शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन सिफारिस
१२ पौष २०८१
•
३ मिनेट पाठ
शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन सिफारिस
नुवाकोटस्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा सरकारको नाममा हुनुपर्ने निष्कर्ष निकालिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सो निष्कर्ष निकाल्दै सरकारको नाममा ल्याउन सिफारिस गरेको हो ।




सिआइबीका प्रमुख एआइजी दीपक थापाले अनुसन्धानको क्रममा देखिएका तथ्यहरू स्थापित गर्दै सरकारको नाममा ल्याउन सिफारिस गरेको हुन् । अनुसन्धानले १६३ रोपनी जग्गा सरकारको नाममा आउनुपर्ने देखिन्छ, सबै तथ्य र प्रमाणले यही पृथ्वीनारायण शाहको शीतकालीन दरबारको चर्चामा रहेको नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा हुनुपर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

त्यसका लागि थप अनुसन्धान गर्न र कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्रचार गरेको पनि एआइजी थापाले जानकारी दिए । ‘थप कारबाहीका लागि अख्तियारलाई समेत अनुरोध गरेका छौँ’, थापाले भने ।  

सिआइबीले नेकपा (माओवादी केन्द्र) का नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको हो । 'सिआइबीको अनुसन्धानबाट १६३ रोपनी जग्गा सरकारको हुने ठहर्छ’, सिआइबीका एआइजी थापाले भने । 

निजी कम्पनीमार्फत जग्गा प्लटिङ गरेर बेच्ने प्रकृया सुरु भएपछि सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । ‘प्रहरीको अनुसन्धान प्रतिवेदन र सिफारिस बुझाइसकिएको छ, यसमा संलग्नमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखी पठाइएको छ’, सिआइबीका उच्च अधिकारीले भने ।

माओवादीका पूर्व केन्द्रीय सदस्य र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिवसमेत रहेका श्रेष्ठले अन्नपूर्ण फार्मिङको नामको सबै शेयर खरिद गरेका थिए । सबै जग्गासमेत गरेर कुल १६४ रोपनी १३ आना ३ पैसा १ दाम क्षेत्रफल रहेको ९ आलिकान्लासहित १७५ रोपनी ८ आना २ दाम र आसपासको गरी अर्को ९ रोपनी गरी हाल १८४ रोपनी जग्गा विसं. २०३५ सालमा नापी हुदाँ गौरीशंकर फार्मिङ प्रालीको नामम कायम थियो ।

सोही जग्गाको दर्ता श्रेष्तामा विसं २०४४ साल असार ११ को निर्णयअनुसार सो प्रालिको सट्टामा अन्नपूर्ण फार्मिङ प्राली कायम गरेको भनेर २०४४ असार १८ को मितिमा उल्लेख गरिएको छ । सो अन्नपूर्ण फार्मिङ प्रालिको नाममा कायम भएको ती जग्गाहरू बिदुर नगरपालिका वडा नं. २ स्थित कित्ता ८२ ,८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५,९७ र ९८ गरेर १३ वटा कित्तामा रहेका अन्नपूर्ण फार्मिङ प्रालिको नामबाट उक्त प्रालीको खरिद-बिक्री भएर रानीको दरबारको रूपमा रहेको जग्गाहरूको प्रालिसँगै कारोबार भएको पाइएको मालपोत कार्यालयबाट प्राप्त भएका कागाजातमा उल्लेख छ ।

दरबारसहितको फार्मिङ कम्पनीको नाममा बनाइएको जग्गाहरू आवादी ३ कित्ता मात्र रहेको छ भने प्रति (सरकार) जग्गा ५ कित्ता, ३ कित्ता जग्गा पोखरी, १ कित्ता जग्गा केरा र १ कित्तामा बगैँचा रहेको जग्गाधनी श्रेष्ता किताबमा नै उल्लेख छ । प्रति, पोखरी, केरा र बगैँचा भएका जग्गाहरू स्वतः सरकारी जग्गा हुने भएपनि ती जग्गाहरूसमेत फर्मिङ प्रालिको नाममा नापी भएको पाइएपछि राज्यको सम्पत्ति दुरुपयोग भएको भूमिसुधार मन्त्रालयले जनाएको छ ।

त्यसैगरी रानीको दरबारको रूपमा चर्चिएको जग्गाहरु कित्ता ७९, ८० र ८१ ९८१ नं. को कित्ता टुक्राएर हाल १७५२ र १७५३ बाइएको छ भने हेलेन शाहबाट बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार)को सयुक्त नाममा करीब २० रोपनी जग्ग्गाहरू बिक्री गरेको पाइएको छ ।

उक्त जग्गाधनीहरूले ८१ नं. को कित्ता टुक्राएर वर्षा बस्नेतको दाइ तादी गाँउपालिका नर्जामण्डप निवासी हाल काठमाडौं बस्ने बसन्तबहादुर बस्नेतलाई मिति २०८० माघ १५ गते ९ आना जग्गा रू. पाच लाखमा बिक्री गरेको पाइएको छ । ८१ नं. को कित्ताबाट टुक्राएपछि बाँकी ६ रोपनी जग्गाहरू बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार)को सयुक्त नाममा किता नं. १७५३ बनाएर राखिएको छ 

यो पनि पढ्नुहोस्

शेरा दरबार कब्जामा माओवादीकै संलग्नता
अर्को समाचार
दाहालको चुनौती: मैले शेरा दरबारको छानबिन गरौँ भनिसके, गिरिबन्धुको प्रधानमन्त्री जीले भनुन्
१७ जेष्ठ २०८२
•
१ मिनेट पाठ
दाहालको चुनौती: मैले शेरा दरबारको छानबिन गरौँ भनिसके, गिरिबन्धुको प्रधानमन्त्री जीले भनुन्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले शेरा दरबार प्रकरणको छानबिन गरौँ भनिसकेको भन्दै अब पालो अरूको रहेको बताएका छन्। शनिवार नुवाकोटमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले  प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै यस्तो बताएका हुन्। 




‘सदनमा उभिएर मैले प्रधानमन्त्री जी तुरुन्तै शेरा दरबार प्रकरणमा छानबिन सुरु गरिहाल्नुस् भनेको थिएँ। मैबाट सुरु गरियोस् पनि भनेको थिएँ,’ अध्यक्ष दाहालले भने, ‘छानबिन गर्न आँट हुने स्थिति भएन किनकि मेरो कुनै संलग्नता थिएन।’ शेरा दरबारमा आफ्नो संलग्नता नभएको दाबी गर्दै केही नभएकैले आफूले  ‘मैबाट छानबिन गर्न सुरु गरियोस् भनेको’ बताए।

त्यस्तै भन्ने पालो अब अन्य शीर्ष नेताको रहेको दाहालले टिप्पणी गरे। ‘अब यसै गरी अरूले पनि भनेर देखाउन्। गिरिबन्धु मैबाट छानबिन गरौँ भनेर प्रधानमन्त्रीजीले भनुन् त,’ दाहालले भने।  र, त्यसै गरी ‘अरू जग्गाको केसमा अरूले भनुन् त!’ भनेर दाहालले चुनौती दिए। 

नुवाकोटको शेरा दरबारको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष दाहालको नाम जोडिदै आएको छ। तर उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको उनले दाबी गर्दैआएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस