सम्झौता मिचेर पिपिए म्याद थपिँदै
२७ वैशाख २०७३
•
९ मिनेट पाठ
सम्झौता मिचेर पिपिए म्याद थपिँदै
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले सम्झौता प्रक्रिया मिचेर लिखु–४ (१२० मेगावाट) र बेलेफी (५० मेगावाट) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) को म्याद थप्ने तयारी गरेको छ।उत्पादित विजुली भारत निर्यात गर्ने गरी करिब ६ वर्षअघि (वि.सं. २०६७) पिपिए गरिए पनि अहिले देशमै खपत गर्ने भन्दै पिपिए म्याद थप्न लागिएको हो। दुवै आयोजनासँग गरिएको 'फल ब्याक' पिपिए (निश्चित अवधिसम्ममात्र बिजुली किन्ने) को म्याद आगामी जेठ २ गते सकिन्छ। तर, प्रवर्द्धकले म्याद थप्न ऊर्जा मन्त्रालयदेखि प्राधिकरण उच्च अधिकारीसम्म लबिङ गरेको प्राधिकरण स्रोतले जानकारी दियो।

लिखु भारतको ग्रिन भेन्चर प्रालि र बलेफी नेपालकै त्रिवेणी समूहले अनुमति लिएका छन्। यी दुवै आयोजना भारतीय कम्पनीले नै लिए पनि पछिल्लो समय बेलफी नेपाली प्रवर्द्धकले किनेका हुन्। ग्रिन भेन्चरले बिजुली उत्पादन सुरु भएदेखि २७ वर्षसम्मका लागि लिखुको उत्पादन अनुमति पाएको छ भने बलेफीको अध्ययन अनुमतिमात्र छ।

दुवै आयोजनाको पिपिए प्रतियुनिट ५.९९ सेन्ट अमेरिकी डलर (प्रतियुनिट करिब ६.३९ रुपैयाँ) मा भएको छ। अन्तरदेशीय प्रसारण लाइन (४ सय केभी ढल्केबर–मुफ्फरपुर) वा माथिल्लो तामाकोसी जुन आयोजना अघि बन्छ त्यतिबेलासम्म मात्र ती आयोजनाको बिजुली किन्ने सम्झौता छ।

विनाशकारी भूकम्पका कारण तामाकोसी निर्माण केही ढिला हुने भए पनि अन्तरदेशीय प्रसारण लाइनको काम करिब पूरा भइसकेको छ। यहाँबाट नेपालले करिब ८० मेगावाट बिजुली किनिरहेको छ। यो अवस्थामा पिपिए म्याद बढाउन नहुने प्राधिकरण उच्च अधिकारी नै बताउँछन्। 'भारतीय र नेपाली दुवै कम्पनीका अधिकारीले सञ्चालकदेखि यहाँका उच्च अधिकारीसम्म प्रभावमा पारिसके,' प्राधिकरणका एक अधिकारीले भने।

सम्झौताअनुसार जेठ २ भित्र पिपिए स्वतः खारेज हुने हुँदा प्राधिकरण विद्युत व्यापार विभागले यससम्बन्धी फाइल गत पुसमै सञ्चालक समितिमा पेश गरेको थियो। तर, त्यो कार्यकारी निर्देशकको सचिवालयमै रोकिएको स्रोतको दाबी छ। 'निश्चित अवस्थाका लागि भएको सम्झौता त्यसका लागिमात्र मान्य हुनुपर्छ, म्याद बढाउने भन्ने हुँदैन,' स्रोतले भन्यो, 'व्यवस्थापन तथा सञ्चालक समितिले भने यसलाई बेवास्ता गरेको छ।'

निश्चित आयोजना वा 'कन्डिसन'मा भएको सम्झौता लम्ब्याउँदै लैजानु नीतिगत भ्रष्टाचार हो। यसअघि माथिल्लो त्रिशूली–३ 'ए' को क्षमता ६० बाट ९० मेगावाट पुर्यायउने निर्णय हुँदा सम्झौता विपरित निर्णय भएको भन्दै प्राधिकरण उच्च अधिकारी र टे्रड युनियन कर्मचारीले व्यापक विरोध गरेका थिए।

'उक्त दुई आयोजनाको पिपिए म्याद बढाउनु पनि सम्झौता विपरितको काम हो,' एक टे्रड युनियन कर्मचारीले भने, 'आयोजना प्रवर्द्धकले उच्च अधिकारी, सञ्चालक र मन्त्रालयका अधिकारीलाई प्रभाव पारिसकेको बुझिन्छ।' प्रलोभनमा परेकै कारण यसमा टे्रड युनियनले समेत मुख नखोलेको ती कर्मचारीले बताए।

कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने पिपिए म्याद थप्दा प्राधिकरणलाई घाटा नहुने बताए। 'दुवै आयोजनाको पिपिए डलरमा भएको छ, म्यद थप हुने अवस्थामा नेपाली रुपैयाँमा बिजुली किन्ने गरी हुन्छ,' उनले सोमबार नागरिकसँग भने, 'नेपाली प्रवर्द्धकले बनाएका आयोजनाले भन्दा बढी सुविधा पाउनु हुँदैन।'

प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनबाट विशेष अवस्थामा मात्र किनेका कारण यही अवस्थामा लिखु वा बलेफीको बिजुली भारत निर्यात हुन नसक्ने काफ्लेको तर्क छ। 'प्रसारण लाइन र ढल्केबरमा २२० केभी सबस्टेसन दुवै निर्माण भएको अवस्थामा मात्र लाइन पूरा भएको मानिन्छ,' उनले भने। पिपिए म्याद थपिए पनि प्राधिकरणमा आर्थिक भार नपर्ने उनले दोहोर्यालए।

विभागले खारेज गर्न अघि बढाएको फाइल सञ्चालक समितिमा पेशै नगरी सञ्चालक लक्ष्मण अग्रवालको संयोजकत्वमा म्याद थप्न तीन सदस्यीय समिति गठन गरिएको थियो। पूर्वऊर्जा मन्त्री राधा ज्ञवालीकै पालामा समिति गठन भए पनि सदस्यबीच विवाद हुँदा निर्णय हुन सकेका छैन। सम्झौता प्रावधानअनुसार पिपिए ब्यूताउँन नमिल्ने विभागले राय दिएको छ।

निश्चित अवधि र प्रयोजनका लागि मात्र पिपिए गरिएकाले अब त्यसको म्याद थप्न नहुने भन्दै व्यापार विभागको अडान छ। लिखुबाट २०७२ पुसभित्र बिजुली उत्पादन हुनुपर्थ्यो। तर, परिणाम नदिएकाले प्राधिकरणले उसको बैंक धरौटी जफत गरिसकेको छ। सम्झौताअनुसार समयमा विद्युत उत्पादन गर्न नसकेका कारणले दुवै आयोजनाले प्राधिकरणलाई जरिवाना तिर्नुपर्छ।

बिजुली भारत निर्यात गर्ने हुँदा ५२ मेगावाटको लिखुको क्षमता १ सय २० र २३ मेगावाटको बलेफीको ५० मेगावाट बनाइएको थियो। तर, प्राधिकरणले ५२ र २३ मेगावाटमै लिउ या तिर (टेक अर पे) प्रावधानमा पिपिए गरेको थियो। प्राधिकरणले अहिले डिस्प्याचेबल (हिउँदमा मात्र किन्ने) पिपिए गर्दै आएको छ। दुई आयोजनाका प्रवर्द्धक भने 'लिउ या तिर' मै पिपिए निरन्तर गर्न लागेका छन्।

प्राधिकरणले स्वदेशी प्रवर्द्धकका आयोजनाबाट हिउँदको मात्र बिजुली किन्ने सम्झौता गरिरहेको छ। तर, भारतीय तथा विदेशी आयोजनाको बिजुली बाह्रै महिना किन्ने सम्झौता गर्ने खेल छ। 'ऊर्जा संकट निवारण तथा विद्युत विकास दसक, २०७२' घोषणा गरी डिस्प्याचेबल पिपिए हटाउने निर्णय भए पनि प्राधिकरणले यसको कार्यान्वयन गरेको छैन।

निजी आयोजनाबाट बाह्रै महिना बिजुली किन्ने प्रावधान सरकारको नीति तथा कार्यक्रममै उल्लेख गर्नुपर्ने भन्दै संकट निवारणकाल कार्यान्वयन भएको छैन। तर, आर्थिक लाभ हुने र विदेशी लगानी भएका आयोजनाका लागि भने प्राधिकरणले 'लिउ या तिर' मै पिपिए गरिरहेको प्राधिकरणकै अधिकारीको दाबी छ। गत सातामात्र प्राधिकरणले स्वदेशी लगानीको १० मेगावाट मोदीखोलाको डिस्प्याचेबल पिपिए गरेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस