एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल के हुन् - नास्तिक कि आस्तिक? भौतिकवादी कि अध्यात्मवादी? कि भौतिकवाद र अध्यात्मवादबीच फ्युजन गर्ने चमत्कारवादी? उनले जबाफ दिनुपर्छ।
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नास्तिक हुन् कि आस्तिक? उनी भौतिकवादी हुन् कि अध्यात्मवादी? कि भौतिकवाद र अध्यात्मवादबीच फ्युजन गर्ने चमत्कारवादी? यस्ता प्रश्न उठाएका छन् उनका अनेक विचार र व्यवहारले। शान्तिप्रक्रियामा आएपछि उनले स्वामी कमलनयनाचार्य, पाइलट बाबा र नरनारायण बाबाजस्ता धार्मिक व्यक्तिहरूसँग भेटेर आशीर्वाद लिँदै आएको त सार्वजनिक भइसकेकै छ। र, पछिल्लो चरणमा आस्तिकले जस्तै आफ्नो जन्मकुण्डलीसहित ज्योतिषी कृष्णदास महाराजसामु प्रस्तुत हुँदै उनले ग्रह शान्ति गराएको खबर पनि बाहिर आएको छ। यसको खण्डन पनि भएको छैन। यस्ता व्यवहारले दाहालको भौतिकवाद, नास्तिकता र कम्युनिस्ट आचरणमाथि प्रश्न उठाएका छन्, जुन प्रश्नको जवाफ बाहिर आएको छैन।
प्रचण्डले कहिले भौतिकवाद र अध्यात्मवादबीच फ्युजन गर्ने धारणा ल्याएका छन् त कहिले पुर्खाले गरेका हरेक काममा विज्ञान खोज्न थालेको उद्घोष गर्न थालेका छन्। यसै क्रममा उनले चतरा, सुनसरीमा ज्योतिषीहरूबाट ग्रह शान्ति गराएपछि त्यसलाई पनि विज्ञानको संज्ञा दिए। उनले ऐतिहासिक तत्वबोध भएको शैलीमा घोषणा गरेका छन्, 'मलाई ग्रह शान्ति अन्धविश्वास मात्रै लाग्ने गर्थ्याे, तर त्यसभित्र विज्ञान लुकेको हुँदोरहेछ, बल्ल थाहा पाउन थालेको छु।'
प्रचण्ड कुनै आस्तिक, कुनै गैरमार्क्सवादी र गैरकम्युनिस्ट नेता भएको भए यस्ता प्रश्न उठ्ने थिएनन्। उनी जुन ठाउँमा गयो, त्यस्तै बन्ने 'पपुलिस्ट' र अवसरवादी नेता भएको भए पनि यस्ता सबाल उठाइने थिएन। तर, उनले आफ्नो पार्टी र आस्था फेरेको घोषणा नगरेको दिनसम्म यस्ता प्रश्नको जबाफ उनीबाट अपेक्षा गरिन्छ नै। उनले ज्योतिषीलाई जन्मकुण्डली देखाएको र ग्रह-शान्ति गरेको, अनि त्यसलाई पनि विज्ञानकै संज्ञा दिएको विषयमा उठेका प्रश्नको जबाफ उनीबाटै आशा गरिनु उचित र जरुरी छ। 'पुर्खाले गरेका हरेक काममा विज्ञान खोज्न थालेका' प्रचण्डले जवाफ दिनुपर्ने पहिलो प्रश्न हो :
ज्योतिषशास्त्रको कुनै वैज्ञानिक आधार छ कि छैन? भए ती आधार के के हुन्? ज्योतिषशास्त्र र सबै प्रकारका काला जादूटुनाबीच समानता र भिन्नता के कस्तो छ? ज्योतिषशास्त्र कुनै वैज्ञानिक विद्या हो कि ठग विद्यामात्रै हो? आजसम्म कुनै खगोलविद्ले फलित ज्योतिषशास्त्रको वैज्ञानिक आधारको पुष्टि किन गर्न नसकेका होलान्?
प्रचण्डकै कथनअनुसार अब फलित ज्योतिष पनि विज्ञान हो। यस्तो तथाकथित विज्ञान ग्रह र नक्षत्र (तारा)ले मानिसको भाग्यलाई, मानवीय र प्राकृतिक घटनालाई समेत प्रभावित गर्दछन् भन्ने मान्यतामा आधारित छ। विज्ञानको विद्यार्थी रहेका प्रचण्डले तथाकथित विज्ञान ज्योतिषशास्त्रअनुसार ती ग्रह र नक्षत्रले कसरी प्रभाव पार्दारहेछन्, आफूले खोज्नु र जनतालाई बताउनु जरुरी छ। भारतीय विद्वान् गिरीश मिश्रले 'ज्योतिष विद्या और भारत का भविष्य' मा प्रश्न गरेका छन्, पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह शुक्र पनि चार करोड चार लाख किलोमिटरको औसत दूरीमा छ। त्यस ग्रहले मानिसको जीवनमा कसरी प्रभाव पार्छ? पार्छ नै भने पनि त्यो प्रभाव सबै मानिसमा समान असरका रूपमा किन देखिँदैन? किन शनि एक व्यक्तिका लागि अनुकूल हुन्छ भने अर्काे व्यक्तिका लागि प्रतिकूल हुन्छ? फेरि थोरै मात्र ग्रह र तारा मात्रै आफ्ना प्रभाव फैलाउन कसरी सक्षम हुन्छन्? किनभने ब्रम्हाण्डमा त अनेकौँ आकाशगंगा छन्, ती आकाशगंगामा खर्बाँैको संख्यामा हाम्रो सूर्यजस्ता तारा छन्? यसको जवाफ खोज्न प्रचण्डलाई ज्योतिषी कृष्णदास महाराजहरूको विद्वता काम लाग्नसक्छ कि?
यस्ता प्रश्नको उत्तर दिन गाह्रो हुन्छ भने प्रचण्डले 'फलित ज्योतिष : एक ठग विद्या' लेख्ने गुणाकर मुलेजस्ता विद्वान्का रचना अध्ययन गर्न सक्छन्। ज्योतिषी कृष्णदास महाराजहरूको संगत गर्दै हिँड्नुको सट्टा गुणाकर मुलेका किताब पढियो भने उनलाई पनि लाग्नेछ - फलित ज्योतिष विज्ञानसम्मत छैन। जन्मकुण्डली बनाइँदा स्थापित गरिने ब्रम्हाण्डलाई १२ स्थानमा बाँड्ने गरिन्छ, जसमा सूर्यको हैसियत ग्रहको होइन, नक्षत्र (तारा) मात्र सीमित रहेको छ। चन्द्रमालाई ग्रह भनिए पनि वास्तवमा यो पृथ्वीको उपग्रह मात्रै हो। राहु र केतु त भौतिक पिण्ड पनि होइनन्, ती त पृथ्वी र चन्द्रमाको भ्रमणमार्गका दुई छेदन विन्दु मात्रै हुन्। अतः प्रश्न उठ्छ, यस्ता द्रव्यरहित विन्दुले पनि मानव-जीवनमाथि कुनै प्रभाव पार्न सक्छन्? फलित ज्योतिषमा पनि विज्ञान देख्न थालेका प्रचण्डसँग यसको जवाफ छ?
प्रचण्डलाई पक्कै थाहा होला, 'राशि र जन्मकुण्डलीमार्फत् मानव-जीवनमाथि प्रभाव पार्ने' भनिएका ग्रहनक्षत्रहरूको हिसाबकिताबमा केही ग्रह र ताराको कुनै गणना नै छैन। सौर्यमण्डलमा प्लुटो, युरेनस र नेपच्युनजस्ता ग्रह र अरू तीसौँं उपग्रहको खोज बीसाँै शताब्दीमा मात्रै भएका थिए। ज्योतिषीहरूले तिनको अस्तित्वको लेखाजोखा राख्ने र प्रभाव तौलने कष्ट गर्नै पाएका छैनन्।
गुणाकर मुलेका अनुसार, फलित ज्योतिषमा ग्रहनक्षत्रहरूको भौतिक परिस्थितिमाथि कुनै विचार गरिँदैन, गर्ने वैज्ञानिक विधि पनि छैन। त्यसैले एकातिर, फलित ज्योतिषीहरू चन्द्रमालाई पानीले भरिएको (जलमय) ग्रह मान्दै आएका छन्, तर वैज्ञानिक अध्ययनले देखाएको छ, चन्द्रमामा न त पानी छ, न त हावा नै! अर्काेतिर, उनीहरूले मंगल र शनि ग्रहलाई भने अज्ञानका कारण बेकारमै अशुभ ठहर्याउँदै आएका छन्। उनीहरूलाई थाहा नभएको वास्तविकता के हो भने मंगल रातो रंग भएको सुन्दर ग्रह हो र शनि पनि चारैतिर मनोहर घेरा भएको ग्रह हो। यस्तो वास्तविकताबारे अध्ययन गर्ने क्षमता नै नभएको फलित ज्योतिषमा हाम्रै सौर्यमण्डलका सबै ग्रह, तारा र पिण्डको 'प्रभाव'माथि कुनै विचार गरिएको छैन भने अनगिन्ती पिण्डका बारेमा अध्ययन र खोज अकल्पनीय नै हुन्छ। फलित ज्योतिषमा गुरुत्वाकर्षण र विद्युत् चुम्बकीय प्रभावसँग सम्बन्धित गणनाका लागि पनि कुनै स्थान छैन। विज्ञानका विद्यार्थी रहिसकेका प्रचण्डले यति त थाहा पाएकै हुनुपर्छ, ज्योतिषीहरूसँगको संगत र अन्तर्क्रियाबाट।
ग्रहशान्ति गराएका भनी प्रचारित प्रचण्डलाई खोज गर्न सजिलोका लागि एउटा तथ्य स्मरण गराउन चाहन्छु, फलित ज्योतिषमा आजसम्म पनि ब्रम्हाण्डको केन्द्रमा सूर्य होइन, पृथ्वी नै स्थिर रूपमा रहेको छ। आजभन्दा १५ सय वर्षअघि आर्यभट्ट प्रथमले पृथ्वी आफ्नो धुरीमा घुम्ने उद्घोष गर्दागर्दै पनि ज्योतिषीहरूले त्यसलाई पटक्कै स्वीकारेनन्। कस्तोसम्म विडम्बना देखिएको छ भने फलित ज्योतिषमा कहाँकहाँका, भएनभएका ग्रह र नक्षत्रको बहीखाता छ, तर त्यसमा आफू बसिरहेकै ग्रहको खाता खोलिएको छैन।
