अभावका कारण पेसा नै पलायन हुने अवस्थामा पुगेको उनी बताउँछन। सङ्घका कोषाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अहिले ब्रोइलर चल्ला प्रतिगोटा ३५ देखि ४० मा बिक्री हुँदै आएको छ। यसको लागत मूल्य ६० देखि ६५ पर्न आउँछ। लेयर्स चल्लाको बजार मूल्य  ७० देखि ७५ छ। यसको लागत मूल्य रु एक सय २० देखि एक सय ३० पर्न आउँछ।

लामिछानेको भनाइमा ५० देखि ६० प्रतिशत नोक्सानमा पछिल्लो समय काम गर्नुपर्दा धेरै ह्याचरी बन्द भएका हुन्। नेपालमा विसं २०४२ देखि व्यावसायिकरुपमा ह्याचरीले चल्ला उत्पादन गर्न थालेका हुन्। यहीँ चल्ला उत्पादन हुन थालेपछि क्रमशः विदेशबाट चल्ला आयात रोकिएको थियो।राष्ट्रिय समाचार समिति (रासस)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस