बिदामा ज्यान गुमाउनेले राहत पाउन छाडे
२९ फागुन २०७२
•
१० मिनेट पाठ
बिदामा ज्यान गुमाउनेले राहत पाउन छाडे
काठमाडौं–वैदेशिक रोजागरीका लागि कतार पुगेका सर्लाही, मलंगवा नगरपालिका–१ का अहमदसाह फकिरको बिदामा घर फर्केको दुई महिना नबित्दै निधन भयो । श्रम सम्झौताको अवधि सकिन आठ महिना बाँकी रहँदै ३७ वर्षीय फकिरको निधन भएपछि परिवारले राहतका लागि विभिन्न सरकारी निकाय चहारे ।तर अहिलेसम्म एक सुको पाएको छैन । फकिरकी पत्नी साहिदुनका अनुसार करिब डेढ वर्षअघि घर बिदामा आएको बेला पतिको मृत्यु भएपछि आवश्यक सबै कागजपत्र वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड लगायत निकायमा बुझाए पनि राहत मिलेको छैन ।




रोजगारीका लागि कतार गएका फकिरको घर फर्केको दुई महिना नबित्दै २०७१ साल मंसिर १५ गते निधन भएको थियो । 'कतार जानुअघि गरेको श्रम सम्झौताको अवधि बाँकी छँदै पतिको निधन भएकाले सबैले राहत पाउने सल्लाह दिएका थिए,' साहिदुनले भनिन्, 'आसैआसमा एक वर्ष बित्यो । तर, राहत दिने निकाय नसकिने भन्दै पन्छिरहेको छ ।' बिदामा घर फर्केलगत्तै बिरामी परेपछि फकिरले कमाएको सबैजसो रकम उनकै उपचारमा सकिएको साहिदुनले बताइन् ।

खोटाङ, बामराङ–८ की भीमकला खत्री श्रम सम्झौता अवधिमै पतिको निधन भएपछि राहत पाउने आसमा पटकपटक काठमाडौं धाइन् । रोजगारीका लागि साउदी पुगेका उनका ४० वर्षीय पति दलबहादुर खत्रीको बिरामी अवस्थामा घर फर्केको तीन साता बित्न नपाउँदै २०७१ मंसिर ४ गते निधन भएको थियो । श्रम सम्झौता अवधि बाँकी रहँदै निधन भएका कारण राहत पाउन सकिने धेरैले सल्लाह दिएपछि भीमकलाले नियमानुसारको रकम पाउन सक्दो प्रयास गरिन् । तर, ती सबै प्रयास खेर गएपछि कोही पनि सहयोगी नभएको भन्दै उनी निराश छिन् ।

वैदेशिक रोजगारीको क्रममा पछिल्लो समयमा कामदार पीडित हुने क्रम बढ्दा धेरैले मेनपावर, रोजगारदातालाई यसको आरोप लगाउने गरे पनि कामदार पीडित हुनुमा वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित बनाउने दायित्व बोकेको वैदेशिक रोजगार ऐन २०६४ समेत उपयोगहीन पाइएको छ । श्रमविज्ञका अनुसार श्रम सम्झौताको अवधिमा कुनै पनि व्यक्ति घर विदामा आउँछ भने त्यसलाई काम छाडेको भन्न मिल्दैन । तर, वैदेशिक रोजगार ऐन २०६४ ले विदामा आएको कामदारलाई क्षतिपूर्ति वा राहत दिने÷नदिने भन्नेबारे प्रस्ट नबोलेका कारण वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कर्मचारी त्यस्ता पीडितलाई राहत दिन नसकिने भन्दै पन्छिने गरेका छन् ।

'विगतमा बिदामा आएका कामदारको श्रम सम्झौता बाँकी रहेको अवस्थामा निधन हुँदा मानवीय हिसाबले राहत उपलब्ध गराउने प्रचलन थियो,' बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने, 'अहिलेको परिस्थितिमा कर्मचारीलाई जोखिम मोल्न गाह्रो परेकाले त्यस्ता पीडित परिवारलाई राहत दिन रोक्नुपर्ने अवस्था आएको हो ।'

उनका अनुसार बिदामा आएको बेला निधन भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिने–नदिने विषयमा ऐन मौन रहेका कारण कर्मचारी जोखिम मोल्न तयार छैनन् । पछिल्लो समयमा बोर्डले गर्ने सानातिना काममा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिन थालेपछि कर्मचारी कुनै पनि जोखिम मोल्न तयार नभएको बताइएको छ । बोर्डका एक कर्मचारीले भने, 'राम्रो नियतले काम गर्न खोज्दाखोज्दै पनि अनावश्यक दुःख पाइने खतरा बढेपछि बिदामा आएको बेला निधन भएका व्यक्तिका आफन्तलाई दिँदै आएको राहत रोक्नु परेको हो ।'

