काठमाडौं- नेपालले आगामी २० वर्षसम्म करिब २४ हजार मेगावाट बिजुली भारत निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। सन् २०३५ सम्म देशको उच्च माग पूरा गरेर उक्त परिमाणको बिजुली निर्यात गरिनेछ।जलविद्युत उत्पादन, बजारीकरण र क्षेत्रीय बजार खोज्ने उद्देश्यले दुवै देशको प्रयासमा 'नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन एकीकृत गुरुयोजना' तयारी अन्तिम चरणमा पुगेको छ। गुरुयोजनाले बढी हुने बिजुली निर्यात गर्न सकिने उल्लेख गरेको छ। बिजुली निर्यात गर्न सीमा क्षेत्रमा चार सयदेखि सात सय ६५ केभीका ६ वटा अन्तरदेशीय निर्माण गर्ने लक्ष्य छ।
गुरुयोजना अनुसार सन् २०३५ सम्म बर्खामा २४ हजार र हिउँदमा करिब १२ हजार मेगावाट बिजुली बढी हुन्छ। यस्तो बिजुली भारत निर्यात गर्ने संयन्त्र नभए अर्थतन्त्रले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्ने विद्युत विकास विभागका उप–महानिर्देशक नविनराज सिंहले बताए। 'सन् २०१८/१९ सम्म बिजुली अभाव हुन्छ, भारतबाट आयात नगरी हुँदैन,' उनले भने, 'त्यसपछि पर्याप्त हुने हुँदा निर्यात गर्न सकिन्छ।'
दुवै देशका प्राविधिक संलग्न 'संयुक्त प्राविधिक टिम (जेटिटी)' ले तयार गरेको गुरुयोजनाको अन्तिम मस्यौदा 'संयुक्त कार्य समूह' र 'संयुक्त प्राविधिक समिति'मा विस्तृत छलफल हुन्छ। जेटिटीले आगामी जेठ पहिलो साता मस्यौदा 'ऊर्जा क्षेत्र सहकार्य नेपाल–भारत संयुक्त प्राविधिक समिति'मा बुझाउनेछ। यसपछि गुरुयोजना तयार हुन्छ।
सन् २०३५ सम्म ४४ हजार मेगावाट बिजुली उत्पादन अनुमान छ। सोही आधारमा बन्ने गुरुयोजनाले यता बढी भएको बिजुली ६ नाकाबाट भारत निकासी गर्न सकिने उल्लेख गरेको छ। गुरुयोजनाले दुई देशको सहकार्यमा भारत हुँदै यहाँको बिजुली तेस्रो मुलुकसम्म पुग्ने ढोका खोल्न मद्दत गर्ने अपेक्षा छ।
बढी भएको बिजुली निर्यात गर्ने भनिए पनि स्वदेशमै त्यसको प्रसारण तथा वितरणमा जोड दिएको छैन। नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग र आपूर्तिका आधारमा प्रसारण लाइन गुरुयोजना तयार गरेको छ तर कार्यान्वयन हुन सकेको छैन। उत्पादित बिजुली एकत्रित वा प्रसारण गर्न पनि दर्जनौं प्रसारण लाइन निर्माण गर्नुपर्छ। सामान्य १३२ केभी प्रसारण लाइन निर्माण गर्न प्राधिकरणलाई दसकौं लाग्ने गरेको छ।
बिजुली भारत निर्यात गर्न दुहबी, ढल्केबर, बुटवल, कोहलपुर, लम्की र अत्तरिया नाका अर्थात 'पोइन्ट' पहिचान भएको छ। ती नाकामा चार सयदेखि सात सय ६५ केभीसम्मका अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने योजना छ। चार सय केभी पहिलो अन्तरदेशीय प्रसारण लाइन (ढल्केबर–मुजफ्फरपुर) पूर्ण सञ्चालन हुन नसकेको अवस्थामा निर्यातको कल्पना गर्न नसकिने यस क्षेत्रका जानकार बताउँछन्।
'तोकिएको समयमा नेपालका आयोजनाबाट उत्पादन हुने बिजुलीका आधारमा निर्यात बढाउन सकिन्छ,' ऊर्जा मन्त्रालयका प्रवक्ता तथा नीति महाशाखा प्रमुख सञ्जय शर्माले भने, 'विद्युत खरिद सम्झौता (पिपिए) भइसकेका, पिपिएका लागि आवेदन दिएका र उत्पादन अनुमतिपत्र लिएका आयोजनाको क्षमता हेरेर गुरुयोजनाको काम भइरहेको छ।' यहाँ उत्पादित बिजुली एकत्रित गर्न आन्तरिक प्रसारण लाइन निर्माणमा उत्तिकै ध्यान दिनुपर्ने उनले बताए।
