झापा- पैसा तिरेपछि मूल्य बराबरको सामान पाउनु उपभोक्ताको अधिकार हो। तर, झापाका पेट्रोलपम्पमा उपभोक्ता अधिकारको खुलेआम हुर्मत लिइन्छ। बाइक होस् या अन्य साधन पैसा बराबरको तेल कसैले पाउँदैनन्। यसरी तौलमै उपभोक्ता ठगेर पेट्रोलपम्प सञ्चालकले दादागिरी देखाइरहँदा नियमनकारी निकाय भने मौन छन्।सरकारी पक्षले कहिलेकाहीं अनुगमन गरिहाल्दा पनि अनुगमनकारी ठगको सिन्डिकेटको फन्दामा पर्ने गरेका छन्। यसपटक झापामा त्यस्तै भयो। झापामा उपभोक्ता ठग्न नपाएको विरोधमा बिहीबार व्यापारीले मुख्य राजमार्ग ठप्प पारेका छन्। तेल विक्री गर्दा तौलमा उपभोक्ता ठगेको प्रमाण भेटिएपछि नापतौल तथा गुणस्तर कार्यालयले तीन दिनअघि झापाका तीन पेट्रोलपम्पमा सिलबन्दी गरेको थियो। त्यही सिलबन्दी खोल्न माग गर्दै व्यापारीले बिहीबार साँझदेखि कनकाई नगरको सुरुंगा खण्डमा बाटैमा गाडी तेर्स्याएर मुख्य राजमार्ग अवरुद्ध पारेका हुन्। तर, अवरोध एकघण्टापछि प्रहरीले हटाएको थियो।
तौलमा ठग्ने पम्पलाई कारबाही गरेको विरोधमा व्यापारीले बन्द गर्ने धम्की मेत दिइरहेका थिए। पेट्रोलपम्पले तौलमा ठगेको गुनासो उच्च भएपछि अनुमगनमा निस्केको नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको टोलीले केही दिनअघि झापाका तीन पेट्रोलपम्पमा तौलमा ठगी गरेको भन्दै सिलबन्दी गरेको थियो। कार्यालयले गरेको सिलबन्दीको विरोध गर्दै उद्योग वाणिज्य संघले 'अनुगमन गर्दा जानकारी नदिएको' हाँस्यास्पद तर्क गर्दै टोलीमाथि दुर्व्यवहार गरेको छ।
गएको आइतबार र सोमबार मेची अञ्चलका पम्पहरूको अनुगमन गरेको नापतौलको टोलीले सुरुंगाका दुई र चन्द्रगढीको एउटा पम्पमा सिलबन्दी गरेको थियो। तर, त्यसको विरोधमा बुधबार सुरुंगामा तनाव भयो। नापतौल कार्यालयका क्षेत्रीय प्रमुख मनिषकुमार दासलाई व्यापारीले दिनभर बन्धक बनाए। बिहीबार पनि व्यापारीको टोली बन्द गर्ने, राजमार्ग ठप्प पार्ने धम्की दिँदै प्रशासन, नापतौल, आयल निगमलाई धम्क्याउन व्यस्त रहे। साँझदेखि राजमार्गमा अवरोध थालेका थिए। 'आयल निगमले पम्प चलाउन अनुमति दिने नापतौलले चाहिँ बन्द गर्ने काम गरेकोमा हाम्रो असन्तोष हो,' कनकाई उद्योग वाणिज्य संघ अध्यक्ष युवराज संग्रौलाले भने, 'कम्तीमा अनुगमन गर्दा हामीलाई जानकारी हुनुपर्थ्यो।'
ठगीधन्दा चलाउँदै आएका झापाका तीन पेट्रोलपम्प बल्ल कारबाहीमा परे पनि अरू कयौं पम्प कारबाहीको दायरामा अझै आउन सकेका छैनन्। सुरुंगाको पवित्रा पेट्रोलपम्प र मातृ आयल र चन्द्रगढीको आर्या ट्रेड इन्टरनेसनलसहितको तीन पम्पमा सिलबन्दी गरेको हो। तर, अन्यत्र अनुगमनै हुन सकेको छैन।
झापाका अधिकांश पेट्रोलपम्पले ग्राहकलाई तौलमा ठगिरहेका छन्। यसबारे सबै जानकार छन्। तेल विक्री गर्दा प्राप्त हुने नाफामा मात्रै चित्त नबुझाएका पेट्रोलपम्पले तेलको तौलमै ठगीधन्दा चलाइरहेका छन्। कुनै एउटामा मात्रै यो समस्या छैन, बरु झापाका अधिकांश पेट्रोलपम्प यस्तै गोरखधन्दा चलाइरहेका छन्।
झापाका अधिकांश पेट्रोलपम्प अझै पनि डिजिटल प्रणालीमा गएका छैनन्। धेरै खर्च पनि नपर्ने उक्त प्रणालीमा जाँदा तौल बराबरकै तेल दिनुपर्ने र त्यसो गर्दा ठगी गर्न नपाइने भएपछि धेरैले पुरानै मेसिनबाट तेल बेचिरहेका छन्। यदि आफ्नो बाइक वा अरू कुनै साधन लिएर झापाका जुनसुकै पेट्रोलपम्पमा तेल भर्न जाने हो भने त्यहाँ पैसाभरिको तेल कहिल्यै पाइन्न। हजार रुपैयाँको तेल किन्दा नौ सय ९९ को मात्रै दिन्छन्। कम्तीमा १० पैसादेखि एक रुपैयाँसम्म एकजनाबाट ठग्ने पम्पले हरेक दिन लाखौं रकम देखादेखीठगिरहेका छन्। 'पम्पमा मेरो सधैं झगडा पर्छ,' ज्यामिरगढी माविका प्रधानाध्यापक सन्तप्रसाद चम्लागाईं भन्छन्, 'पैसाभरिको तेल कहिल्यै दिँदैनन्। सधैं ठग्छन्। उपभोक्ता पनि सहेर बसेका छन्।' उनका अनुसार तीन सय रुपैयाँको लगाए दुई सय ९९ को, चार सयको किने तीन सय ९९ को तेल हाल्दिन्छन्। यसरी हरेक ग्राहकबाट एक रुपैयाँसम्म ठग्ने पम्पले जिल्लाभर सिन्डिकेट लादेका छन्।
पेट्रोलपम्पले सिन्डिकेटकै आडमा जिल्लामा इन्धनको कृत्रिम अभाव खडा गरेका छन्। भारतीय नाकाबन्दी खुलेर इन्धन आयात सहज भएको लामो समय बितिसक्दा पनि झापामा पेट्रोलियम पदार्थको अभाव यथावत छ। आश्चर्य त के छ भने, नेपाल आयल निगम, जिल्ला प्रशासन कार्यालय, पेट्रोलपम्प व्यवसायी सबैले यसबारे आश्चर्य व्यक्त गरेका छन्। 'यस्तो अभाव नहुनुपर्ने,' उनीहरू सबैको एउटै स्वर छ, 'कहाँ जाँदैछ, थाहा छैन।' जानकारहरू चाहिँ पेट्रोलपम्पले सिन्डिकेटको आडमा जिल्लाभर एकै दिन तेल बाँड्ने, त्यसो गर्दा अरू बेला पम्पमा कर्मचारी खटाउनु नपर्ने, बाँकी विक्री गर्न नपर्नेलगायत कारणले यसो गरिएको बताउँछन्। किनभने, बजारमा पुग्दो तेल वितरण भएको छ। यद्यपि, अभावचाहिँ उत्तिकै छ, जति नाकाबन्दीताका थियो।
नेपाल आयल निगम शाखा चारआलीका निमित्त प्रमुख लोकमणि पौडेलका अनुसार नाकाबन्दीअघि भारतीय आयल कर्पाेरेसन सिलिगुढी डिपोबाट एक सय ५० केएल पेट्रोलियम आउने गरेको थियो। नाकाबन्दीमा तेलमा कमी आए पनि माघयता एक सय ५० देखि एक सय ८० केएल तेल दिन थालेको छ। माघसम्म बाहिरका जिल्लामा वितरण गरे पनि फागुनमा तेल मेची अञ्चलका चार जिल्लाबाहेक अन्यत्र वितरण नगरेको पौडेलले जानकारी दिएका छन्। तैपनि, सहज रूपमा तेल कतै पाइन्न।
मेची अञ्चलको ४५ पेट्रोल पम्पमा शाखाले तेल विरतण गर्छ। जसमा ताप्लेजुङ र पाँचथरको २–२, इलामको तीन र झापाको ३८ पेट्रोलपम्पमा तेल वितरण गरिने शाखा कार्यालयले जनाएको छ। सिलिगुढी डिपोबाट सहज रूपमा मागे जति आएको तेल निगम चारआली शाखाले पम्पहरूलाई वितरण गर्ने गरेको छ। तर, झापामा पेट्रोलियम सहज रूपमा वितरण भएको छैन। अहिले पनि जिल्लाका पेट्रोल पम्पमा मोटरसाइकल, ट्रक, बस, ट्र्याक्टरको लाइन बसेको देख्न सकिन्छ।