वैदेशिक रोजगारीको क्रममा कुनै भवितव्य परेको खण्डमा पीडित परिवारलाई सहयोग पुगोस् भनेर बोर्डले श्रम स्वीकृति लिने बेला कामदारसँग प्रतिव्यक्ति एक हजार रुपैयाँ लिने गर्छ । वैदेशिक रोजगारीको क्रममा कुनै कामदारले ज्यान गुमाए, अंगभंग या बिरामी भएको खण्डमा सोही रकमबाट क्षतिपूर्ति उपलब्ध गराउने अहिलेसम्मको प्रचलन हो । तर, कर्मचारी ऐनमा जे लेखेको छ त्यसभन्दा दायाँबायाँ गर्न नसकिने भन्दै यतिखेर श्रम सम्झौता बाँकी छँदै घर बिदामा आएका कामदारको निधन हुँदा राहत दिन नसकिने भन्दै पन्छिने गरेका छन् ।

बोर्डका एक अधिकारीका अनुसार राम्रो नियतले पीडितलाई सहयोग पु¥याउन खोजेको खण्डमा पनि विभिन्न निकायले अनावश्यक शंका र दुःख दिने क्रम बढेपछि ऐनले जे भन्छ त्यतिमात्र गर्नुपरेको हो । श्रम सम्झौता अवधिमा कामदारको मृत्यु या अंगभंग भए राहत र सहयोग उपलब्ध गराउनुपर्ने ऐनमा भनिए पनि क्षतिपूर्ति उपलब्ध गराउँदा वैदेशिक रोजगारीको क्रम भन्ने शब्द राखिएकाले बिदामा घर आएका कामदारलाई क्षतिपूर्ति दिन नसकिने बोर्डका कर्मचारी बताउँछन् । बोर्डका एक अधिकारीले भने, 'नियत खराब नराखीकन् सहयोग गर्न खोज्दा उल्टै समस्या पर्ने सम्भावना देखिएपछि बिदामा आएका कामदारको मृत्यु हुँदा पनि क्षतिपूर्ति उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भयो ।'

बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको क्रममा निधन भएकालाई तीन लाख रुपैयाँ र अंगभंग भएकालाई बढीमा तीन लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउने प्रावधान छ । कानुन व्यवसायीहरू कामदारलाई सहयोग र सुरक्षित राख्नुपर्ने दायित्व बोकेको सरकारले तयार पारेको वैदेशिक रोजगार ऐन २०६४ अस्पष्ट र कामदारमुखी नहुँदा यसलाई परिवर्तन गर्नुपर्ने बेला आएको बताउँछन् । वैदेशिक रोजगारीमा जाने कामदार समस्यामा परेको बेला कानुनी सहायता उपलब्ध गराउँदै आएको पिपुल फोरमका अध्यक्ष तथा अधिवक्ता सोम लुइँटेल हाल कार्यान्वयनमा रहेको वैदेशिक रोजगार ऐन २०६४ ले कामदारलाई कतिपय सवालमा सुरक्षित राख्न नसकेको पाइएकाले यसको परिमार्जन गर्न आवश्यक भइसकेको बताउँछन् ।

कानुन व्यवसायीका अनुसार श्रम सम्झौता अवधिमा कसैको मृत्यु हुँदा पीडितलाई कानुनले सहयोग गर्न सक्दैन भने त्यस्ता कानुनको कुनै अर्थ हुँदैन । कानुन बनाउँदा धेरैको ध्यान नगएको बुँदाले पछि समस्या खडा गर्छ भने त्यस्ता प्रावधानलाई जतिसक्दो चाँडो सुधार गर्नुपर्ने धेरैको माग छ । पछिल्लो समयमा वैदेशिक रोजगारीको धानेको देशका कामदार सरकारले बनाएको ऐन, नियमका कारण असुरक्षित हुने अवस्था आउँछ भने त्यसले वितृष्णा ल्याउन सक्ने र अन्ततः वैदेशिक रोजगारी अस्तव्यस्त हुने धेरैको अनुमान छ ।

वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारलाई उद्धार गर्दै आइरहेको प्रवासी नेपाली समन्वय समितिका अनुसार गएको महिनामा सहयोगको याचना गर्दै आएका ९८ पीडितमध्ये २० जनाको मृत्यु र २० जना अंगभंग तथा स्वास्थ्य सम्बन्धी समस्याका छन् । समितिका महासचिव सोम लामिछानेले स्टिकर लागेदेखि श्रम सम्झौता नसकिँदासम्म कामदारको मृत्यु या अंगभंग हुँदा क्षतिपूर्ति पाउने कामदारको अधिकार भएको बताए ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस