बिजुली आयो, दुई बन्दरगाह खुला
०८ फागुन २०७२
•
८ मिनेट पाठ
बिजुली आयो, दुई बन्दरगाह खुला
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने राजकीय भारत भ्रमणको दोस्रो दिन शनिबार नयाँदिल्लीमा नेपाल र भारतबीच सातबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई देशका प्रधानमन्त्रीबीच भेटवार्तापछि सम्पन्न द्विपक्षीय बैठकमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।समझदारीपत्रमा भूकम्पपछि नेपालको पुनर्निर्माणमा सघाउने, नेपाललाई थप दुई बन्दरगाह प्रयोग गर्न दिनेलगायत बुँदा समेटिएको छ। हैदराबाद हाउसमा द्विपक्षीय बैठक सम्पन्न भएपछि भारतीय विदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच भएको समझदारीबारे जानकारी गराइएको थियो।




भारतीय विदेश सचिव एस. जयशंकरले द्विपक्षीय बैठक र सहमतिबारे प्रेसलाई जानकारी दिएका थिए, जसलाई भारतीय विदेश मन्त्रालयले आफ्नो युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरेको थियो।

'नेपाल र भारतबीच विभिन्न क्षेत्रमा महत्वपूर्ण सातबुँदे सहमति भएको छ,' विदेश सचिव जयशंकरले पत्रकार सम्मेलनमा भने, 'बैठकमा द्विपक्षीय व्यापार, लगानी, एकीकृत सुरक्षा जाँच चौकी, फास्ट ट्र्याक, विमानस्थल परियोजना, कनेक्टिभिटी, माथिल्लो कर्णाली, अरुण तेस्रो परियोजना, पञ्चेश्वर परियोजनालगायत विषयमा गम्भीर छलफल भएको थियो।'

समझदारीपत्रको पहिलो बुँदामा भूकम्पपछिको पुनर्निर्माण समेटिएको छ। केही महिनाअघि काठमाडौंमा नेपालको पुनर्निर्माणका लागि आयोजना गरिएको दाता सम्मेलनमा भारतले १ अर्ब अमेरिकी डलर (करिब १ खर्ब ८ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। यो सहायता कसरी प्रदान गर्ने भन्ने टुंगो लागेको थिएन जसलाई शनिबार अन्तिम रूप दिइएको हो।

समझदारीपत्रअनुसार भारतले नेपालको पुनर्निर्माणका लागि २५ करोड अमेरिकी डलर (करिब २७ अर्ब ) अनुदान सहयोग उपलब्ध गराउनेछ। बाँकी ७५ करोड अमेरिकी डलर (करिब ८१ अर्ब रुपैयाँ) पुनर्निर्माणका लागि सहुलियत ऋणका रुपमा प्रदान गर्नेछ। पुनर्निर्माणसम्बन्धी समझदारीपत्र (एमओयु) मा नेपालको तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र भारतका तर्फबाट भारतीय विदेशमन्त्री सुषमा स्वराजले हस्ताक्षर गरेका थिए।

भारतले प्रदान गर्ने अनुदान सहयोग आवास, स्वास्थ्य, शिक्षा र सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा खर्च गरिनेछ। जसअनुसार भूकम्प प्रभावित १४ जिल्लामा ५० हजार घर निर्माणका लागि १० करोड अमेरिकी डलर, स्वास्थ्य, शिक्षा र सम्पदा पुनर्निर्माणका लागि ५/५ करोड अमेरिकी डलर छुट्ट्याइएको छ।

समझदारीपत्रको दोस्रो बुँदामा तराईको सडक निर्माणलाई राखिएको छ। तराईमा सडक पूर्वाधार मजबुत बनाउनेसम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात सचिव अर्जुनकुमार कार्की र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत रन्जित रेले हस्ताक्षर गरेका थिए। समझदारीपत्रमा तराईमा विभिन्न चरणमा गरी ५ सय १८ किलोमिटर सडक भारतले बनाउने उल्लेख छ।

तेस्रो बुँदामा नेपालको संगीत–नाट्य एकेडेमी र भारतको संगीत–नाटक एकेडेमीबीच भएको समझदारी समेटिएको छ। यो समझदारीपत्रमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र भारतको संगीत–नाटक एकेडेमीका सचिव हेलेन आचार्यले हस्ताक्षर गरेका थिए। यसको उद्देश्य नेपाल र भारतबीच संगीत र नाटकका क्षेत्रमा सम्बन्ध विस्तार गर्नु रहेको एमओयुमा उल्लेख छ।

चौथो र पाँचौं बुँदामा नेपाललाई बंगलादेशसँग व्यापार गर्न ट्रान्जिट तथा बन्दरगाह उपलब्ध गराउनेसम्बन्धी 'लेटर अफ एक्सचेन्ज' मा दुई देशबीच सहमति भएको उल्लेख छ। यो समझदारीअनुसार भारतले नेपाललाई काँकडभिट्टा–बंगलाबन्द करिडोर आफ्नो ट्रान्जिटका रुपमा प्रयोग गर्न दिनेछ। यस्तै, विशाखापटनम बन्दरगाह पनि भारतले नेपाललाई प्रयोग गर्न दिनेछ। विशाखापटनमबाट रेलमार्फत नेपालले सामान ल्याउन पाउनेछ। यो बन्दरगाह प्रयोग गर्न नेपालले रोहनपुर–सिंहवाद रेल रुट प्रयोग गर्न सक्नेछ।

समझदारीपत्रको छैटौं बुँदामा मुजफ्फरपुर–ढल्केबर ट्रान्समिसन लाइनलाई राखिएको छ। यो लाइनको उद्घाटन शनिबार प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा गरेका थिए। उद्घाटनसँगै यो प्रसारण लाइनबाट नेपालतर्फ ८० मेगावाट विद्युत पठाउन सुरु गरिएको छ।

सन् २०१६ मा यो प्रसारण लाइनको क्षमता २ सय मेगावाट र सन् २०१७ को डिसेम्बरसम्म ६ सय मेगावाट बनाइने समझदारीपत्रमा उल्लेख छ।

समझदारीपत्रको अन्तिम बुँदा (७) मा प्रबुद्ध व्यक्तिको समूह गठनलाई समेटिएको छ। सन् २०१४ को जुलाईमा काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुई देशबीच प्रबुद्ध व्यक्तिको समूह (इपिजी) गठन गर्ने निर्णय गरिएको थियो। दुई देशबीच हालसम्म भएका सम्झौता र सहमतिको अध्ययन, समीक्षा र सुझाव पेस गर्न इपिजी गठन गर्ने निर्णय गरिएको थियो। इपिजीमा दुई देशका ४–४ जना गरी कुल ८ सदस्य रहने प्रावधान राखिएको थियो।

इपिजीमा दुवै देशले एक/एक जना सांसद, एक/एक जना वकिल, एक/एक जना अर्थशास्त्री र एक/एक जना नागरिक समाजका अगुवा रहने व्यवस्था गरिएको थियो। दुवै देशको ४–४ जना सदस्य समेटी शनिबार इपिजी गठन गरिएको हो। इपिजीमा नेपालका तर्फबाट राजन भट्टराई, भेषबहादुर थापा, सूर्यनाथ उपाध्याय र नीलाम्बर आचार्य छन्। यस्तै, भारतका तर्फबाट भगतसिंह कोस्यारी, महेन्द्र लामा, जयन्त प्रसाद र बिसी उप्रेतीलाई इपिजीमा राखिएको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस