काठमाडौं- निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूला टेलिकम कम्पनी एनसेलको बिक्री प्रक्रिया पूरा हुँदै गर्दा राजस्व जिम्मेवारीबाट उसले उन्मुक्ति नपाउने करविज्ञले औंल्याएका छन्। नेपालको कानुनअनुसार बिक्रीपछि पनि लाभकर बुझाउने जिम्मा एनसेलकै हुन्छ।
टेलियासोनेराले कम्पनी हस्तान्तरण गरे पनि उसले तिर्नुपर्ने करिब ३३ अर्ब लाभकरबापतको राजस्व एनसेलले नै बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
'कम्पनी बिक्री गरेर टेलियासोनेरा फर्किए पनि यहाँ रहेको एनसेलले लाभकर तिर्नुपर्छ,' अर्थविद रामेश्वर खनालले भने, 'अफसोर डिलिङ भन्दैमा एनसेल नेपालको कानुनभन्दा बाहिर जान सक्दैन।' उनका अनुसार आयकर ऐनको दफा ९५ बमोजिम कर दायित्व करकट्टी गरेर सम्बन्धित कार्यालयले बेहोर्र्नुपर्छ।
कुनै पनि कम्पनीमा काम गर्ने कर्मचारीको आयकर उक्त कम्पनीले तिर्नुपर्ने भनेजस्तै टेलियासोनेरा गए पनि नेपालमै रहेको एनसेलले उक्त लाभकर बुुझाउने दायित्व लिनेछ। 'अब एनसेलले उक्त लाभकर तिर्नुपर्छ,' खनालले थपे, 'मानेन भने राज्यले उसको सम्पत्ती जफत गर्न सक्छ।'
मलेसियाली कम्पनी एक्जियटाले यहाँ कारोबार गर्न नेपाल दूरसञ्चार प्राधिकरण, राजस्व कार्यालय, उद्योग विभागलगायत सरकारी निकायमा जानकारी तथा विभिन्न प्रक्रिया पुर्यााउन बाँकी छ।
टेलियासोनेरा बाहिरिए पनि एक्जियटा आउने प्रक्रियामै रहेकाले लाभकर आउने उनको भनाइ छ।
सरकारले कर तिराउने सुनिश्चित नभई कारोबार गर्न दिनु कमजोरी भएको भन्दै पूर्वमुख्य सचिव लीलामणि पौड्यालले देशले कर गुमायो भने सरकारी अधिकारीको संलग्नता पुष्टि हुने हुने बताए।
'हामीले यो कारोबार सुरु भएको सूचना आउनासाथ कसरी कर लिन सकिन्छ भनेर सचेत गराइरहेका छौं,' पूर्व मुख्यसचिव पौड्यालले भने, 'अहिले आएर उहाँहरूले कानुन छैन भन्न पाउनुहुन्न।'
पौडेलले अहिले पनि कानुन बनाएर राज्यले लिनुपर्ने कर असुली गर्न सकिने बताए। भारतले भोडाफोन कम्पनीबाट भएको यस्तै अफसोर कम्पनीसँगको कारोबारमा कर नतिरेपछि ५० वर्षअघिदेखि लागू हुने कानुन बनायो। भारतले त्यस्तो कानुन मात्र बनाएन, जी–ट्वान्टीमा त्यसविरुद्ध उठ्दा त्यहाँका प्रधानमन्त्रीले प्रतिरक्षा गरेका थिए।
पौड्यालका अनुसार नेपालको कानुनलाई भूतप्रभावी बनाउनै पर्दैन, अहिलेकै कानुन पर्याप्त छ। त्यतिबेला कानुन बनाउने पूर्व निर्देशक, सचिव, स्वदेशी विदेशी विशेषज्ञ सबैले कर लिनुपर्छ भनिरहेकामा कर प्रशासक द्विविधामा रहने र नेता चुपचाप बस्ने गरेको उनले आरोप लगाए।
'अहिले हाम्रो हात तल परेको छ, तैपनि अझै कर उठाउँछु भनिरहेका छन्,' पौड्यालले भने, 'कर उठाएनन् भने तिनका विरुद्ध अभियान सुरु हुन्छ।'
'पानामा पेपर' प्रकरणपछि सेल कम्पनीका विषयमा अन्तर्राष्ट्रिय जगतमा सरकार प्रतिरक्षामा रहेका बेला त्यस्तै प्रकृतिको कम्पनीसँगको कारोबार शंकास्पद हुने भएकाले विचार गर्न नेपाल राष्ट्र बैंकले समेत बैंकहरूलाई सचेत बनाइसकेको छ। तर, त्यो परिस्थितिमा विचार नगरिएको पौड्यालको भनाइ छ। पुसमा युरोपको टेलियासोनेराले मलेसियाको एक्जियटालाई १ खर्ब ४० अर्ब रुपैयाँमा एनसेल बिक्री गरेको थियो। गत सोमबार दुई कम्पनबीच बिक्री कारोबार सकिएको बताइएपछि नेपालले पाउने लाभकर विषयमा चर्चा सुरु भएको हो।
