काठमाडौं- ल्याटिन अमेरिकी मुलुकको कोकिन युरोपियन मुलुकसम्म तस्करी गर्न भारत, दक्षिण अफ्रिका र ब्राजिलमा रहेका नाइजेरियाली संगठित समूहले नेपाललाई विश्रामविन्दु (ट्रान्जिट प्वाइन्ट) बनाइरहेको खुलेको छ।इटाली, नेदरल्यान्ड र अमेरिकासम्म कोकिन पुर्यााउन लामो हवाई रुट प्रयोग गर्दै नेपाल आउँदा पक्राउ परेका भरियाको बयानबाट दक्षिण अफ्रिका र ब्राजिलमा रहेका नाइजेरियाली समूहले दुबई हुँदै कोकिन युरोप पठाउन नेपाललाई ट्रान्जिट बनाउने गरेको खुलेको हो। उनीहरुले नेपाल, भारत र मलेसियामा पनि नाइजेरियालीमार्फत नै कोकिन कारोबार गरिरहेको भरियाले सकारेका छन्।
लागुऔषध अनुसन्धान ब्युरोले चार वर्षबीचमा कोकिनसहित पक्राउ गरेका ८ जनाबाट ब्राजिल, दक्षिण अफ्रिका र भारतमा बस्ने नाइजेरियालीको पहिचान गरे पनि नेपालमा सक्रिय उक्त समूहका सदस्य पहिचान गर्न सकेको छैन। चैत १५ मा दुई किलो झोल कोकिनसहित ब्युरोले पक्राउ गरेका दक्षिण अफ्रिकी नागरिक एमपाथेनी एमसाइन र भारतीय नागरिक मेर्सीको बयानमा समेत नाइजेरियाली समूह नै खुलेको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए।
ठमेलमा पक्राउ परेका दुई भरियासँगै ब्युरोले चार वर्षभित्र १९ किलो कोकिनसहित ८ जना भरियालाई पक्राउ गरिसकेको छ। यसअघि पक्राउ परेका पाकिस्तानी, फिलिपिनो, मलेसियाली र नामिबियन नागरिकले समेत आफ्नो बयानमा नाइजेरियाली समूहका सदस्यले इटाली र नेदरल्यान्डसम्म कोकिन पुर्यानउन नेपालको बाटो हुँदै आफूहरुलाई कोकिन बोकाएर पठाएको बयानमा सकारेका थिए।
कोकिनसहित पक्राउ परेका मारिना विन्ती जमाउद्दिन, सुपरेट्टा मेकेन्टोस, आइसा हुसेन र लुइस अर्थर निही तथा फिलिपिनी क्रिस्टिना बेयर हेरा र नामिबियाका रेमन्ड जुंगु ओपेलको बयानमा खुलेअनुसार नाइजेरियामा रहेका जेरी नेपालमा पक्राउ पर्ने समूहको मुख्य परिचालक रहेको देखिन्छ। कोकिन भरियाको छनोटपछि उसैले दुबई, नेपाल, भारत, मलेसिया, इटली र नेदरल्यान्डमा रहेका सहयोगीसँग सम्पर्क गराउने गरेको पक्राउ कारोबारीको बयानबाट खुल्छ। पेरुमा अर्का नाइजेरियन पिटर सक्रिय छन्।
पाकिस्तानमा केनिथ इजेके, इटलीमा डेनियल र नेदरल्यान्डमा एवे नामका नाइजेरियन सक्रिय छन्। यसअगाडिको पक्राउमा भारत र नेपालमा सक्रिय नाइजेरियाली समूहको सदस्यको नाम खुलेको थिएन। अफ्रिकी र भारतीय महिलाको बयानमा भारतमा रहेका नाइजेरियाली समूहका सदस्यको नाम खुलेको छ। मेर्सीको बयानबाट स्वोता नामकी महिलाको पहिचान खुलेको छ भने अफ्रिकी महिला एमपाथोनीको बयानबाट लुइस र माइकको नाम खुलेको छ।
