काठमाडौं- दैनिक ठूलो मात्रामा कारोबार हुने सुन–चाँदीको शुद्धता नाप्न 'हलमार्किङ' गर्ने सरकारको निर्णय डेढ वर्ष हँुदा पनि लागू हुन सकेको छैन। सुन–चाँदी व्यवसायीले समेत स्वागत गर्दै तुरुन्त लागू गर्न आग्रह गरेको 'हलमार्किङ' गर्ने निर्णय टेन्डर मै अल्भि्कएको छ।पहिलोपटक गरेको टेन्डरमा चित्त नबुझेपछि दोस्रोपटक गरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ। 'पहिलोपटक टेन्डर गरेर छनोट भइसकेको थियो तर त्यसमा चित्त बुझेन,' विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, 'दोस्रोपटक टेन्डर आह्वान गरेका छौं।' गत वैशाख महिनामै सुनचाँदीको शुद्धता नाप्ने 'फायर एस्से' नामक मेसिन ल्याउन टेन्डर सम्झौता भइसकेको विभागले जनाएको थियो। झन्डै १५ लाख रुपैयाँ पर्ने मेसिन किन्ने उक्त टेन्डर सम्झौता चित्त नबुझेपछि दोस्रो टेन्डर गरेको विभागको भनाइ छ।
विभागले दोस्रोपटक दुई हप्ताअघि नयाँ टेन्डर गरेको छ। आपूर्तिकर्ता छनोट र मेसिन जडानपछि हलमार्किङ सुरु हुने पुडासैनीले बताए। सुन तथा सुनमिश्रित धातु, गरगहना सामानको शुद्धता विशिष्टता र नेपाल गुणस्तर (एनएस) चिह्न तोक्ने भन्दै ढेड वर्षअघि नेपाल गुणस्तर परिषदको ९२ औं बैठकले यस्तो निर्णय गरेकोे थियो। सुन–चाँदी व्यवसाय व्यस्थित हुने भन्दै व्यवसायीले समेत छिटो लागू गर्न आग्रह गरिरहेका छन्।
विभागले नै सुनका गहनाको शुद्धता परीक्षण र हलमार्किङ गर्ने परिपाटी पहिलोपल्ट सुरु गर्न लागिएको हो। हलमार्किङको कार्यविधि पनि बनिसकेको छ। कार्यविधि अनुसार काम गर्दै जाने विभागले जनाएको छ। शुद्धता नाप्ने मेसिन ल्याएर हलमार्किङ सुरु गरिहाल्ने र चाहिने अन्य मेसिन ल्याउँदै गर्ने विभागको योजना छ। हलमार्किङ सुरु गर्न विभागले आफ्ना कर्मचारीलाई हङकङ पठाएर तालिमसमेत दिएको छ।
हलमार्किङ व्यवसायीको लागि बाध्यात्मक नियम भने होइन। व्यवसायीले ग्राहकको सुविधा र विश्वासको लागि यो गर्न सक्छन्। हलमार्किङ व्यवस्थित र प्रभावकारी रुपमा लागू भए बाध्यात्मक नै बनाउन सकिने विभागले जनाएको छ। यसअन्तर्गत सुनको शुद्धता, प्रमाणीकरण, किनेको मिति, एनएस मार्क र हलमार्क परीक्षण गर्नेको नाम गरी चार कुरा उल्लेख गरिनेछ।
वार्षिक अर्बौं रुपैयाँको कारोबार हुने भए पनि सुन–चाँदीका गहनाको हालसम्म जाँच, परीक्षण हुने गरेको छैन। अहिले उपभोक्ताले विश्वासको भरमा सुन किन्छन्। हलमार्किङ पद्धति भएपछि सुनमा शुद्धता कति छ, सुनको र फलामको मात्रा कति छ भनेर जान्न सजिलो हुन्छ। अहिले भइरहेको मेसिनले जाँच गर्दा गाह्रो हुने व्यवसायीको भनाइ छ।
हलमार्क पद्धतिका लागि व्यवसायी पनि सकारात्मक छन्। व्यवसायीले यो नियम तुरुन्त लागू गर्न आग्रह गरिरहेका छन्। अर्डर अनुसार गरगहना बनाएर, प्रक्रिया पुर्यायएर व्यवसाय गरे आफूहरुप्रति उपभोक्ताको विश्वास अझै बढ्ने व्यवसायीको भनाइ छ।
व्यवसायीका अनुसार हलमार्किङ पद्धति भए गहना निर्यात गर्नसमेत सहज हुनेछ। अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर निर्यात गर्दा नेपाली गहनाका ब्रान्ड स्थापित हुन सक्छ। विभिन्न मुलुकबाट आउने पर्यटकले समेत सुनका गरगहना किन्ने गरेकाले हलमार्किङ प्राप्त गरेपछि अर्डर गरेका सुनका गहनाको विदेशमा पनि माग हुने व्यवसायीको विश्वास छ।
सुन र बहुमूल्य गहनाको गुणस्तर कायम राख्न र उपभोक्तालाई ठगिनबाट जोगाउन सरकार र व्यवसायीबीच सुन गुणस्तर मापदण्ड ल्याउने सहमति भए पनि हालसम्म आएको छैन। तात्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता संरक्षण परिषद र उद्योग वाणिज्य महासंघका प्रतिनिधि सम्मिलित टोलीले सुन उत्पादन, कारोबार तथा अनुगमनसम्बन्धी मापदण्डको निर्देशिकाबारे छलफल गरेको थियो।