सम्पूर्ण कारोबारमध्ये एक्जियटाले ८० प्रतिशत सेयर किनेको छ भने भावना सिंह श्रेष्ठका नाममा २० प्रतिशत सेयर परेको थियो। गैरआवासीय नेपाली नागरिक निरजगोविन्द श्रेष्ठमा रहेको सेयर भावनालाई बेच्दा आउने लाभकर मात्र तिरेको बताइएको छ भने टेलियासोनेराले बेचेको ८० प्रतिशत सेयरबाट आउने लाभकरको विषयमा कम्पनीले केही भनेको छैन।
सम्बन्धित विज्ञका अनुसार टेलियासोनेराले बेचेका ८० प्रतिशत सेयरबाट नेपालले ३३ अर्बभन्दा धेरै लाभकर पाउन सक्छ। उक्त विषयमा टेलियासोनेराले केही बोलेको छैन, एक्जियटाले नेपालमा कारोबार सुरु गरिसकेको छ।
टेलियासोनेराले एक्जियटालाई एनसेल बेचेपछि त्यसको जानकारी नेपाल दूरसञ्चार प्राधिकरणलाई गराउनुपर्छ। त्यो जानकारी गराउँदा टेलियोसोनेरा र एक्जियटाबीचको कारोबारमा देशलाई बुझाउनुपर्ने लाभकर बुझाएको छ कि छैन भन्ने जानकारी लिने विज्ञहरू बताउँछन्। यदि लाभकर तिरेको छैन भने प्राधिकरणले सञ्चालन अनुमति नदिन पनि सक्ने विज्ञहरूको भनाइ छ।
त्यस्तै, एक्जियटाले एनसेलमा काम गर्न विदेशबाट वा आफ्ना मुख्य कार्यालयबाट कर्मचारी पनि ल्याउन सक्छ। ती कर्मचारीलाई नेपालले भिसा दिँदा देशले पाउने लाभकर फर्स्योट भएको छ/छैन वा प्राधिकरणबाट स्वीकृत भएको छ/छैन भनेर सोधखोज गर्न सक्ने खनालको भनाइ छ।
त्यस्तै, ठूला करदाता कार्यालयले उक्त कारोबारमा देशले पाउनुपर्ने लाभकर लिन तयारी गरिरहेको छ। उसको त्यो तयारीलाई कुनै पनि कर्मचारीले चाहेका भरमा मात्र रोक्न नसक्ने खनालले बताए।
'आन्तरिक राजस्व कार्यालयबाट लाभकर लिने भन्ने निर्णय भइसकेपछि यसलाई अब कुनै पनि निकायले निर्णय गरेर रोक्न सक्दैन,' खनालले भने। अहिलेसम्म त्यो लाभकर नलिए पनि हुने भनेर आन्तरिक राजस्व विभागले पूर्वादेशबाट रोक्न सक्ने भए पनि त्यो म्याद पनि सकिएको खनालको भनाइ छ। पूर्वादेशको बाटोबाहेक अन्य तरिकाले लाभकर लिनबाट नरोकिने उनको भनाइ छ।
कुनै हालतमा एनसेलबाट लाभकर लिइने भए पनि अहिलेको डर त्यसको मूल्यांकन कम गर्छन् कि भन्ने रहेको खनालको भनाइ छ। 'देशले पाउने कर कुनै हालतमा आउँछ,' खनालले भने, 'अहिलेको डर भनेको कम मूल्यांकन हुन्छ कि भन्ने हो, त्यसमा चनाखो रहनुपर्छ।'
सरकारी अधिकारीले जसरी पनि कर लिने भनिरहेकाले आशा गर्न सकिने पौड्यालको भनाइ छ। 'एनसेल प्रकरणमा जसरी पनि कर लिनुपर्छ,' पौड्यालले भने, 'कर लिइएन भने त्यसपछिको कारबाही संलग्न व्यक्तिमाथि हुनेछ।'
पछिल्लो समय कानुन नभएको लगायत बहानामा बितिरहेको विज्ञको भनाइ छ। संसदीय समितिमा समेत छलफल भइरहेका बेला सरकारी प्रमुख व्यक्ति गम्भीर भएर लागेका छैनन्। कर्पोरेट क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको उक्त कारोबारबाट कर लिन चुक्यो भने देशका लागि ठूलो घाटा हुने विज्ञहरूको भनाइ छ।
एक्जियटा एसियाकै ठूला कम्पनीमध्ये पर्छ। २६ करोडभन्दा धेरै ग्राहक रहेको उक्त कम्पनीमा २५ हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्। एक्सियटाले मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, सिंगापुर, पाकिस्तानलगायत एसियाली देशका दूरसञ्चार क्षेत्रमा लगानी छ।