शरणार्थी र फुटबल खेलाडीको रुपमा नेपालमा नाइजेरियाली नागरिक आउने गरेका छन्। नेपालमा होटल बुक गराउन र आवश्यकताअनुसार कोकिन लिन नेपालमा रहेका नाइजेरियाली नागरिकले सघाउने गरेको खुले पनि प्रहरी उनीहरुलाई पहिल्याउन सफल भएको छैन।
रेमन्ड जुगु ओपेल र मारिनाको बयानबाट नेपालमा समेत सो समूहका सहयोगी रहेको खुलेको थियो। नाइजेरियाली समूहको योजनाअनुसार मारिना लाजिम्पाटको एक अर्पाटमेन्टमा कोठा लिएर बसेकी थिइन्। पहिल्यै बुक भएको ठमेलको नर्थफिल्ड होटलमा बस्ने तयारीसहित आएका रेमन्डको बयानमा सो कोकिन लिन होटलमै अर्का विदेशी नागरिक आउने योजना खुल्यो। होटल पुग्नुअगाडि विमानस्थलमै पक्राउ परेका उनले योजना ढिलो खुलाउँदा प्रहरीले होटलमा जाल बिच्छ्याउन भ्याएन।
'दक्षिण अफ्रिकी र भारतीय नागरिकको बयानबाट उनीहरुलाई नाइजेरियाली समूहले कोकिन भरिया बनाएर पठाएको देखियो,' ब्युरोप्रमुख डिआइजी जयबहादुर चन्दले भने, 'यसअगाडिको अनुसन्धानमा समेत नेपाललाई कोकिन ट्रान्जिट बनाउन नाइजेरियाली समूहकै सक्रियता खुलेको थियो।'
नेपालमा पक्राउ परेका कोकिन भरियाको बयानमा तस्करी समूहका सदस्यको पहिचान भए पनि अनुसन्धानको प्रगति उत्साहजन देखिन्न। नेपालमा पक्राउ परेका भरियाबाट खुलेका नाम, उनीहरुले प्रयोग गर्ने फोन नम्बरलगायत महŒवपूर्ण विवरण ब्युरोले लागुऔषध नियन्त्रणमा सक्रिय अन्तर्राष्ट्रिय संगठन र इन्टरपोलमार्फत समेत सम्बन्धित देशमा पठाउने गरेका छन्। चार वर्षको दौरान इन्टरपोलमार्फत आधा दर्जन यस्ता विवरण पठाए पनि त्यसको अनुसन्धानको प्रगतिबारे ब्युरोलाई कुनै जानकारी छैन।
नेपाल किन ट्रान्जिट?
ल्याटिन अमेरिकी देशबाट दुबई–भारत–नेपाल–मलेसिया हुँदै हवाई यात्राबाट युरोप पुग्नु निकै लामो रुट हो। पछिल्ला घटनाले कोकिन कारोबारी यही रुटमा सक्रिय देखिए। किन?
नेपालको विमानस्थल आगमनमा भन्सारबाहेक अन्य सुरक्षा जाँच नहुँदा सहजै कोकिन भिœयाउन सकिने र नेपालमा कोकिन भिœयाउन सके स्थलमार्ग हुँदै भारतसम्म पुर्याहउन सहज रहेको निष्कर्षसहित अन्तर्राष्ट्रिय कोकिन कारोबारीले नेपाललाई ट्रान्जिट बनाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको निष्कर्ष देखिन्छ।
'भारतसँगको खुला बोर्डरका कारण विमानस्थलबाट कोकिन बाहिर ल्याउन सके सहजै दोस्रो देस हुँदै युरोप लैजान सकिने कारोबारीको निष्कर्ष देखियो,' डिआइजी चन्दले भने, 'अन्य देशको तुलनामा नेपालमा कोकिन कारोबारीविरुद्ध कानुनी दण्ड–जरिवाना न्यून हुनुले भरियासमेत नेपाल हुँदै अन्य देश जान तयार हुने गरेको देखियो।'