बजार र प्रविधिबिनाको घरेलु उद्योग
०९ फागुन २०७२
•
८ मिनेट पाठ
बजार र प्रविधिबिनाको घरेलु उद्योग
काठमाडौं- आफ्नो उत्पादन गुणस्तरीय भए पनि आकर्षक प्याकेजिङ गर्न नसक्दा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको छ, निनी दालमोट भुजिया उद्योग, उदयपुरकी दुर्गा दनुवारलाई। बजारमा आफ्नो उत्पादनले बजार पाइरहे पनि प्याकेजिङ अझ राम्रो गर्न सके आयाततिसँग प्रतिस्पर्धा गर्न सक्ने उनको विश्वास छ।'सामान राम्रो छ, सबैले मिठो भनेर प्रशंसा पनि गर्छन्,' दनुवारले भनिन्, 'प्याकेजिङ नै अहिलेको मुख्य समस्या हो।' अहिले उनी सादा, सामान राख्ने प्लास्टिकमा प्याक गरेर दालमोट, भुजिया बेचिरहेकी छन्। तैपनि उनको व्यवसाय उकालो लागिरहेको छ।

गाईघाटमै पाइने कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरेको उनको सामान छिमेकी जिल्लासम्म पुग्छ। नौ वर्षअघि सुरु गरेको व्यवसायबाट अहिले मासिक चार क्विन्टल बिक्री गरिरहेको उनले जानकारी दिइन्। उनको उत्पादनको थोक मूल्य किलोको एक सय ५० रुपैयाँ छ।

'राम्रो प्याकेजिङ गर्ने मेसिन किन्न पाँच लाखभन्दा धेरै लाग्दोरहेछ,' दनुवारले भनिन्, 'लगानी र प्रविधि हुने हो भने स्थानीय उत्पादनलाई बजारमा प्रतिस्पर्धी बनाउन सक्छौं।'

यस्ता समस्या दुर्गालाई मात्र होइन, साना तथा घरेलु उद्योग चलाउने सबै व्यवसायीलाई छ। घरेलु तथा साना उद्योग विकास समितिले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा स्टल राख्न काठमाडौं, भृकुटीमण्डपमा जम्मा भएका उद्यमीले उत्पादनको लागि दक्ष जनशक्ति, बजार, लगानी र भूकम्पले क्षतिग्रस्त संरचनालगायत समस्या रहेको बताए। बजार पहँुच, आर्थिक अवस्था, क्षमतावान व्यक्ति र प्रविधि पर्याप्त नहुँदा चाहेअनुसार उत्पादन गर्न नसकेको उद्यमीको भनाइ छ।

६ वर्षअघि रोल्पा लिवाङका केही महिला मिलेर रोल्पा सामुदायिक अल्लो धागो तथा कपडा उद्योग खोले। स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्वदेशी धागो तथा कपडा उत्पादन गर्ने र आत्मनिर्भर बन्ने उनीहरुको उद्देश्य थियो।

काम गर्दै जाँदा सोचे जस्तो भएन। 'महिलाहरूको समूह त बन्यो तर त्यसलाई निरन्तरता दिन त्यत्तिकै गाह्रो हुँदोरै'छ,' समूहकी एक सदस्य गीता थापा (आचार्य) भन्छिन्, 'निरन्तर उत्पादन गर्न गाह्रो भयो।'

उत्पादित वस्तुको प्रचार गर्न नसकेको र क्षमतावान जनशक्तिको अभाव भोगिरहेको उनले बताइन्। यस्तै समस्याले गर्दा संस्थामा सदस्यहरू आउने–जाने क्रम चलिरहेको छ। तैपनि उनीहरुले चार वर्षदेखि उत्पादनलाई निरन्तरता दिइरहेका छन्। अहिले उनको समूहमा १० महिला छन्। केही संरचनामा मेडेप तथा जिल्ला विकास समितिले सहयोग गरेको उनी बताउँछिन्। उनीहरूको समूहले अल्लो धागो, कपडा, ब्याग, मफलरलगायत सामान उत्पादन गर्छ। लगानी र बजार मागको भेउ नपाउँदा उत्पादन बढाउन नसकेको थापा बताउँछिन्।

'बजारमा के बिक्छ भन्ने नै थाहा पाउनै गाह्रो हुँदोरहेछ,' थापाले भनिन्, 'बजारमा के धेरै बिक्छ कसरी थाहा पाउने?'

सात वर्षदेखि दर्जनभन्दा धेरै प्रकारका अचार उत्पादन गरिरहेका गुणबहादुर कार्की व्यवसाय प्रवर्द्धन गर्ने बजार खोज्न र लगानी विस्तार गर्न गाह्रो भइरहेको बताउँछन्। राज्यले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न राष्ट्रिय बजारको व्यवस्था गर्नुपर्छ। 'स्थानीय उत्पादनले आत्मनिर्भर हुने कुरा बुझेर सरकारले यी उत्पादनलाई प्राथमिकता दिनुपर्छ,' प्रदर्शनीमा विभिन्न प्रकारका अचार देखाउँदै कार्कीले भने, 'हामीलाई सरकारले सहयोग गर्नुपर्छ।'

कार्कीले अकबरे, अमला, मुला, कागती, लप्सी, लसुन, तामा लगायत दर्जभन्दा धेरै अचार बताउँदै आएका छन्। त्यस्तै, जिल्लालाई पुग्ने गरी अकबरे खुर्सानी खेतीसमेत गरिहेका छन्। यी व्यवसायीलाई भने भूकम्प आएपछि अर्को मस्या थपियो। भूकम्पले उद्योगको रुपमा प्रयोग गरिरहेको घर चर्काएको छ। 'घर प्रयोग गर्ने अवस्थामा छैन। जसोतसो व्यवसाय चलाइरहेको छु,' उनले भने, 'अहिलेसम्म सरकारले केही सहयोग गरेको छैन।'

क्षमता र उत्पादन बढाउन सक्ने हो भने बजारमा जति पनि सामान बिक्री हुने अनुभव तेह्रथुमकी उद्यमी विष्णुमाया लिम्बुसँग छ। दुई वर्षदेखि उनले घिउ, पुस्टकारी, छुर्पी, कुरौनी, ललिपप लगायत उत्पादन गरिरहेकी छन्। अहिलेको उनको मुख्य समस्या घिउ भण्डारण हो। 'घिउलाई लामो समयसम्म राख्दा बिग्रने समस्या छ,' लिम्बुले भनिन्, 'भण्डार गर्ने उपयुक्त प्रविधिको खाँचो छ अहिले।'

उनका उत्पादनले बजारको माग धान्न सकेका छैनन्। बजारमा जति पनि बिक्री हुने र लगानी गरेर उत्पादन बढाउन सके निक्कै फाइदा हुने उनले बताइन्।

अर्घाखाँची सन्धिखर्कबाट प्रदर्शनीमा आएकी लक्ष्मी श्रेष्ठले ढाका तथा ऊनीका सल बनाउँछिन्। स्थानीय बजारमा राम्रो बिक्री भइरहे पनि यसलाई जिल्लाबाहिर पुर्यालउन नसकेको उनको भनाइ छ। 'प्रचारप्रचार गर्न र अन्य बजारमा पुर्यातउन सकिएको छैन्,' उनले भनिन्।

ललितपुरमा उलन सामान उत्पादन गरिरहेकी शान्ति बज्राचार्यले उत्पादनलाई बजार पुर्यााउनु नै पहिलो समस्या हुने बताइन्। 'आफ्ना उत्पादनलाई कसरी बजारमा पुर्यारउने, कसरी अरुलाई आफ्नो उत्पादनबारे थाहा दिने भन्ने समस्या नै अगाडि आउँछ,' बज्राचार्यले आफ्नो अनुभव सुनाइन्, '१६ वर्षअघि सामान उत्पादन गर्दा कसरी त्यसबारे थाहा दिने भन्ने समस्या थियो।' सरकारले ठूलो र स्थानीय स्तरमा प्रदर्शनी, बजार प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिरहनुपर्ने उनले सुझाइन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस