काठमाडौं- माथिल्लो कर्णाली जलविद्युत आयोजना (९ सय मेगावाट) निर्माणमा सात विदेशी र एक नेपाली वित्तीय संस्थाले करिब एक खर्ब १२ अर्ब रुपैयाँ लगानी गर्ने मौखिक बचन दिएका छन्।
आयोजना निर्माण जिम्मा पाएको भारतीय जिएमआर इनर्जी कम्पनीले कमजोर वित्तीय अवस्थाका कारण लगानी जुटाउन नसकेपछि विदेशी दातालाई अनुरोध गर्दै आएको थियो। उसको अनुरोधपछि विदेशी तथा स्वदेशी संस्थाले ऋण दिने अनौपचारिक वचन दिएका हुन्।
अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी), युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी), एसियाली विकास बैंक (एडिबी), कमनवेल्थ डेभेलपमेन्ट कोअपरेसन (सिडिसी), युरोपियन डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्युसन (इडिएफआई), फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट (ओपेक), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले आयोजनामा ऋण लगानी गर्न तयार रहेको लगानी बोर्डले जानकारी दिएको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा नेपाली वित्तीय संस्थाले समेत ऋण लगानी गर्ने भएका छन्। बोर्डका अनुसार विदेशी दाता तथा वित्तीय संस्थाले ८६ करोड (करिब ९१ अर्ब १६ करोड रुपैयाँ) अमेरिकी डलर र स्वदेशी संस्थाले २० करोड डलर (करिब २१ अर्ब २० करोड रुपैयाँ) ऋण दिन सहमत भएको बोर्ड स्रोतले जानकारी दिएको छ।
लगानी जुटाउने प्रयास गरे पनि यसको व्यवस्थापन र तयारी जिएमआरले बाहिर ल्याएको थिएन। माथिल्लो कर्णाली हाइड्रोपावर कम्पनीको स्वामित्व बेचेर आयोजना छोड्ने खेल सार्वजनिक भएपछि आयोजना बनाउन प्रतिबद्ध रहेको भन्दै उसले वित्तीय व्यवस्थापनको तयारीबारे बोर्डलाई जानकारी गराएको हो।
आयोजनाका लागि अनुमान गरिएको करिब एक खर्ब ४० अर्ब रुपैयाँ (प्रसारण लाइनसहित) लगानीमध्ये ७० प्रतिशत ९८ अर्ब रुपैयाँ ऋण र बाँकी स्वपुँजी लगानी हुनेछ। स्वदेशी र विदेशी वित्तीय संस्थाले ऋणका लागि आवश्यक रकम दिन तयार भएपछि निर्माणमा समस्या नहुने बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए। 'अब उचित वातावरण तयार गरेर छिटो आयोजना बनाउनुको विकल्प छैन,' उनले भने।
आयोजनाका लागि ऋण जुटाउन जिएमआर गत चैत २३ र २४ मा उल्लेखित विदेशी दातालाई बोलाएर काठमाडौंमा छलफल गरेको थियो। छलफलपछि दाताले ऋण लागि अनऔपचारिक प्रतिबद्धता जनाएको पन्तले बताए। उनका अनुसार जिएमआरले 'माथिल्लो कर्णाली हाइड्रो पावर कम्पनी' को स्वामित्व बेचेर आयोजना छोड्न लागेको कुरा सत्य होइन।
सन् २०१४ मा ४९ प्रतिशत सेयर फ्रान्सको आफ्नै साझेदार 'इलेक्ट्रिसाइट द फ्रान्स सा (इडिसी)' लाई बेच्ने तयारी गरेको तर आइएफसी नमानेपछि रोकिएको बोर्ड अधिकारीको भनाइ छ। जिएमआरको वित्तीय अवस्था (वासलात) हेरेपछि विश्वका कुनै पनि वित्तीय संस्था उसले अघि बढाएका आयोजनामा लगानी गर्न पन्छने गरेको यस क्षेत्रका जानकार बताउँछन्।
आयोजनाबाट नेपालले एक सय आठ मेगावाट बिजुली र २७ प्रतिशत निःशुल्क सेयर पाउँछ। यस्तै, आयोजनामा आइएफसीले १० प्रतिशत सेयर लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ। अहिले जिएमआरसँग ६३ प्रतिशतमात्र स्वामित्व छ। बढी स्वामित्व अन्य निकायलाई बेचेर आफूले कम राख्ने जिएमआरको योजना छ। यसो हुँदा आयोजनामा उत्पन्न हुने जोखिम पनि कम हुनेछ।
जिएमआरले ऊर्जा, विमानस्थल, सडक पूर्वाधार, सहरी विकासलगायत क्षेत्रमा लगानी गर्दै आएको छ। पछिल्लो समय उसको विमानस्थलबाहेक सबै व्यवसाय धराशयी हुँदै गएका छन्। आफैंले ऋण लगानी गर्न नसकेपछि नै उसले विदेशी वित्तीय संस्थालाई अनुरोध गर्दै आएको थियो। स्वदेशी र विदेशी संस्थाले झन्डै सवा खर्ब रुपैयाँको बचन पूरा हुनेमा जिएमआर नै विश्वस्त देखिँदैन।
आयोजना निर्माण प्रक्रिया सुरु गर्न पहिलोपटक सन् २००८ मा जिएमआर र सरकारबीच समझदारी भएको थियो। यस्तै, बोर्ड र जिएमआरबीच २०७१ असोज ३ गते आयोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको थियो। हस्ताक्षर भएको दुई वर्षभित्र लगानी जोहो गर्नुपर्ने प्रावधान पिडिएमा छ।
पिडिए भएको करिब डेढ वर्ष नाघिसकेको छ। अबको ६ महिनाभित्र वित्तीय स्रोत नजुटे उसले आयोजना छोड्नुपर्छ। सम्झौता भएको ६ महिनाभित्र तल्लो तटका सिँचाइ, वातावरणीय र जैविक क्षेत्रमा पर्ने असर अध्ययन गरेर प्रतिवेदन बुझाउनुपर्ने पिडिएमा छ। जिएमआरले एक साताअघि मात्र अध्ययन प्रतिवेदन सिँचाइ विभागमा बुझाएको छ।
पिडिएको सात वर्षभित्र आयोजना पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ। आयोजनाबाट जिएमआरले निःशुल्क १२ प्रतिशत (१०८ मेगावाट) बिजुली र २७ प्रतिशत सेयर दिनुपर्ने सम्झौता छ। जिएमआरले आयोजना बनाउँदा तल्लो तटमा निर्माण भइरहेका रानीजमरा कुलरिया, राजापुर र सूर्यपटुवा सिँचाइ आयोजनामा असर पर्न नहुने पिडिएमा उल्लेख छ। १८ देखि २१ घन्टासम्म थुनेर तीन घन्टा निरन्तर पानी छाड्दा यसले तल्लो तटमा असर गर्ने विभागका अधिकारी बताउँछन्।