काठमाडौं- फर्म भरेको कति हो, दाइ?
– नयाँको दुई सय। पुरानो सय रुपैयाँ।
कति महँगो त?
– हाम्रो रेट नै यही हो।
यो संवाद अनामनगर, लोकसेवा आयोग अगाडि आवेदक र पसलेबीच केही दिनअघि भएको हो। लोकसेवा आयोगले विभिन्न पदको आवेदन फर्म भर्न पछिल्लो समय अनलाइनको व्यवस्था गरेको छ। यो व्यवस्थापछि लोकसेवा दिन चाहनेहरु कार्यालयअगाडि वा विभिन्न साइबरमा फर्म भर्न व्यस्त हुन थालेका छन्।
लोकसेवाको कार्यालयसँगै आफूलाई चाहिने किताब पनि पाइने भएकाले धेरै उम्मेदवार त्यहीँका पसलमा फर्म भर्न पुग्छन्। मेन रोडबाट कार्यालय गेटसम्म पुग्ने बाटोमा १४ भन्दा धेरै पुस्तक पसल छन्। सबैले आवेदन फर्म भरेको एउटै मूल्य राखेर कार्टेलिङ गरिरहेका छन्। एक पसलेका अनुसार कुनै पनि पसलेले नयाँ फर्म भरेको दुई सय र पुरानोको सय रुपैयाँभन्दा कम लिन पाउँदैन।
'यहाँ हाम्रो संगठन जस्तै छ,' ती पसलेले भने, 'हामी १४ वटा पसलमा कसैले पनि तोकेको मूल्यभन्दा कममा नभर्ने सहमति भएको छ।' प्रत्येक पसलले अनलाइन फर्म भरेकाको नाम र पैसा आफ्नो खातामा लेख्ने गरेका छन्। ती पसलेका अनुसार बेलुका सबै पसलेले 'रिचेक' पनि गर्छन्।
'यहाँ फर्म भरेको धेरै महँगो रहेछ,' गुल्मीका सुनिल कार्कीले भने, 'खर्च त धेरै लाग्दैन, उनीहरुले लिने पैसा भने धेरै भयो।' कार्यालयअगाडि फर्म भर्न सजिलो हुने भएकाले त्यहाँ आउने गरेको उनले बताए। फर्म भरेपछि मास्टर आइडी लिएर पैसा तिर्न कार्यालयमा जानुपर्छ। दुवै काम एकैपटक हुने भएपछि त्यहाँ सजिलो हुने आवेदक बताउँछन्।
फर्म भर्न बसेका एक पसले मिलेर मूल्य नतोक्ने हो भने कसैकोमा भिड लाग्ने कसैकोमा नलाग्ने होला भनेर यसो गरेको बताउँछन्। 'प्रतिस्पर्धा भयो भने त कसैको सुक्ने कसैले धेरै भराउने हुन्छ नि!' उनले भने, 'हामीले यसो गर्नुपर्छ।' आयोगले अनलाइन फर्म भर्ने व्यवस्था गरेपछि उनीहरूले पनि मिलेर भर्ने व्यवस्था गरेका हुन्।
पसलेका अनुसार दिनमा एक पसलबाट कम्तीमा २५ जनाले फर्म भर्छन्। जहाँ गए पनि एउटै मूल्य भएपछि जहाँ खालि छ त्यहीँ पुग्छन्, आवेदक। कोही पनि खालि बस्नु पर्दैन। आयोगले दिउँसो दुई बजेसम्म मात्र पैसा तिर्ने समय राखिदिएकाले त्यो बेलासम्म प्रायः पसल व्यस्त हुन्छन्।
ती पसलहरुले पहिलेदेखि नै लोकसेवाको किताब बिक्री गर्दै आएका थिए। खुला रुपमा राखिएका ती पुस्तक पसलले लोकसेवा तयारी गर्नेलाई उपयोगी पुस्तक बेच्छन्। पुस्तकको मूल्यमा भने प्रतिस्पर्धा रहेको उनीहरू बताउँछन्। किताबमा प्रतिस्पर्धा गर्न सकिने तर फर्म भराउने काममा गर्न नसकिने उनीहरूको भनाइ छ। किताब राखेबापत त्यहाँको भाडा पनि तिर्न नपर्ने एक पसलेले बताए।
प्रत्येक पसलेले फर्म भर्नको लागि एक ल्यापटप राखेका छन्। त्यसमा विभिन्न माध्यमबाट इन्टरनेट जोडेका छन्। त्यसैगरी फोटो र सिग्नेचर स्क्यानको सुविधा पनि राखेका छन्। त्यसबाहेक उनीहरूको अरु केही खर्च छैन। फर्म भर्न बसेका एक पसलेका अनुसार एकैपटक धेरै लगानी गर्नु परेकाले मिलेर मूल्य तोक्नु परेको हो।
लोक सेवा आयोग अगाडि कार्टेलिङ भए पनि अन्य साइबरमा भने अलि सस्तो लिने उम्मेदवार बताउँछन्। साइबरमा नयाँ फर्म भरेको ५० रुपैयाँसम्म लिने गरेका उनीहरूको भनाइ छ। अनामनगर वरिपरिका प्राय साइबर फर्म भर्नेले भरिएका हुन्छन्। पछिल्लो समय साइबर व्यवसाय कम हुँदै गएपछि अनामनगर क्षेत्रमा यही फर्म भर्ने कामको लागि साइबर सञ्चालन भएको व्यवसायीको भनाइ छ।
लोक सेवा आयोगले वर्षैभरि विभिन्न तह र विषयका सयौं रिक्त पदमा आवेदन आह्वान गर्छ। ती पदमा हजारौंले आवेदन दिन्छन्। आवेदकमध्ये धेरैजसो लोकसेवा कार्यालय अगाडि नै पुग्छन् भने केहीले साइबर र अरु केहीले घरबाट अनलाइनमार्फत फर्म भर्ने गरेका छन्। आयोगले अनलाइनमार्फत फर्म भर्ने व्यवस्था गरेपछि कार्यलयमा भिडभाड कम भएको छ भने पसलमा बढेको छ।
विभिन्न इन्टरनेट कम्पनीले इन्टरनेट सुविधा घरघर, हातहातमा पुर्यावएको दाबी गरे पनि चर्को मूल्यमा फर्म भर्ने विद्यार्थी देख्दा त्यो सुविधा छ भन्न नसकिने देखिन्छ। उनीहरूले इन्टरनेट त दिएका छन् तर धेरै सुविधा मोबाइलमा मात्र सीमित भएको देखिन्छ।