काठमाडौं- संसदको सार्वजनिक लेखा समितिले सोलु करिडोर (प्रसारण लाइन) को ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर्या उँदै काम रोक्न निर्देशन दिएको छ। उक्त योजनामा कम रकम प्रस्ताव गर्ने कम्पनीलाई पाखा लगाई महँगो रकम प्रस्ताव गर्ने कम्पनीलाई काम ठेक्का दिइएको समितिको ठहर छ।
विद्युत प्राधिकरणले चैत २३ मा १३२ केभी प्रसारण लाइन निर्माणको ठेक्का भारतीय मोहन इनर्जी कर्पोरेसनलाई दिएको थियो। बोलपत्र आह्वानमा ज्यागुअर ओभरसिज लिमिटेडले सबैभन्दा कम रकम प्रस्ताव गरे पनि आर्थिक चलखेलमा उसलाई पाखा लगाइएको आशंकामा समितिले निर्माण चरणमा पुगिसकेको काम रोक्न निर्देशन दिएको हो।
समितिको निर्देशनप्रति ऊर्जा मन्त्रालयका अधिकारी भने असन्तुष्ट देखिएका छन्। संसदीय समितिले समयमै विषय नउठाउने र काम सुरु भएपछि अनावश्यक निर्देशन दिँदा विकासे आयोजना निर्माणमा सधैं बाधा उत्पन्न भएको उनीहरूको टिप्पणी छ।
समितिले यसअघि पनि चमेलिया जलविद्युत आयोजना (३० मेगावाट) मा ठेकेदारलाई भुक्तानी दिँदा अनियमितता ठहर गर्दै काम रोक्न निर्देशन दिएको थियो। समितिको अवरोधकै कारण प्राधिकरणले करिब एक वर्षसम्म काम रोक्यो। निर्देशन सच्याउँदै अनुगमन गरेर मात्र भुक्तानी दिन समितिको निर्देशन थियो। त्यसै कारण चमेलियाको काम अझै राम्रोसँग सुरु हुन नसकेको प्राधिकरणले जनाएको छ।
सम्झौता भएर काम सुरु हुने चरणमा रहेको सोलु करिडोरमा पनि समितिले अवरोध गर्न खोजेको प्राधिकरण अधिकारीको आरोप छ। 'सम्झौताअघि नै छानबिन गर्नुपर्थ्यो वा रोक्नुपर्थ्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहँदा समितिले पनि गर्न सक्थ्यो,' एक अधिकारीले भने, 'अहिले काम रोक्न निर्देशन दिँदा आयोजना पछाडि धकेलिने निश्चित छ।'
सोलु प्रसारणलाइन समयमै नबने २ सय १५ मेगावाटबराबरका ५ आयोजनाको बिजुली खेर जान्छ। जसकारण प्राधिकरणले निजी क्षेत्रलाई वर्षको १ अर्ब ३८ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन सक्छ। ८२ मेगावाटको तल्लो सोलुको विद्युत खरिद सम्झौता (पिपिए) अमेरिकी डलरमा गरिएको छ। प्राधिकरणले यसका लागि झन् बढी हर्जना तिर्नुपर्छ।
ठेक्का प्रक्रियामा हुने कमजोरीका विषयमा सधैं विवाद र छलफल गरेर आयोजना निर्माण गर्न नसकिने उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बताए। 'अनुगमन, निर्णय, निर्देशन गर्ने निकाय धेरै छन्, कसको निर्देशन पालना गर्ने, कसको नगर्ने भन्ने हुन्छ,' उनले भने, 'अवस्था यही रहे जलविद्युत, प्रसारणलाइन मात्र नभई कुनै योजनाको काम हुँदैन।'
लेखा, अर्थ, विकास, कृषि तथा जलस्रोत हरेक समितिले दिन फरक पारेर बैठकमा बोलाई प्रगति बुझाउन निर्देशन दिने उनले बताए। 'अख्तियार, सर्वोच्च, मन्त्रिपरिषददेखि संसदीय समितिसम्म स्पष्टीकरण लेख्नमै मन्त्रालयको काम सीमित छ,' उनले भने, 'अहिले प्रसारण लाइनको काम निरन्तर हुनुपर्छ, गलत देखिए पछि कारबाही गर्न सकिन्छ।' लेखा समितिले भने अर्को निर्णय नभएसम्म काम रोक्न निर्देशन दिइसकेको छ।
ठेक्का मोहन इनर्जीले वा ज्यागुअरले पाउने भन्ने विवादमा समितिको निर्देशनले अझ अन्योल बढाएको छ। दुई कम्पनीका नेपाली एजेन्ट मोटो कमिसन पाउने दाउमा ठेक्का हात पार्न राजनीतिक दलदेखि संसदीय समितिसम्म धाइरहेका छन्। समितिले पनि एजेन्टको पक्ष लिएर निर्देशन दिएको ऊर्जा अधिकारीको टिप्पणी छ।
सात कम्पनीले बैंक ग्यारेन्टी अमेरिकी डलरमा राखेको तर ज्यागुअरले भारतीय मुद्रामा राखेका कारण उसको प्रस्ताव मूल्यांकनमा नपरेको प्राधिकरण कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए। 'भारतीय मुद्रा 'फ्रिली कन्भर्टिबल करेन्सी' हो वा होइन भनी राष्ट्र बैंकसँग सोधियो, होइन भन्ने प्रतिक्रिया आएपछि काम अघि बढाइएको हो,' उनले भने, 'प्राविधिक अयोग्य बोलपत्र प्रतिस्पर्धामा भाग लिन पाउँदैन।'
सम्झौता भइसकेको ठेक्का रद्द गराएर आफूले लिने दाउमा ज्यागुअरका नेपाली एजेन्टले समितिमा उजुरी दिएको मोहन इनर्जीका एजेन्टको दाबी छ। दुई ठेकेदारको विवाद र स्वार्थमा जोडिँदा समितिको संसदीय मर्यादामा प्रश्न उठेको सांसद विकास लम्सालले बताए। 'बिजुली नभएर अहिले मुलुक संकटमा छ, हजारौं युवा बिदेसिएका छन्,' उनले भने, 'समितिले अनावश्यक झमेला र विवाद नगरी काम सहज पारिदिनुपर्छ।'
समितिकै केही सांसद भने संकट देखाएर राज्यलाई घाटा हुने सम्झौता गर्न नहुने तर्क गर्छन्। प्राधिकरणलाई करिब २७ करोड रुपैयाँ आर्थिक भार पर्ने गरी सम्झौता गरेर मोहन इनर्जीलाई ठेक्का दिइएको सांसद रामहरि खतिवडाले दाबी गरे। 'संकट छ भन्दै जे निर्णय पनि गर्न मिल्दैन, यो देखादेखी लुट्ने काम भयो,' उनले भने, 'समितिले आयोजनामा बाधा गर्दैन तर अनियमिततामा आँखा चिम्लिन मिल्दैन।'
काठमाडौं–तराई फास्ट ट्र्याक भारतीय आइएल एन्ड एफएस कम्पनीलाई दिने तयारी हुँदा पनि संसदीय समितिमा व्यापक विरोध भएको थियो। त्यति बेला अर्थ, विकास र लेखा समितिको धारणा नै बाझिएको थियो। समिति र सांसदले पनि एजेन्टका मुद्दा बोकेर हिँड्दा विकास निर्माणमा समस्या देखिएको समितिकै अधिकारी बताउँछन्।
संसदका हरेक समितिले विकासकार्यमा देखिएका गाँठा फुकाएर सहज गरिदिनुपर्ने विकास समिति सभापति रवीन्द्र अधिकारीले बताए। 'रोक्ने–छेक्नेजस्ता कामले राज्यलाई ठूलो घाटा हुन्छ, संसदीय समितिले विकासमा सहजीकरण गर्ने हो, रोक्ने होइन,' उनले भने, 'सांसदलाई पनि ठेकेदार वा एजेन्टले प्रभाव पार्छन्, त्यसबाट बाहिर आउन सक्नुपर्छ।'
काम अघि बढिसकेका आयोजनाका मुद्दा उठाउँदा आयोजना रोकिन्छ भन्ने विषय केही सांसदले बुझेर पनि बेवास्ता गर्ने गरेको अधिकारीको तर्क छ। 'समिति तथा सांसदले संसदीय मर्यादा बुझ्नुपर्छ, कति सांसदलाई यस्तो मर्यादाबारे थाहै हुँदैन,' उनले भने, 'जान्ने प्रयास गरेका हुँदैनन्, यसले पनि संसदीय समितिको मर्यादामा आँच पुग्छ।'
भारतको सहुलियत ऋण (२९ करोड अमेरिकी डलर) मा निर्माण गर्ने भनिएको प्रसारण लाइनका लागि ८ कम्पनीले आवेदन दिएका थिए। तीमध्ये ७ को मात्र प्रस्ताव मूल्यांकन भयो। आयोजनाको परामर्शदाता लाह्मेयर इनटरनेसनलले ज्यागुअरलाई सुरुमै प्राविधिक रूपमा अयोग्य ठहर गरेकाले बाँकी सात कम्पनीको मात्र आर्थिक मूल्यांकन गरिएको प्राधिकरणको तर्क छ।
सातमध्ये सबैभन्दा कम रकम प्रस्ताव गर्ने मोहन इनर्जीसँग वार्ता गरी ठेक्का सम्झौता भएको काफ्लेले बताए। पूर्वाग्रह राखी छनोट प्रक्रियामा विभेद गरेको भन्दै ज्यागुअरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको थियो। आयोजनाका सबै फाइल अख्तियारले छानबिन गरेको थियो।
छानबिनपछि आयोगले तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवाली, कार्यकारी निर्देशक काफ्लेसहितलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो। यो निर्णयविरुद्ध ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले संवैधानिक व्यवस्थाअनुसार आयोगलाई यसरी कारबाही गर्ने अधिकार नरहेको फैसला गर्योय। यही फैसलालाई टेकेर प्राधिकरणले मोहन इनर्जीसँग सम्झौता गरेको काफ्ले बताउँछन्।
ऊर्जासचिव सुमनप्रसाद शर्माले पनि सोलुको ठेक्का प्रक्रिया नियमअनुसार गरिएको बताए। 'परामर्शदाता, प्राधिकरण मूल्यांकन र पुनःमूल्यांकन समितिले अध्ययन गरेर काम अघि बढाएको हो,' उनले भने, 'मूल्यांकन समितिको सझावअनुसार काम नगर्दा अर्को समस्या आउन सक्छ।' हरेक दिन विभिन्न समितिले बोलाउँदा ऊर्जा संकट निवारणमा अपेक्षाअनुसार काम गर्न नसकिएको उनले गुनासो गरेका छन्।