काठमाडौं- गोठाटारका गोविन्द पुडासैनी तीन वर्षअघिसम्म जोरपाटी, नारायणटारदेखि गुह्वेश्वरीसम्म बागमती करिडोर क्षेत्र हिँडडुल गर्दा नाक थुन्थे। नदीको फोहरबाट फैलिएको दुर्गन्धले नाक नथुनी हिँड्नै मुस्किल हुन्थ्यो। कालै देखिने बागमतीको पानी र वरपरको फोहर हेरिसाध्य थिएन।नजिक पर्दा ह्वास्सै आउने दुर्गन्धले उनी यति आजित थिए कि बागमतीको पानीले मुख धुन त के, छुन पनि रुचाउँदैनथे।
यो समस्या गोविन्दको मात्र थिएन। बागमती करिडोर भएर पैदल वा सवारीसाधनमा हिँड्ने जोकोही फोहर बागमतीले हैरान थिए। त्यसो त पशुपतिनाथ दर्शन गर्न पुग्नेको दुर्दशा पनि कम हुँदैनथ्यो, सके नुहाउने, नसके पनि बागमतीको पानीले मुख धुने चाहनाले तीर्थाटन आउनेहरु पानीको हबिगत देखेर दिग्दार हुन्थे।
बागमतीको यो हालत अब रहेन।
बागमतीमा त्यसयता धेरै पानी बगिसकेको छ। अर्थात् अहिले बागमतीमा कालो रंगको पानी बग्दैन, न आसपास सिनो गनाइरहेकै हुन्छ।
दुई वर्षमा बागमतीको वातावरण कायापलट भएको छ। गोविन्दजस्ता जोकोही अहिले बागमती करिडोर क्षेत्रमा नाकै नथुनी निष्पि्कक्री हिँड्छन्, बरु सुगन्ध लिँदैलिँदै।
गोविन्द अचेल बागमतीको पानीमा मजाले हात हाल्छन्। अझ शनिबारको दिन त बागमती किनारमै बसेर तुलसीको चिया पिउँछन्। विगतमा दुर्गन्ध आउने स्थानमा अहिले तुलसी र फूलका बास्ना चलिरहेको हुन्छ। त्यही छेउमा बसेर उनी आफू मात्र होइन, अरूलाई पनि तुलसीको चिया पिलाउँछन्।
उनीहरुले चियाका रुपमा पिउने तुलसीको पात अन्यत्र कतैबाट ल्याइएको होइन। त्यही किनारमा फलाइएको हो। विगतमा फोहरको डंगुर हुने बागमती किनारमा यतिबेला तुलसीका बोट लहराइरहेका र विभिन्न थरीका फूल फुलिरहेका देखिन्छन्।
मृतप्राय भइसकेको बागमती नदीमा यो परिवर्तन ल्याउने अभियानको आरम्भ भएको भने धेरै भएको छैन। २०७० जेठ ५ गतेबाट सुरु भएको बागमती सफाइ महाअभियानकै परिणाम अहिलेको बास्नादार बागमती भएको हो। सफाइ अभियानपछि पुडासैनीले नयाँबस्ती, गोठाटार क्षेत्रमा तुलसीका बोट ल्याएर रोपे। त्यस क्षेत्रको सफाइ र वृक्षरोपण जिम्मा पुडासैनी मैत्री समाजले लिएको छ। समाजले नदी सफाइँसँगै किनारमा बगैंचा निर्माण गरेको छ।
फोहोरको डंगुर हुने क्षेत्रमा बगैंचा बनिसकेको र उक्त बगैंचामा तुलसी राम्रोसँग फस्टाउन थालेपछि पुडासैनीले सफाइ अभियानका क्रममा आउनेलाई तुलसीको चिया खुवाउन सुरु गरेका छन्। उनी बागमती सफाइमा सबैको सहयोग र मिहेनतकै कारण सकारात्मक परिर्वतन आएको बताउँछन्।
सफाइ अभियानका क्रममा उक्त क्षेत्रमा बसेर तुलसीको चिया खाएका पूर्वमुख्यसचिव तथा बागमती सफाइका प्रमुख अभियन्ता लीलामणि पौडेल भन्छन्, 'स्थानीयको सहयोगबाटै बागमती धेरै सुन्दर बन्दै गएको हो।' उनले गोठाटार क्षेत्रमा जस्तै बागमतीका सम्पूर्ण क्षेत्रमा यसैगरी फूलहरुको सुगन्धमा तुलसी सपारेर चिया पिलाउन सकिने औंल्याए।
बागमती सफाइको एक सय ५० साता शनिबार (आज) पुगेको छ। यो अवधिमा गोठाटार क्षेत्रमा मात्र होइन, गोकर्णदेखि शंखमूलसम्म हेर्न र छेउमै बस्न लायक भएको छ बागमती। सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीबाहेक उक्त क्षेत्रको नदीमा अहिले फोहोर भेटिँदैन। विगतमा दुर्गन्ध आउने ती क्षेत्रका धेरै स्थानमा अहिले फूलको बास्ना फैलन्छ। सवारीको अव्यवस्थित पार्किङ रहेको स्थानमा बनेका उद्यान (चिल्ड्रेन पार्क) मा बालबालिका खेलिरहेका देखिन्छन्।
सफाइ अभियानपछि ती क्षेत्रमा विभिन्न संघसंस्थाले बगैंचा निर्माण गर्ने तथा सफाइ गर्ने जिम्मा लिइसकेका छन्। नारायणटार खण्डमा 'राम्रो जोरपाटी हाम्रो जोरपाटी' नामको स्थानीय संघले उद्यान निर्माण र सफाइ जिम्मा लिएको छ। संघले आफ्नै खर्चमा उक्त क्षेत्रलाई बाह्रै महिना सुन्दर र सफा राख्दै आएको छ। संघले बनाएको बालउद्यानमा बालबालिका खेलिरहेका भेटिन्छन्।
पूर्व मूख्यसचिव पौडेलका अनुसार नदीको दुवैतर्फ विभिन्न संघसंस्थाले स्वतस्फूर्त रुपमा बगैंचा निर्माण जिम्मा लिएपछि बागमतीको मुहार फेरिन सुरु भएको हो। उनले गोकर्णदेखि गुह्वेश्वरी क्षेत्रमा २ हजार ९ सय वटा बिरुवा रोपिएको र तीमध्ये ९० प्रतिशत राम्ररी हुर्किएको जानकारी दिए।
गोकर्णदेखि सुन्दरीघाटसम्मका करिब १७ किलोमिटर खण्डमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पक्की सडक निर्माण र ढलमुक्त बागमती बनाउन ढल निर्माण अघि बढाइरहेको छ। हालसम्म थापाथलीसम्म ढल बिच्छ्याउने काम सकिएको समितिका अध्यक्ष किशोर शाक्य बताउँछन्।
उनका अनुसार नदीको दायाँबायाँ क्षेत्र सुन्दर र आकर्षक बनाउन विभिन्न ४५ वटा संस्थाले बगैंचा, पार्क र वृक्षरोपण जिम्मा लिएका छन्। भौतिक पूर्वाधार निर्माणबाहेकको हरियाली प्रवर्द्धन गर्ने, सौन्दर्य बढाउने, मनोरञ्जनात्मक स्थल निर्माणका काम गर्न विभिन्न सरकारी, गैरसरकारी संघ/संस्थाले स्वतस्फूर्त रुपमा अनुमति लिइसकेका छन्। यसका लागि विकास समितिले कुनै खर्च गर्नुपर्दैन।
समितिको अनुमतिपछि सरकारको लगानीबिनै विभिन्न संघसंस्थाको सहयोगमा बागमतीको वातावरण सन्तुलित बनाउन, नदीकिनारको खाली स्थानमा फोहर फाल्ने कार्य नियन्त्रण गर्न, जग्गा कब्जा हुनबाट जोगाउन, सौन्दर्य बढाउन, बागमती सफाइ अभियानमा ती संस्थालाई साझेदार गराउन र बागमतीको पानी शुद्धीकरणमा समेत फाइदा पुग्ने शाक्य बताउँछन्।