शर्माका अनुसार गुरुयोजना निर्माण २०७१ कात्तिक ४ मा भएको नेपाल–भारत विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयनको निरन्तरता हो। गुरुयोजनाकै आधारमा नेपालको बिजुली भारतलगायत तेस्रो मुलुकसम्म बेच्न सकिने आधार बन्न सक्छ। तर, देशभित्रै प्रसारण र वितरण गर्न नसके निर्यातको औचित्य नहुने प्राधिकरणका अधिकारी बताउँछन्।
पूर्वमा उत्पादित बिजुली पश्चिम र पश्चिमको पूर्वमा प्रसारण गर्ने उद्देश्यले चार सय केभीको 'पूर्व–पश्चिम विद्युत राजमार्ग'को परिकल्पना गरिएको छ। जसअनुसार दुहबी–ढल्केबर, ढल्केबर–हेटौंडा, हेटौंडा–भरतपुर–बुटवल, बुटवल–कोहलपुर–लमही, कोहलपुर–लम्की, लम्की–अत्तरिया र बुटवल–दमौली चार सय केभीका नयाँ प्रसारण लाइन निर्माणको योजना छ।
सीमा क्षेत्रनजिक बन्ने विद्युतीय राजमार्गसँग अन्दरदेशीय प्रसारण लाइन आवद्ध गरी आयात–निर्यात विस्तार हुने सिंहले जानकारी दिए। उनका अनुसार सन् २०१८/१९ सम्म बर्खामा उत्पादन दुई हजार मेगावाट पुग्नेछ भने हिउँदमा एक हजारमात्र आपूर्ति हुन्छ। अभाव हुने हजार मेगावाट भारतबाट किनेर पूर्ति गर्न सकिन्छ। त्यसपछिका वर्ष भने आन्तरिक माग पूरा गर्न समस्या नहुने उनको दाबी छ।
निर्माण भइरहेका र उत्पादन अनुमतिपत्र लिएका आयोजनाका आधारमा सन् २०२१/२२ मा करिब सात हजार मेगावाट बिजुली उत्पादन हुनेछ। यो वर्ष बर्खामा मात्र करिब पाँच हजार सात सय मेगावाट बिजुली बढी हुन्छ। त्यसैगरी, सन् २०२५ सम्म १२ हजार आठ सय र २०३५ सम्म २४ हजार २४ मेगावाट बिजुली बर्खामा बढी हुने प्रक्षेपण छ।
'ऊर्जा क्षेत्र सहकार्य नेपाल–भारत संयुक्त प्राविधिक समिति'को २०७२ असार २१ देखि २३ सम्म दिल्लीमा भएको दोस्रो बैठकले नेपालमा उत्पादन हुन सक्ने बिजुली र खपतको आँकलन गर्दै गुरुयोजनाको खाका तयार पारेको हो। समितिमा नेपालका तर्फबाट विभागका उप–महानिर्देशक सिंहको टोली र भारतका केन्द्रीय विद्युत प्राधिकरणका निर्देशक रविन्दर गुप्ताको टोली सहभागी थियो।
गुरुयोजनाले सन् २०२१ पछि बर्खामा बिजुली खेर जाने प्रक्षेपण गरे पनि प्राधिकरणले पनि सन् १८/१९ पछि नै बर्खामा बिजुली बढी हुने अनुमान गरेको छ। तर, उत्पादन गर्न सकिएन भने यो गुरुयोजना कागजमै सीमित हुने देखिन्छ। तैपनि, यसले भविष्यमा उत्पादन हुने बिजुलीको बजार खोज्ने आधार तय गरेको प्राधिकरण अधिकारी बताउँछन्। निर्माणाधीन, पिपिए र वित्तीय व्यवस्थापन भएका, उत्पादन र अध्ययन अनुमतिपत्र लिएका आयोजनाको क्षमता झन्डै ४४ हजार मेगावाट छ।
तोकिएको समयमा सबै अन्तरदेशीय प्रसारण लाइन बने ढल्केबर–मुजफ्फरपुर समेत सात नाकाबाट बिजुली बेच्न र आवश्यक पर्दा किन्न सकिनेछ। गुरुयोजनाले कर्णाली चिसापानी, पञ्चेश्वर र सप्तकोसीबाट मात्र १८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको छ। १० हजार आठ सय चिसापानी, पञ्चेश्वर तीन हजार तीन सय ६० र सप्तकोसी तीन हजार चार सय मेगावाट समेत उक्त अवधिमा थपिने अनुमान छ।