काठमाडौं- सिमराको विशेष आर्थिक क्षेत्र (सेज) मा 'गार्मेन्ट प्रोसेसिङ जोन' बन्ने भएको छ। सरकारले गार्मेन्ट उद्योगको लागि आवश्यक पूर्वाधार त्यहाँ बनाउन तत्कालको लागि १९ करोड रुपैयाँ दिने निर्णय गरेपछि प्रक्रिया अघि बढेको छ।
सिमरा सेजको 'ब्लक ए'मा गार्मेन्ट प्रोसेसिङ जोन बनाउन अर्थ मन्त्रालयले अहिलेलाई १९ करोड रुपैयाँ दिने निर्णय गरेको उद्योग मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए। 'मन्त्रालयको प्रस्तावपछि अर्थले बजेट दिने भएको छ,' घिमिरेले भने, 'उक्त क्षेत्र विकास गर्न १९ करोडको प्याकेज बनेको छ।' अर्थले १९ करोडमध्ये चालु आर्थिक वर्षमा पाँच करोड र अर्को आर्थिक वर्षमा १४ करोड निकासा गर्ने सहमति गरेको हो। अर्थले पाँच करोड रुपैयाँ निकासा गरिसकेको मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षबाटै गार्मेन्ट प्रोसेसिङ जोनको पूर्वाधार बनाउन सुरु हुने घिमिरेले बताए।
अमेरिकाले नेपाली तयारी पोसाकलाई भन्सार छुट दिने विधेयक पारित गरेपछि एक्सपोर्ट प्रोसेसिङ जोन आवश्यक परेको हो। एक्सपोर्ट प्रोसेसिङ जोनमा उत्पादित गर्मेन्टले मात्र बिना भन्सार अमेरिकी बजारमा प्रवेश पाउँछन्। सोही मापदण्ड पूरा गर्ने गरी गार्मेन्ट उद्योगलाई सिमरामा स्थापना गर्ने सरकारी योजना छ। शून्य भन्सार दर उपभोग अन्य मापदण्ड पनि पूरा गर्नुपर्छ।
दुई वर्षमा उद्योग स्थापना गर्न सकिने गरी पूर्वाधार बनाउन लागेको विशेष आर्थिक क्षेत्र (सेज) विकास समितिका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए। झन्डै आठ सय ५० बिघामा फैलिएको सिमरा सेजको ब्लक ए तीन सय ३४ बिघा छ। उक्त क्षेत्रमा कम्तीमा ६९ प्लटमा उद्योग स्थापना गर्न सकिनेछ। हाल उक्त क्षेत्रमा पर्खाल, एक भवनलगायत ३–४ करोडको पूर्वाधार बनिसकेको उद्योगले जनाएको छ। उक्त क्षेत्रमा जतिसक्दो चाँडो उद्योग स्थापना गर्ने गरी अर्को आर्थिक वर्षभित्र बाटो, कम्पाउन्ड, बिजुली लगायत पूर्वाधार बनाउने योजना समितिको छ।
सिमरा सेजको ब्लक ए बनाउन उद्योग मन्त्रालयले दुई अर्ब ५० करोड रुपैयाँ बजेट माग गरेको थियो। त्यसमध्ये गार्मेन्ट प्रोसेसिङ जोन स्थापना गर्न भनेर अर्थले तत्काल १९ करोड दिने सहमति गरेको हो। उक्त क्षेत्रमा निर्यातयोग्य गार्मेन्ट उद्योग स्थापना हुनेछन्। निर्यातको लागि मापदण्ड पूरा नगरेका गार्मेन्ट उद्योगलाई त्यहाँ प्रतिस्थापन गर्ने योजना उद्योग मन्त्रालयको छ। 'जुन उद्योगले मापदण्ड पूरा गरेर स्थापित भएका छन्। ती त्यहीँ चल्नेछन्,' घिमिरेले भने, 'मापदण्ड पूरा नगरेका उद्योग मात्र सिमरामा जानेछन्।' नयाँ उद्योग पनि आउन सक्ने घिमिरेको भनाइ छ।
निरन्तर काम भए अर्को आर्थिक वर्षको असारसम्ममा उद्योग स्थापना गर्न आह्वानपत्र माग्न सकिने घिमिरेले बताए। उक्त क्षेत्रमा स्थापित हुने उद्योगको लागि कम्तीमा ३० मेगावाट विद्युत आवश्यक पर्ने प्रारम्भिक अवस्था देखिएको छ। विद्युतको लागि ऊर्जा मन्त्रालयसँग कुरा भइरहेको छ। सिमरा क्षेत्रमा भन्सार नजिक भएको र अवरोध नहुने भएकाले उद्योगीहरूले त्यहाँ जान रुची देखाउने मन्त्रालयले विश्वास लिएको छ।
अमेरिकाले विश्वका अन्य मुलुकलाई दिएको सुविधा जस्तै नेपालबाट पनि उनीहरूको मापदण्ड पूरा भए–नभएको निरीक्षण गरेरमात्र उक्त सुविधा दिने गर्छन्। अमेरिकी मापदण्ड पूरा गर्न कुनै पनि उद्योग 'एक्सपोर्ट प्रोसेसिङ जोन' (औद्योगिक क्षेत्र)मा सञ्चालन भएको हुनुपर्छ। उक्त क्षेत्रमा सञ्चालन भएको उद्योगले मात्र यस्तो सुविधा पाउन सक्ने नियम छ। नेपालका अधिकांश उद्योग भने काठमाडौं केन्द्रित भएर छरपष्ट सञ्चालनमा छन्।
उद्योग विभागको आर्थिक वर्ष २०७१/०७२ को तथ्यांक अनुसार तीन सय ६० गार्मेन्ट र ८५ वटा एप्पेरल उद्योग दर्ता भएकामा तीन सय ५४ गार्मेन्ट र ८० एप्पेरल गरी तीन सय ४३ उद्योग काठमाडौंमै छन्।
पछिल्लो वर्षको तथ्यांक अनुसार नेपालबाट अमेरिकामा ५.३ अर्बको तयारी पोसाक निर्यात भएको छ। यो अमेरिकाले विश्वका अन्य मुलुकसँग आयात गर्ने टेक्सटाइल र एप्पेरल वस्तुको ०.०५ प्रतिशत मात्र हो। अमेरिकाले दिएको पछिल्लो सुविधा उपभोग गर्न सके १० वर्षको अवधिमा करिब पाँच खर्ब बराबरको पोसाक निर्यात हुने देखिन्छ। साथै, करिब ८ लाख नेपालीको लागि प्रत्यक्ष रोजगारी सिर्जना हुनेछ। सन् २००५ मा मल्टिफाइबर एग्रिमेन्टको म्याद सकिएर भन्साररहित सुविधा कटौती भएपछि नेपाली निर्यातकर्ताले अमेरिकामा ११.५ देखि १७ प्रतिशत भन्सार महसुल तिर्नुपरेको थियो।
भन्सार छुटको सुविधा प्राप्त हुने वस्तुमा सुती कपडा, मानव निर्मित रेशाबाट उत्पादित कपडा, उनी कपडा, उल्लेखित कपडाहरूबाट निर्मित तयारी पोसाक, कार्पेट, छालाको झोला, सुटकेस आदि रहेका छन्। नेपालले शून्य भन्सार सुविधा २०२५ डिसेम्बर ३१ सम्म प्राप्त गर्नेछ।