काठमाडौं— अष्ट्रेलियाको अर्बपतिको सूचिमा रहेका शेष तथा जमुना घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापनाको घोषणा गरेका छन्। एनआरएन अध्यक्ष समेत रहेका उनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सो घोषणा गरेका हुन्। एमआइटी ग्रुप फाउन्डेसनमार्फत् कोष सञ्चालन गर्ने उनले बताए।‘हाम्रो जीवन कालमा समाजबाट जे पायौं त्यसको केही हिस्सा समाजलाई फिर्ता गर्ने अभियानको थालनी गर्न पाउनुको खुशी म शब्दमा बयान गर्न सक्दिनँ', उनले भने। लमजुङको दुर्गम गाउँमा जन्मिएर विद्यालय शिक्षा पूरा गरेका उनले आफ्नै भोगाइबाट प्रेरित भएर शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्न लागेको जानकारी दिए। ‘हामी दुवै जना अभाव र अप्ठ्यारो परिस्थितिबीच संघर्ष गर्दै अघि बढ्यौं', ‘हाम्रा अभिभावक शिक्षित हुनुहुन्थेन तर उहाँहरुले शिक्षाको महत्व बुझेका कारण विद्यालय जान पायौं। मेरी श्रीमती जमुना घाँस दाउरा गर्दै विद्यालय शिक्षा पूरा गरेकी थिइन्। मैले पनि त्यस्तै परिस्थितिमा शिक्षा हाँसिल गरेँ।'
गाउँघरमा रहेका होनाहार युवा शिक्षा र स्रोत साधनको अभावमा विद्यालय शिक्षाबाट बञ्चित नहोउन, बीचमै पढाइ छोडेर कामको खोजीमा विदेशिनु नपरोस् भनेर शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना बनाएको उनले सुनाए। शिक्षा क्षेत्रको पूर्वाधार र छात्रवृत्ति एवं स्वास्थ्य क्षेत्रमा पैसा खर्च गरिने जानकारी उनले दिए।
पैसा कमाउनभन्दा समाज सेवामा पैसा लगाउँदाको आनन्द बढी हुने उनले बताए। ‘पैसा कमाउन गाह्रो छ र दिन सजिलो छ', उनले सुनाए, ‘यो पनि एक किसिमले कसैका लागि गरिएको दीर्घकालीन लगानी नै हो।'
करिब दुई दशकदेखि अष्ट्रेलियामा बस्दै आएका घले दम्पतिको एमआइटी ग्रुप होल्डिङ्सले शिक्षा, पर्यटन र रियलस्टेटमा व्यवसाय गर्दै आएको छ। उनको लगानीमा काठमाडौंमा करिब ८ अर्ब रुपैयाँको लागतमा शेराटन काठमाडौं होटल निर्माणाधीन छ।