फेसबुक, मदिरा, सेक्स अनि हत्या
११ चैत्र २०७२
•
८ मिनेट पाठ
फेसबुक, मदिरा, सेक्स अनि हत्या
काठमाडौं- मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि!
आइतबार माघ २४ मा फेसबुकमा रहेको भेनिसा लिम्बुको स्ट्याटस हो यो, जो २० दिनपछि नगरकोटको बाँसको झ्याङमा मृत फेला परिन्।

लिम्बुबारे महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार जुन समय उनले धेरै मायाको आकांक्षासहित सामाजिक सञ्जाल फेसबुकमा सन्देश सम्प्रेषण गरेकी थिइन्, त्यो बेला उनी राजन राईसँग सम्बन्धमा थिइन्।

प्रायः दैनिक फेसबुकमा तस्बिर पोस्ट गर्न रुचाउने उनको राजनसँगको भेट त्यही सामाजिक सञ्जालले नै गराइदिएको थियो। फेसबुक पेजमा उनलाई पछ्याउने १३ हजार २ सय ६४ जनामध्येका एक राजनसँग उनको भर्चुअल दोस्ती ३ महिनाअघि भएको थियो। उनीहरु भर्चुअल संवादबाटै निकट बने। भेटघाटबाट आत्मीय रुपमा अगाडि बढेको सम्बन्ध फागुन ८ मा लिम्बुको हत्यासँगै दुखान्त मोडमा पुगेर टुंगियो।

कच्चा सम्बन्धले लिम्बुको ज्यान गयो। उनको हत्या अभियोगमा राजनसँगै सन्नी लामा र सजित लामा प्रहरी हिरासतमा पुगे। प्रहरी अर्का एक युवकको खोजीमा छ।

'अहिलेसम्मको अनुसन्धानमा ४ जना युवाले भेनिसाको हत्या गरेको देखिएको छ,' घटनाको अनुसन्धान गरिरहेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, 'तीन जना हाम्रो नियन्त्रणमा आइसके, अर्का एक जनाको खोजी भइरहेको छ।'

कपन, सरस्वतीनगर बस्दै आएकी धनकुटा, राजारानीकी २० वर्षीया भेनिसा लुम्बिनी एकेडेमीमा पढ्थिन् भने चाबहिल भत्केको पुलमा रहेको हेरिटेज स्कुलमा शिक्षिकाका रुपमा कार्यरत थिइन्। फागुन ८ गते साथीसँग घुम्न सरस्वतीनगरको घरबाट निस्केकी उनी घर फर्किइनन्।

परिवारका सदस्यले २ दिन बाटो हेर्दासमेत उनी नफर्केपछि फागुन १० गते महानगरीय प्रहरी वृत्त बौद्धमा युवती हराएको निवेदन दिए। प्रहरीले खोजतलासका लागि अन्य कार्यालयमा सर्कुलर गर्यो१। १४ गते भक्तपुरको बाँसझ्याङमा युवतीको शव फेला परेपछि अपराध महाशाखाको टोलीसमेत पुग्यो।

कालो टिसर्ट र पाइन्ट लगाएको शवको बाहिरी कपडा लगाएको अवस्थामा थियो। खुट्टामा जुत्ताचप्पल नभएकाले अन्त कतै हत्या गरी ल्याएर फालेको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अगाडि बढायो।

नगरकोट, मनपोखरी नजिकैको बाँसघारीमा फेला परेको शव स्थानीयबाट पहिचान नभएपछि प्रहरीले शिक्षण अस्पताल महाराजगन्ज ल्याएर युवती हराएको निवेदन खोजी गर्योे।

'शव फेला परेपछि उपत्यकामा कतै युवती हराएको निवेदन खोज्दा बौद्धमा एउटा निवेदन फेला पर्योए,' अनुसन्धानमा संलग्न महाशाखाका डिएसपी दिपक रेग्मीले भने, 'निवेदनमा उल्लेख हुलिया र मृतकको हुलिया मिलेपछि आफन्तलाई देखाउँदा पहिचान भयो।'

