काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचदिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन्। नयाँ राजनीतिक परिस्थितिमा हुन लागेको यस भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने अवसर र चुनौतीबाट घेरिएका छन् ओली।नेपालले चीनसँग अब बढाउने सम्बन्ध अर्काे छिमेकी भारतले नेपालमाथि बेलाबेला लगाउँदै आएको नाकाबन्दीको आवेगमा नभएर विश्व शक्तिराष्ट्र चीनसँग दीर्घकालीन साझेदारीका लागि विश्वास कमाउने सूत्रका रुपमा सम्पन्न भए ओलीको भ्रमण सफल हुने कूटनीतिक गुरुहरुको आँकलन छ।
नयाँ संविधान जारीसँगै देशले नयाँ राजनीतिक व्यवस्था सुनिश्चित गरिसकेको अवस्थामा विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँगको सम्बन्धलाई नेपालको सामाजिक, आर्थिक विकाससँग जोड्ने कडीका रुपमा सफल बनाउनुपर्ने दायित्व प्रधानमन्त्री ओलीसँग छ।
'७० वर्ष लगाएर हामीले एउटा राजनीतिक प्रणाली परिभाषित गरेका छौं। यसले हाम्रो समग्र दीर्घकालीन प्राथमिकता बदलिदिएको छ,' चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले नागरिकसँग भने, 'प्राथमिकता भनेको आर्थिक, सामाजिक विकास नै हो। त्यसलाई केन्द्रमा राखेरै नेपालको भावी दिशा प्रस्ट हुनेछ। परिवर्तित प्राथमिकतामा हाम्रो वैदेशिक नीतिको प्राथमिकताका के हो भन्ने यो भ्रमण उपयुक्त अवसर हो।'
नयाँ सरकार गठन भएलगत्तै सरकारले व्यापारलाई विविधीकरण गर्ने रणनीति अख्तियार गरेको छ। जसअनुसार इन्धन आपूर्ति नयाँ स्रोत खोज्ने, भारतनिर्भर व्यापारलाई अन्य देशसँग फैलाउने रहेको छ। नेपालबाट हुने आयात–निर्यातमा दुई तिहाइ हिस्सा भारतसँग छ।
लामै सपिङ सूची र जम्बो टोली लिएर आइतबार भ्रमणमा निस्कन लागेका ओलीको यस भ्रमणको सफलता चीनसँग दीर्घकालीन साझेदारीलाई कसरी अघि बढाउन सक्छन् भन्ने कुराले निर्धारण गर्ने कूटनीतिक भविष्यवाणी छ।
पूर्वपरराष्ट्र सचिव आचार्य चीनसँगको नयाँ सम्बन्ध तत्कालीन आक्रोशको उपज मात्र नभएर दीर्घकालीन साझेदारीका लागि हो भन्ने नेपालले चिनियाँ नेतृत्वलाई आश्वस्त पार्न सक्नुपर्ने औंल्याउँछन्।
'नाकाबन्दी पाँच महिना लम्बिँदासमेत व्यापारिक रुपमा इन्धन आपूर्ति सम्झौता गर्न नसक्ने हाम्रो अवस्था राम्रो होइन,' पूर्वसचिव आचार्यले भने, 'अहिलेको सम्बन्ध भारतसँग केही समस्या देखिएपछिको उपज होइन, दीर्घकालीन रणनीतिक साझेदारीका लागि हो भन्ने विषयमा आश्वस्त पार्ने चुनौती छ।'
भारतीय पक्षबाट विभिन्न समयमा चीनसँगको सम्बन्धलाई लिएर काठमाडौंको संस्थापनले नयाँ दिल्लीविरुद्ध भारतीय कार्ड गरेजस्तो आरोप लगाउँदै आएको छ।
संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित प्रधानमन्त्री ओलीले भारतविरुद्ध चिनियाँ कार्ड प्रयोग गर्ने कुनै इच्छा नरहेको र त्यस्तो खुद्रा कुरामा नअलमनिने बताएका थिए। 'हामी जनसंख्या र भूगोलका हिसाबले ठूलो र विकासका हिसाबले अघि रहेको देशबीच छौं,' ओलीले भने, 'यो अवस्थामा हाम्रो चाहना मिलेर जाने र लाभ लिने नै हो।'
भ्रमण क्रममा नेपालले समुद्रसम्म पहुँचका लागि पारवहन सन्धि गर्ने तयारी रहेको उनले समितिमा उपस्थिति भएर जानकारी दिएका हुन्। 'भूपरिवेष्टित राष्ट्रको पारवहन अधिकार विषयमा हो तर यतिको लामो समयसम्म पनि हामीले भारतबाट अन्यतिर कुरा गरेका रहेनछौं,' प्रधानमन्त्री ओलीले भने, 'अन्य विषयमा सम्झौता र समझदारी गर्ने गरी तयारी भएको छ।'
उनले व्यापार सन्धिका लागि पर्याप्त समय नभएको भन्दै त्यस सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी गराएका छन्। 'नेपालतर्फबाट विगतमा गरेको प्रतिबद्धता पूरा नभएको कारण आशंका भने छ,' पूर्वराजदूत कार्कीले भने, 'धेरैअघिको विषय होइन। केहीअघिको कुरा नेपालले जलविद्युत उत्पादन कति गर्न सकिन्छ भनेर अध्ययन गर्न चीनले तत्काल स्वीकार गर्यो। तर त्यो कहिल्यै कार्यान्वयनमा आएन।'
कार्कीले यस्ता सयौं परियोजना रहेको बताए। 'पहिले नेपाल तयार हुन्छ तर पछि हट्ने गरेको छ,' कार्कीले भने।
एकीकृत माओवादी सांसद श्याम श्रेष्ठले चिनियाँहरु टेबलटकमा भन्दा पनि लामो समय प्रक्रिया पूरा गरेपछि मात्र सम्झौतामा आउने भन्दै अहिलेको भ्रमणमा यस्तो तयारी कम भएको बताए।
प्रधानमन्त्री ओलीको भ्रमणक्रममा पारवहन सन्धि, स्वतन्त्र व्यापार सम्झौता, इन्धन भण्डारण निर्माण, पेट्रोलियम पदार्थ उत्खनन, चिनियाँ रेल काठमाडौं, पोखरा र लुम्बिनीसम्म पुर्यातउने सम्झौता, विज्ञान र प्रविधि विकाससम्बन्धी सम्झौता हस्ताक्षर हुने कार्यक्रम छ।
त्यसैगरी माथिल्लो अरुण जलविद्युत आयोजना सम्झौतामा हस्ताक्षर हुनेछ तर इन्धन आपूर्तिबारे हुने भनिएको सम्झौताबारे अझै अन्योल रहेको छ।
प्रधानमन्त्री ओलीले तातोपानी नाका सुचारु गर्ने, रसुवागढीको बाटो फराकिलो र चालु गर्ने, किमांथाङको बाटो डबल लेन खोल्ने, हुम्लाको हिल्सा नाकामा पुल निर्माण विषयमा दुवै देशबीच समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
'कुनै पनि देशले मागेर विकास हुने होइन, मागेर जीविका पनि चल्दैन,' प्रधानमन्त्रीले ओलीले भने 'कुनै खास परिस्थितिमा सहयोग लिन सक्छौं। हामीले माग्ने होइन। उनीहरुको विकासबाट लाभन्वित हुने कुरा हो।'
ओलीको भनाइमा पूर्व सचिव आचार्य पनि सहमत छन्। उनले भने, 'पहिलो सुझाव दिँदा पनि मैले माग्ने भन्दा पनि उनीहरुको विकाससँग कसरी अघि बढ्ने त्यो वातावरण बनाउनुपर्ने हुन्छ।'
चिनियाँ लगानी, पर्यटक भित्र्याउने पर्याप्त सम्भावना भए पनि नेपालले त्यसबाट फाइदा लिन सकेको छैन। चीनका १४ छिमेकी देशमध्ये अफगानिस्तानपछि नेपाल सबैभन्दा कमजोर छ।