मानिसलगायत सम्पूर्ण जीवन जगत्लाई सबैभन्दा बढी प्रभाव पार्ने पिण्ड अर्थात् हाम्रै पृथ्वीका बारेमा उनीहरूले बनाउने जन्मकुण्डलीमा कुनै स्थान छैन। हामी मानिस पृथ्वीको कुन देशमा, कस्तो परिवेशमा, कस्तो सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थामा जन्मियौंँ, ती सबै पक्षले हाम्रो भूत, वर्तमान र भविष्यमाथि सबैभन्दा बेसी प्रभाव पार्छन्, पारिरहेका छन्। यस्तो वास्तविकताबारे प्रचण्डले आफ्नो खोजको क्रममा ज्योतिषहरूसँग प्रश्न गरेका छन् कि छैनन्? हामी मानिसको जन्मकुण्डलीमा सुदूरका ग्रहको प्रभावलाई स्वीकार्ने, तर जुन धरतीमा हामी जन्मियौं, हुर्कियाँैं, त्यसकै प्रभावलाई अस्वीकार गर्नु कुण्डलीको निरर्थकताको सबैभन्दा ठूलो प्रमाण हो कि होइन? यो ग्रह-दशाको निहँुमा ठगी विद्या चलिरहेको छ भन्नेको ठूलो दसी होइन र? आफ्नो कुण्डली देखाउँदै हिँड्ने भनी प्रचारित प्रचण्डले यसबारे पनि खोज गर्ने सोचाइ बनाएका छन् कि?
यस्ता सबै प्रश्न ज्युँकाँत्युँ हुँदाहुँदै पनि एकछिनलाई मानौ, मानव जीवनमा राशिको प्रभाव पर्दाेरहेछ रे। तर रविमार्गलाई जुन १२ राशिबाट विभाजित गरिएको छ, तिनका नक्षत्र हामीभन्दा हजारौंँ प्रकाश वर्ष टाढा छन्, एकै राशिका सबै नक्षत्र पनि हामीसँग समान दूरीमा रहेका छैनन् । तुलना गर्दा ग्रहहरू हामीसँग निकै निकट रहेका छन्। गुणाकर मुलेको दावीअनुसार, वैज्ञानिक दृष्टिले जाँच्ने हो भने ग्रहहरूको र तिनको पृष्ठभूमिमा रहेका नक्षत्रहरूको गति, स्थितिबीचमा कुनै तालमेल छैन। त्यसैले फलित ज्योतिषको नक्षत्रहरूसँग सम्बन्धित चर्चा पनि सय प्रतिशत अवैज्ञानिक छ। मुले प्रश्न गर्छन्, कयौंँ महिनाको रात र कयौँं महिनाको दिन हुने ध्रुव-प्रदेशका निवासीका लागि प्रभाव पनि अन्तजस्तै समान हुन्छ? किन एउटै समयमा, एउटै अक्षांशमा, एउटै अस्पतालमा जन्मिने बालबालिकाको भविष्य पनि समान हुँदैन? के अमेरिकाले हिरोसिमा र नागासाकीमा एटम बम प्रहार गरेर मारेका लाखौं मानिस एकै समय पैदा भएका थिए? उनीहरूको जन्मकुण्डली एउटै खालको थियो, उनीहरूको ग्रह-दशा बिग्रेकै थियो? थिएनन् भने कसरी उनीहरूको भविष्य एउटै चिहानमा परिणत भयो त? यस्तो नरसंहारको कारक तत्व जन्मकुण्डली वा ग्रहदशा थिए कि अमेरिकी आक्रमण?
यस्तै अनेक भुलभुलैया र ठग विद्याको रूपमा बदनाम फलित ज्योतिषको पछि लागेको आरोपबाट मुक्त हुन प्रचण्डले पनि यी प्रश्नको जवाफ खोज्दै सार्वजनिक गर्नु जरुरी छ। होइन, उनले पनि फलित ज्योतिषको एक मुख्य ग्रन्थ अथर्ववेदमा समेत विज्ञान खोज्न थालेका हुन् भने त्यसमा भूतप्रेतबाट मुक्तिदेखि शत्रु शिविरमा भ्रम फैलाउने उपाय र निर्वासित राजाले आफ्नो गुमेको राज्य फिर्ता लिने मन्त्र पनि समावेश छन्। तिनै गज्जबका मन्त्रोच्चारण र ग्रहशान्ति स्वस्तिबाटै नेपालमा शान्ति र संविधान अनि प्रचण्डका लागि सरकार पनि पाउन सकिने हो कि?