शव फेला परेको करिब महिनादिन पछि प्रहरीले बिहीबार तीन आरोपी र प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गर्योल, जसमा हत्याको कारण देखियो, भर्चुअल कच्चा सम्बन्ध, मदिरा अनि सेक्स।

मदिरा, सेक्स र हत्या

'सामाजिक सञ्जालमा जोडिएको सम्बन्धकै आधारमा विश्वास गरेर सम्बन्ध अगाडि बढाउँदा दुखद घटना भएको देखियो,' खनालले भने, 'योसँगै युवा वर्गमा बढेको मदिरा लत र यौन सम्बन्धबारे बढेको खुला विचार यसका सहायक कारक हुन्।'

महाशाखाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार तीन महिनाअघि फेसबुकमार्फत साथी बनेका राजन र भेनिसाबीच मोबाइल नम्बर साटफेर भयो। फागुन ८ गते यी दुवैबीच कुराकानी भयो र भेट्ने सहमति भयो। दिउँसो ३ बजे सरस्वतीनगर बस्ने भेनिसा बौद्ध गेटमा पुगिन्। थली बस्ने राजन बौद्ध बस्ने सन्नी, सजित र अर्का एक युवकसँगै त्यहीँ थिए।

शनिबारको दिन भएकाले ठमेल गएर रमाइलो गर्ने प्रस्तावमा सबै सहमत भएपछि ६ बजेतिर पाँचै जना ठमेलको हार्ड रक रेस्टुरेन्ट पुगेका थिए। 'उनीहरु ११ बजेसम्म त्यही रेस्टुरेन्टमा बसेर बियर र रक्सी खाएको देखिन्छ,' एसएसपी खनालले भने, 'यो बीचमा भेनिसा बढी नै लट्ठिएकी थिइन्।'

बेलुका साढे ११ तिर उनीहरु ठमेलबाट निस्केर बौद्ध फर्किए। बौद्ध गेट पुगेपछि राजन र सजित निस्किए। भेनिसा, सन्नी र अर्का युवक त्यहाँबाट लाजिम्पाटमा रहेको अपार्टमेन्टमा फर्किए।

प्रहरी प्रतिवेदन अनुसार अपार्टमेन्टको छैटांै तलामा फरार रहेका युवकको नामको फ्ल्याटमा पुगेपछि सन्नी र भेनिसाले बियर थपे र दुवैबीच सहमतिमै यौनसम्पर्क भयो। केही समयपछि फरार रहेका युवक सन्नी र भेनिसा बसेको कोठामा फर्किए।

'उनले पनि भेनिसासँग यौन सम्पर्क राख्ने प्रस्ताव गरे तर युवतीले स्वीकार गरिनन्, युवकले जबर्जस्ती गर्न थालेपछि युवती सँगै जोडिएको ट्वाइलेटमा गइन्,' एसएसपी खनालले भने, 'युवक पनि सँगै ट्वाइलेटमा गएर जबर्जस्ती गर्न खोज्दा नमानेपछि झ्यालबाट धकेलेर खसालेको देखिन्छ।'

प्रहरीका अनुसार छैटौं तलाबाट खसेर घाइते भएकी भेनिसा होसमै थिइन्। उनले पानी मागेपछि सन्नीले पानी खुवाएका थिए। तर उनीहरुले घाइते भेनिसालाई उपचारका लागि अस्पताल नलगी गाडीमा राखेर काठमाडौं डुलाइरहे।

भेनिसाले चल्न–चट्पटाउन छाडेपछि उनीहरु नगरकोटतिर गएर मनपोखरी नजिकैको बाँसको झ्याङमा शवलाई छोपेर काठमाडौं फर्किएका थिए। बिहान ३ बजेतिर फरार युवकले सन्नीलाई घरमा छाडेर हिँडे। बिहान १० बजे भेट्ने भने पनि उनी नआएपछि सोही दिन सन्नी र राजन भारत भागे। भारतीय प्रहरीको सहायतामा प्रहरीले यी दुवैलाई पक्राउ गरी काठमाडौं ल्यायो। अर्का युवक बौद्धमै पक्राउ परे। प्रहरी अहिले चौथो युवकको खोजीमा छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस