काठमाडौं– नेपालमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारवाही गर्न सुरु गरेको चार वर्ष भन्दा बढी भैसकेको छ। चार बर्षको यो अवधिमा उपत्यकामा मात्र एक लाख ६३ हजार ५ सय ५४ जना सवारी चालक कारवाहीमा परेका छन्।नेपालमा ०६८ मंसिर १७ गतेबाट मापसे कारवाही सुरु भएको हो।
महानगरिय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार कारवाहीमा पर्ने चालकमध्ये ११ सय ४७ जना महिला चालक छन् भने बाँकी सबै पुरुष रहेका छन् । तथ्यांक अनुसार चार वर्षको अवधिमा मापसेका कारण सडक दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ ।
०६८ सालदेखी गत फागुन २५ गतेसम्मको तथ्यांक अनुसार ६ सय ६१ वटा दुर्घटना मापसेको कारण भएको छ । उक्त दुर्घटनामा ६ सय ७ जना घाइते भएका छन् । मापसेका कारण हुने दुर्घटनाको दर हरेक वर्ष क्रमिक रुपमा घट्दै गएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार सबैभन्दा बढी ०६९ सालमा २ सय ३६ वटा दुर्घटना भएको छ । त्यसपछि क्रमश ०७० सालमा १ सय ५५ वटा, ०७१ सालमा १ सय ५० वटा र चालु वर्षको फागुन २५ गतेसम्म १ सय २० वटा दुर्घटना भएका छन् ।