'यो कामबाट झन्डै मृतावस्थामा पुगेको बागमती नदीले पुनर्जीवन पाउँछ भने स्थानीयले बिहानबेलुका टहल्ने ठाउँसमेत पाउनेछन्,' उनले भने, 'यसका अलावा खुला र पार्कको अभाव हटेर जानेछ।' उनले हाल ४५ वटा संस्थाले बगैंचा तथा पार्क बनाउने भनिएको क्षेत्रमा सरकारले आफ्नै लगानीमा बनाउने हो भने २० करोडभन्दा बढी खर्च लाग्नसक्ने बताए।
जोरपाटीका माधव पुडासैनीका अनुसार विगतका तुलनामा पछिल्लो समय सफाइ अभियानमा केही सुस्तता आएको छ। उनले बागमती अतिक्रमण गर्नेलाई कारबाही हुन नसकेको र ढल बिच्छ्याउने काममा ढिलाइ भइरहेको जानकारी दिए।
'वर्षौंदेखि थुपारिएको फोहर र ढलमतीको नाम पाइसकेको बागमतीलाई साप्ताहिक रुपमा चलाइएको सफाइ कार्यक्रमले छोटो समयमै पानी सफा हु"दै गएको सन्देश दिएको छ,' उनले भने, 'सफाइसँगै पानी प्रशोधन केन्द्र निर्माण, ढल बिच्छ्याउनेजस्ता काम भने राम्ररी अगाडि बढ्न सकेका छैनन्।'
अध्यक्ष शाक्यले ढल तथा पानी प्रशोधनका लागि विभिन्न पाँच स्थानमा प्रशोधन केन्द्र निर्माण अगाडि बढिरहेको जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडले प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। 'फोहर टिपेर मात्र बागमती सफा हुँदैन,' उनले भने, 'त्यसकारण टि्रटमेन्ट प्लान्ट निर्माण पनि अगाडि बढाइएको हो।' उनले बागमतीमा पानीको बहाब घट्दै गएकाले त्यसलाई बढाउन माथिल्लो क्षेत्रमा बर्खाको पानी संकलन गरी हिउँदमा बहाब बढाउने गरी बाँध निर्माणसमेत अगाडि बढेको जानकारी दिए।
शाक्यका अनुसार बागमती नदीलाई पुनर्जीवन दिन जारी सफाइ महाअभियानलाई ५० लाख रुपैयाँ (५० हजार डलर) को अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त भएको छ। सहरको बीचमा बगिरहेको फोहर नदी सफा गरी काठमाडौंलाई वातावरणमैत्री सहर बनाउन महत्वपूर्ण योगदान गरेको निष्कर्È निकाल्दै युयान ह्याबिटेटको एसियन रिजनले अभियानलाई 'एसियन टाउनस्केप अवार्ड २०१४' अवार्ड प्रदान गरेको हो। अवार्ड लिन अभियानका अभियन्ता राजु अधिकारी, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका भरतबहादुर केसी र काठमाडौं महानगरपालिकाका रविनमान श्रेष्ठ जापान गएका थिए।
अधिकारीका अनुसार हालसम्म बागमतीबाट ५ हजार टनभन्दा बढी फोहर निकालिसकिएको छ। ११ किलोमिटर नदी सफा भइसकेको उनले बताए। 'सफाइसँगै नदी क्षेत्रमा फोहर फाल्ने काम पनि रोकिएको छ,' उनले भने। उनले बागमतीलाई सफा र स्वच्छ नबनाई अभियान नटुंगिने जानकारी पनि दिए। उनका अनुसार हरेक शनिबार हुने सफाइ अभियानमा दुई हजारदेखि तीन हजार जनासम्म सहभागी हुने गरेका छन्।